पोखरा:   चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२ औं स्थापना दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यले सम्पन्न भएको छ । चलचित्र पत्रकार स...

काठमाडौं:   सङ्घीय संसद्अन्तर्गत आज (बुधबार) दुवै सदनको बैठक बस्दैछ । आज राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा सुरु हुनेछ भने प्रतिनिधि सभा दिउँसो ३ बजेबाट सुरु हुनेछ । आजको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुने छ । त्यस्तै, बैठकमा मदनकुमारी शाह प्रस्तावक र अनिता देवकोटा, खिमलाल देवकोटा, जयन्तीदेवी राई, जितेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा, दिलकुमारी रावल थापा, प्रमिला कुमारी, डा. विमला राई पौड्याल, शेखरकुमार सिंह, सुरेशकुमार आले मगर समर्थक भई सूचना गर्नुभएको सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो । यसैगरी, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अध्यागमन विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, अध्यागमन विधेयक,२०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ । त्यस्तै, प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहनुहुने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नुहुने कार्यसूची रहेको छ । ईश्वरीदेवी न्यौपानेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठन गरियोस् भनी सदस्यहरूको नामावली सहितको प्रस्ताव पेस गर्नुहुने, उक्त प्रस्तावको रघुजी पन्तले समर्थन गर्नुहुने । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनहरूलाई निर्माणार्थ प्रस्तुत गरिने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

पोखरा:   रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आफ्नो २२ औं वार्षिकोत्सव मनाएको छ । रेडियो अन्नपूर्ण २०५८ साल वैशाख १२ गते स्थापना भएको हो ।  २२ औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै रेडियोका प्रबन्धक निर्देशक सुनयना पालिखेले स्थापना काल देखिको सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यलाई निरन्तरता दिने बताईन् । निर्देशक डा.माया लामाले स्रोता शुभेच्छुकहरुको साथ र सहयोगका कारण रेडियोले भिन्न पहिचान बनाउन सफल भएको बताईन् । निर्देशकद्धय विजेश पालिखे र बरदान ताङवे लामाले चुनौती सँगसँगै नयाँ सम्भावनाको खोजी गर्ने बताए । कार्यक्रममा स्टेसन म्यानेजर सञ्जयकुमार मल्ल, बरिष्ठ प्रस्तोता आरजु विष्ट सल्यानी ,अन्नपूर्णकर्मी बासुदेव मिश्र, कन्जन थापा र नारायण पौडेलले समय सँगसँगै रेडियोलाई परिमार्जन गर्दै लैजानुपर्ने बताए । रेडियोले उत्कृष्ट कार्य गर्ने विभिन्न कर्मचारीहरुलाई सम्मानसमेत गरेको छ । वेस्ट स्टाफ अफ दि इएरबाट संबाददाता सबिन रेग्मी सम्मानित भए । उनलाई ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मानपत्रले सम्मान गरेको छ । त्यस्तै रेडियोकर्मी आरजु बिष्ट सल्यानी र कृष्ण सुबेदी लाई बिभिन्न कार्यक्रमको संयोजक बाट सम्मान गरेको छ ।   शान्ति र विकासका लागि संचार नारासहित स्थापना भएको रेडियो अन्नपूर्ण अन्तर्गत पब्लिक एफएम ९९.६ मेगार्हज र अनलाईन अन्नपूर्ण न्यूज पोर्टल भगिनी संस्थाका रुपमा रहेका छन् ।    

काठमाडौं:    ‘महिला तथा बौद्धिक सम्पत्ति स् नवखोज र शिर्जनशीलताको बढावा’ नाराका साथ आज नेपालसहित विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ ।      विश्व बौद्धिक सम्पत्ति सङ्घ (विपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले विश्वभर हरेक वर्ष विश्व बौद्धिक सम्पत्ति दिवस मनाइने गरिएको छ । नेपाल विपोको सदस्य राष्ट्र हो ।      विपोको बौद्धिक सम्पत्तिसम्बद्ध विश्वका आविष्कारक, नवप्रबद्र्धक, लेखक, सर्जकलाई एकापसमा जोडी सम्बन्ध बिस्तार गर्ने तथा उनीहरूको सिर्जना र प्रतिभालाई प्रबद्धर्न गरी जनचेतना फैलाउने नीति रहेको छ । विशेष गरी महिला तथा आदिवासी समूहलाई प्राथमिकता दिई विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइने गरिन्छ । दिवसको अवसरमा  आज विभिन्न कार्यक्रम आयोजना गरिँदै छन् ।  

काठमाडौं:   सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो । विमानस्थलबाट उडानभरेलगत्तै एफजेट ५७६ उडान नम्बरको ‘बोईङ७३७९८००’ जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको मुस्लो देखियो ।       विमान चालक ९पाइलट०ले जहाजलाई धादिङको धार्केमाथिको आकाशमा करिब २१ हजार फिट उचाइमा झण्डै ११ मिनेट जहाज आकाशमा ‘होल्ड’ (फन्को लगाएर) गरेर जहाजको इञ्जिनको ‘कन्डिसन’ जाँच गरे । जहाजको सिङ्गल इञ्जिन खराब भएपछि आकाशमा होल्ड गरेर जाँच गरिएको थियो । त्यतिन्जेलसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आकस्मिक अवतरणका लागि सबै संयन्त्र तैनाथ भइसकेका थिए ।   फ्लाई दुबईको जहाज कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इञ्जिनमा आगो देखिएपछि उक्त जहाजका पाइलटले काठमाडौँ विमानस्थलको टावरलाई  जहाजको बायाँ इञ्जिनमा आगलागी भएको जानकारी दिएका थिए  । उक्त जहाजको सबै इण्डिकेटरको चेक गरेपछि पाइलटले थप समस्या नदेखिएकाले उडानलाई निरन्तरता दिने निर्णय लिएका थिए ।  विमानस्थलको टावरका एटिसीले पनि उक्त जहाजलाई गन्तव्यतर्फ उड्न अनुमति दिएका थिए । जहाजले सामान्य रुपमा उडान भरेर दबईको ‘दुबई इन्टरनेशनल एयरपोर्ट’ मा  सकुशल अवतरण ग¥यो । फ्लाई दुबई र त्यहाँको नियामक निकायले जहाज अवतरण गरेको सन्देश दिए । नेपाली समय अनुसार राति २ बजे (स्थानीय समय अनुसार १२ बजेर ११ मिनेटमा) उक्त जहाजले दुबईमा सफल अवतरण गरेको थियो । उक्त जहाजमा एक सय ६८ यात्रु सवार थिए ।   यसरी जहाजमा विमानस्थलबाट उड्नेवित्तिकै ठूलो आगोको मुस्लो निस्किएको विषय अझै जनमानसमा कौतुहलताको विषय बनिरहेको छ ।  फ्लाई दुबईको जहाजमा के भएको हो भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्न अनुमान सार्वजनिक भएका छन् ।  जहाजमा चरा ठोक्किएर विष्फोट भएको भन्ने हल्ला फैलिएको छ । यसबारे नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बाहिर आएको हल्लाजस्तो जहाजमा चरा ठोक्किएको पुष्टि नभएको जनाएका छन् । तथापि, दुबईको ‘गभरमेन्ट अफ फ्लाई दुबई मिडिया अफिस’ले भने सामाजिक सञ्जालमा पोष्ट गर्दै उक्त जहाजमा चरा ठोक्किएर विष्फोट भएको दाबी गरेको छ । यसै सन्दर्भमा लामो समय जहाजको मर्मतसम्बन्धी अनुभव रहेका जहाज मर्मतसम्बन्धी इञ्जिनियर एमके श्रेष्ठले सोमबार फ्लाई दुबईको जहाजमा देखिएको प्राविधिक समस्या सामान्य रहेको र यस किसिमको घटना विगतमा पनि हुने गरेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “फ्लाई दुवईको जहाजमा भएकोजस्तो घटना सामान्य हो, यसमा अत्तिनुपर्दैन, यस्ता प्रकृतिका घटना विगतमा पनि हुने गरेको थियो । विगतमा एकदेखि दुई पटकसम्म मात्र ठूलो आवाज सुनिन्थ्यो । तर, यस पटक भने चार पटकसम्म ठूलो आवाजसहित आगोको मुस्लो बाहिर आउने घटना भने गम्भीर भएको सङ्केत हो । अनुसन्धान नगरी थप बोल्न मिल्दैन ।”      नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का एक वरिष्ठ पाइलटका अनुसार कुनैपनि जहाजमा प्राविधिक समस्या देखिएपछि ‘स्ट्यानन्डर्ड अपरेटिङ प्रोसिडर’ हुन्छ । त्यसअनुरुप ‘चेकलिष्ट फलो गरिन्छ’ त्यसपछि सबै चिज नर्मल भएपछि मात्रै अपरेटिङ गरिन्छ ।  “जहाजको इञ्जिनको बाहिरबाट हेर्दा आगो देखिन्छ । यदि चरा छिरेको रहेछ भनेपनि त्यो आगो भएर बाहिर निस्कन्छ । कपपिटभित्रका पाइलटले सबै उपकरण जाँच गरेर ठीक छ भनेपछि मात्रै जहाज उडाउने निर्णय लिन्छन्”, उहाँले भन्नुभयो, “जहाजको इञ्जिनलगायत कुनैपनि समस्या आएमा ‘फ्लाइट सेफ्टी स्ट्यान्डर्स’ अनुरुप ‘चेकलिष्ट फलो’ गरिन्छ, त्यसपछि ‘एसओपी’ हुन्छ । रिस्कको प्यारामिटर जाँच गरेपछि पाइलटले निर्णय लिन्छन् ।”           निगमका ती वरिष्ठ पाइलटको भनाइमा जहाजको इञ्जिनबाट आवाजसहित आगो निस्कने दुई अवस्थामा हुन्छ, पहिलो चरा वा कुनैपनि सामान इञ्जिनभित्र पसेर हुन्छ भने अर्को जहाजको इञ्जिनको कम्प्रेसर स्टल भएर वा इञ्जिनकै प्राविधिक समस्या भएर आगो निस्कन्छ’ ।       इञ्जिनियर श्रेष्ठ भने इञ्जिनमा हावाको कमी हुँदा अर्थात् ‘कम्प्रेसर स्टल’ भएमा पनि ठूलो आवाजसहित आगोको मुस्लो बाहिर आउको उल्लेख गर्नुभयो ।       उहाँका अनुसार जहाजको इञ्जिनको मुखमा चरा पसेको वा हावामा उडिरहेको कागजको टुक्रा परेमा पनि विष्फोट गराउनसक्छ । “सानो कागज मात्रै पनि इञ्जिनमा परेमा पड्किन्छ । कम्प्रेसरबाट हावा आवश्यकता अनुसार नहुँदा कहिलेकाहीँ यस्तो आवाजसहित आगो निस्कन्छ”, श्रेष्ठले भन्नुभयो । जहाज उड्नेवित्तिकै ठूलो आवाजसहित आगोको मुस्लो निस्किएको समयमा जहाज ‘थर्थराउछ’ र पूरै हल्लिन्छ । यस्तो अवस्थामा इञ्जिनको पछाडिबाट आगोको ज्वाला निस्कने उहाँको भनाइ छ ।      हावा र इन्धनको ‘रेसियो’ नमिलेकाले विष्फोटको आवाज आएको विज्ञहरुको अनुमान छ । विज्ञका अनुसार जहाजको इञ्जिन चालु हुँदा आगो बलिरहेकै हुन्छ । आगोले नै इञ्जिनलाई पावर दिनु सामान्य कुरा हो । यस्तो बेला पाइलटले होसियारी अपनाउनुपर्छ ।       उडिरहेको जहाजको इञ्जिन खराब भएको भए काठमाडौँ विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्था हुन्थ्यो । जहाजको सबै ‘पारामिटर नर्मल’ भएमा उडानलाई निरन्तरता दिने पाइलटले निर्णय लिएको देखिन्छ । यस्तो अवस्थामा पाइलटको निर्णय नै अन्तिम निर्णय हुन्छ ।  पाइलटले होसियारीपूर्वक पारामिटरको चेकजाँच गरेपनि जहाजलाई गन्तव्यतिर लगेको देखिन्छ । जहाजमा प्राविधिक समस्या देखिनासाथ पाइलटले जहाजलाई फन्को लगाएर ‘इन्डिकेटर र पारामिटर’ चेकजाँचपछि उडान गर्नसक्ने श्रेष्ठको भनाइ छ ।   आपतकालीन अवतरणका लागि सबै संयन्त्र सक्रिय उडिरहेको वा उडान भर्नासाथ जहाजमा प्राविधिक समस्या देखिएमा जहाजको तत्कालै होल्ड गरेर इण्डिकेटर जाँच गरेपछि जहाजको इञ्जिन फेल भएको खण्डमा आपतकालीन अवतरण गर्नुपर्छ । सोमबारको घटनामा जहाजको सबै इण्डिकेटरले काम गरेकाले गन्तव्यतिर लगिएको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओको) म्यानुअल अनुसार जहाजबारे अनुसन्धान गर्नुपर्ने हुन्छ । उक्त अनुसन्धानपछि मात्रै के कारणले घटना घटेको भन्ने बाहिर आउने उहाँले बताउनुभयो ।        नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार चराको जोखिम नियन्त्रणका लागि सिकारीको व्यवस्था गरिएको छ । उहाँले जहाजमा चरा ठोक्किँएको अहिलेसम्म पुष्टि नभएको बताउनुभयो । “नेपालमा दर्ता नभएको जहाज भएकाले फ्लाई दुबईको जहाजको अध्ययन सम्बन्धित मुलुकले गर्नेछ । नेपालको तर्फबाट जानकारी गराईसकेका छौँ, जहाजमा चरा ठोक्किएको पुष्टि भएको छैन, के भएको हो भन्ने विषय अनुसन्धानले पत्ता लाग्ला सहजीकरणका लागि प्राधिकरण तयार छ”, प्रवक्ता निरौलाले भन्नुभयो ।       उहाँले विमानस्थलको धावनमार्ग र आसपास निरीक्षण गर्दा चरा नभेटिएकाले घटना के कारणले भएको हो भन्ने अहिले पुष्टि गर्न नसकिने उल्लेख गर्नुभयो । प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सोमबार जहाजको इञ्जिनमा खराबी आएपछि आकस्मिक अवतरणको तयारी गरिएको थियो । अवतरणका क्रममा रहेका विमानलाई राति ९ः२० मिनेटदेखि ९ः५९ सम्म आकाशमा होल्ड गरिएको थियो । विमानस्थलमा दमकल, ‘लोकल स्ट्याण्डबाई’ गरियो । यो भनेको कुनै जहाजले खराबी देखिए इमर्जेन्सी भनी घोषणा गरेपछि आकिस्मक अवतरणका लागि गरिने अभ्यास र तैनाथ संयन्त्र हुन् ।        दमकलसहित सवारी साधान, सुरक्षाकर्मी, अस्पताल सबै तयारी अवस्थामा राखिएको थियो । पाइलटले जहाज गन्तव्य पुग्छ भन्ने घोषणा गरेपछि विमानस्थलले सबै उडान खुलाइएको थियो । जहाजका सम्बन्धमा नेपालको एटिसीसँग सोधपुछ गर्न सक्छन् । नेपालमा अवतरण भएको भए यहाँ प्राविधिक समिति गठन गरेर अनुसन्धान गर्नुपर्ने हुन्थ्यो । तर जहाज दुबईमै अवतरण भएकाले दुबईको सिभिल एभिएसन अथ्योरिटीले प्राविधिक समिति बनाएर जहाजको अनुसन्धान गर्ने प्राधिकरणले जनाएको छ । आगो लागेपछि जहाजको इञ्जिन बन्द गरिन्छ । सिङ्गल इञ्जिनमा जहाज उड्छ तर गति कम हुन्छ । गन्तव्य पुग्न दोब्बर समय लाग्ने सहायक प्रवक्ता भुलले जानकारी दिनुभयो । विमानस्थलको टावरका एटिसीले विमानचालक (पाइलट) सँग कम्युनिकेसन गरेपछि जहाज सामान्यतवरले गन्तव्यतर्फ उडेको महाप्रबन्धक तिवारीको भनाइ छ । रासस

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ । मङ्गलबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद श्रेष्ठको सांसद पद रिक्त रहेको जानकारी गराउनु भएको हो । घुस मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद श्रेष्ठलाई पदमुक्त गराउन सङ्घीय संसद् सचिवालयमा पत्राचार गरेको थियो । रास्वपाको सोही निर्णय बमोजिम उहाँको पद रिक्त भएको सभामुख घिमिरेले बताउनुभयो । सभामुख घिमिरेले भन्नुभयो, ‘‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य डा। ढाकाकुमार श्रेष्ठलाई सम्बन्धित संसदीय दलले पार्टीको साधारण सदस्यताबाट निष्कासन गरेको र सो निर्णय बमोजिम निजको सांसद पद रिक्त हुने भनी निर्णयसहितको सूचना राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम सङ्घीय संसद् सचिवालयमा दिएकाले सोही ऐनको दफा ३५ बमोजिम सभालाई जानकारी गराउँछु । साथै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३६ बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त स्थान रिक्त भएको ब्यहोरा समेत माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।’’ श्रेष्ठ रास्वपाको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य हुनु भएको थियो ।

काठमाडौं:    भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।  राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मंगलबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी दिनुभएको हो।  राष्ट्रपति कार्यालयका प्रवक्ता आचार्यले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘‘एन्टिबायोटिकको उपयोगका कारण उहाँमा शारीरिकरुपमा केही शिथिलता भएता पनि सामान्य हिँडडुल गर्ने अवस्थामा हुनुभएको सूचना साथमा रहेका परिवारका सदस्यहरुबाट अवगत हुन आएको व्यहोरासमेत जानकारी गराइन्छ।’’ उहाँको एक सातादेखि भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भइरहेको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उहाँसँग सम्बन्धित केही परीक्षण भइसकेको र केही परीक्षण भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

पोखरा:  पोखराका पाँच जना पत्रकारलाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । यस्तै, दुई जनालाई सम्मान गरिने प्रेस चौतारी कास्कीले जानकारी दिएको छ । दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका अग्रज पत्रकारहरु रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, सुष्मा पौडेल र केशव पाठकलाई पुरस्कृत गर्न लागेको हो । यस्तै, राजु भण्डारी र सावित्री खनाललाई प्रेस चौतारी सम्मान अर्पण गर्दै छ । प्रेस चौतारी कास्कीले बर्षेनी प्रदान गर्दै आएको यो पुरस्कारलाई यो वर्षबाट पुनः निरन्तरता दिएको अध्यक्ष अर्जुन गिरीले बताए । प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत हुने श्याम कुँवर प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष हुन् । हाल उनी केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष छन् । २०७६ बाट पुरस्कृत हुने रामकृष्ण ज्ञवाली र २०७७ बाट पुरस्कृत हुने दीपेन्द्र श्रेष्ठ चौतारीका अग्रज नेता हुन् । यस्तै, २०७८ सालको पत्रकारिता पुरस्कार प्राप्त गर्ने केशव पाठक प्रेस चौतारी कास्कीका सल्लाहकार हुन् । २०७९ सालको पत्रकारिता पुरस्कार प्राप्त गर्ने सुष्मा पौडेल चौतारीका केन्द्रीय सचिव र गण्डकी प्रदेश ईञ्चार्ज हुन् । प्रेस चौतारी नेपालका ईञ्चार्ज एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा आगामी विहीबार एक कार्यक्रम आयोजना गरी पुरस्कार एवं सम्मान अर्पण गरिने अध्यक्ष गिरीले जनाए । कार्यक्रममा एमाले सचिव एवं गण्डकी ईञ्चार्ज पद्मा अर्याललगायतका नेताहरु विशेष आतिथ्यता रहनेछ । प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यसअघि अग्रज पत्रकारहरु पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङ पुरस्कृत भइसकेका छन् । यसैबीच, सम्मान अर्पण समारोहलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको छ । संस्थाको बैठकले सचिव रञ्जन अधिकारीको संयोजकत्वमा प्रचारप्रसार एवं मल्टिमिडिया म्यानेजमेन्ट समिति बनाइएको छ । सहसंयोजक सहसचिव माधव भुसाल र सदस्यहरु अनुप पौडेल, अनिता घिमिरे र सन्दीप खनाल छन् । कोषाध्यक्ष गिरीधारी पोखरेल संयोजक र राजु गिरी सहसंयोजक रहेको मञ्च व्यवस्थापन समितिमा निरज बसौला क्षेत्री र दीपक अधिकारी सदस्य छन् । उपाध्यक्ष मोतिसागर अधिकारीको संयोजकत्वमा जनवर्गीय संगठन समन्वय व्यवस्थापन र भोजन व्यवस्थापन समिति बनाइएको छ । सहसंयोजकमा उपाध्यक्ष तारा पौडेल र सदस्यहरु ऋषिराम दाहाल र अमृतकुमार भट्टराई छन् । सहसचिव उमा आलेमगरको संयोजकत्वमा गठन गरिएको अतिथि सत्कार समितिमा सहसंयोजक दीपा पौडेल र सदस्यहरु सुरक्षा श्रेष्ठ र विनिता सुनार रहेका छन् । सहभागी व्यवस्थापन समितिको संयोजकमा तारा पौडेल संयोजक छन् । कार्यसमितिका सबै सदस्यहरु यसका सदस्य छन् । कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको प्रेस चौतारी कास्कीले जनाएको छ ।

पर्यटनमन्त्री सुदन किराँतीले हिजो राती काठमाण्डौंबाट दुबई उडेको जहाजमा चरा ठोक्किएर आगो लागेको भन्ने समाचार खण्डन गरेका छन् ।    मन्त्री किराँतीले भर्खरै सामाजिक सञ्जालमा लेखेका छन् ‘जहाजमा चरा ठोकिएको हल्ला अहिले सम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु ।’   हिजो उक्त जहाजबारे विभिन्न खबर फैलिएपछि पनि किराँतीले जहाज सुरक्षित रहेको र दुबई जाँदै गरेको आधिकारिक सूचना दिएका थिए ।    आज उनले लेखेका छन् ‘कृपया मेरो सबैमा बिन्ती छ नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं । 'कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ ।’  

पोखरा:    जिल्ला समन्वय समिति कास्कीले निर्माणाधीन मध्यपाहाडी लोकमार्गको कास्कीखण्डको अनुगमन गरेको छ। समितिका अध्यक्ष लिलाधर पौडेलको नेतृत्वमा उक्त लोकमार्ग अन्तर्गत कास्की खण्डको मादी गाउपालिका अन्तर्गतको सडक अनुगमन गरेको हो । अनुगमनका क्रममा  प्रमुख पौडेलले निर्माणका काममा देखिएका कमी कमजोरी तत्काल सुधार गर्दै  समयमै  गुणस्तरीय निर्माण कार्य गर्न  निर्माण कम्पनी र संबद्ध   आयोजनाका कर्मचारीहरूलाइ निर्देशन दिनुभयो । निर्माणका क्रममा जनगुनासो बढे लगत्तै आफ्नो टोलि अनुगमनमा आएको भन्दै पौडेलले जनतालाइ कुनै मर्का नपर्ने गरि सम्झौता मुताबिकको काम गर्न आग्रह गर्नुभयो । सो अवसरमा उक्त सडक खण्डमा आयोजनाद्वारा संचालित क्रशर उधोग सहित ,निर्माण सामाग्रीको गुणस्तर  ,मापदण्ड  सहित अन्य प्राबिधिक पक्षहरूको अनुगमन गरिएको थियो। अनुगमनमा जिल्ला समन्वय समिति कास्किका उप प्रमुख सरिता माल ,जिल्ला समन्वय अधिकारी नवराज बराल , जिल्ला समन्वय समितिका सदस्य सदस्यद्वय  राजु अधिकारी र हर्क बहादुर गुरुङ सहित उक्त आयोजनाका निमित्त प्रमुख इन्जिनियर ठाकुर  भण्डारी तथा  प्राबिधिक तथा कर्मचारी एबम स्थानीय सरोकारवालाहरूको उपस्थितिमा अनुगमन गरिएको थियो।