मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

पाल्पा:   सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ । आगामी पुस १६ गतेदेखि दैनिक ६ घण्टा सडक बन्द हुने भएको हो । सिद्धबावा क्षेत्रमा सुरुङ् मार्ग निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो । सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुनेछ । बन्दका बेला अत्यावश्यक सवारीसाधनलाई भने संचालनमा रोक नलगाइने प्रजिअ काफ्लेले बताउनुभयो । सिद्धबाबा सुरुङ् मार्ग निर्माण आयोजना कार्यालयबाट पत्राचार भइ आएकाले योजनाको कामलाई अगाडि बढाउन स्थानीय प्रशासनले सडक बन्द गर्न लागेको हो । सडक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने बताइएको छ । सुरुङ् मार्ग निर्माण गर्दा माथिबाट पहिरो र ढुङ्गाहरू खस्ने भएकाले सडक बन्द गरेर आयोजनाको काम अगाडि बढाउनुपरेको सुरुङ् मार्ग आयोजना कार्यालय बुटवलका प्रमुख रामपुकार जैसवालले बताउनुभयो । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ मार्ग बनाउने गरी चाइना कम्पनीसँग सम्झौता भएको छ । सुरुङ् मार्गको हालसम्म ८ प्रतिशत मात्र काम भएको छ ।

सुनिल उलक ​ ​पोखरा, पुस १०:    भूपि शेरचनको जन्म बि.सं. १९९२ पौष १० गते मुस्ताङ जिल्लाको टुकुचेमा भएको थियो । जन्मको नाम भुपेन्द्रमान शेरचन भए पनि शुरूमा भुपेन्द्रमान शेरचन्द ‘सर्वहारा’ नामबाट कविता लेखेका थिए । ‘घुम्ने मेच माथि अन्धो मान्छे’को प्रकाशन गर्दा भूपि शेरचन लेख्न थालेका हुन् र यहि नामले सर्वाधिक चर्चित पनि भए । राणाकालमा बि.सं. १९०७ तिर जंगबहादुरले सरकारी कर्मचारीलाई थाकखोलामा थकालीहरूलाई भरियाको रूपमा भर्ना गर्न पठाए तर कोबाङका बलबिर तथा धन्साराम थकालीले त्यस बिरूद्ध उजुरी गरे । त्यसपछि थकालीलाई सैनिकको रूपमा मात्र राख्ने त्यसबेलाको राणा सरकारले सम्झौता गरे ।  बलबीर थकालीले भोटसंगको युद्धमा दोभाषेको रूपमा काम पाए । यो जंगबहादुरको समय थियो । युद्धमा उनको योगदानलाई कदर गर्दै बौद्ध धार्मिक ग्रन्थ काङ्ग्यूर र टेङ्ग्यूरको पाण्डुलिपि उपहार दिए । १९१७ मा भोटको नुन तथा अन्य बस्तुको बिक्रीको कर उठाउने ठेकेदारी पाएका चम्पासिंह खड्का क्षेत्रीको सहयोगीकारूपमा बलबीरले काम पाए ।  उनलाई बिभिन्न आरोपमा समातेर जेलमा राख्दा भागेर काठमाडौ गई जंगबहादुरलाई बिन्तिपत्र चढाए पछि उनका दुश्मनहरू सबै समातिए साथै ब्यापारको सीमा पनि कास्कीसम्म भयो । यहि समयमा २ सय १६ थकाली परिवारहरू थाकखोलाबाट बाहिर कास्की तथा लमजुङमा बसाइ सरे । बि.सं. १९२५ मा दानामा भोटको ब्यापारको भन्सार रकम उठाउने ठेकेदारी यिनै बलबरि थकालीले पाएपछि परिवारको जीवनस्तर निकै उकासिन थाल्यो ।   यिनै बलबीर थकाली नै भूपी शेरचनका बुढा जिजुबाजे हुन् । उनका जिजुबाजे कविराम कोवाङबाट टुकुचेमा बसाइ सरेका थिए । थाकखोला, कोवाङ तथा टुकुचेमा सर्वाधिक धनी तथा राणाबाट सुब्बाको पद पाएका परिवार भएकोले भूपीको शान पनि कुनै राणाको भन्दा कम थिएन ।    उनकै जेठो दाजु अनंगमान शेरचनले पनि निकै समय भैरहवा भन्सारको ठेकेदारी पाएका थिए । यसरी पारिवारिक रूपले सम्पन्न भूपीले भने बाल्यकाल रमाइलो गरी बिताउन पाएनन् । भूपि भन्दा माथि चार छोराको जन्म भइसकेकोले उनका बाबु हितमान शेरचन छोरीको चाहनामा थिए । तर छोराको जन्म त्यो पनि मूल (औसी) मा परेको भनि बाबुको उपेक्षा रह्यो ।  एउटै माया गर्ने आमाको पनि पाँच वर्षको हँुदा नै मृत्युले अझ मायाको अभावमा हुर्के । १०–१२ वर्षको उमेरबाटै बनारस पढ्न गएका उनको त्यहिबाट नै चुरोट तथा रक्सीको लत लाग्यो । यहि नै माक्र्सवादी चिन्तनको प्रभावमा परे जसको असर उनका कविताहरूमा स्पष्ट देख्न सकिन्छ ।  २०१२ मा सानै उमेरमा पारिवारिक दबाबमा बिबाह बन्धनमा बाँधिएका उनी पछि स्वेच्छाले राणा परिवारसंग बिबाह बन्धनमा गाँसिए ।  चालीस हजारमा बाबु हितमान शेरचनले किन्नु भएको राणा वडाहाकिम धनशम्शेरको पोखराको सेतो दरबार नै उनको निवास भए पनि कान्छी बिबाह गरे पछि अधिकांश समय काठमाडौ नै बसे । उनले आफुलाई यसरी वर्णित गर्थे ‘औंसीमा जन्मी मूलमा पर्नु, किशोरावस्थामा कम्युनिस्ट भएर भूलमा पर्नु र अहिले कर्मनिस्ट हुनु ।’ यसरी बिभिन्न आरोह–अवरोहपछि २०४६ जेठ १ गते सदाको लागि संसारबाट बिदा लिए ।  

पोखरा:   पोखरामा कारले पैदल यात्रुलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– पस्र्याङ स्थित कारले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  बागलुङ बसपार्कबाट जिरो किमी तर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पस्र्याङमा ठक्कर दिँदा बागलुङका ढालेन्द्र छन्त्याल र अर्का पैदल यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।  कारको ठक्करबाट बागलुङको ढोरपाटन नगरपालिका–६ घर भई पोखरा–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का परिचय नखुलेको ३५ वर्षीय जस्तो देखिने पुरुष गम्भिर घाइते भएका थिए ।  कारको ठक्करबाट गम्भिर घाइते भएका दुवैजनालाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपनि उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।   पैदल यात्रुलाई ठक्कर दिने कार प्रहरीले नियन्त्रणमा लिएको छ भने कार चालक फरार रहेको कास्की प्रहरीले जनाएको छ । पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालकको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   

सिन्धुली:    सिन्धुलीको सुनकोसी गाउँपालिकामा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि स्थानीयले बसमा आजगजी गरेकाले अवरुद्ध बनेको बिपी राजमार्ग अपराह्न १ बजेदेखि सञ्चालनमा आएको छ । मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको थियो ।  आज बिहान रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौँबाट खुर्कोट जाँदै गरेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका– १० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनस्थलमै मृत्यु भएको थियो ।  त्यसैगरी सो मोटरसाइकल चालक खोटाङ जिल्ला तुवाचुङ नगरपालिका–२ का कुमार राईको पनि उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । 

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् ।

काठमाडौं:     दक्षिण कोरियामा सन् २०२४ का लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (इपिएस)मा अहिलेसम्मकै धेरैले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका इपिएस शाखाका अनुसार पुस २ देखि ६ सम्म आवेदन माग गरेकामा अहिलेसम्मकै धेरै एक लाख ४३ हजार ८१२ जना युवाले आवेदन दिएका हुन् ।  सो शाखाका प्रमुख गुरुदत्त सुवेदीले अनलाइन प्रणालीबाट आवेदन दिने माग गरेयताको उच्च आवेदन परेको जानकारी दिनुभयो । तीन वर्षयता अनलाइनमार्फत इपिएसको आवेदन दिन सकिने व्यवस्था रहेको छ । सो शाखाका अनुसार गत साउनमा परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने भएका छन् । त्यसले गर्दा पनि आवेदन दिनेको सङ्ख्या बढेको हो ।  गत साउनमा पानीजहाज निर्माणसम्बन्धी कामका लागि इपिएसले कोरिया भाषाको परीक्षा लिएको थियो । यसमा आवेदन दिएर अनुत्तीर्ण भएकालाई यस पटकको परीक्षामा सामेल नगर्ने गरी आवेदन खुलाइएको थियो । त्यसबेला अनुत्तीर्ण भएका १८ जना उच्च अदालतमा यो निर्णयविरुद्ध गएका थिए । अदालतले सो समय अनुत्तीर्ण भएकाले पनि यस पटकको भाषा परीक्षामा सहभागिता जनाउन पाउने निर्णय गरेको थियो ।  रोजगारीका लागि कोरिया जान सबैभन्दा पहिले भाषा परीक्षा उत्तीर्ण गर्नु पर्छ । दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८४८ नेपाली रोजगारीका लागि लैजाने छ । जसमा उत्पादनमूलक क्षेत्रमा मात्रै सो सङ्ख्यामा आवेदन खुलाएको हो । यो क्षेत्रका लागि हाल खोलिएको आवेदनको परीक्षा मिति भने तोकिएको छैन । सन् २०२४ का लागि दक्षिण कोरिया सरकारले नेपाललाई १६ हजारको कोटा उपलब्ध गराएको छ । आवेदन दिएका परीक्षार्थीको परीक्षा ढिलोमा फागुनसम्म हुने इपिएस कोरिया शाखाले जनाएको छ ।  कोरिया सरकारले सन् २००८ देखि सरकारी तवरमा श्रमिक लैजान थालेको हो । अहिलेसम्म एक लाख १० हजार युवाले कोरियामा रोजगारीको अवसर पाएको इपिएस कोरिया शाखाले जनाएको छ । अहिले करिब ५० हजार नेपाली युवा कोरियामा कार्यरत छन् ।अदालतको आदेशपछि यसअघिको परीक्षामा अनुत्तीर्णले आवेदन दिन पाए । दक्षिण कोरियाको पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षामा अनुत्तीर्ण भएकाले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन् । उच्च अदालत पाटनले पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन अन्तरिम आदेश दिएको हो ।  यसअघि रोजगार अनुमति प्रणाली (इपिएस) ले पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने भनेको थियो । यो निर्णयविरुद्ध १८ जनाले उच्च अदालत पाटनमा रिट दिएका थिए । सो रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन आदेश दिएको हो । उच्च अदालतले पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्णलाई फाराम भर्न रोक नलगाउन र आवेदन फाराम भर्न दिन आदेश दिएको छ ।

पोखरा:   पोखराका विभिन्न ९ वटा रोटरी क्लबहरुको आयोजनामा लेकसाइडमा ‘रोटरी कार्निभल–२०२३’ सम्पन्न भएको छ । शनिबार फेवाताल किनार खहरेमा आयोजित रोटरी कार्निभल उद्घाटन गर्दै रोटरी इन्टरनेशनल ३२९२ का गभर्नर राजेन्द्रप्रसाद ध्वजुले हरेक जोनमा रोटरी कार्निभल गर्नुपर्नेमा जोड दिए । उनले रोट्र¥याक्टलाई पनि समेट्दै फेलोसिपसँगै सामाजिक सेवामा कार्निभल उपयोगी हुने बताए । डिष्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले यस किसिमको कार्यक्रम रोटरीमा महत्वपूर्ण रहेको भन्दै निरन्तरताको कामना गरे । उनले रोटरीको सार्वजनिक छवि बढाउन, पर्यटन प्रवद्र्धन तथा संस्कृतिको संरक्षणमा कार्निभल सहयोगी हुने बताए । कार्यक्रममा डिष्ट्रिक्ट सेक्रेटरीद्वय दुर्गा सुवेदी, दिनेशराज मानन्धर, असिस्टेन्ट गभर्नरहरु जयराम पौडेल, ईश्वरप्रसाद कर्माचार्य, पुरन कुँवर, रोटरी बानेश्वरका अध्यक्ष विष्णु कार्की, रोटरी भरतपुरका पूर्व अध्यक्ष आईपी ढकाल, रोटरी कार्निभलका परिकल्पनाकार सुभाष सिग्देल लगायतले मनोरञ्जन र फेलोसिपसँगै सामाजिक सेवामा रोटरी कार्निभल महत्वपूर्ण रहेको बताए । कार्यक्रमको संयोजन रोटरी न्यूरोड पोखराका अध्यक्ष रामविक्रम अधिकारीले गरेका थिए । गत वर्ष रोटरी क्लब अफ पोखरा न्यूरोड एक्लैले कार्निभल गरेकोमा यसपालि बृहत् बनाउन रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत पोखराका ९ वटै क्लबहरुले संयुक्त आयोजना गरेको रोटरी लेकसाइड अध्यक्ष शोभाकान्त सिग्देलले बताए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिनुका साथै कौडा, तामाङ्सेलो, सालैजा, झोरा लगायत नृत्य पनि देखाइएको रोटरी प्याराडाइजका पब्लिक इमेज चेयरपर्सन तथा सहसचिव जसु गुरुङले बताइन् । नृत्य स्टार्स स्टूडियोको संयोजनमा भएको थियो ।    रोटरी कार्निभलका परिकल्पनाकार सुभाष सिग्देल पोखरामा पर्यटन प्रवद्र्धनसहित लोकसंस्कृतिको जगेर्नाका लागि आफूहरुले अझ बृहत् रुप दिन यसपालि पोखराका ९ वटै क्लब लागेको बताए । कार्निभलबाट बचत रकम जाजरकोट भूकम्पपीडितको सहयोगार्थ केही ठूलो प्रोजेक्ट गर्ने योजना रहेको उनले बताए । गत वर्ष पनि बचत करिब ७० हजार पोखरामा सार्वजनिक शौचालय, कलेज व्यवस्थित गर्न र पुनर्निर्माणमा खर्चिएको रोटरी क्लब अफ पोखरा न्यूरोडका पूर्व अध्यक्ष समेत रहेका सिग्देलले बताए । आयोजनास्थल आसपासका करिब १० रेष्टुरेन्टले सहभागीलाई विभिन्न प्रकारका खानाका परिकार पस्किएका थिए । जसमा उनीहरु रातिसम्मै रमाए । कार्यक्रममा धन्यवाद ज्ञापन रोटरी लेकसाइड अध्यक्ष शोभाकान्त सिग्देलले गरेका थिए । रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत १ सय ५४ क्लब छन् । तीमध्ये एउटा भुटान र बाँकी नेपालमा छन् । पोखरामा रोटरी क्लब अफ पोखरासहित रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत न्यूरोड, लेकसाइड, मिडटाउन, फिस्टेल, अन्नपूर्ण, लेखनाथ, प्याराडाइज र गण्डकी क्लब सञ्चालित छन् । 

नवलपुर:    नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमणबाट सासुबुहारीको मृत्यु भएको छ ।  आइतबार दिउँसो घाँस काट्नसँगै निस्केका सासुबुहारीको आज (सोमबार) क्षतविक्षत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपसारी पूर्वका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।  आइतबार साँझसम्म पनि घर नफर्केपछि परिवारले स्थानीयको सहयोगमा नजिकको जङ्गलमा खोजतलाश दुबै जनाको शव क्षतविक्षत भएको अवस्थामा फेला पारेको हो । प्रहरी उपरीक्षक रेग्मीका अनुसार बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका–१ को खहरे जङ्गलमा स्थानीय ५९ वर्षीय मनादेवी पौडेल र २९ वर्षीय विष्णु पौडेलको मृत्यु भएको हो । मृतक दुवै जनाको कम्परा र पछाडी पट्टी ढाडमा चोट रहेकाले बाघले आक्रमण गरेको र शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल मध्यबिन्दु पठाइएको प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए ।

काठमाडौं:    नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।  दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिनुभएको छ । ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।  ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसका अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानमा विशेष रौनक छ । बजार र ठूला व्यापारिकस्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ ।