गोरखा जीप दुर्घटना: मृत्यु भएका ५ जनाको परिचय खुल्यो

गोरखा | असार ८, २०८०

गोरखा जीप दुर्घटना: मृत्यु भएका ५ जनाको परिचय खुल्यो सांकेतिक तस्वीर

गोरखा:     गोरखामा गाडी दुर्घटनामा परेर मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ । गए राति प्रदेश ३ ०१–०२३ च २४ २७ नम्बरको गाडी गोरखाको शहीद लखन गाउँपालिका–३ मा पल्टिँदा शहीद लखन–५ का १९ वर्षीय प्रविण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापाको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।


दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार शहीद लखन–५ ताक्लुङबाट चिलिङकोट–३ मा रहेको केटीको घरमा टिकाटालो गरेर फर्किएकाहरू दुर्घटनामा परेका हुन् । दुलहा र दुलही अर्कै गाडीमा चढेकाले उनीहरू सुरक्षित छन् । गाउँलेहरूका अनुसार उनीहरूले यसअघि आफूखुसी बिहे गरेका थिए र हिजो बिहीवार टिकाटालोका लागि केटा पक्ष जन्तीसहित केटीको घर गएको थियो ।


अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद् व्यवस्थापन समितिको टोली उद्धारमा खटिएका छन् । घाइते भएका १२ मध्ये ११ जनाको तनहुँको आँबुखैरेनीमा उपचार भइरहेको छ । एक जनालाई भने थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्