काठमाडौं: सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायत देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ। न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले बिहीबार उक्त आदेश गरेको हो। अदालतले उक्त विषयमा चार बुँदे निर्देशनसमेत दिएको छ। “नेपालमा पैठारी हुने तरकारी तथा फलफूलमा प्रयोग हुने सबै किसिमका विषादी(परीक्षण भन्सार बिन्दुमा नै गरेर मात्र पैठारी गर्ने सम्बन्धी मिति २०७६-३-२ को निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा भन्सार विन्दुहरूमा प्रयोगशाला स्थापना गर्नू”, आदेशमा भनिएको छ, “त्यसरी स्थापित प्रयोगशालामा सबै किसिमको विषादी परीक्षण हुनसक्ने अन्तर्राष्ट्रियस्तरको आधुनिक उपकरण र दक्ष जनशक्ति उपलब्ध गराउनू।” उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट विष्णुप्रसाद तिमल्सिनाले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि उक्त आदेश गरेको हो। “विषादीको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून एवं मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न के(कस्तो योजना बनेको छ रु कुनै योजना बनेको भए सो योजना कार्यान्वयनका लागि के(कस्तो तयारी भएको छ रु”, आदेशमा भनिएको छ, “योजना नबनेको भए आम उपभोक्ताले विषादी परीक्षण नगरी पैठारी गरिएका र अनियन्त्रित मात्रामा विषादी प्रयोग गरिएका तरकारी तथा फलफूल खान बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गरी जनस्वास्थ्य र वातावरणमा गुणात्मक सुधार ल्याउन गर्नुपर्ने निर्णय तथा क्रियाकलापको सूचीसहित सम्बन्धित जिम्मेवार अधिकारीसमेत तोक्नुपर्ने देखिन्छ।” मानवको जीउ(ज्यान तथा स्वास्थ्य र वातावरणमा हानी पुर्याउने विषादीयुक्त वस्तुको बिक्री वितरणबाट सुरक्षित हुन पाउने नेपाली नागरिकको मौलिक हकको संरक्षणको सुनिश्चितताका लागि नेपालमा पैठारी हुने तरकारी तथा फलफूल विषादी परीक्षण गरेर मात्र पैठारी गर्ने भनी सूचना प्रकाशित भएको झन्डै चार वर्ष पुग्न लागेको छ। आदेशमा भनिएको छ, “यो अवधिमा के(कस्तो योजना तथा मापदण्ड बनी के(कसरी कार्यान्वयन भएको छ रु योजना कार्यान्वयनमा के(कति प्रगति भएको छ, अदालतमा त्यसको जवाफ पेस गर्नू।” स्पष्ट र कार्यान्वयनयोग्य कार्ययोजना बनाई यो आदेश प्राप्त भएको मितिले दुई महिनाभित्र अन्य विपक्षी एवं सरोकारवालाहरूसँग समेत आवश्यक समन्वय गर्नसमेत आदेशमा भनिएको छ। आदेशमा २०७६ साल असार २ को निर्णयबमोजिम पैठारी हुने तरकारी र ताजा फलफूलमा विषादीको अवशेष परीक्षण गरेर मात्र नेपाल भित्र्याइने भनी गरिएको निर्णय के(कति अवधिमा पूर्णरूपमा कार्यान्वयन हुने हो रु भनी सरकारलाई प्रश्न गरिएको छ।
काठमाडौं: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ । काठमाडौँको आकाशमा बिहानैदेखि बदली रहेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी भू-भागमा केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उक्त दिन अपराह्न ४ बजे आह्वान गरिएको छ। प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका सदस्यलाई तोकिएको मिति, समय र स्थानमा उक्त दिन उपस्थित हुन अनुरोध गरेको सचिवालयका महासचिव डा। भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ। वर्षे अधिवेशनका रूपमा रहेको यस अधिवेशनलाई बजेट अधिवेशनसमेत भनिन्छ । यो अधिवेशन प्रारम्भमै बजेटमाथि छलफल हुनेछ। यस अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक आयव्ययको विवरण (बजेट) प्रस्तुत हुनेछ। अघिल्लो अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गर्नुभएको छ । आज (बुधवार) राष्ट्रपति पौडेलले यो अध्यादेश जारी गर्नुभएको हो । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको थियो । त्यही अध्यादेशलाई राष्ट्रपतिले आज जारी गर्नुभएको हो ।
तनहुँ: तनहुँको बन्दिपुर गाउँपालिका-५ आँधीखोला, याम्पामा ट्रक अनियन्त्रित भएर दुई घरमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने उक्त सडकखण्डमा बुधबार विहान ९:२० बजे अनियन्त्तित भएर घरमा ठोक्किएको प्रहरीको भनाइ छ । डुम्रेबाट मुग्लिनतर्फ जाँदैगरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडक छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना हुँदा घाइते भएको आठमध्ये तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनमा पैदल यात्रीहरु र सोही घरमा बस्ने तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । घाइतेहरुको तत्काल उद्धार गरी उपचारका लागि हाडजोर्नी अस्पताल आबुँखैरेनी तनहुँमा प्राथमिक उपचारका लागि लगिएको थियो । घाइतेहरुको थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाइएको उनले जानकारी दिए । बन्दीपुर वडा -१ स्थायी घर भई हाल सोही पालिकाको वडा-५ निवासी, वर्ष १२ को आयुस भुजेल, वर्ष ६ कि आयुसा भुजेल, बर्ष ५० को चेतबहादुर घर्ती, वर्ष ५५ को सनबहादुर भुजेलको मृत्यु भएको प्रनाउ खाणले जानकारी दिए । सोही ठाउँका वर्ष १० कि जस्मिन भुजेल, वर्ष १० को ईश्वर भुजेल, वर्ष ८ को समिर भुजेल, वर्ष ५ को सन्तोष भुजेल घाइते भएका छन् । पृथ्वीराजमार्ग चार घन्टापछि पुनः सञ्चालनमा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरुद्ध भएको सडक चार घन्टापछि पुनः सञ्चालनमा आएको छ । बुधबार बिहान १० बजेदेखि अवरुद्ध रहेको याम्पा-आँबुखैरेनी सडकखण्ड दिउँसोबाट सञ्चालन भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको संयोजनमा बसेको घाइतेका आफन्त, प्रहरी र जनप्रतिनिधिको बैठकले घाइतेलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सहमतिपश्चात् राजमार्ग सञ्चालन भएको हो ।
दार्चुला: दार्चुलाको व्यास गाउँपालिका-१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ । मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कविहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो । पाँच जना सम्पर्कविहीन भएका थिए । दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट करिब अढाई किलोमिटर तल हिउँभन्दा बाहिर मृत अवस्थामा तीन शव भेटिएको जानकारी दिनुभयो । “शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र हाम्रो टोली घटनास्थल पुगिसकेको छ ।” उहाँले भन्नुभयो, “शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन ।” मङ्गलबार दिउँसोबाट सशस्त्र प्रहरीको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो । “हिजो पनि राति ९:३० बजेसम्म खोजीमा जुट्यौँ ” उहाँले भन्नुभयो, “ आज पनि बिहानबाट टोली खटिएको छ ।” उहाँका अनुसार सो क्षेत्रमा यार्सा सङ्कलकहरू त्रिपालमा बसिरहेका थिए ।
बलेवा: कक्षा कोठामा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा यहाँका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बागलुङ नगरपालिका–७ स्थित सरस्वती प्राथमिक विद्यालयको कक्षा ३ मा अध्यनरत आठ वर्षीय आविष्कार विकलाई कुटपिट गरेको आरोपमा सोही विद्यालयका शिक्षक केशवराज गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यही वैशाख १७ गते आइतबार विकलाई निज शिक्षकले कुटेको भन्दै पीडित पक्षले बागलुङ नगरपालिका–७ छरिखोला निवासी गौतमविरुद्ध १९ गते साँझ प्रहरीमा निवेदन दिएका थिए । पीडितको निवेदनपछि शिक्षकलाई नियन्त्रणमा लिएर दुवैपक्ष बीचमा छलफल गराइएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताउनुभयो । शिक्षक गौतमले विद्यार्थीले पानी पिउँदा धारामा लगाइएको सकेट हराएको आरोप लगाउँदै कुटपिट गरेका थिए । कुटपिटबाट बालकको निधारमा गहिरो चोट लागेको छ । वैशाख १६ गते शनिबार विद्यालयको धारामा पानी पिउँदा शिक्षक गौतमको घरतर्फ लैजाने पानीको पाइमा लगाउँदै आएको सकेट हराएको भन्दै आइतबार कक्षाकोठामै ती विद्यार्थीलाई कुट्दा उनको टाउँकोमा चोट लागेको पीडित पक्षको आरोप थियो । यस विषयमा मङ्गलबार दिउँसो बागलुङ नगरपालिकाको नगर शिक्षा शाखामा शिक्षक र पीडित पक्षबीच छलफल भएको थियो । शिक्षकले गल्ती स्वीकार गर्दै पीडित पक्षसँग माफी मागेको, क्षतिपूर्तिसँगै सम्पूर्ण उपचार खर्च व्यहोर्ने र गौतमलाई सो विद्यालयबाट अन्यत्र सरुवा गर्ने निर्णय भएपनि पीडित पक्षले अस्विकार गर्दै प्रहरीमा जाने निर्णय गरेको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिनुभयो । पीडित पक्षको निवेदनपछि आरोपित शिक्षकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो । बालकलाई वैशाख १८ गते बागलुङस्थित धौलागिरि अस्पतालमा उपचार गरिएको थियो ।
धादिङ: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो ९मङ्गलबार० दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज दिउँसो १२ बजेदेखि फेरि बन्द भएको हो । धुनिबेंशी नगरपालिका-६ र थाँक्रे गाउँपालिका-८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले दुबै तर्फी सवारी आवागमन बन्द भएको छ । नयाँ पुल निर्माणका लागि फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशन भएको जमिन भासिन पुगेको छ । त्यही जमिन भासिएको ठाउँमा ग्याविन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो । अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन् । एकतर्फी सडक संचालनमा ल्याइए पनि हिजैदेखि जोखिम भने टरेको थिएन ।
पोखरा । नेपाली राजनीतिक इतिहासमा १८ सालको भरतपुर काण्डलाई त्यति याद गरिएको पाइदैन । राजा महेन्द्रले ०१७ सालमा ‘कू’ गर्दै नेपाली कांग्रेसको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लादेपछि त्यसको विरोधमा भरतपुरमा सशक्त र सशस्त्र आन्दोलनको ज्वारभाटा फैलिएको थियो । कांग्रेसका प्रमुख नेतामध्ये केही जेलमा थिए भने केही निर्वासनमा भारत लागेका थिए । तिनै नेताहरुको रिहाई र प्रजातन्त्रको पूनर्बहालीकाखातिर भरतपुरमा विशाल प्रदर्शन भयो । प्रदर्शन दबाउन राजधानीबाट समेत सेना परिचालन गरिएको त्यस दमनमा कति मारिए लेखाजोखा नै छैन । सोही आन्दोलनको अग्रपंक्तिमा रहेर मृत्युवरण गर्नेमध्येका एक हुन्, हरिप्रसाद गुरुङ । उनै गुरुङको पूर्णकदको सालिक पोखराको सिम्पानीमा देख्न सकिन्छ । र, सालिक स्थापनापछि त्यस ठाउँले नयाँ नाम पायो, ‘हरिचोक ।’ नाम र चोक भएपनि को हुन् हरिप्रसाद गुरुङ ? उनकोबारेमा नयाँ त परै जाउन्, पुराना कांग्रेसलाई समेत उतिबिघ्न थाहा छैन । ……………………………………………………………………………………….. वि. सं. १९७३ वैसाख १२ गते कास्कीको ल्वाङघलेलमा जन्मिएका हुन् हरिप्रसाद गुरुङ । जिम्मुवाल परिवारका गुरुङलाई शिक्षा दिन घरमै मास्टरको व्यवस्था गरिएको थियो । शिक्षा र उमेर बढ्दै जाँदा उनको ठाटले पनि सोही रफ्तार लियो । तबेलामा बाँधिएको सेतो घोडा चढेर शानकासाथ गाउँ चाहार्नु र पोखरा झर्नु उनका लागि सामान्य थियो । मुलुकमा जहाँनिया राणा शासनका बेला उनमा भने विपरित सोंचले मनभित्र क्रान्ति गरिरहन्थ्यो । प्रजाप्ररिषदका गतिविधिलाई यदाकदा सुन्ने अवसर पाएका गुरुङ प्रजातान्त्रिक व्वस्थाको कल्पना गर्थे । जमिन्दार बाबुका छोरा भएपनि उनको शैली भिन्न थियो । उनी स्वतन्त्रताका पक्षपाती थिए । आफन्तका अनुसार उनी केही ‘रौसे’ र ‘टाठा’ थिए । त्यही टाठोपन, राजनीतिक प्रभाव र फरक जीवनशैलीबाट उनीप्रति परिवार केही सशंकित थिए । छोरा बिग्रेला भन्ने डरले बेचैन बाबु उनलाई कतै अल्झाउन चाहन्थे । यत्तिकैमा भारतीय सेनामा कार्यरत दाजु घर आएकाबेला हरिप्रसादलाई पनि भर्ती लगाउन भारत पुर्याइयो । यता, देसमा प्रजातन्त्र आइसकेको आफु भने भारतीय ब्यारेकमा बुट बजार्दै बस्नु परेको पीडाले उनलाई सताइरहन्थ्यो । भारतीय लाहुरे भएको ३ वर्षपछि छुट्टिमा आएका उनी पुनः ब्यारेक फर्केनन् । जमिन्दार परिवारका गुरुङलाई बुट बजारिहनु पर्ने समस्या पनि थिएन । त्यसपछि उनको पुरै परिवार भरतपुर बसाई सर्यो । यो समय थियो, ०१४ साल । प्रजातान्त्रिक व्यवस्था र आफुलाई मनपर्ने पार्टी नेपाली कांग्रेसको सरकार । गुरुङ पार्टीमा पूर्णरुपमा खटिने कार्यकर्ता पनि थिएनन् । उनको पुरै ध्यान भरतपुरलाई बस्ती हुँदै नगरमा परिणत गर्ने दैनिकीमै बित्थ्यो । जंगल फँडानी गरेर भरतपुरलाई नगरी बनाइरहँदा पार्टीभित्रको गुट उपगुटले कांग्रेस सरकारमा किचलो बढ्दै थियो । सम्भ्रान्त राणा र कोइराला खानदानको खिचातानीबीच राजा महेन्द्र सत्ताको च्याखे थापेर बसिरहेका थिए । दुई गुटको चेपुवामा उँभो लाग्न नसकिने सोंचमा थिए डा. तुलसी गिरी र विश्वबन्धु थापा । राजा महेन्द्रले दुबै असन्तुष्टलाई प्रभावमा पारी २०१७ पुस १ गतेविशेश्वरप्रसाद कोइरालाको अध्यक्षतामा रहेको मन्त्रीमण्डल खारेज गरी पञ्चायतको प्रादुर्भाव गरे । ०१५ सालदेखि सुरु भएको कांग्रेसको सत्ता कलहले अन्ततः व्यवस्था नै सुम्पनु परेको तीतो सत्य हो यो । राजा महेन्द्रले ‘कू’ पश्चात् डा. गिरीलाई मन्त्रीपरिषद् उपाध्यक्ष र थापालाई गृहमन्त्रीमा नियुक्त गरे । निर्दलीय व्यवस्थापछि भूमिगत भएका प्रमुख नेता, कार्यकर्ताको थातथलो उनै गिरी र थापालाई कण्ठस्थ थियो । फलस्वरुप, उनीहरु पक्राउ परे । केही भाग्न सफल भई भारततर्फ लागे । प्रजातन्त्रको उपभोग गरिसकेको नेपाली समाज राजतन्त्रविरुद्ध संगठित हुन थालिसकेको थियो । ०१८ को माघदेखिदेसैभर भएको विद्रोहको केन्द्रमा थियो भरतपुर । राजाको आदेशमा गृहमन्त्री थापा व्यापक धरपकड र दमनमा उत्रेका थिए । आन्दोलकारीहरुको मूख्य माग थियो, विपिलगायत नेताहरुको रिहाई र प्रजातन्त्रको पूनर्बहाली । प्रायः नेताहरु भारतको चम्पारणलाई मुकाम बनाएर बसेका थिए । यसकारण पनि भरतपुर आन्दोलनको केन्द्र बन्यो । आन्दोलन असफल भए वा धरपकड भए सीमा पार गरी ज्यान जोगाउन चम्पारण जिल्लाको नर्कटिया क्याम्प पुग्न सकिने कारण कांग्रेसको रोजाई भरतपुर थियो । आन्दोलनलाई गन्तव्यमा पुर्याउन भूमिगत शैलीमा करिब ८ महिना तयारी गरियो । भरतपुर, चितवनमा आन्दोलनलाई उँचााईमा पुर्याउन कमलकुमार राईको अध्यक्षतामा समिति गठन भयो । समितिको सचिवमा बुद्धसिंह रानामगर थिए । प्रचार र संगठनमन्त्रीको जिम्मा महेश्वरलाल श्रेष्ठले लिए । सदस्यमा हरिप्रसाद गुरुङ, लालध्वज गुरुङ, इमानसिंह गुरुङ र पद्यबहादुर बस्नेत चयन भए । चितवनको सरकारी क्वार्टरमा कसरी र कहिले आक्रमण गर्ने भन्ने जिम्मा योगप्रसाद उपाध्यायलाई दिइयो । आन्दोलनकारीहरुको तयारी जति तीव्र र चुस्त थियो, सरकारी तयारी झनै दूगुना भयो । यसको अर्काे कारण थियो, गृहमन्त्री थापा । उनी पहिले कांग्रेसमात्रै हैन चितवनबाटै निर्वाचित कांग्रेसी सभासदसमेत थिए । आन्दोलनकारीहरुले संघर्ष समिति गठन गर्दा यता सरकारले आन्दोलन दबाउन बडाहाकिम रामनारायण श्रेष्ठको संयोजकत्वमा जिल्ला न्यायधीश जनकमान श्रेष्ठ, सेनाका कमाण्डर भक्तनरसिंह राणा, मेजर मुहानसिंह महत र नारायणी अञ्चल एसपी जगतबहादुर सुब्बा सम्मिलित फोर्स गठन गर्यो । फोर्सको एउटै लक्ष्य थियो, कुनैपनि हालतमा आन्दोलन दबाएर छाड्नु ।सोही कारण राजधानीबाट समेत भरतपुरमा सेना परिचालन गरियो । पूर्वनिर्धारित कार्यक्रम अनुसार माघ १८ गते कांग्रेसले शक्ति प्रदर्शन गर्यो । तर, सेना र प्रहरीको संयुक्त फौज अगाडी आन्दोलनकारी ढल्दै गरे, पक्राउ परे । प्रतिरक्षाका लागि जुटाइएका केही हतियारसमेत आन्दोलनकारीले प्रयोग गर्न पाएनन् । सुरक्षाकर्मीहरु बर्बर ढंगले प्रस्तुत भएपछि प्रदर्शनकारी हताहत भए । सोही क्रममा गुरुङ मारिए । गुरुङसँगै अन्य कति मारिए हालसम्म संख्या यकिन हुन सकेको छैन । त्यस काण्डमा गुरुङलाई बाँधेर लगियो । त्यसपछि उनी सदाकालागि बेपत्ता भए । गुरुङलाई जिउँदै खाल्डामा पुरियो भन्ने हल्ला चलियो । केहीले गोली हानेर मारियो त कतिले खाल्डोमा हालेर गोली हाने, भने । तर उनीलगायत अन्य कसैको पनि शव पाइएन । गुरुङसँगै आन्दोलनमा रहेका महेश्वरलाल श्रेष्ठले बताए अनुसार उक्त काण्डमा २८ जना बेपत्ता बनाइए । केहीले २२ जना मारिएको बताइएका छन् । आन्दोलनमा सहभागीमध्ये कतिलाई त्यहाँबाट पाता कसेर कसैलाई रक्सौल, कसैलाई मेची बोर्डर पुर्याइएको थियो । केहीलाई रौतहटको जंगलतर्फ लगेको स्थानीयले देखेको बताएका थिए । ती मध्ये कसैलाई पुनः जीवित देखिएन । आन्दोलनमा सरिक लालध्वज गुरुङ भरतपुरबाट भागेर पोखरा आउने क्रममा भिमादमा पक्राउ गरी मारिए । त्यस्तै, बुङ भरतपुरबाट भागेर पोखरा आउने क्रममा भिमादमा पक्राउ गरी मारिए । त्यस्तै, बुद्धसिंह राना, खेमबहादुर गुरुङ र ट्रफि लामासमेत बेपत्ता पारिए । सोही दिन ११ जनालाई सेनाले एउटै डोरीले बाँधेर टिकौलीको जंगल लगेपछि उनीहरु पनि फेरि देखिएनन् । आन्दोलनको त्यस दिनको घटनाबारे महेश्वरलालले बेलाबेला उल्लेख गरेका वृत्तान्त हुन् । त्य समयका एकमात्र जीवित पात्र उनी हाल भरतपुरमा छन् । गुरुङको योगदान र गाथालाई बिर्सन नदिन ०५० मा स्थापित शहिद हरिप्रसाद गुरुङ प्रतिष्ठान पोखराले सक्दो मिहिनेत गरेको छ । प्रतिष्ठानका अध्यक्ष रुद्रबहादुर गुरुङ भन्छन्, ‘उहाँ (हरिप्रसाद) मारिएपछि शहिद घोषणा गरियोस् भनेर हामिले तारान्तार सम्बन्धित निकायमा खबरदारी ग¥यौं, तर सुनुवाई भएन । कांग्रेसले लामो समय सरकार चलाउँदा पनि हाम्रो कुरा सुनिएन ।’ अझ, कांग्रेसलाई नै घटनाबारे पूर्ण जानकारी नभएको भन्दै उनले दुखेसो पोखेका थिए । अध्यक्ष रुद्रकाअनुसार हरिप्रसाद बेपत्ता बनाइएपछि उनको सम्पूर्ण सम्पत्तिसमेत सरकारले रोक्का गर्यो । ससुराली खलकको भरथेगले परिवारमा ठूलै समस्या भने हुन पाएन । जुन सम्पत्ति ०४६ सालपछि मात्रै फुकुवा गरिएको थियो । गुरुङ बेपत्ता पारिएपछि श्रीमती दोधाँरमा परिन् र हातमा रातो चुरा लगाइरहेका थिइन् । प्रजातन्त्रको पूनर्बहालिपछि नेता गणेशमान सिंहले उनी मारिइसकेको र काजकिरिया गरे हुन्छ भनेपछि अन्ततः ०४६ भदौमा विधिवत काजकिरिया गरिएको प्रतिष्ठानका सचिव टिकाबहादुर गुरुङले जनाए । त्यसबेला नेता सिंहले गुरुङ परिवारलाई किरिया खर्चवापत १ लाख रुपैयाँ उपलब्ध गराएका थिए । आन्दोलनमा आफन्त हरिप्रसाद गुरुङको काजकिरिया गरेपछि परिवार र आफन्तले उनलाई शहिद घोषणा गर्नुपर्ने माग गर्दै कास्की, भरतपुर काँग्रेस हुँदै केन्द्रमा ढोका ढक्ढक्याउन सुरु गर्यो । प्रतिष्ठानका पदाधिकारीहरुको झोलामा सरकार र पार्टीलाई बुझाउन ज्ञापनपत्रका प्रति भइरहन्थे । कांग्रेसका योद्धा भएकाकारण उनलाई शहिद घोषणा गरियोस् भन्ने माग जायज थियो । तर, सुनुवाई भइरहेको थिएन । सुनुवाई नभएपनि उनको शालिक स्थापना गर्न प्रतिष्ठानले हदैसम्म पहल ग¥यो । र, फलस्वरुप ०५० मंसिरमा पोखराको सिम्पानीचोकमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गुरुङको अद्र्धकद शालिकको स्थापना गरी उक्त स्थानलाई हरिचोक नामाकरण गरे । पछि ०६५ मंसिरमा पूर्णकदको शालिक राखियो । उनको शालिक राख्न कास्की कांग्रेसका शुक्रराज शर्माको योगदान रहेको सचिव टिका बताउँछन् । शालिक राखियो, सिम्पानी चोकले नयाँ नाम पायो, तर उनलाई शहिद घोषणा नगरिएकोमा प्रतिष्ठानको लडाई निरन्तर थियो । त्यसपछिको समय विभिन्न तवर र शैलीमा मारिएका व्यक्तिहरुलाई राज्यले आफुखुशी शहिद घोषणा गर्दै पीडित परिवारलाई क्षतिपुर्ति दिँदै गर्दा प्रतिष्ठानका पदाधिकारी बेचैन थिए । ज्ञापनपत्र बुझाउँदै, खबरदारी गर्दै विभिन्न निकायमा धाउँदा आश्वासनबाहेक केही पाएका थिएनन् । तरपनि उनीहरु थाकेनन् । यहि अनवरतको खटाइपछि गत भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाले माघ ११ गते शहिदहरुको नामावली सार्वजनिक गर्ने क्रममा गुरुङको नाम पनि समावेश गरे । यसरी बेपत्ता पारिएको ५६ वर्षपछि उनी शहिदको लिष्टमा परे । घोषणासँगै प्रतिष्ठानले चैनको सास फेरेको अध्यक्ष रुद्र बताउँछन् । ‘२ दर्जन बढी मारिएको वा बेपत्ता भएको आन्दोलनमा हरिप्रसादमात्रै शहिद घोषणा भए नि ?’ सोधाइमा सचिव टिका भन्छन्, ‘हाम्रो उद्देश्य हरिप्रसादलाई मात्रै चर्चामा ल्याउने, शहिद घोषणा गर्ने थिएन, यकिन संख्या पत्ता लगाउन हामीले लामो समय भरतपुरमा सोधखोज गर्यौ, तर कोही भेटेनौं ।’ अन्य कोही नभेटेपछि हरिप्रसादलाई शहिद घोषणा गर्न प्रतिष्ठानले संघर्ष गरेको उनले सुनाए । प्रतिष्ठानको तयारी शहिद घोषणा गर्ने योजना सफल भएपछि अब शहिद गुरुङलाई चिनाउने योजनामा प्रतिष्ठान लागेको छ । उनका चिनो खोज्ने तयारीमा जुटिरहेको प्रतिष्ठान पोखराको पुरानो घर र भरतपुरमा केही भेटिन्छ कि भनेर खोज्दैछ । हालसम्म गुरुङले यौवनावस्थामा सेतो घोडा चढेकोबाहेक अन्य तस्बिर पाउन सकेको छैन । सोही तस्बिरको आधारमा उनको शालिक निर्माण गरिएको हो । प्रतिष्ठानले वैसाख १२ गते गुरुङको जन्म दिवस मनाउँदै आइरहेको छ । – व्यक्तिगत अर्काइभ