पोखरा-काठमाडौं २ सय २५ रुपैयाँले घट्यो हवाई भाडा, कहाँ कति हवाई भाडा हेर्नुहोस् ?
काठमाडाैं | असार १९, २०८०

काठमाडौं: नेपाल आयल निगमले हवाई इन्धनको भाडा घटाएसँगै हवाई भाडा पनि घटेको छ । हिजो सोमवार आयल निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो ।
निगमले इन्धनको भाउ घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रुको इन्धन शुल्क पनि घटाएको हो । यात्रुको इन्धन शुल्क घट्नु भनेको भाडा पनि घट्नु हो । सबैभन्दा धेरै इन्धन शुल्क विराटनगर–नेपालगञ्ज रुटमा सात सय ५० रुपैयाँले र सबैभन्दा कम लुक्ला–फाप्लुको भाडा ६० रुपैयाँले घटेको छ ।
यस्तै काठमाडौं–पोखराको २ सय २५ रुपैयाँ,काठमाडौं–धनगढीको भाडा छ सय ५० रुपैयाँ, काठमाडौं–नेपालगञ्जको चार सय ५५, विराटनगर–भैरहवाको चार सय ५०, पोखरा–धनगढीको चार सय ७५ र काठमाडौं–सुर्खेतको भाडा चार सय ८५ रुपैयाँले घटेको छ ।
यस्तै काठमाडौं–भद्रपुरको भाडा चार सय २० रुपैयाँ, पोखरा–नेपालगञ्जको तीन सय ३०, काठमाडौं–जनकपुरको एक सय ८० र काठमाडौं–भैरहवाको भाडा दुई सय ८५ रुपैयाँले घटेको छ ।
घटेको शुल्क भोलि बुधवारदेखि लागू हुनेछ । प्राधिकरणले यसअघि असार ६ गते पनि इन्धन शुल्क घटाएको थियो ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...