लमजुङको भलायखर्क केन्द्रविन्दु भएर भूकम्प

लमजुङ | असार ८, २०८०

लमजुङको भलायखर्क केन्द्रविन्दु भएर भूकम्प सांकेतिक तस्वीर

लमजुङ:      लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको राइनास नगरपालिकामा रहेको भलायखर्क आसपास केन्द्रविन्दु भएर आज शुक्रवार बिहान ५ बजेर ५५ मिनेट जाँदा चार रेक्टर स्केलको भूकम्प गएको हो ।


भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखामा महसुस गरिएको थियो । यसअघि गएको असार ५ गते बिहान दार्चुलाको खाण्डेश्वरी आपसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।


पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ ।

काठमाडौं:  सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोध्नु...

थप पढ्नुहोस्

काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्र...

थप पढ्नुहोस्

पोखरा:  इम्ब्रोेइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराले नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसरमा एगा सम्बद्ध पर्यटन व्यवसायी महिलाहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।  &nbs...

थप पढ्नुहोस्