पाल्पामा पौडी खेल्दा डुबेर दुई जनाको मृत्यु
पाल्पा | असार ५, २०८०
सांकेतिक तस्वीर
पाल्पा: पाल्पामा डुबेर दुई जनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको तिनाउ नदी र रैनादेवी छहराको जलुके झर्नामा पौडी खेल्ने क्रममा डुबेर एकै दिन दुई जना युवाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारत देश गोरखपुर फत्तेपुर बस्ने ३४ वर्षका विपिन धुँसिया र रुपन्देही जिल्ला शुद्धोदन गाउँपालिका–२, बस्ने २२ वर्षका सञ्जय चौधरी रहनुभएको छ । सोमबार बेलुकी साढे ५ बजेतिर तिनाउ–३, शिद्धबावा नजिकै तिनाउ नदीमा साथीहरूसँगै पौडी खेल्ने क्रममा धँसियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यस्तै रैनादेवी छहरा–८, जलुकेस्थित जलुके झर्नामा साथीहरूसँगै पौडी खेल्न जाँदा बेलुकी ६ बजेतिर डुबेर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । पछिल्लो समय पाल्पाका विभिन्न स्थानमा डुबेर मृत्यु हुने क्रम बढेको प्रनाउ थापाले बताउनुभयो ।
पाल्पामा पछिल्लो समय डुबेर मृत्यु हुने क्रम बढेको छ । गर्मी छल्न पौडी खेल्ने क्रममा युवा, किशोर–किशोरीको मृत्यु हुने गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

