अन्तर विद्यालय क्रिकेट: त्रिभुवन र बाराही च्याम्प्यिन

पाेखरा | असार ४, २०८०

अन्तर विद्यालय क्रिकेट: त्रिभुवन र बाराही च्याम्प्यिन

पोखरा:    पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा युकेको मेरलिबोन क्रिकेट फाउण्डेशन र किडासाको सहयोगमा ब्रेकिङ बाउण्ड्रिज कास्की जिल्ला स्तरीय अन्तर सामुदायिक विद्यालय स्तरिय टी–२० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

 

प्रतियोगितामा छात्रतर्फ त्रिभुवन मावि तथा छात्रातर्फ बाराही मावि च्याम्पियन भएको छ । 

 

पोखरा रंगशालामा छात्रतर्फ सोमबार भएको फाइलन खेलमा त्रिभुवनले जनप्रिय माविलाई ८ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।

 

पहिला ब्याटिङ गरेको जनप्रियले १०.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ३२ रन मात्रै बनाउन सक्यो । जनप्रियका प्रतिक सर्माले ८ रन बनाए । त्रिभुवनका बलर करण यादवले ३ र संगम सुवेदीले २ विकेट लिए । 
जितका लागि ३३ रनको लक्ष्य पछ्याएको त्रिभुवनले ३ ओभर २ विकेट गुमाएर जित हाँसिल ग¥यो । त्रिभुवनका करण यादवले २५ रन हाने ।
 

छात्रातर्फ बाराहीले सिद्ध माविलाई २ विकेटले पराजित गर्दै प्रथम स्थान हाँसिल ग¥यो । पहिला ब्याटिङ गरेको सिद्धले १५ ओभरमा ४ विकेट गुमाएर ७९ रन बनायो । सिद्धका रचना चौधरीले २० तथा सानिया तामाङ्गले १५ रन जोडे ।

जितका लागि ८० रनको लक्ष्य सहित मैदान उत्रिएको बाराहीले ११.३ ओभरमा ८ विकेटको क्षतिमा जित हाँसिल ग¥यो । बाराहीका कमला बुढाले १३, सफलता भुजेलले ५ रन बनाए । 
प्रतियोगितामा छात्रतर्फ त्रिभुवन माविका करण यादव बेष्ट ब्याट्स्म्यान, जनप्रियका समिर भट्टराई बेष्ट बलर भए ।

 

छात्रातर्फ सिद्धका रचना चौधरी बेष्ट व्याटर तथा सिद्धकै सुसिला तामाङ्ग बेष्ट बलर भइन् । विजेता तथा उपविजेता टोलीले ट्रफि, मेडल सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे ।

 

नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य ऋषिराम गौतम, प्रदेश क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेन्द्र प्रजु, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, सहयोगी एमसिसी प्रतिनिधी सचिन शाक्य, आयोजक पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बोबिन कुँवर लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । 

पोखरा ।    दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ ।    आयोजक नेपाल खेलकुद पत्रका...

थप पढ्नुहोस्

पोखरा:   लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुइ पुस्तक बजारमा आएका छन् ।   ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्...

थप पढ्नुहोस्

पोखरा:  नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् ।    पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार...

थप पढ्नुहोस्