गलकोट:  बागलुङको ताराखोला गाउँपालिका जलविद्युतको हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणधीन र दुई प्रक्रियाम...

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको बाल एकता बोर्डिङ अज्ञात समूहको गोली लागेर घाइते भएका स्कुल सञ्चालक रुपेश सराफको उपचारको क्रममा निधन भएको छ।   मोटरसाइकलमा आएका नचिनेका मानिसको समूहले ३५ वर्षका सराफमाथि दुई राउन्ड गोली प्रहार गरेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । गोली लागेका सराफको वीरगञ्जमा रहेको बयोदा सिटी अस्पतालमा पुर्‍याएको केहीबेरमै ज्यान गएको हो । उहाँको घाँटी र छातीमा गोली लागेको अस्पतालले जनाएको छ ।   बजार क्षेत्रमा मोटरसाइकलमा यात्रा गरिरहेकै बेला सराफमाथि गोली प्रहार भएको हो । घटनास्थल प्रहरी चौकीबाट नजिकै पर्छ । गोली हान्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:   संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आज बिहान खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको विषयका सम्बन्धमा अन्तर्क्रिया गरेका थिए । सो अवसरमा महासचिव गुटेरेसले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ९कोप–२८०मा स्थानीयका सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने उल्लेख गरेका थिए । उनले विश्वको प्रदूषण वृद्धिमा धनी देशको भूमिका रहेको तर खुम्बु पासाङल्हामु गाउँपालिकाजस्ता दुर्गम स्थानमा नकारात्मक असर पर्नु दुःखद् भएको बताएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए । महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पान्न हुने समस्या कम गर्नका लागि के गर्न सकिन्छ भनेर पहल गर्ने र उक्त सन्देश विश्वभरि लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । भेटमा स्थानीय समुदायले हिमनदी पग्लिनेक्रम बढेको, जलवायुजन्य हानि नोक्सानी बढेको, पानीका स्रोत सुक्दै गएको, स्थानीय बालीनालीमा जलवायुको असर परेको, नाङ्गा हिमालमा पानी पर्दा पहिरो जाने समस्या बढेको जस्ता विषय महासचिव गुटेरेसलाई अवगत गराएका अध्यक्ष अधिकारीले जानकारी दिए । साथै स्थानीयले गाउँमा ऊर्जाको अभाव रहेको र लघु जलविद्युत् आयोजना निर्माणमा सहयोगका लागिसमेत आग्रह गरेका थिए । महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी छन् । महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान यहाँ आइपुगेका हुन् । उनले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । साथै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्त्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए । प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका थिए । भ्रमणका क्रममा उनी सगरमाथा क्षेत्र र पोखराका साथै अन्नपूर्ण आधार शिविर र लुम्बिनी जाने छन् । यही कात्तिक १४ गते मङ्गलबार अपराह्न उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री दाहालको निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन् ।

बारा:    बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ। प्रधानाध्यापक रुपेश सराफमाथि अज्ञात समूहले टाउको र छातीमा गोली हानेको प्रहरीले जनाएको छ।  बाल एकता बोर्डिङ स्कुलनजिकै मदर्सा टोलमा सराफमाथि गोली प्रहार भएको स्रोतको भनाइ छ। बारा प्रहरीका अनुसार सराफको टाउको र छातीमा गोली प्रहार गरिएको छ। घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए।

दाङ:  दाङमा शौचालयबाट फरार भएका कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याइएका विवेक नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  दाङको घोराही १८ स्थित रझेना विद्यालय आसपास नजिकैबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए ।   राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल चेकजाँचका लागि पुर्याइएका उनी सोमबार बिहान  फरार भएका हुन् । मोबाइल चोरेको आरोपमा ३ दिनअघि प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

बलेवा:    सिङ्गल स्पान’ प्रविधिमा विश्वकै लामो झोलुङ्गे पुल निर्माण भएको कालीगण्डकी नदीमाथि अर्को लामो पुल तयार भएको छ ।  बागलुङ र छिमेकी जिल्ला पर्वत जोड्ने गरी सिङ्गल स्पान प्रविधिको विश्वको दोस्रो लामो पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने गरी चार वर्ष पहिला एक टापुदेखि अर्को टापु सीधा जोड्ने विश्वकै लामो पुल तयार भएको थियो । पाँच सय ६७ मिटर लामो पुलको बागलुङ नगरपालिकाले गण्डकी स्वर्णिम झुला नामकरण गरेको छ । लामो पुल तयार भएको चार वर्षपछि बागलुङकै बागलुङ –४ देखि पर्वतको जलजला गाउँपालिका–८ जोड्ने गरी दोस्रो लामो पुल तयार भएको हो ।  झोलुङ्गे पुलको जिल्लाको नामले परिचित बागलुङ जिल्लामा कालीगण्डकी नदीमाथि पुल बन्ने क्रम जारी छ । बागलुङ–४ गौरीधामदेखि पर्वतको जलजला –८ नाग्लिवाङ जोड्ने गरी कालीगण्डकी नदीमाथि पुल तयार भएको हो । पाँच सय २४ मिटर लामो एक सय ८५ मिटर अग्लो सिङ्गल स्पानको विश्वकै दोस्रो लामो झोलुङ्गे पुलले यस क्षेत्रमा धार्मिक तथा आन्तरिक पर्यटक आकर्षित गर्ने पुल निर्माण गरिरहेको निर्माण कम्पनी प्रतिनिधि वसन्त घर्ती मगरले बताउनुभयो । अहिले निर्माण भएको पुलले पर्वत र बागलुङ लामो यात्रा छोटिनेछ । यसले धार्मिक र आन्तरिक पर्यटक तान्न सफल हुनुका साथै कृषिउपज बिक्री वितरण गर्नसमेत सहज हुने स्थानीय बताउँछन् ।  २०७९ भदौ ४ गते सो पुल निर्माण  थालनी भएको थियो । काम सुरु भएको एक वर्षभित्र करिब ९५ प्रतिशत काम सम्पन्न गरिसकेको छ । पुल निर्माण गर्न रु आठ करोड २३ लाखमा ठेक्का सम्झौता गरेको थियो । निर्माणको म्याद झण्डै एक वर्ष बाँकी छ । पुल निर्माण गर्नका लागि पुलको मुखमा पर्ने जग्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रबहादुर जिसीले करिब पाँच आना जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो । बागलुङ-१ बाङ्गेचौरदेखि पर्वत पाङ जोड्ने विश्वकै सबैभन्दा लामो पाँच सय ६७ मिटरको झोलुङ्गे पुल चार वर्ष अगाडि नै बनिसकेको छ । यसभन्दा अघि स्विट्जरल्याण्डमा चार सय ९७ मिटर लामो सिङ्गल स्पानको झोलुङ्गे पुल विश्वकै सबैभन्दा लामो थियो ।

गोरखा:   गोरखामा लेक लागेर बिरामी परेका दुईजना विदेशी पर्यटकको उद्धारमा समस्या भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ रिप्चेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका विदेशी पर्यटकको उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए। लेक लागेर बिरामी पर्नेमा स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिह्यूल र अमेरिकी नागरिक इरिक कोनेल ओलरज रहेका छन् । उनीहरुको उद्धारका लागि आवश्यक सबै प्रक्रिया पूरा भए पनि हेलिकोप्टर उडानमा समस्या परेपछि उद्धार गर्न कठिनाइ भएको उनले बताए ।  बिरामीको उद्धारका लागि आइतबार प्रयास गरिएको भए पनि असफल भएको थियो । प्रमुख जिल्ला अधिकारी भुसालले गृह मन्त्रालयले हेलिकोप्टर उडानको अनुमति दिएको भएपनि मौसममा खराबीका कारण हेलिकोप्टर उडाउन समस्या भएको हो । मन्त्रालयले अल्टिच्यूड एयरको हेलिकोप्टर बिरामीको उद्धार गर्ने अनुमति दिएको उनको भनाइ छ । मौसममा सुधार आए आज दुवैजनाको उद्धार गरिने प्रजिअ भुसालले जानकारी दिए।

दाङ:    दाङमा चोरी अभियोगमा पक्राउ परेका एक कैदी फरार भएका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नियमित स्वास्थ्य जाँचको लागि लगिएको अवस्थामा शौचालय जाने बहानामा १८ वर्षीय विवेक नेपाली  फरार भएका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले कैदी फरार भएको पुष्टि गरेका छन् ।  हिरासतमा राखिएका कैदीलाई क्षयरोगको शंका लागेपछि खकार परीक्षणका लागि प्रतिष्ठानमा लगिएको थियो ।  पाँच जना सुरक्षाकर्मी सहित अस्पताल लगिएका नेपाली भागेपछि उनको खोजी तीव्र पारिएको छ ।  उनी अहिलेसम्म फेला परेका छैनन् । प्रहरीले चोरी अभियोगमा नेपालीलाई शनिबार साँझ नियन्त्रणमा लिएको थियो ।

तनहुँ:    तनहुँमा अरिङ्गालले चिलेर एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।   भानु नगरपालिका– ७  रम्गाटार स्थित जङ्गलमा आइतबार राती ११ः५५  अरिङ्गाल पोल्ने क्रममा घाइते हुनु भएका  भानु नगरपालिका– ४ फला खेत बस्ने वर्ष ३२ को राजकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही ठाउँ बस्ने  वर्ष २४ को धनबहादुर तामाङ गम्भिर घाइते भएका छन् ।  निजहरू दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रे तनहुँमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागी चितवन मेडिकल कलेजमा चितवनमा पठाएकोमा घाइते मध्ये राजकुमारको सोमबार बिहान ४ः२० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ल प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।  घाइते धनबहादुरको सोही अस्पतालमा उपचार भइरहेको उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रनाउ खाँडले बताए ।  

काठमाडौँ:  नेपाल प्रहरीका २२ जना अधिकारीहरू हाजिर हुन नआएपछि सूचना नै निकाल्नु परेको छ । सम्पर्कमा नआउनेमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म रहेका छन् ।   नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार  हाजिर हुन आउने बारेको सूचना प्रकाशित गरेको छ ।   उनीहरूलाई सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ दिन भनिएको छ । अन्यथा उनीहरूलाई  सेवाबाट हटाउने कारबाही हुने बताइएको छ ।   सूचनामा भनिएको छ, ‘तपाईं देहाय विवरणका प्रहरी कर्मचारीहरू देहायको मितिदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन आउने बारे यो सूचना प्रकाशित गरिएको छ ।   यि हुन् हाजिर हुन नआएका प्रहरी कर्मचारी: