गलकोट:  बागलुङको ताराखोला गाउँपालिका जलविद्युतको हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणधीन र दुई प्रक्रियाम...

ढोरपाटन:    बागलुङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गामाटोले बनेको गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हो । मृतकको सनाखत हुन सकेको छैन । शुक्रबार राति १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । राति नै इलाका प्रहरी गलकोटको टोली आगो निभाउन घटनास्थलमा पुगेको थियो । आगो के कसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

काठमाडौं:    मनाङ एअरको ‘एन–एनजे’ कलसाइन हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेडाईँ खतरामुक्त रहेका अस्पतालले जनाएको छ । उहाँको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एअरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो । घाइते पाइलटलाई फिस्टेल एअरको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको थियो । हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो । हेलिकप्टरमा पाइलट सेडाईं मात्र हुनुहुन्थ्यो । दुर्घटना भएको हेलिकप्टरमा आगो लागेका कारण क्षति भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हेलिकप्टर दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान प्रक्रिया थालिएको छ । हिमाली क्षेत्रमा तीव्र हावा चल्ने भएकाले हेलिकप्टर अवतरणको क्रममा हावाको बेगका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । 

काठमाडौं:    प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग० मा उल्लेख छ । मातामह अर्थात् मामाघरका हजुरबुबाको श्राद्ध गर्नेले भने आइतबार श्राद्ध गर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । मातामहको श्राद्ध कमैले गर्ने गरेका छन् । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले बताउनुभयो । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्रश्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । कारणबश सोह्रश्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्रश्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणबस अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरुको भनाइ छ ।  यो समयमा पनि कारणबस सोह्रश्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।   आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्रा डा भट्टराईले जानकारी दिनुभयो ।  त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत दैनिक एक सय आठ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उहाँले सुनाउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।  पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् वडादसैँ सुरु हुन्छ । वडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्रश्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष गत साउन महिनामा अधिकमास परेकाले सोेह्रश्राद्ध र वडादसैँ पर्व पछि सरेको हो । पितृपक्ष आज सकिए पनि सोह्रश्राद्ध भने आइतबारमात्र समापन हुने जनाइएको छ । आइतबारदेखि वडादसैँ अर्थात् दुर्गा पक्ष सुरु हुन्छ । 

सोलुखुम्बु:    सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको छ। शनिबार बिहान मनाङ एयरको हेलिकोप्टर लुक्लाबाट लोबुचे गएको थियो। लोबुचेमा अवतरणको क्रममा हेलिकोप्टर दुर्घटना भएको हो।  हेलिकोप्टर पूर्ण रुपमा क्षति भएको छ। दुर्घटना भएलगत्तै उक्त हेलिकोप्टमा आगलागि भएको हो। हेलिकोप्टरमा पाइलट प्रकाश सेडाई मात्र सवार थिए। उनी घाइते भएका छन्। हेलिकोप्टर दुर्घटना भएपछि स्थानीयहरुसमेत उक्त स्थानमा पुगेका छन्। पाइलटलाई अर्को हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

काठमाडौं:    काठमाडौंको बौद्धमा प्रहरीले गोली चलाएर लुटेरा समूहका दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले चलाएको गोली लागेर लुटेरा समूहका एक जना घाइते भएका छन् । प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर सिन्धुलीका सन्तोष घनाल घाइते भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, ‘लुटेरा समूहले हाम्रो प्रहरी टोलीमाथि आक्रमण गर्दा आत्मरक्षाका लागि जवाफी फायर गर्दा घनाल घाइते भएका हुन् ।’ घाइते भएका घनालको एनएम्स अस्पताल जोरपाटीमा उपचार भइरहेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यसैगरी यस घटनामा शान्त लामा र जितेन लामालाई प्रहरीले नियन्त्रणमा लिनुका साथै उनीहरूको साथबाट सात राउन्ड गोली, एउटा पेस्तोलसहित दुई वटा मोटरसाइकल बरामद गरिएको प्रवक्ता रेग्मीले बताउनुभयो ।

पोखरा:     भारतीय चर्चित गायक रितो रिबा असोज २८ गते घटस्थापनाको दिन पोखरा आउने भएका छन् ।   पोखराको प्रतिक इभेन्ट र काठमाडौंको टौवा क्रियशनले गायक रिबालाई ल्याउन लागेको हो । लेकसाइड स्थित क्यार्टवार्कमा लाइभ कन्सर्टका लागि रिबा आउने भएका हुन् । असोज २७ गते काठमाडौंमा हुने लाइभ कन्सर्ट पछि असोज २८ गते आइतबार पोखरामा रिबाको बेजोड प्रस्तुती रहने कार्यक्रम संयोजक प्रतिक इभेन्टका प्रतिक सुनारले जानकारी गराए । उनका अनुसार प्रीबुकिङका लागि टिकट खुल्ला गरिएको छ ।   इसेवा मार्फत पनि सर्वसाधारणले टिकट खरिद गर्न पाउने व्यवस्था मिलाइएको छ । कन्सर्टका दिन राति १० बजे डोर ओपन हुने र रिबाले ११ः३० बजे प्रस्तुती दिने प्रतिकले बताए ।   लाइभ कन्सर्टमा प्रवेशका लागि एक हजार रुपैयाँ शुल्क लाग्ने उनले बताए । पछिल्लो समय काठमाडौंमा अन्तर्राष्ट्रिय कलाकार आइरहँदा पोखरामा भने कमै आउने गरेका थिए ।   भारतीय गायकहरुको प्रस्तुति पोखरामा कम नै हुनेगथ्र्यो । तर प्रतिक इभेन्ट र टौवा क्रियशनले भने पोखरामा पनि भारतीय कलाकारको प्रस्तुतिको चाँजोपाँजो मिलाएका छन् । इन्डियन आइडल १३ मा उत्कृष्ट १५ बाट बाहिरिएका गायक हुन् रितो रिबा । उनी बाहिरिए पनि उनको आवाजलाई भने सामाजिक संजालमा निकै रुचाइएको छ । रितो रिबाको ‘तू मेरी हीर’ युटुबमा मिलियन पटक हेरिएको छ । उनका चर्चित गीत ‘इक तुही मेरी बना गी क्या’ चर्चामा छ । युवा पुस्तामा निकै लोकप्रिय गायकका रुपमा चिनिएका रिबाले भारतमा सयौं साँगीतिक कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

बागलुङ:   बागलुुङको ताराखोला गाउँपालिका १ माझखर्कमा विजयादशमीको अवसरमा ‘दशैमेला २०८०’ एवम् क्लबको २२ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाउने भएको छ । माझखर्कमा सक्रिय रहदैं आएको शिव लेकाली जीवन ज्योति युवा क्लबले २२ औं वार्षिकोत्सव तथा बडादशैंको अवसरमा खुुल्ला वडा स्तरीय भलिबलसँगै विविध कार्यक्रम आयोजना गरेको हो ।  आगामी कात्तिक १ देखि ४ गतेसम्म सञ्चालन हुने खुल्ला वडास्तरीय पुरुष भलिबलसँगै खुल्ला सामुहिक नृत्य, खुल्ला कारिमबोर्ड प्रतियोगिता र बेलुन फुटाई प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मन बहादुर घर्तीमगरले बताए ।  बडादशैको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगितामा ताराखोला गाउँपालिका भित्रको वडाले मात्र सहभागिता जनाउन पाउने अध्यक्ष घर्तीले बताए । ‘क्लबको वार्षिकोत्सवसँगै दशैमेलामा आयोजित पुरुष भलिबल प्रतियोगितामा गाउँपालिका भित्रका वडाले मात्र सहभागिता जनाउने पाउनेछन्’, अध्यक्ष घर्तीमगरले भने । उनका अनुसार पुुरुष भलिबल प्रतियोगितामा प्रथम र द्धितिय हुुनेले क्रमश ३५ हजार र २० हजार ट्रफी प्रमाण प्राप्त गर्नछन भने सेमिफाइनलमा प्रवेश गर्ने दुुई समूहलाई नगद ५र५ हजार प्रदान गरिने छ । भलिबल प्रतियोगितामा सहभागिता जनाउन ३ हजार ५ सय शुल्क निर्धारण गरेको क्लबले जनाएको छ । त्यस्तै खुुल्ला सामुुहिक नृत्य प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुुने समुहले क्रमशः १०, ६ र ४ हजार प्राप्त गर्नेछन । भने प्रतियोगितामा सहभागिता जनाउन १हजार २ सय शुुल्क निर्धारण गरेको छ ।  यस्तै खुल्ला कारिमबोर्ड प्रतियोगितामा प्रथम र द्धितीय हुनेले क्रमश ७ र ३ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगितामा सहभागिता जनाउन १ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । वर्षेनी गर्दै आएको खुुल्ला महिला÷पुुरुष भलिबल अब प्रतियोगिता हरेका तीन वर्षको अन्तरालमा आयोजना गर्ने क्लबका अध्यक्ष घर्तिले बताए ।  क्लबले वर्षायामको समयमा सडक मर्मत, गोरेटो बाटो निर्माण लगायत प्रजातन्त्र विकास माविका विद्यार्थीहरुलाई प्रत्येक वर्ष विभिन्न विधामा पुुरस्कार वितरणसँगै सोही विद्यालयका उत्कृष्ट शिक्षकलाई समेत सम्मान गर्दै आएको छ ।  यस्तै क्लबले अमर प्राथमिक विद्यालयमा समेत गतवर्षदेखि उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्न थालेको छ ।खेलकदुको विकाससँगै सामाजिक क्रियाकलापमासमेत उक्त क्लब सक्रिय रहदैं आएको छ ।

काठमाडौं:      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा रहेका नेपाली नागरिकको उद्धार गर्न निर्देशन दिनुभएको छ ।नेपाल एयरलाइन्सको जहाज पठाउन भएको ढिलाइबारे सम्बन्धित अधिकारीहरुसँग त्यसबारे बुधबार जानकारी लिनुभएको छ । साथै प्रधानमन्त्री प्रचण्डले आजै  जहाज पठाउन निर्देशन गर्नुभएको हो । आजै बेलुकी नेपाल एयरलाइन्सको जहाज पठाउने निर्णय भएको छ । जहाज आज राति ११ बजे उड्ने र दुबई ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभएको छ । गत शनिबार प्यालेष्टिनी विद्रोही समूह हमासले आक्रमण गरी इजरालमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए । विद्रोही समूहको आक्रमणबाट एक नेपाली अहिले पनि बेपत्ता छन् । घर फिर्तीका लागि ३५० जनाको विवरण दूतावासले प्राप्त गरिसकेको छ ।