काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

पोखरा:     १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो ।त्यस अवसरमा क्लवको बहुउद्देश्यीय सामुदायिक भवन पनि शिलान्यास गरिएको छ । महोत्सव शुभारम्भ गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले स्थानीय सरकार किसानको हकहितको पक्षमा रहेको बताए ।उनले आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिदै महोत्सवले किसानलाई हौसला बढाउने कार्य गरेको स्पष्ट पनि पारे । प्रमुख आचार्यले महोत्सवले कृषिका धेरै क्षेत्र समेटेको उल्लेख गर्दै हेमजाको सिचाई व्यवस्थापनका लागि महानगरले संघ सरकारको समपुरक योजनामा चौरासी नहर पुर्ननिर्माणलाई जोडेर पठाएको उल्लेख  गरे ।साँझा चोकदेखि बुद्ध चोकसम्मको बाटो पनि बुहुवर्षेमा परेको छ, अगामी वर्ष करिव २८ अर्वका योजनाहरु महानगरमा लागु हुँदैछन्, सुईखेत डुवान नियन्त्रणको कार्य पनि अगाडि बढेकै छ उनले भने । महानगर प्रवक्ता समेत रहेको पोखरा २५ हेमजाका वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सवका संस्थापक प्रति आभार प्रकट गर्दै आलुले हेमजाको पहिचान दिएको स्पष्ट पारे ।उनले बहुउद्देश्यीय भवन निर्माणको खुशीयाली साट्दै हेमजाको विकासमा महानगर प्रयासरत रहेको औँल्याए । पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाँले आलु स्वास्थ्यका लागि महत्वपूर्ण भएको स्पष्ट पार्दै हेमजाको आलुलाई उपभोक्ताले मन पराएको धारणा राखे ।आलुका परिकारलाई मुल्य शृङखलामा जोड्न सके किसानको आर्थिक अवस्था सुधारिने जनाउँदै प्रमुख कडरियाँले किसानलाई हरेक क्षेत्रमा प्राथमिकता दिनुपर्ने स्पष्ट पारे । त्यस अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सीना पंगेनी, आलु महोत्सवका संस्थापक धर्मराज बास्तोला, कलाकार जीवन दाहाल, मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठ, महासचिव वसन्तकुमार श्रेष्ठ लगायतले पनि धारणा राखे । महोत्सव सुरु हुनु पूर्व स्थानीय माईस्थानबाट बाजागाजा सहित शोभा यात्रा एवम् झाँकी ¥याली निकालिएकोमा उक्त ¥याली  मिलनचोक, साँझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुग्यो । भाँकी ¥यालीमा सयौं हेमजावासीको उल्लेख्य सहभागिता रहयो । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहेका छन् ।  महोत्सवमा प्रतिकिलो ४० रुपैयाँमा आलुको कारोवार भइरहेको छ भने करिव ८० टन आलु बिक्रीवितरण हुने आयोजकको अपेक्षा छ ।महोत्सवमा प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीलाई ५० रुपैयाँमा टिकटको व्यवस्थापन गरिएको छ । हेमजामा करिव ५ सय हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएकोमा करिव १५ करोडको आलु बिक्रीवितरण हुने गरेको महानगरपालिका कृषि महाशाखाले जनाएको छ ।महोत्सव यही वैशाख ५ गतेसम्म चल्नेछ ।  

पोखरा:   नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेसले सर्वोच्च अदालत जाने तयारी गरेको छ । गठबन्धनले गरेको दाबी पेस असंवैधानिक भएको भन्दै कांग्रेस सर्वोच्च जान लागेको कांग्रेस संसदीय दलमा प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । उनीहरू अहिले छलफल गरिरहेका छन् । गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आइतबार एमाले, माओवादी र राजीव गुरुङ ९दीपक मनाङ० को समर्थनमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेस गरेका थिए । त्यसपछि प्रदेश प्रमुखले खगराजलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यसपछि कांग्रेसले विरोध जनाउँदै सर्वोच्च जाने तयारी गरेका हो ।

सिरहा:    सिराहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटेको छ। सिराहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट हतियार देखाएर लुटिएको हो। भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरूले स‍ ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित आइरहेका पुरुषोत्तम यादवलाई हतियार देखाएर नगद सहित २ थान ग्लोबल आईएमई बैंकको र ३ वटा राष्ट्रिय वाणिज्य बैंकको खालि चेक र मोबाइल समेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। लुटिएको रकम विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ। यादवले दिएका बयान अनुसार लुटेरामध्ये मोटरसाईकल चलाउनेले क्रिम कलरको र पछाडि बस्नेले रातो रङ्गको कपडा लगाएको प्रहरीले बताए। जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले घटनाको पुष्टि गर्दै थप विवरणहरू संकलन भईरहको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

पोखरा:       होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले होटल व्यवसायी र मजुदरहरुलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहका सम्बन्धमा तालिम दिन सुरु गरेको छ । यस सम्बन्धी तालिम पहिलो चरणमा कालिगण्डकी करिडोर अन्तर्गतका होटल क्षेत्रका जनशक्तिका लागि आयोजना गरिएको हो । त्यसैगरी मस्र्याङदी करिडोरका व्यवसायीलाई समेत तालिमको योजना रहेको छ । होटल व्यवसायी महासंघ गण्डकीले आज नवलपरासीको गैँडाकोटमा पत्रकार सम्मेलन आयोजना गरी यही चैत २४ र २५ गते गैँडाकोटमा कालीगण्डकी करिडोरका होटल व्यवसायीहरु तथा त्यसमा काम गर्ने कामदारहरुलाई स्वच्छता र पर्यटकमैत्री सेवा प्रवाहका सम्बन्धमा तालिम दिन लागिएको जनाएको छ । महासंघका अध्यक्ष अर्जुन चोखालका अनुसार तालिममा करिडोर अन्तर्गत गैँडाकोट, बुलिङटार, बौदीकालीका गाउँपालिका लगायत नवलपुर जिल्लाभरिका होटल तथा पर्यटन व्यवसायीहरु र कामदारहरु समेत गरी ७० जनाको सहभागिता रहनेछ । “होटल तथा पर्यटन व्यवसायलाई मर्यादित बनाउने, व्यवसायको स्तरोन्नति गर्ने, विभिन्न तालिम तथा प्रशिक्षणहरु सञ्चालन गरी सेवा व्यवसायलाई गुणस्तरीय बनाउन कार्यक्रमबाट सहयोग पुग्नेछ ।” अध्यक्ष चोखालले भन्नुभयो ।  पोखरा गण्डकी प्रदेशको राजधानी सहर घोषणा भइसकेको सन्दर्भमा पर्यटन क्षेत्रलाई थप पर्यटकमैत्री बनाउने र यस क्षेत्रमा कार्यरत जनशक्तिलाई खाद्य स्वच्छताका बारेमा जानकारी गराउन कार्यक्रम महत्वपूर्ण हुने बताइन्छ ।  छिमेकी मुलुक चिनसँगको उत्तरी नाका कोरलादेखी दक्षिणी छिमेकी मुलुक भारतको सुस्ता त्रिवेणीसम्म जोडिएको कालीगण्डकी करिडोर गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको र विशेष गरी धार्मिक पर्यटनका लागि महत्वपूर्ण रहेको छ ।  यस क्षेत्रको गुणस्तरीय पर्यटन विकासबाट मात्र ठूलो मात्रामा रोजगारी सिर्जना हुने तथा देशको मजवुत अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने भएकाले होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको क्षमता अभिवृद्धि, कर्मचारीको सीप र दक्षता अभिवृद्धिलाई प्राथमिकता दिइएको अध्यक्ष चोखालले बताउनुभयो ।  सहभागीहरुलाई खाद्य स्वच्छता, सरसफाई र पोसाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबीचको सम्बन्ध, व्यवसायको प्रचारप्रसार र प्रवद्र्धन, स्थानीय उत्पादनको व्यावसायिकरण लगायतका विषयहरुमा सिकाइने महासंघका महासचिव देवेन्द्र लम्सालले जानकारी दिनुभयो ।  तालिमका प्रमुख प्रशिक्षकमा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी तथा  प्रशिक्षकहरुमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँका प्रमुख ज्योति आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका अधिकृत कुन्दन मिश्र लगायतका विषय विज्ञहरु रहनुभएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त प्रमुख नविन पोखरेलले काली गण्डकी र मस्र्याङदी करिडोरमा रहेका साना तथा मझौला व्यवसायी तथा कामदारहरुलाई समेत स्वच्छता र पर्यटकमैत्री व्यवहारका बारेमा सिकाउनु  महत्वपूर्ण रहेकाले तालिम आयोजना गरिएको बताउनुभयो ।  पर्यटनको राजधानी पोखरा, बेगनास तथा काठमाडौँम रहेका ठूला र स्तरीय होटलमा दिइएको सुविधा राम्रो रहेपनि अन्यत्र रहेका पर्यटकीय गन्तव्यहरुमा समेत राम्रो र पर्यटकमैत्री व्यवहार आवश्यक रहेको पोखरेलको भनाई छ ।  उहाँले भन्नुभयो,“पर्यटन क्षेत्रमा हस्पिटालिटीको धेरै महत्व रहेको हुन्छ । गाउँ ठाउँ तथा स्थानीय स्तरमा पनि पर्यटकमैत्री व्यवहार हुन नसके नेपालको बारेमा राम्रो सन्देश जाँदैन । त्यसैले व्यवसायी र कामदारलाई तालिम दिएर सेवा प्रवाहमा सयोग गर्नु पर्यटन बोर्डको दायित्व हो । ” बोर्डले यस्ता खालका तालिमहरु कालीगण्डकी करिडोरको नवलपुर र म्याग्दी तथा मस्र्याङदी करिडोरको दमौली र मनाङमा गर्न लागिएको जनाएको छ ।   

काठमाडौं:    विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन्। ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको हो। उक्त समितिका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएका मागको सुनुवाइ  नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहर विसर्जनमा रोक लगाइएको बताए। आज बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको उनले जानकारी दिए। ‘फोहर विसर्जनका सम्बन्धमा विगतका सहमतिको कार्यान्वयन र नयाँ मागको सम्बोधनको प्रतिबद्धता नभएसम्म फोहर फाल्न दिँदैनौँ,’ उनले भने।   बञ्चरेडाँडा ल्यान्डफिलसाइटमा काठमाडौँ र ललितपुरका साथै अन्य नगरपालिकाबाट दैनिक एक हजार पाँच सय टन फोहर विर्सजन हुने गरेको छ।

पोखरा:     जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एव्म प्रहरी उपरीक्षक मोहनकुमार थापाले पोखरामा भोलिदेखि मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने वर्कसप र चालकलाई कारवाही गर्ने बताएका छन् । कास्की प्रहरी प्रमुख थापाले आज पोखरामा मोटरसाईकल वर्कसपमा सचेतना मूलक स्टिकर टाँस्ने अभियान शुभारम्भको गर्दै मोडिफाई मोटरसाइकललाई ट्राफिक नियम उल्लघन गरेबापत कारवाही गरिएपनि नियन्त्रणमा नआएको बताए ।  त्यसैले सवारी जरिवाना मात्रै नभएर २५ दिन हिरासतमै राख्ने घोषणा गरे । ‘सवारी तथा यातायात व्यवस्था ऐन विपरित मोडिफाई भएका केही मोटरसाइकललाई ट्राफिक नियम उल्लघन गरेवापत जरिवाना ग¥यौं, कास्की प्रमुख थापाले भने, ‘मोडिफाई गर्ने क्रम अझै रोकिएको छैन । अब हामी मोडिफाई गर्न संग्लन हुने सबैलाई मुलुकी अपराध संहिता २०७४ मा सार्वजनिक शान्ति भंग गर्न नहुने कसुर छ । त्यसमा कसैलाई दुःख हैरानी दिन नपाईने उल्लेख गरिएको छ । त्यही कानूनलाई प्रयोग गरेर कारवाही गर्छौ ।’ उनले पोखरामा भोलिदेखि स्विकृती विना मोेटरसाइकल मोडिफाई गर्ने वर्कसप र चालकलाई २५ दिन थुनामा राखेर कारवाही गर्ने बताए ।  ‘पोखरामा पछिल्लो समय सवारी साधन मोडिफाई गरेर चलाउने क्रम बढ्दो रुपमा रहेको छ, केही सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही पनि ग¥र्यौ, थापाले भने, ‘‘सवारी तथा यातायात व्यवस्था ऐन विपरित मोडिफाई गर्ने क्रम नरोकिएकाले भोलिदेखि पोखरामा मोटरसाइकल मोडिफाई गर्न संग्लन हुने वर्कसप र चालक दुवैलाई २५ दिन थुनामा राखेर कारवाही गर्छौ ।’ प्रहरी उपरीक्षक एवम् कास्की प्रहरी प्रमुख थापाले कसैसँग कुनै सम्झौता नगरी कानूनको पालनामा लाग्ने बताए ।  जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक कार्यालयले पछिल्लो समय मोटरसाइकलको स्वरुप परिवर्तन गर्नेलाई कारवाही गर्दै आएको छ । यसअघि कास्की प्रहरीले करिब ७ सय मोेडिफाई मोटरसाइकललाई कारीवाही गरिसकेको छ ।   

गोरखा:      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् ।  गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा शुक्रबार आयोजना गरेको कार्यक्रमका बिच प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त गरे । उनले जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उल्लेख समेत गरे ।  गोरखा जिल्लाको जनप्रतिनिधिका हैसियतले यहाँको विकास निर्माणमा आफू निरन्तर लागिपर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले गोरखकाली उद्योग, बुढीगण्डकी जलविद्युत आयोजना एवम् पार्क  निर्माणमा आफ्नो ध्यान जाने बताए ।  गोरखा जिल्लामा फेला पारिएको ५२.३३० केजीको उक्त धातु पुरातत्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियोे ।

काठमाडौं:    सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा तीव्र गतिमा सवारीसाधन हाँक्न नपाइने भएको छ । ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलले काठमाडौँको प्रमुख पर्यटकीयस्थल ठमेलभित्र तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने निर्णय गरेको हो । ठमेलभित्रका चोकचोकमा सीमित गतिका बोर्ड राख्ने र सिसी क्यामराद्वारा यसलाई निगरानी गर्ने निर्णय गरिएको ट्राफिक प्रहरी प्रभाग ठमेलका प्रमुख कमल गुरुङले जानकारी दिनुभयो ।  “ठमेलका गल्लीभित्र प्रतिघण्टा २० किलोमिटरको गतिमा मात्र सवारीसाधन गुडाउन पाइनेछ”, उहाँले भन्नुभयो । ठमेल क्षेत्रभित्र जथाभावी हर्न बनाउने सवारीसाधनलाई पनि कारबाही गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नै काठमाडौँ उपत्यकामा हर्न निषेध गरिसकेको छ ।  ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि ट्राफिक व्यवस्थापनलाई कडाइ गर्न लागिएको बताउनुभयो । “ठमेल भित्रिने र बाहिरिने नौवटै नाकामा सवारीको चाप हेरेर व्यवस्थापन गर्न लागेका छौँ”, उहाँले भन्नुभयो ।  अध्यक्ष शर्माले ठमेलभित्र सञ्चालनमा रहेका रिक्सालाईसमेत बाटोअनुसार एकतर्फी गर्दै लैजान लागिएको बताउनुभयो । ठमेलभित्र पानीका ट्याङ्करहरु बिहान ४ देखि ६ बजेसम्म सञ्चालन गरिदिन सम्पूर्ण व्यवसायी र घरधनीलाई अनुरोध गर्ने निर्णय गरेको ठमेल पर्यटन विकास परिषद र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलको आज बिहानको बैठकले गरेको गरेको छ ।  ठमेल क्षेत्रको सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाको सहयोगमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ठमेलभित्रका गल्लीमा एक सय २० थान सिसी क्यामरा जडान गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा सञ्चालन गर्ने निर्णयसमेत हालै गरेको थियो ।

काठमाडौं:    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको  छ । बिहिबार अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगत कंसाकर, पूर्व पर्यटन सचिव शंकर अधिकारीलगायत ३२ जना विरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।  वाइडबडी जहाज खरिद प्रकरणमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।