सर्लाही:      सर्लाहीको बरहथवा नगरपालिका–८, का जिवस मण्डल सख्खर (गुण) व्यापारबाट सख्खरजस्तै गुलियो आम्दानी गरिरहनुभएको छ । उमेरले ६५ वर्ष पार गरिसक्नुभएका उहाँले आठ वर्षदेखि घर नजिकै...

मनाङ:   मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ  ।  हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको हो । हिमपहिरोले माथिल्लो मनाङ आवतजावतमा समस्या भएको उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो, “मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ । दैनिकरूपमा यहाँका पर्यटकीय क्षेत्र अवलोकन भ्रमणमा पर्यटक आइरहेका छन् । आवतजावतमा जोखिम बढ्दा समस्या भएको छ ।”  दैनिकरूपमा यहाँ ५० देखि ६० पर्यटक भित्रिन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैनिक पर्यटक आगमन बढ्न थालेको छ । भारी हिमपातसँगै आएको हिमपहिरोले जोखिम भने बढाएको छ । बाटो नै नछेकिए पनि जोखिम भने छ । सचेत भएर उक्त क्षेत्र पार गर्न आग्रह गर्ने गरेका छौँ ।” समय सकिनलाग्दा आएको भारी हिमपातले पहिरो गएको छ । किसानलाई हिमपात उपयुक्त भए पनि यससँगै आएको विपद्ले भने सकस बनाएको छ । यस क्षेत्रमा आएको हिमपहिराले नदीनालाको पानीको बहावलाई नरोकिएको र बाटो बन्द भने भएको छैन ।  यस क्षेत्रमार्फत यात्रा गर्ने स्थानीय तथा पर्यटकलाई सचेतता अपनाउन आग्रह गरिएको प्रजिअ लामिछानेले बताउनुभयो । हिमपातले अन्य क्षेत्रमा पनि हिमपहिरो जान सक्ने भएकाले सचेत रहन उहाँले अनुरोध गर्नुभएको छ ।  पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा अन्नपूर्ण पदमार्गमार्फत पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा छ ।  अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् । दुई समयमा मनाङमा पर्यटक घुम्न आउने गर्दछन् ।

पोखरा:    पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने ८ वटा वर्कसपका सञ्चालकलाई प्रहरीले प्रकाउ गरेको छ ।  गएको भदौ २५ गतेदेखि पोखरामा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउनेलाई कारवाही गर्दै आएको जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय कास्कीले ६ महिनापछि ८ वटा वर्कसपका सञ्चालकलाई प्रकाउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एव्म प्रहरी निरीक्षक सुर्य रानाले मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने ८ वटा वर्कसपका सञ्चालकहरुलाई प्रकाउ गरेको जानकारी दिए ।  मोटरसाइकलको स्वरुप परिवर्तन गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका–८ सृजनाचोक स्थित ३६० मोटरर्सका सञ्चालक सुशिल भुजेल, पोखरा कस्टुर्सका सञ्चालक सागर झाक्री, बुम इनफिल्ड सर्भिस सेन्टरका सञ्चालक मोहम्मद रुस्तम, रोयल इनफिल्ड शोरुमका सञ्चालक सुकबहादुर गुरुङ रहेका छन् ।  यस्तै प्रहरीले पोखरा–१६ लामाचौर स्थित चौधरी मोटरसाइकल वर्कसपका सञ्चालक महेन्द्र चौधरी, क्लासिक मोटरसाइकलका सञ्चालक विनोद विक र दीपम वर्कसपका सञ्चालक सन्दिप भगतलाई प्रकाउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय कास्कीले पछिल्लो ६ महिनामा मोटरसाइकलको स्वरुप परिवर्तन गरेर समाजमा होहल्ला मच्चाउँदै हिड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपबाट आगो निकाल्ने ६८१ मोटरसाइकललाई कारवाही गर्दै ७ लाख ४२ हजार ७ सय रुपैयाँ राजश्व संकलन गरेको छ । 

पोखरा:    पोखरा नै थर्र्काउने गरी मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चलाउने ६ सय ८१ वटा विभिन्न कम्पनीका मोटरसाइकल कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला ट्राफिक कार्यालय कास्की र कास्की प्रहरीको संयुक्त प्रयासमा स्वरुप परिवर्तन गरिएका बुलेट देखि क्रसफायर मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।  कास्की प्रहरी र ट्राफिक प्रहरीले पछिल्लो ६ महिनामा स्वरुप परिवर्तन गरेर ध्वनी प्रदुषण गर्ने ६ सय ८१ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहन थापाले बताए ।  ‘पछिल्लो ६ महिनामा हामीले मोडिफाई गरिएका ६ सय ८१  वटा विभिन्न कम्पन्नीका मोटरसाइकल नियन्त्रणमा लिएका छौं’, प्रहरी प्रमुख थापाले भने, ‘ मोडिफाई भएका मोटरसाइकललाई कारवाही गरेर हामीले ६ महिनामा ७ लाख ४२ हजार ७ सय रावश्व संकलन गरेका छौं ।’ उनले पहिलो पटक स्वरुप परिवर्तन (मोडिफाई) भएका मोटरसाइकललाई सामानहरु फेर्न लगाएर पहिलेको जस्तै बनाउन लगाई ट्राफिक नियम उल्लंघनमा जरिवाना गरी अभिभावकको जिम्मा लगाउने बताए ।   ‘हामीले मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चर्को आवाजमा चलाउने सवारीलाई नियन्त्रणमा लिएका हौं’, उनले भने, ‘पहिलो पटक नियन्त्रणमा लिएका मोटरसाइकलाई अभिभावकको रोहवरमा कारवाही गरेर फिर्ता दिन्छौं, पटके रुपमा नियन्त्रणमा लिएका सवारीलाई कारवाहीका लागि यातायात कार्यालय पठाउँछौं ।’ उनले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा स्वरुप परिवर्तन, पार्टपुर्जा थप्न घटाउन रंग परिवर्तन गर्ने नपाईने व्यवस्था रहेको समेत बताएका छन् ।  जिल्ला प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने वर्कसपको निगरानी , पहिचान गर्ने र उक्त वर्कसपका सञ्चालकहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्ने जनाएको छ ।     

सुनसरी:     सुनसरीको इटहरीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी–६ का ५२ वर्षीया गोपीमाया कटुवाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। स्थानीय विष्णु खड्काको घरमा गए राति भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ।  कटुवाल छोरा–बुहारीसँग डेरामा बस्दै आएकी थिइन्। कटुवालले आफैंले आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। कटुवाल पहिलेदेखिनै डिप्रेसन (मानसिक चिन्ता) सम्बन्धी औषधि सेवन गर्दै आएको र कोठामा एक्लै सुतेका बेलामा भित्रबाट कोठा बन्द रहेको जनाइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

म्याग्दी:      म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक चार घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन आजदेखि यही फागुन २४ गतेसम्म बिहान ११ देखि अपराह्न ३ बजेसम्म सवारी साधन आवतजावत बन्द गरिएको हो ।  बेनी(जोमसोम(कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले मालढुङ्गामा पहाड काटेर सडक विस्तार गर्नका लागि सवारी साधन आवतजावत बन्द गरेर डोजर परिचालन गर्न थालिएको जानकारी दिनुभयो । सवारी साधनको चापले सडक विस्तारको काम प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी–जोमसोम(कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स(खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय व्यवस्थापनको प्रस्ताव गरेको थियो ।  बेनी–मालढुङ्गा सडक बन्द हुने समयमा बेनी–रत्नेचौर–बागलुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ । कुश्मा नगरपालिका(१ मा पर्ने मालढुङ्गादेखि जलजला गाउँपालिका–८, ७, ४ र ३ हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन काम भइरहेको छ । मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ ।  वि।सं।२०७७ चैतमा ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरेर सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ । हाल कालोपत्रसहित करिब छ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न लागिएको हो ।  वि।सं.२०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ मा सो मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुङ्गा(बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो । सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारी साधन आवतजावत प्रभावित हुने गरेका छन् । बर्खामा पहिराले दैनिकजसो अवरुद्ध हुने सडकमा यात्रा गर्दा धेरै समय लाग्ने, गाडी परिवर्तन गर्दा झन्झट हुने, दुर्घटनाको जोखिम र सास्ती भएको छ । म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने मालढुङ्गा(बेनी सडक पर्यटकीय, व्यापारिक र धार्मिक हिसाबले सम्भावनायुक्त छ । 

पोखरा:  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशन काठमाडौंमा हुने भएको छ ।  महासंघको दशौं साधारणसभा एवम् अधिवेशन काठमाडौं चैत २ र ३ गते हुने महासचिव किसान सुनारले जानकारी दिए । उनका अनुसार महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशनमा देशभरबाट ४ सय बढी प्रतिनिधिहरुको सहभागिता रहनेछ ।  ‘नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशन काठमाडौंमा चैत २ र ३ गते गर्दै छौं, महासचिव सुनारले भने, ‘चैत २÷३ गते हुने साधारण सभा एवम् अधिवेशनको तयारी तीव्र पारेका छौं, देशभरबाट ४ सय बढी प्रतिनिधि काठमाडौं आउँदै हुनुहुन्छ ।’ उनले संघीयता कार्यान्वयनसँगै आभुषण महासंघको प्रथम प्रादेशिक विधान संसोधनपछि पहिलो अधिवेशन हुन लागेको बताए । ‘मुलुकले अख्तियार गरेको संघीय प्रणालीलाई आत्मसाथ गर्दै महासंघले नगर, उप–महानगर, जिल्ला, प्रदेश र संघीय गरी सबै तहमा सांगठनिक संचरना निर्माण गरी कार्य सम्पादन गरिरहेका छौं ।’ उनले भने ।  वि.स.२०३९ माघ २७ गते स्थापना भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ मुलुकभर गहना व्यवसायीहरुको प्रतिनिधिहरुको अग्रज संघीय संस्था हो ।  नयाँ नेतृत्वको तयारी नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने छ ।  अधिवेशनबाट ४१ सदस्यीय कार्यसमिति चयन हुनेछ । दशौं अधिवेशनबाट अध्यक्ष, विशिष्ट सदस्य, प्रथम उपाध्यक्ष, द्धितीय उपाध्यक्ष, तृतीय उपाध्यक्ष, महासचिव, सचिव,कोषाध्यक्ष सह–कोषाध्यक्ष १÷१ जना निर्वाचित हुनेछन् ।  यस्तै साधारणसभा एवम् अधिवेशनबाट १९ जना, एशोसिएटबाट ३ जना, महिला समूहबाट ३ जना र सात प्रदेशबाट १÷१ जना निर्वाचित हुनेछन् ।  निर्वाचन तालिका प्रकाशित नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशनका लागि निर्वाचन तालिका प्रकाशित भएको छ ।  निर्वाचन समिति संयोजक बद्री प्रसाद कोइरालाका अनुसार फागुन २२ गते मतदाता नामावली प्रकाशन, मतदाताउपर दाबी विरोध २३ गते, अन्तिम मतदाता नामावली प्रकाशन फागुन २४ गते, उम्मेदवारी मनोनयन दर्ता फागुन २७ गते, उम्मेदवारको प्रथम नामावली प्रकाशन फागुन १९गते, उम्मेदवारी मनोनयन पत्र माथि दावी विरोध फागुन ३० गते, दावी विरोध माथि छानविन गर्ने निर्णय फागुन ३० गते नै हुनेछ ।  यस्तै इच्छुक उम्मेदवारहरुले मनोनयन पत्र फिर्ता चैत १ गते लिन सक्नेछन् भने चैत १ नै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुनेछ ।  आभुषण महासंघको चैत २ गते बन्द सत्रसँगै दिउँसो २ बजेपछि मात्र उद्घाटन सत्र सञ्चालन हुनेछ । महासंघको नयाँ नेतृत्व सर्वसम्मत नभए चैत ३ गते निर्वाचन हुने जनाइएको छ ।   

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताउनुभएको छ ।  चालु आवको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा आज प्रधानमन्त्रीले निर्णय नलिएकै र पन्छाएकै कारणबाट मुलुकलाई कति हानी(नोक्सानी वा क्षति हुनसक्छ भन्ने मूल्याङ्कन गर्ने प्रणाली स्थापित गर्नुपर्ने बताउनुभयो । “पछिल्लो समयमा प्रशासनयन्त्रमा काम गरे कारबाही भोग्नुपर्ने तर, कामै नगरे बच्न सकिने मनसाय बढ्दै गएको देखिन्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “अब यसको गम्भीर समीक्षा गर्नुपर्ने बेला भइसकेको छ । यसको असर अन्ततः हाम्रा उपलब्धि र राजनीतिक व्यवस्थाको रक्षा र विकासमा पर्छ भन्ने हेक्का राख्नु जरूरी छ ।” सबैभन्दा ठूलो चुनौती समयमै निर्णय नगर्ने, निर्णय पन्छाउने र अन्तरनिकाय समन्वयमा आवश्यक पहल नलिने प्रवृत्ति देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नियमबमोजिम गतिशील र सिर्जनशील निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । “मैले बारम्बार जोड दिँदै आएको छु, प्रचलित ऐन, नियमको परिधिभित्र रही निर्णय गर्न कसैले हिच्काउनु हुँदैन र पर्दैन पनि”, प्रधानमन्त्रीले भन्नुभयो, “कुनै पनि सार्वजनिक पदाधिकारीले असल नियतले गरेको निर्णयको बचावट गर्न र त्यस्तो कर्मचारीको संरक्षण गर्न म सदैव प्रतिबद्ध छु । तसर्थ सोहीबमोजिम गतिशील र सिर्जनशील भूमिका निर्वाह गर्न तत्पर रहनुहोला ।” तोकिएका लक्ष्य हासिल नहुनुका पछाडिका कारण र समस्यालाई पहिचान गरी तत्काल सुधारकार्य अघि बढाउन आग्रह गर्दै प्रधानमन्त्री दाहालले समग्र प्रशासनिक संयन्त्रको कार्यान्वयन क्षमता बढाई अपेक्षित नतिजा निर्धारित समयमै हासिल गर्नुपर्ने बताउनुभयो । उहाँले आम नागरिकलाई उपलब्ध गराउने सार्वजनिक सेवा छिटोछरितो, गुणस्तरीय र लागत किफायती हुने किसिमले प्रवाह गर्न निर्देशन दिनुभयो । किटान गरेको लक्ष्यअनुसार उपलब्धि किन हासिल हुन सकेन भन्ने अहिलेसम्म पनि चित्तबुझ्दो जवाफ नआएको भन्दै प्रधानमन्त्री दाहालले बजेट अभाव भएको, तयारी नपुगेको, जनशक्ति नपुगेको, कानुनी समस्या देखाएर कामबाट सधैँ नै अड्किने र पन्छिने परम्पराले कहिलेसम्म निरन्तरता पाउने हो भनी प्रश्न गर्नुभयो । “नीति तथा कार्यक्रम, बजेट र कार्यक्रमबीच तादम्यता नमिल्दा परिणाम आइरहेको छैन”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “मन्त्रालयहरू तथा अन्य निकायले निर्धारित वार्षिक लक्ष्य र सूचकअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय लिन हिच्किचाउने प्रवृत्ति मौलाउँदै जानु सकारात्मक सन्देश होइन ।” मन्त्रालयगत कार्यसम्पादनस्तरको आँकडा हेर्दा बढी पुँजीगत खर्च गर्ने र विकास निर्माणसँग सम्बन्धित मन्त्रालयहरूको प्रगति स्थिति कमजोर हुनुले पुँजी निर्माणको स्थिति कमजोर देखाएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रगति समीक्षाबाट देखिएको नतिजाले गम्भीर बनाएको र यसले परम्परागत कार्यशैलीमा परिवर्तन गर्नैपर्ने अनिवार्य भएको बताउनुभयो । आफैँले तय गरेका लक्ष्य कार्यान्वयन नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले दाहालले चाहेको परिणाम प्राप्तिका लागि प्रक्षेपण क्षमता, प्राथमिकता निर्धारण, स्रोत परिचालन र खर्च गर्ने क्षमता सधैँ नै कमजोर रहने हो त भन्ने आशङ्का पैदा भएको बताउनुभयो । “यी लक्ष्यहरू सबै मन्त्रालय र निकायले आफैँ तय गरिएका हुन् । लक्ष्य हामी आफैँले निर्धारण गर्ने तर कार्यान्वयनमा हामीले लक्ष्यअनुरूप प्रगति हासिल गर्न नसक्नुका कारण के हुन् ? प्रधानमन्त्रीले प्रश्न गर्नुभयो, “हामीले तयार गर्ने योजना, कार्यक्रम, बजेट विन्यास र सोको कार्यान्वयनका विषयमा गम्भीर समीक्षा गर्नैपर्छ । यसो नगरी हाम्रो समीक्षा पनि परम्पराभन्दा माथि उठ्न सक्दैन ।” पुँजीगत खर्चको वृद्धि एवं विकास आयोजना र कार्यक्रमहरूको व्यवधानरहित सञ्चालनका लागि अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र विषयगत मन्त्रालयले संयुक्तरूपमा थप प्रयास गर्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले मातहतका आयोजनाको प्रभावकारी कार्यान्वयनमा पूर्ण उत्तरदायित्व वहन गर्दै नतिजा हासिल हुनेगरी कार्यसम्पादन गर्न निर्देश निर्देशन दिनुभयो ।

म्याग्दी:    म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध (निषेध) गरिएको छ।   सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूमपान गर्ने वस्तु हुक्का (तमाखु)ले जनस्वास्थ्यमा गम्भीर असर पार्ने र युवायुवतीलाई कुलतमा लगाउने गरेको निष्कर्ष निकाल्दै नगरपालिकाले बुधबारदेखि हुक्का सेवन र बेचबिखनमा प्रतिबन्ध लगाएको हो।  गत माघ २५ गतेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार हुक्कालाई पूर्णरुपमा बिक्री वितरण र सेवनमा निषेध गरिएको नगर प्रमुख सुरत केसीले जानकारी दिए।   पछिल्लो समय बजार क्षेत्रमा युवायुवती हुक्का सेवनका कुलतमा फस्दै गएका थिए। युवायुवतीलाई कुलतमा लैजान हुक्काले प्रत्यक्ष प्रभाव पारेपछि नगरपालिकाले नीतिगत निर्णय गरी आवश्यक छलफल र तयारीका साथ हुक्का सेवन र बिक्री वितरणमा निषेध गरिएको उनले बताए।  नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर हुक्का सेवन एवं बिक्री वितरणमा रोक लगाएको जनाएको छ।   स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को नगरपालिकाको काम, कर्तव्य र अधिकारमध्ये दफा ११ को उपदफा २ खण्ड (ञ) बमोजिम आधारभूत स्वास्थ्य र सरसफाइअन्तर्गत रही स्थानीय वातावरणमा र मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले हुक्कालाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरिएको नगरपालिकाले जारी सूचनामा उल्लेख छ। कसैले अवज्ञा गरी हुक्का बिक्री वितरण गरेको पाइएमा सुरक्षा निकाय र नगर प्रहरीमार्फत जफत गरी कानुनअनुसार अधिकतम कारबाही गरिने व्यवस्थासमेत गरिएको प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले जानकारी दिए।  नगरपालिकामा हुक्का निषेधसँगै जिल्ला प्रशासन, प्रहरीसहितको अनुगमन र समुदायस्तरमा समेत हुक्काको प्रयोगलाई निरुत्साहितसहितको सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। यसअघि नगरपालिकाले जनप्रतिनिधि, नगरभित्रका होटल तथा रेष्टुराँ व्यवसायीसँग समेत छलफल गरेर हुक्कालाई प्रतिबन्ध लगाउने योजनालाई अघि बढाएको थियो। 

काठमाडौं:     केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिएको छ । कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि लागू हुने गरी स्वास्थ्य बीमा लागू गरिएको हो ।  केन्द्रीय कारागार कार्यालयका स्वास्थ्य कार्यक्रम प्रमुख कल्पना ज्ञवालीले केन्द्रीय कारागारमा एक वर्षभन्दा बढी कैद भुक्तान गरेका कैदीबन्दीलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको  जानकारी दिनुभयो । विभागले एकजना कैदीबन्दीको लागि रु। तीन हजार ५०० उपलब्ध गराएर स्वास्थ्य बीमा गरिदिएको हो । कैद भुक्तान गरेर कारागार बाहिर निस्किएपछि उक्त बीमा स्वतः खारेज हुने उहाँले बताउनुभयो । कारागार प्रशासक ललित बस्नेतले कैदीबन्दीको स्वास्थ्यका लागि सहयोग पुग्ने उद्देश्यले कैदीबन्दीका लागि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको बताउनुभयो । उक्त कार्यक्रम सञ्चालन भएसँगै अब कैदीबन्दीले रु। एक लाख बराबरको उपचार बीमाबाट गर्न पाउने उहाँको भनाइ थियो  । यसबाहेक सरकारले केन्द्रीय कारागार अस्पतालमार्फत कैदीबन्दीको उपचार गर्दै आएको छ । तीस श्ययाको केन्द्रीय कारागार अस्पतालमा उपचारका लागि सम्भव नभएका रोगका बिरामीलाई  विभिन्न २५ अस्पतालसँग सम्झौता गरेर कैदीबन्दीको उपचार गर्दै आइरहेको कारागार प्रशासक बस्नेतले बताउनुभयो । कारागार अस्पतालले हाल ओपिडी, ल्याब, एक्सरे, इसिजी, अल्ट्रासाउन्ड, डेन्टल, मनोरोग, छालारोग र आँखा रोगलगायतका रोगको उपचार गर्दै आएको छ । सो अस्पतालले बेलाबेलामा कैदीबन्दीका लागि स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै कैदीबन्दीलाई खानपान, जीवनयापन, रहनसहनलगायतका कुरा सिकाउँदै आइरहेको छ । केन्द्रीय कारागार र त्यस मातहत हाल तीन हजार ७२१ कैदीबन्दी छन् । जसअन्तर्गत केन्द्र जेलमा एक हजार ८७३, भद्र जेलमा एक हजार १६७, महिला जेलमा ४५३, बाल सुधार गृह भक्तपुरमा २२८ र ११  नाबालक छन् ।