टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु
सुनसरी | मंसिर २२, २०८१

सुनसरी: सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित टिप्पर गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
हरिनगरको मुख्य बजारस्थित भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को१ख ६४३१ नंको टिप्परले ठक्कर दिँदा देवानगञ्ज गाउँपालिका–७ बस्ने ४५ वर्षीय झलु उरावको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयोे ।
टिप्परको ठक्करबाट साइकल यात्रीको घटनास्थलमै ३ः३० बजे मृत्यु भएको उपरीक्षक तिमल्सिनाले बताउनुभयो । उक्त घटनापछि स्थानीयले टिप्पर आगजनी गर्न खोजेपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको उहाँले बताउनुभयो ।
ठक्कर दिने गाडी र चालक इटहरी उपमहानगपालिका–१६ बस्ने ३३ वर्षीय अब्दुल रहमान अन्सरीलाई इलाका प्रहरी कार्यलय देवानगञ्ज सुनसरीले नियन्त्रणमा लिएको छभने घटनाबारे थप अनुसन्धान भइरहेको उपरीक्षक तिमल्सिनाले बताउनुभयो ।
काठमाडौं: प्रहरीले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर काठमाडौँ ल्याएको छ । ...
रुकुम पश्चिम: जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पछिल्लो चैत महिनायता लागुऔषध अफिमखेती तीव्र रुपमा नष्ट गरिरहेको छ । लागुऔषध अफिम तयारी हुने याम भएकाले प्रहरीले उत्पादन...
पर्वत: पवर्तको सबैभन्दा उच्च स्थानमा अवस्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल जलजलादेखि माटेको लेक पुग्ने पदमार्ग निर्माण सम्पन्न भएको छ । विश्वकै दश उत्कृष्ट पदमार्गमा सूचीकृत अन्नपूर्ण चक्रीय पदमार्गको वैकल्प...