पोखरा:  पोखरामा लामो समयदेखि क्रियाशील पत्रकार रुद्र श्रीष मगर ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट सम्मानपत्र तथा नगद १५ हजार सहित सम्मानित भएका छन् ।   राष्ट्र...

महोत्तरी:     यसपालि सिङ्गो हिउँद पानी नपरी बित्नै लाग्दा किसान निरास छन् । वसन्तपञ्चमी पर्व मनाइसक्दासम्म पानी पर्ने चालचुल नदेखेपछि महोत्तरीका किसान अहिले अपेक्षित हिउँदेबाली नहुने चिन्ताले पिरोलिएका छन् । “हिउँद पानी नपरी बित्यो”, बर्दिवास–९ टोकीटोलका ६० वर्षीय किसान रामचन्द्र थापा मगर भन्नुहुन्छ, “खै हिउँदे बाली राम्ररी भित्रयाउन पाइएला जस्तो छैन ।”  कुलोको स्थायी सिँचाइको प्रबन्ध नभएको आफ्नो ठाउँमा इनारको पानी मोटरले तानेर बाली सेचन गर्ने गरिएको उहाँको भनाइ छ । यसपालि अहिलेसम्म हिउँदे वर्षा नहुँदा इनारमा पानीको सतह गहिरिँदै गएर मोटरबाट पानी तान्न नसकिने अवस्था बनेको थापासहित टोकीटोलका किसानको चिन्ता छ । माघ अन्तिम साता लागि सक्दा हुस्सुले छाडेको छैन । हिउँदमा हुस्सु लाग्नु स्वभाविक भए पनि माघ लागेपछि घाम तात्दै जाने पुरानो मौसमको थिति खलबलिएको किसान बताउँछन् । “आकास धुम्मिएको धुम्मियै छ, पानी पर्न सकेको छैन”, बर्दिवास–७ का ७० वर्षीय विन्देश्वर यादव भन्नुहुन्छ । खेतबारीमा तरकारी बाली हुस्सुले कक्रदै तथा पानी नपरेर माटो रुखिएको उहाँले बताउनुभयो । भङ्गाहा–४ रामनगरका ७५ वर्षीय इस्लाम राइन भन्नुहुन्छ, “यो हामीले पहिले देखे भोगेभन्दा फरक हुँदैछ ।” एक दशक अघिसम्मका ऋतुपिच्छेका मौसममा गरिने अड्कल अब मेल खान छाडेको राइनकै छिमेकी जव्वार शेष बताउनुहुन्छ । हिउँदे पानी नपर्दा गहुँ, उखु र दलहन बाली राम्ररी बढ्न सकेको छैन । यसैगरी भण्टा, रामतोरीया, खुर्सानीलगायत तरकारी पानी नपर्दा ओइलिन लागेका छन् । माटोमा चिस्यान नहुँदा पर्खनुको विकल्प नरहेको गौशाला–११ का भोगेन्द्र महतो बताउनुहुन्छ ।   हिउँदे वर्षा जमिन भिजाउने मात्र नभई बालीनालीका लागि अत्यन्त पोसिलो हुने पाका किसान बताउँछन् । भर्खरै हुर्कदै गरेका वैशाखी लहरे तरकारी, उखु , आँपसहितका फलका रुख हिउँदे वर्षा पाएपछि लहलहाउने पाका किसानको अनुभव छ । तर, यसपाली वर्षा नै नभई हिउँद बित्दै गएपछि यी बालीबाट अपेक्षित उत्पादन लिन नसकिने किसानमा चिन्ता बढेको छ । हिउँदमा पानी नपरेपछि खानेपानीका स्रोतहरु इनार, चापाकल  गर्मी चढेसँगै चाँडै सुक्ने छन् । खानेपानीको हाहाकार पर्नसक्ने बर्दिवास–१२ बिजलपुराका ६५ वर्षीय किसान रामविलास सिंह बताउनुहुन्छ । हिउँदमा पानी नपरेपछि अहिले माघ नसकिँदै खोल्साखोल्सी सुकी सकेका छन् । सदाबहार भुल्के ९जरुवा० पानीको मुहानमा पानी देखिन छाडेको छ । हिउँदे वर्षा नभएपछि फलका रुखमा मज्जर ९मञ्जरी० कम लाग्ने, मज्जर धेरै झर्ने र मधुवारोगको प्रकोप बढ्ने चिन्ता छ । हिउँदमा पानी पर्दा बालीनालीमा रोगको प्रकोप कम हुने र बाली हलक्क बढ्ने किसानको अनुभव छ । हिउँदे सम्यक वर्षा बालीनालीलाई अमृत नै हुने औरही–७ का मोहन महतो बताउनुहुन्छ । “हिउँदे वर्षा सिँचाइ मात्र हैन, बालीको पोषण र रोग प्रतिरोधका लागि रामवाण ९बिस्तुर नजाने० हुन्छ”, उहाँ भन्नुहुन्छ । महोत्तरीको कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये १० प्रतिशत मात्र कुलो लाग्ने छ । यस्ता जग्गामा पुगेका कुलोको पानीका स्रोतका मुहान पनि हिउँदे वर्षा नभएपछि सुक्दै गएका छन् ।

ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण सुरु गरिएको पाथीभरा केबुलकारको काम स्थगित भएको छ ।   केबुलकार निर्माण विवादबारे सरकार र आन्दोलनरत पक्षबिच भएको वार्तामार्फत छ बुँदे सहमति भएपछि निर्माणको काम स्थगित हुनुको साथै एकसाता लामो यातायात बन्द खुलेको हो ।   सरकार र आन्दोलनरत पक्षबिच सोमबार र मङ्गलबार भएको वार्ताबाट केबुलकार निर्माणको काम तत्कालका लागि स्थगित गर्ने र यातायात बन्द फिर्ता लिने लगायतका विषयमा सहमति भएको हो । पाथीभरा केबुलकार परियोजना सुरु भएदेखि नै परियोजनाको विरोध हुँदै आएकोमा पछिल्लो पटक निर्माणको काम थलेपछि थप द्वन्द्व बढेको थियो ।   निर्माणको काम थालेपछि सङ्घर्षरत पक्ष अर्थात ‘नो केबुलकार समूह’ र प्रहरीबिच झडप भएको थियो । झडपका क्रममा प्रहरीले गोली चलाउँदा केही विरोधी गम्भीर घाइते भएका छन् भने अन्य दुवै पक्षका सामान्य घाइते थिए ।   सोही विषयलाई लिएर द्वन्द्व चर्किएपछि मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबुलकार खारेजी सङ्घर्ष समितिले मेची राजमार्ग र तमोर कोरिडोर सडकमा माघ १५ गतेदेखि अनिश्चितकालीन यातायात बन्द आह्वान गरेका थिए ।   मेची राजमार्ग र तमोर कोरिडोर बन्द कायम राख्दै सङ्घर्ष समितिहरु र मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समिति समेतबाट आन्दोलनलाई थप सशक्त बनाउन भन्दै माघ २० गतेदेखि अरुण पूर्वका नौ जिल्लामा यातायात बन्द आह्वान गरिएको थियो । बन्दले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङसहित पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बन्दै गएपछि सरकारले बनाएको वार्ता टोली र आन्दोलनरत पक्षबिचको वार्तामा सहमति जुटेको हो ।   पाथीभरा केबुलकारको स्टेसन लगायतका सन्दर्भमा माघ २७ गते पुनः वार्तामा बसी विस्तृत छलफल गर्नेसमेत सहमतिमा उल्लेख गरिएको छ ।   आन्दोलनका क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्ने, माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने सहमति भएको छ ।   त्यस्तै आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने पनि सहमतिमा उल्लेख छ । 

चितवन:     चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट तीन गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको छ । शनिबार, आइतबार र सोमबार गरी ती गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको हो ।  तीनवटै गैँडालाई पूर्वी सेक्टरको खगेन्द्रमल्ली क्षेत्रमा ल्याएर छाडिएको छ । आन्तरिक स्थानान्तरणका क्रममा शनिबार १५ वर्षको र आइतबार १६ बर्षको पोथी गैँडालाई  एवं सोमबार अन्दाजी १८ वर्षको भाले गैँडालाई ल्याइएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।  उनका अनुसार सोमबार नमूना मध्यवर्ती सामुदायिक वन पिठौलीबाट भाले गैँडा ल्याइएको हो भने शनिबार र आइतबार स्थानान्तरण गरिएका दुवै गैँडा निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीमा रहेका हुन् । सोमबार डार्ट गरिएको गैँडालाई सोही दिन साँझ स्थानान्तरण गरेर छाडिएको हो ।  शनिबार डार्ट गरिएको गैँडालाई आइतबार बिहान र आइतबार डार्ट गरिएको गैँडालाई आइतबार साँझ निकुञ्जको पूर्वी सेक्टरमा ल्याएर छाडिएको थियो । यस वर्ष चारवटा गैँडा आन्तरिक स्थानान्तरण गर्ने योजनाका साथ स्थानान्तरणको काम गरिएको हो ।  निकुञ्जले गत वर्ष छवटा गैँडा स्थानान्तरण गरेको थियो । अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैँडा स्थानान्तरण गर्न सुझाव दिएको आधारमा यस पटक थप चार गैँडा स्थानान्तरण गर्न लागिएको हो ।  गैँडा स्थानान्तरणका लागि प्राविधिक टोलीले नवलपुरमा पर्ने निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट स्थानान्तरणको काम सुरु गरेको हो । थप एउटा भाले गैँडा पूर्वमा ल्याइँदै छ । 

जाजरकोट:     जाजरकोटमा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको । यो दुर्घटनामा दुईजना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत छेडागाड नगरपालिका(११ मा मंगललबार बिहान भे १ प १०५५ नम्बरको टिप्पर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा गम्भीर घाइते टिप्पर चालक र सहचालकको छेडागाड नगर अस्पताल, थलहमा उपचार भइरहेको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार मृतक मध्यपहाडी राजमार्ग निर्माण गरिरहेको सुरुकृति कम्पनीका ट्याक्टर चालक हुन् । ‘टिप्पर ओरालो सडकमा आउँदै गर्दा ब्रेक फेल भएर भित्तामा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, डीएसपी पाण्डेले भने ।

पोखरा:  मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा मानव कंकाल फेला परेको छ ।  जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार घरपझोङ गाउँपालिका–२ सामाग्री छैरो चौरस्थित बेनी–जोमसोम सडक खण्डमा पानी निकाश गर्न बनाईएको कल्भर्टमा पहिचान नखुलेको मानव कंकाल परेको हो ।  मुस्ताङ प्रहरीका अनुसारका कल्भर्टमा फेला परेको मानव कंकालको लिङ्ग समेत पहिचान भएको छैन् । मृतकको पहिचानका लागि थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ । 

ललितपुर:     ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम पुनः रोकिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको भनिएको फ्लाइओभर ठेकेदार कम्पनीले बीचमै काम छाडेका कारण माघ महिना लागेदेखि कुनैपनि प्रगति छैन । सडक विभागले भने ठेकेदारसँग सम्पर्क गर्न प्रयास गरिरहेकोले आउँदो चैत महिनाभित्र काम सक्नेगरी योजना बनाइरहेको जनाएको छ । अहिले ग्वार्को फ्लाइओभर बनाउने ठाउँमा कामदार देखिदैनन् । माघ महिना शुरु भएदेखि नै काम हुन नसकेको प्रत्यक्षदर्शी बताउँछन् । फ्लाइओभरको काम अन्तिम अन्तिम चरणमा पुगेको देख्न सकिन्छ भने त्यहाँसम्म जाने सडक पनि कालोपत्र गर्नको लागि तयारी गरिएको अवस्थामा देखिन्छ । छेउछाउमा रेलिङ राख्ने काम भने बाँकी नै छ । सडक विभागका अनुसार ग्वार्को फ्लाइओभरको काम करिब ८२ प्रतिशत सकिएको छ । बाँकी काम गरिरहेको आशिष(समानान्तर(रेलिगेर जेभीले एक्कासी काम छाड्दा निर्माण कार्य रोकिएको सडक विभागले जनाएको छ । सुरु सम्झौताअनुसार २०८० फागुन १२ भित्र फ्लाइओभर निर्माण सकिनुपर्ने हो । तर यो समयभित्र काम नसकिएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपियो । यो समयभित्र पनि काम नसकिएपछि गत पुस ९ सम्म म्याद थियो । सो समयभित्र पनि काम नसकिएपछि पुस १० बाट जरिवाना लगाएर काम गराइएको हो । निर्माण व्यवसायीले चैत मसान्तसम्म काम सक्ने प्रतिबद्धता जनाएपछि आयोजनाले जरिवाना लगाएर काम गराएको थियो । ठेकेदारले दैनिक रुपमा ८८ हजार रुपैयाँ हर्जाना तिर्नुपर्थ्यो । सडक विभागका अनुसार निर्माण कम्पनीले ठेक्का रकमको ० दशमलब ०५ प्रतिशतका दरले दैनिक ८८ हजार रुपैयाँ हर्जाना तिर्नुपर्ने भएको हो । निर्माण कम्पनीले जति छिटो काम सम्पन्न गर्‍यो त्यति कम हर्जाना लाग्थ्यो । तर ८२ प्रतिशत मात्रै काम सम्पन्न गरेर निर्माण कार्य रोकिंदा पनि ठेकेदार कम्पनिले तिर्नुपर्ने हर्जना भने तिर्नैपर्ने हुन्छ । एक्कासी निर्माण कम्पनीले काम छाड्दा सडक विभाग भने के गर्ने भन्ने छलफलमा जुटेको छ । सरोकारवालाहरुसँग छलफल गरी छिटै काम शुरु गरेर अबको तीन महिनामा सबै काम सक्ने विभागको दाबी छ । ठेक्का भएको करिब एक वर्षमा डिजाइनमा समस्या देखाएर काम रोकियो । नयाँ डिजाइन बनाएर काम गरिरहँदा बर्खाको समयमा चार महिनासम्म काम रोकियो । त्यसपछी निर्माणले गति लिएपनि फेरी अहिले ठेकेदार कम्पनीले काम बन्द गरेका हुन् । फ्लाइओभर निर्माण शुरु भएदेखि नै सवारी जामको सास्ती खेप्दै आएका यात्रु र स्थानीय अब झन् बढी चिन्तित बनेका छन् । निर्माण सम्पन्न हुँदा ग्वार्को फ्लाइओभरमा ५ सय मिटर एमएसई वाल भएको सडक बन्नेछ । जसमा कोटेश्वरतर्फ ३ सय २० मिटर र सातदोबाटोतर्फ १ सय ८० मिटर एमएसई सडक निर्माण हुने सडक विभागले जनाएको छ । ग्वार्को फ्लाइओभर निर्माणका लागि करिब १७ करोड ६ लाख ८८ हजार रुपैयाँ कुल लागतमा आशिष–समानान्तर–रेलिगेर जेभीसँग ठेक्का सम्झौता भएको छ ।

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको शुभारम्भ गरेका छन् । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका– ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरेका हुन् । खोप अभियान आजदेखि फागुन ६ गतेसम्म देशभर एकै पटक सञ्चालन हुनेछ । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिइने छ ।

पोखरा:    प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्ष पदमा स्याङ्जाका अर्जुन काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् । उनी यसअघि पनि अध्यक्ष रहेका थिए । पोखरामा सम्पन्न तेस्रो अधिवेशनबाट खुला उपाध्यक्षमा सन्तोष गौतम, समावेशी उपाध्यक्षमा सन्देश श्रेष्ठ र महिला उपाध्यक्षमा सविना राना सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका सदस्य विभु भुसालले जानकारी दिए ।  महासचिवमा गुणबहादुर रोका, सचिव (दलित) सानेबहादुर नेपाली, जनजाति सचिवमा दानबहादुर गुरुङ, सचिवमा सुरेश अधिकारी, खुला सचिवमा अग्निधर लुइँटेल र कोषाध्यक्षमा श्रीभद्र पौडेल चयन भएका छन् ।  सदस्यहरूमा सविता शर्मा, सन्तोष परियार, राजकुमार छत्कुली, राजबाबु पिसी, बिमल आचार्य, फणिन्द्र अधिकारी, रवि दाहाल, लक्ष्मण दङ्गाल, चिरञ्जीवी पौडेल र पूर्णभद्र निउरे सर्वसम्मत भएका छन् । 

स्याङ्जा:    स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार आज बिहान वालिङ नगरपालिका– १४ तमादीस्थित वालिङ–पर्वत कच्ची सडकमा ग१च ८९१३ नम्बरको स्कारपियो दुर्घटना भएको हो। दुर्घटनामा वालिङ नगरपालिका– १४ का ६३ वर्षीय उमापति डुम्रे, ५२ वर्षीय भीमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, पर्वत पैंयु गाउँपालिका– ६ की ३३ वर्षीया कुमाकला तिवारी र उनका ११ वर्षीय छोरा कमल तिवारी घाइते भएका छन्। घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। स्कारपियोमा सवार आठ मध्ये तीन जना सकुशल रहेको प्रहरीले जनाएको छ।