सुनसरी:   सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आज एक दम्पतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिकाका–३ का ३२ वर्षीय य...

काठमाडौं:    पछिल्लो मनसुनको ९० दिनमा गत वर्षको भन्दा विपद्बाट हुने मानवीय क्षतिका घटनामा  बढोत्तरी भएको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गतको जेठ २८ गतेदेखि यही भदौ तेस्रो हप्तासम्मको ९० दिनमा मनसुनजन्य घटनाबाट दुई सय २५ जनाको मृत्यु भएको पाइएको हो । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले सो अवधिमा ४९ जना बेपत्ता र दुई सय ८४ जना घाइते भएको जानकारी दिनुभयो । प्रभावित परिवारको सङ्ख्या भने अलि कम रहेको पाइएको छ ।  प्राधिकरणले ९० दिन ९जेठ २८– भदौ २२०सम्मको अवस्था प्रतिवेदन आइतबार सार्वजनिक गर्दै मनसुनजन्य विपद् प्रभावित परिवार सङ्ख्या चार हजार छ सय १५ पुगेको जानकारी गराएको छ ।   गत वर्ष यसै अवधिमा मनसुन सुरु भएको ९० दिनको अवधिमा ८५ जनाको मृत्यु, २९ जना बेपत्ता, एक सय २६ जना घाइते भएका थिए । विपद् प्रभावितको परिवारको सङ्ख्या भने छ हजार ३० रहेको थियो । यो मनसुनमा मनसुनजन्य विपद्ले सबैभन्दा धेरै बागमती प्रदेशमा ५७ जना र सबैभन्दा कम मधेस प्रदेशमा पाँच जनाको मृत्यु भएको छ ।  यस वर्ष मनसुनजन्य विपद्मध्ये सबैभन्दा धेरै पहिरोबाट एक सय ३५ जना र सबैभन्दा कम भारी वर्षाबाट एक जनाको मृत्यु भएको पनि प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यस्तै बाढीबाट ४९ र चट्याङबाट ४० जनाले ज्यान गुमाएका छन् । गत असार २८ गते चितवनको भरतपुर महानगरपालिकाको सिमलतालमा गेग्ग्रान बहाबमा परी दुई बसका ६२ जना यात्रु त्रिशूली नदीमा बेपत्ता भएकामा २४ जनाको शव फेलापरेको जानकारी गराइएको छ ।  कञ्चनपुरको दोधारा चाँदनीमा ऐतिहासिक वर्षा भएको उल्लेख छ । त्यहाँ जल मापनको ७७ वर्षको इतिहासमा सबैभन्दा धेरै छ सय २४ मिलीमिटर वर्षा भएको थियो । 

काठमाडौँ:   पछिल्लो मनसुनको ९० दिनमा गत वर्षको भन्दा विपद्बाट हुने मानवीय क्षतिका घटनामा  बढोत्तरी भएको छ ।    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गतको जेठ २८ गतेदेखि यही भदौ तेस्रो हप्तासम्मको ९० दिनमा मनसुनजन्य घटनाबाट दुई सय २५ जनाको मृत्यु भएको पाइएको हो ।   प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले सो अवधिमा ४९ जना बेपत्ता र दुई सय ८४ जना घाइते भएको जानकारी दिनुभयो ।   प्रभावित परिवारको सङ्ख्या भने अलि कम रहेको पाइएको छ । प्राधिकरणले ९० दिन (जेठ २८– भदौ २२) सम्मको अवस्था प्रतिवेदन आइतबार सार्वजनिक गर्दै मनसुनजन्य विपद् प्रभावित परिवार सङ्ख्या चार हजार छ सय १५ पुगेको जानकारी गराएको छ ।    गत वर्ष यसै अवधिमा मनसुन सुरु भएको ९० दिनको अवधिमा ८५ जनाको मृत्यु, २९ जना बेपत्ता, एक सय २६ जना घाइते भएका थिए ।   विपद् प्रभावितको परिवारको सङ्ख्या भने छ हजार ३० रहेको थियो । यो मनसुनमा मनसुनजन्य विपद्ले सबैभन्दा धेरै बागमती प्रदेशमा ५७ जना र सबैभन्दा कम मधेस प्रदेशमा पाँच जनाको मृत्यु भएको छ ।    यस वर्ष मनसुनजन्य विपद्मध्ये सबैभन्दा धेरै पहिरोबाट एक सय ३५ जना र सबैभन्दा कम भारी वर्षाबाट एक जनाको मृत्यु भएको पनि प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यस्तै बाढीबाट ४९ र चट्याङबाट ४० जनाले ज्यान गुमाएका छन् ।   गत असार २८ गते चितवनको भरतपुर महानगरपालिकाको सिमलतालमा गेग्ग्रान बहाबमा परी दुई बसका ६२ जना यात्रु त्रिशूली नदीमा बेपत्ता भएकामा २४ जनाको शव फेलापरेको जानकारी गराइएको छ ।   कञ्चनपुरको दोधारा चाँदनीमा ऐतिहासिक वर्षा भएको उल्लेख छ । त्यहाँ जल मापनको ७७ वर्षको इतिहासमा सबैभन्दा धेरै छ सय २४ मिलीमिटर वर्षा भएको थियो ।   

लमजुङ:   पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ स्थित उदिपुर, दलाललगायत स्थानमा अविरल वर्षाले पहिरो जाँदा आइतबार साँझदेखि सडक अवरुद्ध भएको थियो ।  पानी निरन्तर रूपमा परिरहे पनि दुईवटा जेसिबीले सो स्थानमा खसेको विभिन्न ठाउँको पहिरो हटाएसँगै आज बिहानबाट सवारीसाधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले सडक अवरुद्ध बनाएसँगै बेँसीसहरबाट काठमाडौं, तनहुँ, पोखरा जाँदै गरेका र सो स्थानबाट बेँसीसहर आउँदै गरेका सवारीसाधन सो स्थानमा अलपत्र परे पनि अहिले गन्तव्यतर्फ गइरहेको प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठले बताउनुभयो ।  विगत तीन वर्षदेखि निरन्तर बर्सेनि वर्षायाममा सबैभन्दा बढी सो स्थानमा पहिरो खसेर सडक अवरुद्ध बनाउँदै आउँदा यात्री समस्यामा पर्दै आएका छन् ।  मनाङवासी, बेँसीसहरलगायत स्थानीय, सङ्घीय राजधानी काठमाडौँ र प्रदेश राजधानी पोखरालगायत स्थानमा पुग्ने एकमात्र यस सडक बेँसीसहरबाट डुम्रे तनहुँसम्म ४२ किलोमिटरको दूरी रहेको छ ।

काठमाडौं:   देशभर मनसुनी वायुको प्रभाव जारीे छ । पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेका कारण मनसुनी वायुको प्रभाव जारी रहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज दिउँसो  देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको  छ ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।  यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको छ ।   विभागले आगामी २४ घण्टामा कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।  कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही भागमा हुरीबतासको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभागले आग्रह गरेको छ ।  साथै  यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।

बाँके:    इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा बाँकेका इस्लाम धर्मावलम्बीले जन्मोत्सव मनाउन सुरु गरेका छन् । जन्मोत्सवको रौनकले नेपालगञ्ज सहर रङ्गीन बनेको छ ।      बाँकेको सदरमुकाम नेपालगञ्जको त्रिभुवनचोकदेखि बिपी चोक, त्रिवेणी मोडदेखि फुल्टेक्रा चोक लगायतका स्थानमा स्वागतद्वार निर्माण गरिएका छन् ।  इस्लामिक पात्रोको तेस्रो महिना रवि उल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद जयन्ती मनाउँदै आएको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताउनुभयो ।      उहाँका अनुसार नेपालगञ्जसहित नेपालका विभिन्न स्थान तथा विश्वभरका मुस्लिम धर्मालम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाइरहेका छन् ।      “हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वत्को रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको हो”, धर्मगुरु मञ्जरीले  भन्नुभयो, “उहाँको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उहाँका उपदेश र वाणी स्मरण गर्ने गरिन्छ ।”      मोहम्मद जयन्तीको अवसरमा आज बिहानैदेखि ¥याली गरिने बाँकेका मुस्लिम अगुवा हलिम साहले जानकारी दिनुभयो । मुस्लिम समुदायको मोहम्मद जयन्ती उत्सव (यालीलाई व्यवस्थापन गर्न सहरमा सुरक्षा व्यवस्था सुदृढ पारिएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो ।       बाँकेमा मुस्लिम समुदायको बाहुल्यता रहेको नेपालगञ्ज उपमहानगरपालिका, नरैनापुर र जानकी गाउँपालिकाले मोहम्मद जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएका छन् ।

भरतपुर:    नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।  इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो ।   जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो । सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उहाँले बताउनुभयो । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गरिने सुरुभएको बताइएको छ । 

काठमाडौं:    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन ।       अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो ।     आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैया ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ एक पैसा कायम गरिएको छ । आइतबार भने युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैँया ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैँया १६ पैसा कायम गरिएको थियो ।      युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैँया ७६ पैसा र बिक्रीदर एक सय ७६ रुपैँया ५५ पैसा कायम भएको छ । आइतबार पाउण्ड स्टर्लिङको मूल्य एकको खरिददर एक सय ७५ रुपैँया ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैँया ४८ पैसा कायम गरिएको थियो ।  आज स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैँया ७३ पैसा र बिक्रीदर एक सय ५८ रुपैँया ४४ पैसा कायम गरिएको छ । आइतबार स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैँया ११ पैसा र बिक्रीदर एक सय ५८ रुपैँया ८२ पैसा कायम गरिएको थियो ।       अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैँया ७८ पैसा र बिक्रीदर ९० रुपैँया १८ पैसा कायम भएको छ । आइतबार  अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैँया ६५ पैसा र बिक्रीदर ९० रुपैँया पाँच पैसा कायम भएको थियो ।  क्यानेडियन डलर एकको खरिददर ९८ रुपैँया ५८ पैसा र बिक्रीदर ९९ रुपैँया दुई पैसा कायम भएको छ । आइतबार क्यानेडियन डलर एकको खरिददर ९८ रुपैँया ५५ पैसा र बिक्रीदर ९८ रुपैँया ९९ पैसा थियो ।       सिङ्गापुर डलर एकको खरिददर आज एक सय तीन रुपैँया २० पैसा र बिक्रीदर एक सय तीन रुपैँया ६६ पैसा निर्धारण गरिएको छ ।  आइतबार सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैँया सात पैसा र बिक्रीदर एक सय तीन रुपैँया ५४ पैसा कायम भएको थियो । जापानी येन १० को खरिददर नौ रुपैँया ५१ पैसा र बिक्रीदर नौ रुपैँया ५५ पैसा कायम भएको छ । आइतबार जापानी येन १० को खरिददर नौ रुपैँया ५१ पैसा र बिक्रीदर नौ रुपैँया ५६ पैसा कायम गरिएको थियो ।       चिनियाँ युआन एकको खरिददर १८ रुपैँया ८८ पैसा र बिक्रीदर १८ रुपैँया ९६ पैसा कायम भएको छ । सोही मूल्य आइतबार पनि कायम थियो । साउदी अरेबियन रियाल पनि आइतबारको मूल्यमा घटबढ भएन । आइतबारझैँ साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैँया ६९ पैसा र बिक्रीदर ३५ रुपैँया ८५ पैसा कायम भएको छ ।        कतारी रियाल एकको खरिददर ३६ रुपैँया ७४ पैसा र बिक्रीदर ३६ रुपैँया ९० पैसा कायम भएको छ । यो मूल्य पनि आइतबारकै सरह हो ।    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैँया ०३ पैसा र बिक्रीदर चार रुपैँया ०४ पैसा कायम भएको छ । आइतबार थाइ भाट एकको खरिददर चार रुपैँया एक पैसा र बिक्रीदर चार रुपैँया तीन पैसा कायम भएको थियो ।       युएई दिराम एकको खरिददर ३६ रुपैँया ४६ पैसा र बिक्रीदर ३६ रुपैँया ६३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम थियो । मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैँया १४ पैसा र बिक्रीदर ३१ रुपैँया २८ पैसा कायम भएको छ । मलेसियन रिङ्गेटको मूल्यमा सोमबार घटबढ भएन ।       साउथ कोरियन वन एक सयको खरिददर १० रुपैँया सात पैसा र बिक्रीदर १० रुपैँया १२ पैसा कायम भएको छ । आइतबार साउथ कोरियन वन एक सयको खरिददर १० रुपैँया आठ पैसा र बिक्रीदर १० रुपैँया १२ पैसा कायम भएको थियो ।    स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैँया ०९ पैसा र बिक्रीदर १३ रुपैँया १५ पैसा कायम भएको छ । आइतबार स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैँया छ पैसा र बिक्रीदर १३ रुपैँया १२ पैसा कायम भएको थियो ।      डेनिस क्रोनर एकको खरिददर १९ रुपैँया ८८ पैसा र बिक्रीदर १९ रुपैँया ९७ पैसा कायम भएको छ । आइतबार डेनिस क्रोनर एकको खरिददर १९ रुपैँया ९० पैसा र बिक्रीदर १९ रुपैँइा ९९ पैसा कायम भएको थियो । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैँया १७ पैसा र बिक्रीदर १७ रुपैँया २५ पैसा तोकेको छ । यो मुल्यमा पनि आज घटबढ भएन ।       कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैँया ९७ पैसा र बिक्रीदर चार सय ४० रुपैँया ९४ पैसा कायम भएको छ । आइतबार  कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैँया ९३ पैसा र बिक्रीदर चार सय ४० रुपैँया ८९ कायम भएको थियो । बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैँया ३५ पैसा र बिक्रीदर तीन सय ५६ रुपैँया ९४ पैसा कायम भएको छ । आइतबार बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैँया ३४ पैसा र बिक्रीदर तीन सय ५६ रुपैँया ९३ पैसा कायम थियो ।      राष्ट्र बैंकले भारतीय रुपैँया एक सयको खरिददर एक सय ६० रुपैँया र बिक्रीदर एक सय ६० रुपैँया १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

काठमाडौं:    सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ ।       गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।       ‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ । 

उदयपुर:    उदयपुरमा चार दिनदेखि बेपत्ता एक युवक जङ्गलमा मृत फेला परेका छन् ।  त्रियुगा नगरपालिका–४ बगाहाका ३४ वर्षीय बालकृष्ण राई त्रियुगा–११ स्थित नवउदय सामुदायिक वनमा शनिबार मृत फेला परेका हुन् ।                   जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजन चापागार्इंका अनुसार चार दिनअघि सामान्य विवाद भएपछि उनी घरबाट निस्केका थिए ।  राईलाई गोठालाले वनमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  उनको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ ।  घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।