काठमाडौँ:  सत्तापक्षीय दलको बैठक बसेको छ ।   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक बसेको हो ।   बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली,...

सल्यान :     जिल्लामा लामो समयसम्म परेको खडेरीका कारण वर्षेबाली सुक्न थालेको छ । खडेरीका कारण लगाएको मकै र रोप्न ठिक्क पारेको धानको ब्याड खेतबारीमै सुक्न थालेपछि कृषक चिन्तित भएका छन् ।      खडेरीका कारण कपुरकोट क्षेत्रमा लगाइएको बेमौसमी तरकारी बारीमै सुक्न थालेको छ । पानी नपरेका कारण खोलानाला सुक्न थालेका  छन् । धानको ब्याडमा समेत पानी हाल्न समस्या भएको किसानले बताएका छन् । मकै गोडमेल तथा धान रोप्ने समयमा खडेरी परेपछि उत्पादन घटने चिन्ता हुन थालेको बनगाड कुपिण्डे नगरपालिकाका नवीन पुनले बताउनुभयो । “मकैँ गोडमेल गर्ने बेला भएको छ, पानी नपर्दा सुक्न थालेको छ, बोट सुक्ने डरले कतिपयले गोडमेल नै गर्न छोडिसके”, उहाँले भन्नुभयो, “दिनभरको घामले बोट सुक्न थालेका छन् ।”      छत्रेश्वरी गाउँपालिकाका गणेश नेपाली पनि खडेरीले धानको बेर्ना सुक्न थालेको बताउनुहुन्छ । “रोपाइँ गर्ने बेला भइसक्यो, पानी पर्ला र बेलैमा खेती लगाउन पाइएला भनेको पानी पर्ने छाँटकाँट छैन”, उहाँले भन्नुभयो । खोलाका मुहानतिर खेत भएका केहीले रोपाई गरे पनि अन्यले आकासे पानी पर्खेर बसेको उहाँको भनाइ छ ।    जिल्ला कृषि विकास कार्यालयका अनुसार करिब सात हजार हेक्टरमा धानखेती हुँदै आएको छ । करिब १९ हजार हेक्टरमा मकै र ६०० हेक्टरमा कोदोखेती गरिँदै आएको छ । समयमा पानी नपर्दा खाद्यान्न उत्पादनमा कमी आउने देखिएको छ । 

काठमाण्डौँ :     मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ । गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा रु ३७ लाख खर्च भएको विश्वविद्यालयले जनाएको छ ।    विश्वविद्यालयका डीन एवं दीक्षान्त समारोह प्रचारप्रसार समितिका  संयोजक डा लिलाधर तिवारीका अनुसार अथिति सत्कार र यातायाततर्फ रु १३ लाख ७४ हजार खर्च भएको छ । कार्यक्रम सञ्चालन तथा स्थल व्यवस्थापनतर्फ रु पाँच लाख ७० हजार खर्च भएको तिवारीले जानकारी दिनुभयो ।       यस वर्ष २९ जनालाई विभिन्न पदक प्रदान गरिएको थियो । समारोहमा ५१९ विद्यार्थी दीक्षित भएका थिए । दीक्षान्त समारोहमा शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेल, नोबेल शान्ति पुरस्कार विजेता कैलाश शत्यार्थीलगायत सहभागी हुनुहुन्थ्यो । यसअघि विश्वविद्यालयको दीक्षान्त समारोह २०७४ असार १९ गते आयोजना गरिएको थियो । 

कपिलवस्तु :      कपिलवस्तुको विजयनगर गाउँपालिकाले छात्रालाई साइकल वितरण गरेको छ । छात्रालाई विद्यालयमा नियमित आउन प्रोत्साहन गर्नका लागि निःशुल्क साइकल वितरण गरिएको हो ।    गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पालिकामा रहेका ६ माध्यमिक विद्यालयका कक्षा ९ देखि ११ सम्म अध्ययन गर्दै आएका ४१५  छात्रालाई साइकल वितरण गरेको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले महिला सशक्त भएमात्र पालिकाको विकास सम्भव हुने बताउनुभयो । शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन पालिका प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।    छोरीलाई शिक्षित र सबल बनाउन ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान सञ्चालन गरिएको छ । साइकल पाएपछि विद्यार्थी विद्यालयमा नियमित आउन थालेका छन् । यसबाट महिलाको शिक्षामा पहुँच वृद्धि हुने अध्यक्ष थापाले बताउनुभयो । छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ पालिका अघि बढेको उपाध्यक्ष लक्ष्मी थारुले बताउनुभयो ।    साइकलले टाढा घर भएका विद्यार्थीलाई विद्यालय आउन सहज हुने गाउँपालिकाका प्रशासकीय अधिकृत गोविन्द भट्टराईले  बताउनुभयो । आर्थिक वर्ष २०७७÷७८ मा पनि विजयनगरका ९ र ११ का विद्यालयका २४० छात्रालाई साइकल वितरण गरिएको थियो । 

  पोखरा :    जिल्ला समन्वय समिति कास्कीको टोलीले रुपा गाउँपालिका निर्माणाधिन पुर्वाधारको अनुगमन गरेको छ ।    जिसस प्रमुख लिलाधर पौडेललको नेतृत्वमा सो गाउँपालिकामा संघीय, प्रदेश र स्थानिय तहहरुबाट संचालित विभिन्न विकासका योजनाहरुको अनुगमनमा निस्किएको हो ।    अनुगमनको क्रममा प्रमुख पौडेलले संघीयताको मर्म अनुसार काम सपन्न आग्रह गर्दै जनताको विकासको अपेक्षा पूरा गर्न गुणस्तरीय परिणाम निस्कने गरी कार्य सपन्न आग्रह गरे ।    कुनै पनि नागरिकले कुनै बहानामा दुःख पाउन नहुने भन्दै सवै जनप्रतिनिधि जनताको अवस्था परिवर्तन गर्न लागि पर्नुपर्नेमा जोड दिए । समन्वय कास्कीका सदस्य राजु अधिकारी, हर्क बहादुुर गुुरुङ, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुुरुङ प्रशासकीय अधिकृत सन्तोष ढुङ्गाना, प्राविधिक, इन्जिनियर तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।    अनुगमनमा स्थानिय साझेदारी कार्यक्रम अन्र्तगत रुपा गाउँपालिका वडा नं. ३ मा निर्माणाधिन गाउँघर क्लिनिक स्वास्थ्य चौकी भवन, सेवा प्रदान गरिहरेको रुपाकोट अस्पताल, पालिकाको प्रशासकिय सेवा, संञ्चालित अन्य योजनाको अनुगमन सहित आवश्यक निर्देशन समेत दिएको थियो ।

कास्की :      पेट्रोलियम पदार्थ तथा ग्यासको मुल्य वृद्धि गरेसँगै पृथ्वीनारायण क्याम्पस गेट अगाडी  अनेरास्ववियुुले विरोध प्रदेशन गरेको छ ।   ५० बढि विद्यार्थीको सँख्यामा आज (बुधबार) दाउरा बालेर चिया पकाएर, पेट्रोलको मुल्य अनुसार मोटरसाइकललाई विक्रिमा राखेर र मुखमा टेप लगाएर विरोध गरेको हो ।   कोणसभालाई सम्बोधन गर्दै क्याम्पस कमिटिका अध्यक्ष विष्णु पोखरेलले सरकारले नागरिकलाई राहत दिनुको सट्टा चरम मुल्य वृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाए ।    यसैगरि केन्दिय सदस्य अनुप लामिछानेले राज्यले जनतालाई संकटबाट मुक्त गराउन नचाहेको टिप्पणी गरे । ‘राज्यले अभिभाकत्व लिनुपर्ने समयमा मौन बस्दै जनतालाई पीडामाथि पीडा थपिरहेको छ, उनले भने, ‘यस्तो चरम वृद्धि हामीलाई स्वीकार्य छैन । यो कदम सरासर गलत छ ।त्यसैले निर्णय फिर्ता लिइयोस ।’   प्रर्दशनका क्रममा ‘शेरे चोर यो देश छोड, शेरेको चमत्कार मुल्य वृद्धि र भ्रष्टाचार र अरु हामि जान्दैनौ मुल्य वृद्वि मान्दैनौ’ लगायतका नारा लगाएका थिए ।  

काठमाण्डौँ :        उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपरेको प्रस्ट पार्नुभएको छ ।   राष्ट्रिय सभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सदनलाई जानकारी गराउँदै २०७१ सालदेखि नै अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर प्राप्त हुँदा नेपालमा पनि बढाउने र घट्दा घटाउने प्रक्रिया सुरु भएको प्रस्ट पार्नुभयो ।    उहाँले भन्नुभयो, “पछिल्लो समय रुस–युक्रेन युद्धका कारण सिर्जना भएको  विशिष्ठ ऊर्जा सङ्कटका कारण निगमले प्राप्त गर्ने पेट्रोलियम पदार्थको मूल्य लगभग सबैजसो समय बढेर नै आइरहेको छ, नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट कच्चा तेल खरिद नगरी प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ ।”      मन्त्री बडूले प्रशोधित पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढिररहेको अवस्थामा निगमले हाल आफू घाटामा रही कारोबार गरिरहेको बाध्यात्मक अवस्थाबारे पनि सदनलाई जानकारी गराउनुभयो । उहाँले विगत केही समययता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको, निगमलाई जेठ समान्तसम्म करिब रु ५० अर्ब घाटा हुन गएको र इन्डियन आयल कर्पोरेसनलाई बुझाउनुपर्ने रु २२ अर्ब बक्यौता रहेको जानकारी दिनुभयो ।       “इन्डियन आयल कर्पोरेसशनलाई पेट्रोलियम पदार्थ खरिद गरेबापत तिर्नुपर्ने बक्यौता रकम बढ्दै जान नदिन र आपूर्ति व्यवस्था सहज बनाइ राख्न लागत अनुरुप नै मूल्य समायोजन गर्दै जानुपर्ने बाध्यात्मक स्थिति सिर्जना भएका कारण मूल्य वृद्धि गरिएको यस सदनलाई  जानकारी गराउन चाहन्छु”, उहाँले भन्नुभयो ।    निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गर्नुभन्दा पहिला पेट्रोलियम पदार्थको धेरै मात्रा बिक्री गरिने निगमलाई घाटामा पु¥याएको भन्ने सन्दर्भमा उहाँले निगमको प्रचलित कानुन, नीति तथा पेट्रोलिम पदार्थको बिक्री सम्बन्धि विद्यमान नियमावली अनुरुप नै बिक्री वितरण गरिएको पनि स्पष्ट पार्नुभयो ।       उहाँले भन्नुभयो, “मुलुकैभरी सबैभन्दा बढी पेट्रोल खपत हुने काठमाडौँ उपत्यकामा निगमको थानकोट डिपोले यही असार ५ गते पेट्रोल सात लाख ५० हजार लिटर र डिजेल आठ लाख ५० हजार लिटर बिक्री गरेको छ भने असार ६ गते पेट्रोल आठ लाख ४० हजार लिटर र डिजेल १० लाख ४० हजार लिटर बिक्री गरेको निगमको रेकर्डबाट देखिन्छ, कसैलाई नाफा हुने नियतले नभइ कानुन र नीतिगत रुपमा नै मूल्य निर्धारण गरी बिक्री गरिएको छ ।”    उहाँले बिक्रीवितरण भइरहेको अवस्थामा पेट्रोलियम बिक्री गरेपश्चात मूल्य बढ्ने गरेको भनाइमा कुनै सत्यता नभएको पनि स्पष्ट पार्नुभयो । मन्त्री बडूले नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति प्रणाली सहज, व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सरकारले अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन नीति तथा नीतिगत, कानुनी एवं संस्थागत सुधारका लागि विषय समावेश गरी प्रतिवेदन पेश गर्न उच्चस्तरीय अध्ययन कार्यदल गठन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले बजार अनुगमनलाई अझै व्यवस्थित, प्रभावकारी र सशक्त बनाउने विश्वास दिलाउनुभयो । 

          काठमाण्डौँ :        व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसले वार्षिक रु २१ लाख छात्रावृत्तिमा खर्च गर्ने गरेको छ । गरिब तथा जेहेन्दाहर करिब चार सय विद्यार्थीलाई सो रकम बराबरको छत्रावृत्ति वितरण गरेको क्याम्पस प्रशासनले जनाएको छ ।       उक्त क्याम्पसमा तीन हजार विद्यार्थी अध्ययनरत छन् । उक्त क्याम्पसमा ९० प्रतिशत छत्राको बाहुल्यता रहेको छ भने ७२ प्रतिशत जनजाति, १८ प्रतिशत दलित र दश प्रतिशत अन्य छन् ।       त्यसैगरी उक्त क्याम्पसमा रु ३५ लाखको अक्षयकोष स्थापना गरेको छ । क्याम्पस सञ्चालक समितिको अध्यक्ष ब्रह्मादत्त तिमिल्सेनाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । यस आर्थिक वर्ष क्याम्पसको कोषमा आम्दानी भएको रकममध्ये उक्त रकमको अक्षयकोष स्थापना गरेको हो । उक्त रकमबाट आएको ब्याजले क्याम्पसबाट निवृत्त भैजाने प्राध्यापक र कर्मचारीलाई उपदान प्रदान गरिने सो क्याम्पस प्रशासनले जनाएको छ ।      केही वर्षअघि घाटामा रहेको उक्त क्याम्पसले ऋणमुक्त भई नियमित रुपमा मासिक तलब भुक्तानी गर्दै आएको छ । हाल क्याम्पसले रु दुई करोड ५० लाख ‘बैंक ब्यालेन्स’ रहेको क्याम्पसले जनाएको छ । उक्त कोषमा बर्सेनि रकम थप्दै वृद्वि गर्दै लैजाने योजना रहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो । जिल्लाका सामुदायिक क्याम्पसहरुमध्ये अक्षयकोष स्थापना गर्ने उक्त क्याम्पस नै पहिलो भएको बताइएको छ ।      पूर्णकालीन २९ र आंशिक  ३७ गरी ६६ जना प्राध्यापक र १५ जना कर्मचारी कार्यरत छन् । आयव्ययमा पारदर्शिता बनाउन आगामी साउन १ गतेदेखि क्याम्पस परिसरमा बैंकको शाखा राख्ने तयारी भइरहेको क्याम्पस प्रमुख हड्खलेले जानकारी दिनुभयो । बैंकको शाखा स्थापनाका लागि व्यासको रु ३० लाख आर्थिक सहयोगमा भवन निर्माण गरिसकिएको छ । विद्यार्थीबाट लिइने शुल्क पनि आउँदा दिनमा बैकिङ प्रणालीबाट लिने योजना बनाइएकोे क्याम्पस प्रशासनले जनाएको छ । 

काठमाण्डौँ  :      वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेशभित्रका तीन सयवटा सामुदायिक विद्यालयहरुलाई सूचना, प्रविधि र विज्ञानसँग जोड्नका लागि आगामी आर्थिक वर्षका लागि ५५ करोड रकम विनियोजन गरिएको बताउनुभएको छ । उहाँका अनुसार मन्त्रालयले प्रदेशका एक सय सामुदायिक आधारभूत विद्यालय र दुई सय सामुदायिक माध्यमिक विद्यालयको छनोट गरी उपलब्धि सूचकका आधारमा सूचना प्रविधि प्रयोगशाला, विज्ञान तथा विषयगत प्रयोगशाला स्थापना लगायतका सिकाइ उपलब्धि बढाउने कार्यका लागि पूँजीगत अनुदान विनियोजन गरेको हो ।     मन्त्रालयले प्रदेशभित्रका सामुदायिक विद्यालयको नतिजा सुधार गर्नका लागि विद्यालय शिक्षामा नतिजा सुधारका लागि विद्यार्थी केन्द्रित विद्यालय व्यवस्थापन सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रदेशभित्रका रहेका एक सय सामुदायिक आधारभूत विद्यालय र दुई सय सामुदायिक माध्यमिक विद्यालयको छनोट गरी व्यवस्थापन सुधारको लक्ष्यसहित अनुदान दिन रु २५ करोड विनियोजन गरेको मन्त्री मोक्तानको भनाइ छ ।       उक्त कार्यक्रमका लागि सङ्घीय सरकारसँगको समन्वयमा प्रधानाध्यापकको शैक्षिक नेतृत्व, सीप तथा व्यवस्थापन क्षमता अभिवृद्धि गर्न तालिम सञ्चालन गरिने जनाइएको छ । उहाँका अनुसार विद्यालयमा जाने अनुदानलाई शैक्षिक नतिजासँग आबद्ध गर्न उपलब्धि सूचकहरु निर्धारण गरिनेछ । यसैगरी माध्यमिक तहमा कृषि तथा पशु सेवासम्बन्धी विषयको अध्यापन गराउने सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्नसमेत बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो ।      उहाँले भन्नुभयो “अबको शिक्षामा प्रविधि र व्यवसाय नजोडेसम्म उपलब्धि हासिल हुन सक्दैन ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत सञ्चालित शिक्षालयहरुको भौतिक पूर्वाधार सुधार तथा क्षमता अभिवृद्धि गरिने छ  । ” यसका लागि सिन्धुलीमा प्रदेशको बहुप्राविधिक शिक्षालय स्थापना गरिने र सिन्धुपाल्चोकमा निर्माणाधीन दिनेश–रामजी प्राविधिक शिक्षालय आगामी वर्ष निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने उहाँले जनाउनुभयो ।     सामुदायिक विद्यालयको कक्षा ११ र १२ वा सो सरहमा प्राविधिक विषय अध्ययन गर्ने अल्पसङ्ख्यक, लोपोन्मुख, अति सीमान्तकृत, विपन्न दलित समुदायका छात्रछात्रामध्ये प्रतिस्थानीय तह एक जनालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्न र सामुदायिक क्याम्पसमा अध्ययनरत छात्रालाई प्रदान गरिने छात्रवृत्तिसमेत बजेट छुट्याइएको मन्त्री मोक्तानले जानकारी दिनुभयो । आगामी वर्ष पाँच विद्यालयलाई आवासीय विद्यालयका रुपमा स्तरोन्नति गरी लोपोन्मुख, अति सीमान्तकृत, अल्पसङ्ख्यक तथा अति विपन्न समुदायका बालबालिकाहरूलाई विद्यालय शिक्षामा पहुँच अभिवृद्धि गरिने उहाँले बताउनुभयो ।     प्रदेश विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापनाको प्रक्रिया सुरु गरिने र उच्च शिक्षा परिषद् सचिवालय व्यवस्थापन र सम्भाव्यताको आधारमा प्रदेश विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गरिने मन्त्री मोक्तानले बताउनुभयो । प्रत्येक जिल्लाको कम्तीमा एउटा विद्यालयमा नमूना बाल विकास केन्द्र सञ्चालन गर्न र हाल सञ्चालित बाल विकास केन्द्रहरुको भौतिक पूर्वाधार विकास गर्न बजेट छुट्याउना साथै स्थानीय तहलाई बालमैत्री संरचनाहरु स्थापना गर्न प्रोत्साहित गरिने उहाँले जनाउनुभयो । 

काठमाण्डौँ :       मुनाल शिशिर कोइरालाको शब्द तथा नरहरि  प्रेमीको सङ्गीत रहेको ‘मेरो बोली सुन्दा’ बोलको गीत एक दशकपछि महिला आवाजमा सार्वजनिक भएको छ । गीतमा रुपक डोटेलले स्वर दिनुभएको छ । गीत रिलिज भएको करिब एक दशकपछि महिला आवाजमा सार्वजनिक भएको हो । जसमा गायिका सुजाता केसीको स्वर छ ।   गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गर्नुभएको हो । म्युजिक भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की र इष्टु कार्कीबीचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ । सुजन श्रेष्ठले छायाङ्कन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गर्नुभएको हो ।      मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायिका केसीको आधिकारिक च्यानल ‘सुजाता केसी’ मार्फत सार्वजनिक भएको हो ।  यसअघि गायिका केसीको स्वरमा समावेश ‘बतास बनी’, ‘जाल बुन्यो माकुराले’, ‘कुरा सिधा छ’ लगायत थुप्रै गीत सार्वजनिक भइसकेका छन् ।