तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

  पोखरा । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटिले नागरिकता विधेयक खारेजीको माग गर्दै क्याम्पसको प्रवेशद्वारमा हस्ताक्षर संकलन गरेको छ ।    प्रतिनिधि सभाले ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गरेपछि अनेरास्ववियुले क्याम्पस प्रवेशद्वारमा विरोध जनाउदैँ आज (बिहिबार) हस्ताक्षर संकलन गरेको हो ।   विधेयकमा उल्लेखित बाबुआमा नभेटिएको नाबालकले वंशजको नागरिकता पाउने, बिहे लगत्तै नागरिकता दिइने, महिला र पुरुषका लागि फरक प्रावधान जस्ता विवादित तर संवेदनशील विषयमा पुनविचार गनुपर्ने अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटी अध्यक्ष विष्णु पोखरेलले बताए । उनले भने,‘यो सरासर राष्ट्रघाती विधेयक हो, यसलाई तुरुन्त खारेज गरिनुपर्छ ।’   नेपाल नागरिकता ऐन २०६३  को दफा ३ संसोधन गरेर संसदबाट पारीत गरेको नागरिकता विधेयक अनुसार नेपालका नागरिकसँग विवाह गरि स्वदेशमै बस्दै आएका अन्य देशका नागरिकहरुले सजिलैसँग नागरिकता प्राप्त गर्ने प्रावधान रहेको छ ।    अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटिले संकलन गरेको हस्ताक्षर अभियानमा क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा नागरिकहरु गरि चार सय बढीले हस्ताक्षर गरेका थिए ।    

  काठमाडौं ।   राष्ट्रियसभाको बैठकले दुई विधेयक संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ ।   बिहीबार बसेको राष्ट्रियसभा बैठकले ‘नेपाल इञ्जीनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ पारित गरेको हो । उक्त दुवै विधेयक प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भनी प्रस्तुत भएको थियो ।   भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेपाल इञ्जीनियररिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ज्येष्ठ  नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो ।

  काठमाडौं ।   प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारीलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभएको छ । केही समय मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा देखिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताउनुभयो ।   वीर अस्पतालको १३३ औं वार्षिकोत्सवको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले भविष्यमा आउन सक्ने विभिन्न महामारीहरुको नियन्त्रणका लागि पनि सरकारले आफ्नो सामथ्र्यको विकास गर्नुपर्ने बताउनुभयो ।   प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘केही मत्थर भएको कोभिड महामारी पुनः विस्तारै फैलदै  जाने खतरा देखिएको छ । अझ यसलाई पूर्णरुपमा नियन्त्रण गर्दै भविष्यमा आउन सक्ने अन्य विभिन्न किसिमका महामारीसँग जुध्ने सामथ्र्य हामीले विकास गर्नुपर्ने खाँचो छ ।’’   क्यान्सर जस्ता घातक रोगहरुको समयमै सहज ढङ्गले उपचार हुने व्यवस्था मिलाउन पनि सम्बन्धित स्वास्थ्य संस्थाहरुले ध्यान दिने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गर्नुभयो ।   ‘‘भविष्यमा प्रमुख स्वास्थ्य समस्या भनेको सर्नेभन्दा पनि नसर्ने रोगहरु छन् भन्ने विश्व स्वास्थ्य संगठनले पूर्व अनुमान गरेको छ । हामीले पनि नसर्ने रोगका बिरामीहरुलाई सहज उपचारका लागि क्षमता विकास गर्दै जानुपर्ने आवश्यकता छ ।,’’ प्रधामन्त्रीले भन्नुभयो ।   प्रधानमन्त्री देउवाले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढङ्गले उपलब्ध गराउन सरकार कटिबद्ध रहेको पनि बताउनुभयो ।   स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा संविधानमै व्यवस्था गरेको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्रीले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था समेत गरेको जानकारी दिनुभयो ।   प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता हो । नेपालको संविधानले स्वास्थ्यको हकलाई मौलिक हकअन्तर्गत समावेश गरी प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेको छ । तसर्थ, नेपाल सरकार सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढङ्गले उपलब्ध गराउन कटिबद्ध । स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ बजेट छुट्टयाएको छ । यस क्षेत्रको भौतिक संरचनाको निर्माण तथा मानवीन जनशक्तिको विकासलगायतका कार्यका लागि विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको छ ।’   प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सरजस्ता घातक रोगका लागि सहज ढङ्गले उपचार गराउन सरकारले बजेटको व्यवस्था गरेपनि त्यसको सदुपयोग गर्न नसकेको बताउनुहुँदै वीर अस्पताल व्यवस्थापनको आलोचना गर्नुभयो ।   वीर अस्पताल मुलुकको सबैभन्दा जेठो अस्पताल भएको उल्लेख गर्नुहुँदै राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको विकासमा ध्यान दिनुपर्ने औंल्याउनुभयो ।   यसैगरी, वीर अस्पतालका कार्यबहाक प्रमुख प्रशासकीय अधिकृत डा। भुपेन्द्रकुमार बस्नेतले बिरामीहरुको चापलाईं धान्न सक्ने गरी अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन सरकारसँग माग गर्नुभयो । उहाँले पूराना भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि अस्पताललाई बजेटको समेत आवश्यकता रहेको बताउनुभयो ।

  पोखरा:   यातायात व्यवस्था कार्यालय सवारी, कास्कीले अघिल्लो आर्थिक वर्षको वक्यौता कर तथा जरिवाना अर्को सुचना प्रकाशन नभएसम्म नउठाउने स्पष्ट पारेको छ ।   कार्यालयले सुचना जारी गर्दै अर्को सुचना प्रकाशन नभएसम्म बक्यौता कर तथा जरिवाना संकलन नगर्ने बताएको हो ।   कार्यालय प्रमुख डिल्लीराम रिज्यालले प्रदेश सरकारले २ सय प्रतिशत उठाउँदैं आएको कर तथा जरिवानालाई घटाएको बताउदै सरकारको परिपत्र नआएसम्म सवारी कर तथा जरिवाना संकलन नगर्ने बताए ।    गत आर्थिक वर्ष २०७८÷०७९ मा सवारी साधन कर जरिवाना सम्बन्धमा नागरिकस्तरबाट गुनासो आएकाले गत आर्थिक वर्ष ०७८÷०८९ र सो अगाडिका आर्थिक वर्षहरुका तिर्नुपर्ने वक्यौता कर तथा जरिवाना अर्को सुचना प्रकाशन भएपछि मात्रै उठाउन सुुरु गरिने बताइएको छ ।   सवारी कर अब २० प्रतिशत मात्रै    गण्डकी प्रदेश सरकारले सवारी  साधनको कर २ सय प्रतिशतबाट घटाएर २० प्रतिशत मात्रै उठाउने निर्णय गरेको छ ।   गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीको अध्यक्षतामा बुधबार बसेको आकस्मिक बैठकबाट उक्त निर्णय गरेको हो ।   यही साउनको १ गतेबाट यातायात व्यवस्था कार्यालय कास्कीले प्रदेश सरकारको परिपत्र अनुसार २ सय प्रतिशत सवारी करको जरिवाना असुल्दै आएको थियो । चौतर्फी विरोधभएपछि उक्त निर्णय फिर्ता लिएको हो ।    सो समयमा म्याद सकिएको अर्को दिनमै २ सय प्रतिशत शुल्क असुलेको थियो । अब पहिलेजस्तै सेवाग्राहीले ९० दिनको थप समय पाउँनेछन् । निर्णय भैसकेपनि कार्यान्वयन हुनका लागि संशोधन भएको निर्णय राजपत्रमा प्रकाशित हुनुपर्ने प्रावधान रहन्छ । यथाशिघ्र राजपत्रमा प्रकाशन गरिने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ ।

  तम्घास:  गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । तम्घासबाट निर्माणका सामग्री लिएर पौदी अमराई जाँदै गरेको लु.२ त ५६०३ नम्बरको ट्याक्टर जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बरको २ को देउरालीमा दुर्घटना भएको हो ।   दुर्घटनामा मालिका गाउँपालिकाका २२ वर्षीय दीपक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।   ट्याक्टरबाट लडेर घाइते भएका परियारको गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज, प्रभास पाल्पामा थप उपचारको क्रममा राति २ बजे मृत्यु भएको खरेलले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ । 

सिन्धुपाल्चोक    :   सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले यथास्थितिमा मेलम्चीको पानी राजधानी लैजान नदिने चेतावनी दिनुभएको छ । बाढीले क्षत्विक्षत् भएको हेलम्बुलाई बेवास्ता गरी हेलम्बुको पानी मात्रै लैजाने सरकारी योजनालाई पूरा हुन नदिने उहाँले बताउनुभयो ।    ‘पानी हेलम्बुबाट लैजाने तर हेलम्बुलाई परेका समस्या समाधानमा भूमिका निर्वाह नगरी पानी लैजान खोज्ने ’ अध्यक्ष शेर्पाको असहमति छ । हेलम्बुका समस्या हल गरेर मात्रै पानी लैजानुपर्ने उहाँको तर्क छ ।   मेलम्ची खानेपानी आयोजनाबाट प्रभावितका लागि सञ्चालित सामाजिक उत्थान कार्यक्रम (सुप) स्थानीय सरकारमार्फत सञ्चालन गर्नुपर्ने, स्थानीयवासीले पाउने खानेपानीको ‘लेबी’ टुङ्गो लगाउनुपर्ने, स्थानीय बाढीपीडितलाई कम्तीमा प्रतिपरिवार २० लाख रुपियाँ दिनुपर्ने, बाढीले व्यवसायीको व्यवसाय पुनस्र्थापना गर्न सहयोग गर्नुपर्ने लगायतका माग पूरा नभएमा मेलम्ची पानी लैजान नदिने अध्यक्ष शेर्पाले चेतावनी दिनुभयो । खानेपानी मन्त्री उमाकान्त चौधरीलाई गत चैत २९ गते पालिकाले ११ बुँदे मागसहित ध्यानाकर्षणपत्र बुझाएको थियो ।    मेलम्ची खानेपानी आयोजनाको मुहान हेलम्बु गाउँपालिकाको अम्बाथानमा छ । आयोजनाको मुहानमा बाढी पस्ने खतरा भएपछि सुरुङ मार्गका ढोका बन्द गरिएको छ ।    

  नेपालगञ्ज  :   नेपाली युवाहरु भारतमा रोजगारीका लागि जानेको सिमा नाकाहरुमा लर्को लाग्न थालेको छ । कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका दैनिक रुपमा एक हजार भन्दा बढी युवा नाका हुँदै रोजगारीका लागि भारततर्फ जाने गरेको जमुनाह नाका स्थित प्रहरीको तथ्याङक छ ।    इलाका प्रहरी कार्यालय, जमुनाहका प्रमुख वरिष्ठ सई माधव रिजालले केही दिन यता आएर फेरी दैनिक भारतजाने नेपालीको लर्को लाग्ने गरेको बताउनुभयो । उहाँले अहिले दैनिक एक हजार दुई सय देखि एक हजार तीन सयसम्म नेपाली युवा कामका लागि भारततर्फ गैरहेको जानकारी दिनुभयो ।    अहिले नेपालमा काम नभएको र भारतको सिमला लगायतका ठाउँमा स्याउ पाकेकोले स्याउ टिप्न र ओसार पसार गर्न धेरै नेपाली युवा सो तर्फ जाने गरेको प्रहरीको भनाई छ । भारत जान हुल बाँधेर नाकामा पुगेका अधिकांश नेपालीले हिमाञ्चल प्रदेशको सिमला जान लागेको बताउने गरेको रिजालले बताउनुभयो । उहाँका अनुसार अहिले भारत जानेमा अधिकांश २० वर्षको सेरोफेरोकै युवा रहेका छन् ।    भारत हिडेका जाजरकोट पाँचकाटियाका रमेश बहादुर सिंहले स्वदेशमा कुनै काम नै नपाइएपछि बाध्य भएर फेरी भारत जान थालेको बताउनुभयो । उहाँले नेपालमा बढी भन्दा बढी रोजगारी सृजना नगरिएसम्म कालापहाड जानै पर्ने बाध्यता बाँकी रहने बताउनुभयो ।    यस्तै सल्यान थारमारेका गणेश विकले आफ्नो देशमा काम नपाएपछि भारत जानुको विकल्प नहुँदा गैरहेको गुनासो गर्नुभयो । सोही प्रकारको दुखेसो भारत छिर्न नाकामा पुगेका अधिकांश युवाको छ । 

काठमाडौं  :  साउनको सुरुवाती देखिनै निरन्तर हुँदै आएको वर्षा बिहिबार पनि देशैभर हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।    अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।   शुक्रबार भने देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौं  :  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ। राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपति भण्डारीले राजदूतको पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो।    राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार जापानका लागि डा.दुर्गाबहादुर सुवेदी, गणतन्त्र दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि डा. शर्मिला पराजुली (ढकाल), रुसी महासङ्घका लागि मिलनराज तुलाधार र डेनमार्कका लागि नवनियुक्त राजदूत प्रा.डा. रामस्वार्थ रायलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो।    उक्त अवसरमा राष्ट्रपति कार्यालयमा परराष्ट्रमन्त्री डा। नारायण खड्कासहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो।