पोखरा:   पोखरा महानगरका विद्यालय र क्याम्पसहरुमा न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।   पोखरा महानगरपालिकाको न्यायिक समितिक...

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र्रराज पाण्डेले पार्टीको केन्द्रीय बैठकमा महामन्त्री एवं युवा नेता गगन थापामाथि कटाक्ष गरेका छन् ।    बैठकको आज तेस्रो दिन थापालाई इंगित गर्दै मुख्यमन्त्री पाण्डेले भनेका छन् ‘सके सभापति फेरेर देखाउनुहोस, नसके अनावश्यक भ्रम छर्ने काम बन्द गर्नुहोस् ।’ पाण्डेले कांग्रेसका सबै एउटै डुंगामा सवार रहेको दर्शाउँदै पार्टी सभापति डुबे सबै डुब्ने उल्लेख गरे ।    पाण्डेले भनेका छन् ‘सभापति शेरबहादुर देउवा डुबेपछि गगन थापा पनि डुब्नुहुन्छ, सुरेन्द्र पाण्डे पनि डुब्छ ।’   पछिल्लो समय थापाले पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने र आवश्यक परे आफैले नेतृत्व दिने भन्ने अभिव्यक्तिप्रति पाण्डेले उक्त भनाई राखेका हुन् । मन्तव्यक्रैक्रममा पाण्डेले पार्टीप्रति भ्रम छर्न र नकारात्मक टिकाटिप्पणी नगर्न पनि सुझाव दिए ।   ‘हामी सबै एउटै डुंगामा छौं, कठिन अवस्थामा छौं’ पाण्डेले भने ‘सामुहिकरुपमा डुंगा पार लगाउने जिम्मा हामीमै छ ।’ पार्टीको विधानमा सभापति फेर्ने प्रावधान भएको भन्दै उनले सके फेर्न अन्यथा अतिरञ्जित नगर्न महामन्त्री थापालाई चेतावनी दिए ।   ‘फेर्ने समय पनि आउँछ फेरौला तर त्यो समय पर्खनु पर्छ अतिरञ्जना गर्ने काम बन्द गरौं’ पाण्डेले भने ।    केन्द्रीय समितिको बैठक मंगलबारबाट केन्द्रीय कार्यालय, सानेपामा बसिरहेको छ ।

काठमाडौं:    स्कुटी अनि मोटरसाइकलमा प्रयोग हुने ब्रेकको सामानभित्र लुकाएर भन्सार कटाएको ८० किलो बढी सुन राजश्व अनुसन्धान विभागले बरामद गर्यो।   सहजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कटाएको सामान ट्याक्सीमा लोड गर्दागर्दै प्रहरीसहित गएको विभागको टोलीले नियन्त्रणमा लियो।सुनको परिणाम मध्यरातसम्म यकिन भएको छैन।   विभाग प्रमुख नवराज ढुङ्गानाका अनुसार सुन ८० किलो भन्दा बढी हुनसक्ने अनुमान छ। विभागले सुन तस्करीमा संलग्न रहेको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएको छ। एक जना ट्याक्सी चालक, अर्का एक भन्सार एजेन्ट हुन्छ। तेस्रो व्यक्तिको परिचय खुलाइएको छैन।   भन्सार जाँचपास भएर सामानको रूपमा सुन बाहिरिएको विशेष सूचनाको आधारमा विभागले अप्रेशन गरेको बताइएको छ।सुन तस्करीमा विभागले गरेको यो अहिलेसम्मकै ठुलो अप्रेशन हो। यस अगाडि भन्सारको मिलेमतोमा भित्रिने सुन प्रहरीले नियन्त्रणमा लिँदै आएको थियो। यो अप्रेसनमा भने प्रहरी समेत पछि परेको देखियो।   बरामद भएको सुनको परिणाम अनि शैलीले सङ्गठित तस्करी समूह नै यसमा संलग्न देखिन्छन्। करिब एक अर्ब बराबरको सुन हो बरामद भएको। सहजै भन्सार पास भएकाले तस्करीमा सङ्गठित समूहको संलग्नता देखिन्छ।यसमा प्रधानमन्त्री मातहत रहेको राजश्व अनुसन्धान विभाग खटिएकाले समेत गृह मन्त्रालय मातहतको सुरक्षा निकाय समेत शंकामा परेको छ।   विमानस्थलमा प्रहरीको विभिन्न युनिट खटिन्छन्। मानव बेचबिखन ब्युरो, लागू औषध ब्युरो, विशेष ब्युरो अनि उपत्यका प्रहरी कार्यालयका सादा पोसाकका प्रहरी समेत खटिन्छन् विमानस्थलमा। त्यसमा डिआइजीको नेतृत्वमै प्रहरीहरू समेत खटिएका छन्। तर कसैले सङ्केत नपाउनु सामान्य घटना देखिन्न।   यस्तो अप्रेसनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको परिचालन हुने गरे पनि बुधवारको घटनामा ब्युरो देखिएन।   असार १२ मा विभागको प्रमुख भएर आएका ढुङ्गाना यस अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा थिए। उनकै नेतृत्वमा यति ठुलो परिमाणको तस्करीको सुन समातिएकाले यो अप्रेसनमा प्रधानमन्त्री कार्यालय समेत संलग्न देखिन्छ। अहिले राष्ट्रिय अनुसन्धान विभाग समेत प्रधानमन्त्री कार्यालय मातहतमै छ।   निरन्तर बदनाम भन्सार   हालसालै इलेक्ट्रिक चुरोट भेपमा लुकाएर ल्याएको नौ किलो सुन तस्करीमा विमानस्थल भन्सारका कर्मचारी समातिएर कारागार समेत पुगे।   चिनिया व्यापारीले भेपमा लुकाएर ल्याएको नौ किलो सुन भन्सारका कर्मचारी मिलेर साटेर बेचेका थिए।   यही घटनामा नासु रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सेक्युरिटी गार्ड निर्मल कुमार बिक र व्यापारीहरू वेदप्रकाश अग्रवाल, साहेब राव पाण्डुरङ मरगले पुर्पक्षका लागि थुनामा गए।भेपमा सुन राखेर ल्याउने चिनिया व्यापारी फरार भए।   फरार भएका चिनिया व्यापारीसँग माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनको छोराको निकट सम्बन्ध रहेको खुल्यो। तर प्रतिवादी भने बनाइएन।   ब्रेक शु मार्फत २ हजार किलोभन्दा बढी सुन तस्करी भएको अनुमान   प्रारम्भिक अनुसन्धानमा यसअघि पनि पटक(पटक रेडी ट्रेडले ब्रेक शु आयात गरेको खुलेको छ । त्रिभुवन विमानस्थल भन्सार र दुई महिनामा करिब २२ पटक यस्तै ‘ब्रेक शु’ आयातपछि सुरक्षा जाँच गरेर लगेको देखिएको स्रोतले बतायो ।   यसले यसअघि पनि अहिलेकै शैलीमा सुन तस्करी त भएको थिएन रु भन्ने आशंका जन्माएको अधिकारीहरुको भनाइ छ । अनुसन्धान अधिकृतहरुका अनुसार अब त्यो कोणबाट पनि अनुसन्धान हुनेछ । ‘यसअघि ब्रेक शु भनेर आयात हुँदा पनि आजजस्तै तरीका अपनाएको हुन सक्छ र हरेक पटकमा १०० किलोका दरले ब्रेक शु आएको हुन सक्छ,’ स्रोतले भन्यो ‘आज जुन अवस्थामा सुन भेटियो यसले २ हजार किलोभन्दा धेरै सुन पछिल्लो २ महिनामा भित्रिएको आशंका जन्माएको छ ।’   सुनदेखि जग्गा कारोबारीसम्म तस्करीमा   यस अगाडिका सुन तस्करीमा सुन व्यापारको आवरणमा रहेकादेखि जग्गा कारोबारीसम्म तानिएका थिए। प्रहरीसम्म सुन तस्करी गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेर जागिर समेत गएको थियो।   सुन तस्करीमा प्रतिष्ठित व्यापारीहरू समेत जोडिँदै आएका छन्।यस अगाडिको ३३ किलो सुन तस्करीको अनुसन्धानले त हाउजिङ व्यवसायीदेखि नेतासम्मको धन्दा खुलायो। धेरैको पोल खुल्ने भएपछि प्रतिवेदनै गोप्य राखियो।   ३३ किलो सुन तस्करीमै विमल पोद्दार, महावीर गोल्यान, राजकुमार दारुका, सञ्जय खेतान,प्रभात अग्रवाल लगायतमा पक्राउ परेका थिए। ३८ क्विन्टलसम्म सुन तस्करी भएको खुलेको यो समूहमा भुजुङ गुरुङ समेत देखिए। तस्करी भरियाका नाइके चूडामणि उप्रेती देखिएका थिए।   पोद्दार सुन तस्करीमा पटक पटक जोडिने गरेका छन्। उनी २०६९ असोज १९ गते सवा १ करोड विदेशी मुद्रासहित समातिएका भारतीय नागरिक विनोदकुमार सोनीको केसमा समेत जोडिएका थिए। सोनी पक्राउ परेपछि उनले बोकेको रकम सुन तस्करीको भएको खुलेको थियो।   यो घटनाको अनुसन्धानमा सिल्भर सिटीका पोद्दार, दरबारमार्गमा रहेको तत्कालीन इविसु ज्वेलर्सको मुरारीलाल जमालिया समेत जोडिएका थिए।   राजकुमार दारुका, आरके ज्वेलर्सका राजेन्द्र शाक्य समेत तस्करीमा जोडिए।   ३३ किलो सुन तस्करीको अनुसन्धान अगाडि बढ्दै जाँदा जब पोद्दार पक्राउ परे हतार हतार समितिको अनुसन्धान टुङ्गाइयो र प्रतिवेदन बुझाउन लगाइएको थियो।

काभ्रे:   काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सीमास्थित सूर्यविनायक नगरपालिका-९ स्थित साँगामा बस दुर्घटना भएको छ ।    काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ९३९६ को बस बुधबार दिउँसो ३:१५ बजेतिर साँगाको पुलमुनि भिरबाट अन्दाजी २५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।   दुर्घटनामा चालकसहित पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार, घाइते पाँचै जनालाई उपचारका लागि भक्तपुरस्थित मध्यपुर अस्पताल पठाइएको छ ।       गाडीमा १५ जना यात्रु सवार थिए ।

अमेरिकामा बैंक डुबेको र सार्क मुलुक श्रीलंकाको अर्थतन्त्र टाट पल्टेको खबरले नेपाली बैंकमा पनि असर देखिएको छ ।    विशेषतः पोखराका निक्षेपकर्ताहरुले बैंकमा रहेको बचत झिकेर घरमै राखेको आशंका गरिएको छ । ‘बैंक डुबे बचत डुब्ने’ गलत बुझाइकाकारण बचतकर्ताले बैंकबाट पैसा झिकेर घरमै राखेको जानकार बताउँछन् ।    त्यस्तै पछिल्लो समय राम्रै साख भएका सहकारी संस्थाहरुले पनि निक्षेपकर्ताको रकम भुक्तानी गर्न नसक्दाको प्रभाव बैंकहरुबाट झिकिएको छ । निक्षेपकर्ताले सहकारी र वाणिज्य बैंकको फरक छुट्याउन नसक्दा वा वित्तीय साक्षरताको कमीले जोखिम मोलेर घरमै पैसा राखेको आंकलन गरिएको हो ।   पोखराकै प्रतिष्ठित मानिएको एक फाइनान्सका कर्मचारीका अनुसार घरमै पैसा राख्नेहरु प्रायः लाहुरे पृष्ठभूमिका छन् । ‘मुख्यतः लाहुरे परिवार, अझ गुरुङ् समुदायले घरमै पैसा राखेको हाम्रो बुझाई छ’ उनले भने ।   पछिल्लो समय व्यापार व्यवसाय र घरजग्गामा उल्लेख्य लगानी नभएको पाइएकाले पनि उनको भनाइलाई पुष्टि गर्छ । त्यस्तै, कतिपयले बैंकबाट झिकेको रकम ज्वाइन्ट भेन्चर कम्पनी (संयुक्त लगानीको व्यवसाय)मा लगानी गरेका छन् । यस्ता व्यवसायको पछिल्लो परिणाम भने ऋणात्मक छ ।    पोखरामा बाह्य मुलुकबाट आउने रकम र त्यसले पार्ने प्रभावबारे नेपाल राष्ट्र बैंक, पोखराले वित्तीय साक्षरतामा जोड दिन आवश्यक रहेको जनाएको छ । पोखरा कार्यालयका अनुसार बैंकको बीमा हुने र निक्षेपकर्ताको रकम कुनै हालतमा नडुब्ने निश्चित हुन्छ ।    राष्ट्र बैंक पोखराकी निर्देशक आर्या जोशीले देशभरका बैंक तथा बित्तीय संस्थाको हरपल निगरानी भइरहेको बताउँदै केन्द्रीय कार्यालयले यसबारे विभिन्न माध्यमार्फत जानकारी गराइरहेको बताइन् ।    ‘बैंकहरु सुरक्षित छन्, निक्षेपकर्ताहरुले बैंकिङ् प्रणालीमार्फत कारोबार गर्दा हुने असंख्य फाइदा छन्’ निर्देशक जोशी भन्छिन् ‘बचत घरमा हैन, बैंकमा गरौं ।’   राष्ट्र बैंकका अनुसार बैंकमा बचत गर्दा रकम सुरक्षित हुने, ब्याज पाइने र आवश्यक पर्दा झिक्न सकिनेछ । त्यस्तै, ऋण लिन वा देश विदेशमा पैसा पठाउन होस् वा झिक्न, बैंकिङ प्रणाली नै उचित हुने बैंकले जनाएको छ ।    ‘आफ्नो पैसाको उपयोग र सदुपयोगमात्र हैन, निक्षेपकर्ताको बचतले देशको अर्थतन्त्रमा सकारात्मक सुधारसमेत सम्भव हुन्छ’ जोशीले भनिन् । उनका अनुसार राष्ट्र बैंकले यथाशक्य छिटो ‘पेपरलेस’ प्रणालीमा रुपान्तरित हुने वाणिज्यलगायत बैंकलाई निर्देशन दिइसकेको र यसबाट बचतकर्तालाई अझ बढी लाभ हुनेछ ।   

काठमाडौं:  काठमाडौंको सिनामंगलमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । सो शंकास्पद वस्तु बम नभएको पाइएको छ ।   नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले नोकिया मोबाइलको सेटमा तार जोडेर राखेको पाइएको जानकारी दिए ।   सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि आज बिहान शंकास्पद वस्तु फेला परेको थियो ।   कालो टेपले बेरेको र तार बाहिर निस्किएको सो वस्तु बम हुन सक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो । तर उक्त बस्तु बम नभइ डर पैदा गर्न मात्र राखिएको पाइएको छ ।   नेपाली सेनाको टोलीले शंकास्पद वस्तु निष्कृय पारेलगत्तै सोही स्थानबाट एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिंदा स्थानीयले प्रहरीको समर्थनमा हुटिङ गरेका थिए ।      

पोखराः पोखरामा अनुचित लेनदेन (मिटर ब्याज)मार्फत कारोबार बढेपछि सहजीकरणमा जुटेको जिल्ला प्रशासन कार्यालय कास्कीले आंशिक सफलता हात पारेको छ ।      मिटरब्याजको समस्या सल्टाउन गृह मन्त्रालयबाटै परिपत्र भएयता कास्कीमा हालसम्म १ सय ३ वटा निवेदन परेको छ । जसमध्ये प्रशासनको सहजीकरण सहायता कक्षले ३३ वटामात्रै मुद्धा फछर्याैट गर्न सफल भएको छ ।    ३३ मुद्धामा पनि पीडक र निवेदक आफै मिल्ने सहमति गरेका छन् । तर उनीहरुबीच कसरी लेनदेन टुंगियो भन्ने विषयमा सहायता कक्ष बेखबर छ । अन्य मुद्धा मिल्ने, मिलाउने प्रक्रियामा छन् भने केही मुद्धा जिल्ला बाहिर पठाइएको छ ।    यता सहायता कक्ष भने फछर्याैट भएको संख्यालाई ‘अत्यधिक सफल’ भनिरहेको छ । कक्षका नायब सुब्बा रमेशप्रकाश बरालका अनुसार देशैभर मिटरब्याजमा परेको निवेदन र फछर्याैटको तुलना गर्दा कास्की प्रशासन सबैभन्दा बढी सफल भएको दाबी गर्छन् ।    ‘मिटरब्याजसम्बन्धी १ हजार निवेदन परेको जिल्लामा मुस्किलले ३० वटामात्र किनारा लागेको खबर छ’ नासु बराल भन्छन् ‘कास्कीमा हामीले १ सय हाराहारीका निवेदनमा ३३ वटा टुंग्याइदियौ ।’   बाँकी निवेदनउपर छलफल भइरहेको बताउँदै उनले अब उप्रान्त पीडित र पीडकसँगै थप एकजनामात्र राखेर सम्वाद गर्ने जनाए । त्यस्तै केही निवेदनउपर कुनैपनि हालतमा मिलाउन नसकेपछि उनीहरुलाई अदालत पठाइएको बराल बताउँछन् ।    पोखरामा भएका यस्ता अनुचित लेनदेनका घटनामा घरजग्गासमेत जोडिएको छ भने केहीको स्थायी ठेगाना कास्कीबाहिर देखिएकाले समस्या समाधान गर्न कठिनाई देखिएको कक्षको अनुभव छ ।    ‘घरजग्गा राखेर लेनदेन भएको छ तर पीडितले बसाई सराई नगर्दा उनीहरुको निवेदनउपर छलफल गर्न सकिएन’ बरालले भने ‘त्यस्ता उजुरी, निवेदन आयोगकै प्रक्रिया अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालय पठाइएको छ ।’     यस्तैमध्येको एक पीडित हुन् सरस्वती पुर्जा । कास्कीको लेखनाथमा बसोबास गर्दै आएकी पुर्जाको ठेगाना हो म्याग्दी । उनले स्थानीय शुभदेवि देवकोटासँग लेनदेन गरेकी छिन् । पुर्जाले लिएको रिनको ब्याज चर्काे भएको भन्दै कास्की प्रशासनमा निवेदन दिइन् ।   निवेदनपछि प्रशासनले ३ पटकसम्म छलफल चलायो तर पार लगाउन सकेन । हाल उक्त ्निवेदन म्याग्दी पुगेको छ । अब म्याग्दीमै प्रक्रिया अघि बढ्ने पुर्जा बताउँछिन् ।    त्यस्तै १ दर्जन बढी लेनदेनका घटनामा स्थायी ठेगाना स्याङ्जा भएका पीडित छन् । कतिपय पीडित स्थायीरुपमै पोखरा बसोबास गर्दै आएपनि उनीहरुले बसाइसराइ नगरेका कारण मुद्धा यहाँ चलिरहेपनि अन्त्यमा सम्बन्धित जिल्ला नै पठाइएको छ ।    यस्तै मध्ये एक लेनेदेनको घटनामा पीडकले उल्टै अदालतमा मुद्धा दायर गरी थप दुख दिएको पाइएको छ । नाम नबताउने शर्तमा पीडित भन्छिन् ‘१ करोड ७० लाख रिन लिएकी हुँ, अहिले २ करोड ९२ लाख रुपैयाँ तिर्नुपर्ने हिसाब देखाउँछ’ पीडित भन्छिन् ‘अहिले उल्टै मलाई मुद्धा हालिदिएको छ, म पीडित नै पीडक बनाइएको छु ।’   पहिले चिनजानको आधारमा सामान्य कागज गरेर लेनदेन गर्ने र पछि हिसाब बिग्रदै गएपछि मुद्धामामिला गर्दा नागकिरताको आधारमा कारवाही प्रक्रिया अघि बढ्ने भएपछि सहायताकक्षले सोचेजस्तो काम गर्न गाह्रो भएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी गुरुदत्त ढकाल बताउँछन् ।    

पोखरा:  हिन्दू धर्मशास्त्र अनुसार साउनलाई धर्मकर्मको महिना मानिन्छ । जुन शिवजीको महिना भनेर मानिने साउन महिना आजदेखि सुरु भएको छ ।   साउनको सूरु दिनमै सोमबार परेकाले आजको दिनलाई विशेष पुजाआरधना गरी मनाइदैछ ।  र यो महिनाभर शिवको पूजा गर्ने र ब्रत बस्ने गरिन्छ । यो समयमा शिवजीको पुजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास रहदै आएको छ  ।          त्यसैले यो महिनाको सोमबार ब्रत बसेको खण्डमा परिवारमा सुख शान्ति छाउने विश्वास पनि रहिआएको छ ।   पार्वतीले साउन महिनाभरी निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती रहेको हुनाले महिलाहरूले यस महिना र सोमबारलाई बढी महत्व दिन्छन् ।   साउन सुरु भएसँगै पोखरा महानगरपालिका १ बगरस्थित गाईघाटको माहोललाई सुनगाभा न्यूजको लेन्सबाट कैद गरेका छौं ।    तस्बिरहरु:                             

काठमाडौं:     सरकारले कार्यान्वयनमा ल्याएको आलाकार्ट प्रणाली लागु नगरेपछि सोमबार (साउन १) देखि नेपालमा सशुल्क विदेशी च्यानलको प्रसारण बन्द हुने भएको छ। विदेशी सिग्नल वितरक र अपरेटरलाई बारम्बार आलाकार्ट प्रणाली कार्यान्वयन गर्न औपचारिक जानकारी गराइए पनि अहिलेसम्म लागु नभएपछि त्यस्ता विदेशी च्यानल बन्द हुने अवस्था सिर्जना भएको सूचना तथा प्रसारण विभागले जनाएको छ। विभागले विज्ञप्ति जारी गर्दै असार २८ गतेभित्र सशुल्क विदेशी च्यानलको शुल्क र बुके उपलब्ध गराउन भने पनि त्यो प्राप्त नभएको उल्लेख गरेको छ। सरकारले २०७९ चैत १५ गते आलाकार्ट प्रणाली लागु गर्ने निर्णय गरेको थियो। विदेशी टेलिभिजन च्यानलसमेत हेरिरहेका उपभोक्ता वा दर्शकलाई पर्ने आर्थिक भारलाई न्यायोचित बनाउन विद्यमान शुल्क प्रणालीलाई सुधार गरी सरकारले आलाकार्ट शुल्क प्रणाली कार्यान्वयन गर्ने योजना अघि सारेको थियो। यो प्रणालीमा उपभोक्ताले आफूले हेर्न चाहेको च्यानलको मात्र शुल्क तिर्न सक्ने सुविधा हुन्छ। अहिले उपभोक्ताले आफूले नहेर्ने च्यानलको पनि शुल्क तिर्दै आएका छन्। आलाकार्ट प्रणालीका लागि सरकारले आधारभूत प्याकेजको प्रतिमहिना २५० रुपियाँ निर्धारण गरेको थियो। त्यस्तै सशुल्क च्यानलसमेत गरी अधिकतम प्रतिमहिना पाँच सय रुपियाँ तिर्नुपर्ने गरी शुल्क निर्धारण गरिएको थियो। इन्टरनेट र च्यानल सुविधा उपलब्ध गराइरहेका सेवा प्रदायकका हकमा अहिले लिइरहेको शुल्कमा थप शुल्क बढाउन नपाउने व्यवस्था पनि यसमा गरिएको छ। आलाकार्ट प्रणाली अनुसार सशुल्क विदेशी च्यानलको शुल्क र बुके (टेलिभिजन च्यानलको बन्डल) उपलब्ध गराउन नेपालका सबै अपरेटर र विदेशी टेलिभिजन च्यानललाई डाउनलिङ्क अनुमति प्राप्त वितरकमार्फत विभागले पहिलो पटक वैशाख १७ गते, दोस्रो पटक वैशाख ३१ गते र तेस्रो पटक असार १७ गते पत्राचार गरेको थियो। बारम्बार पत्राचार गरेर पनि कुनै जानकारी प्राप्त नभएपछि उपभोक्ताबाट उठाउन सकिने बुके र प्रतिच्यानलको मूल्य निर्धारण हुन सकेको छैन। यो प्रणाली कार्यान्वयनमा आउँदा शुल्क प्रणाली पारदर्शी भई उपभोक्ता तथा यस प्रणालीमा संलग्न हुने सबैलाई फाइदा हुने विश्वास सरकारको छ। त्यसमा लागि विभागले यो प्रणाली कार्यान्वयनमा सहयोग पु(याउन सबैलाई आग्रह पनि गरेको छ।