पोखरा : कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर बैरागीले आसन्न निर्वाचनमा होमिएका उम्मेदवाहरुलाई चुनावी आमसभामा भन्दा जनताको घरदैलोमा हेर्न खोजको बताएका छन् । नेकपा एमालेले कास्की क्षेत्र नम्बर ३ ले आयोजना गरेको उम्मेदवारी परिचय कार्यक्रममा आफुलाई चिनाउँदै वैरागीले चुनावी सभा–सम्मेलन भन्दा आफुले जनताको दैलो चाहार्ने उल्लेख गरे । ‘जनताको समस्या बुझ्न चुनावी आमसभा होइन, जनताको घरदैलोमा पुग्न आवश्यक छ’ उनले भने,‘ ठुलाठुला सभा सम्मेलनमा गरेर जनतालाई दुःख दिन आवश्यक छैन अब यसलाई परिवर्तन गदैै जनताको समस्या बुझ्न र समाधान गर्न जनताको घरदैलोमा नेताहरु पुग्न आवश्यक छ ।’ उम्मेदवार बैरागीले अबको निर्वाचनमा नेकपा एमालेले गर्ने प्रतिवद्धतामा स्थानीय जनताको साझा समस्यालाई प्राथमिकता दिन माग गरे । ‘ठुलाठुला सपना बाँड्न छोडौं’ उनले भने, ‘कृषि, पुर्वाधार विकास, पर्यटन, शिक्षा, रोजगार, उर्जा र सामाजिक सुरक्षा लगायतको विषयलार्य यस क्षेत्रको प्रतिवद्धता पत्रमा प्राथमिकता राखौं ।’ कार्यक्रममा वैरागीले कृषि, पर्यटनलाई प्राथमिकता दिन आवश्यक रहेको भन्दै आवश्यक पूर्वाधार निर्माणमा आफुले जोड दिने भनाई राखे । प्रदेश सभा सदस्य क्षेत्र नम्बर ३ (क) का उम्मेदवार राजीव पहारीले विपक्ष दलहरुले जनतामाझ एमालेविरुद्ध तथ्यहीन खबर फैलाएको उल्लेख गरे । ‘विपक्षी दलहरुले नेकपा एमालेविरुद्ध तथ्यहीन खबर फैलाइरहेका छन्, उनले भने, ‘हामीले झण्डै साढे तीन वर्षमा गरेका विकासका पुर्वाधारहरुको सुचीकृत गरेर विपक्षीले फैलाएको खबरलाई चिर्न आवश्इक छ । सोहीक्रममा पहारीले जनताको घरदैलोमै पुगेर यसबार स्पष्ट पार्न पार्टीपंक्तिलाई अनुरोध गरे । एमालेककै अगुवाईमा पोखरा रंगशाला र पोखरा एयरपोर्ट बनेको दाबी गर्दै साढे ३ वर्षमा विकासका पुर्वाधारहरुको सुचीकृत गर्न उम्मेदवार पहारीले सुझाव दिए । उनले स्थानीय निर्वाचनमा पराजय भोग्नुको पछाडि विपक्षी दलहरुले फैलाएको प्रोपोगण्डालाई कारक मानेका छन् । ‘केही आन्तरिक समस्या हामीमाझ थियो तर विपक्षीले अफवाह फैलाएर स्थानीय निर्वाचनमा हावी भए’ पहारीले भने । परिचयात्मक कार्यक्रममा प्रदेश सभा (ख)का उम्मेदवार गणेशमान गुरुङ भने अनुपस्थित रहे ।
पोखरा : कास्की क्षेत्र नम्बर २ का साझा उम्मेदवार तथा नेकपा एकिकृत समाजवादीका ( एस ) नेता श्रीनाथ बरालले गठबन्धनबाट चुनाव जितेर सत्तामा पुग्न नभई जनताको सेवा गर्न खोजेको दाबी गरेका छन् । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचन २०७९, उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा बोल्दै उम्मेदवार बरालले सो कुरा बताएका हुन् । ‘निर्वाचन जित्न पाँच दलीय बन्धन बनाएर बाहिर नराम्रो सन्देश दिने गरी प्रचार गरिएको छ’ उनले भने, ‘सत्ताको मोह नभएर जनताको सेवामा निर्वाधरुपमा लाग्न गठबन्धन बनाएर जनताको माझ आएको हौं । बरालका अनुसार प्रतिपक्षले गठबन्धन विरुद्ध जनतामा अफवाह फैलाउँदै गलत सन्देश सम्प्रेषण गरिरहेका छन् । कास्की क्षेत्र नम्बर २ को साझा समस्या र स्थानीय तहले अगाडी सारेका पुर्वाधार विकासलाई अगाडी बढाउन जनताको माझ आएको उम्मेदवार बरालले बताए । ‘कास्की क्षेत्र नम्बर दुईमा विद्यार्थीको समस्या, युवाको समस्या, किसानको समस्या, भुमिहिनको समस्या, व्यापारीको समस्यासँगै सबैको साझा समस्यालाई केन्द्र सरकारसम्म पु¥याउन गठबन्धनबाट साझा उम्मेदवार भएर आएको छु’ उनले भने । यस्तै कास्की क्षेत्र नम्बर २ प्रदेश सभा (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले यस क्षेत्रको आर्थिक नैतिकरुपमा विकास गर्न गठबन्धनबाट आफु जनतामाझ पुनः आएको बताए । पोखरा प्राकृतिक रुपमा धनी छ भन्दै अब यसलाई थप विकास गर्न आफ्नो उम्मेदवारी भएकोे लामिछानले उल्लेख गरे । ‘पोखरामा प्राकृतिक रुपमा धनी छ’ उनले भने, ‘पोखराको केही क्षेत्रमा विकासको पुर्वाधारले सिगार्न सके मुलुकको प्रमुख गन्तव्य बन्न सक्छ ।’ यस्तै गण्डकी प्रदेश सभा सदस्य कास्की क्षेत्र नम्वर २ ‘ख’का उम्मेदवार विन्दुकुमार थापाले गठबन्धनको उम्मेदवार भन्दा पनि साझा उम्मेदवार लिएर जनता माँझ आएको स्पष्ट पारे । गठबन्धनबाट सत्तामा पुग्न बाहिर नराम्रो प्रचार गरिएको भन्दै उम्मेदवार थापाले गठबन्धन सत्तामोहकालागि नभई जनताको साझा समस्यालाई सम्बोधन गर्न भएको टिप्पणी गरे । उम्मेदवार परिचय कार्यक्रममा सहभागी प्रतिनिधिसभा र प्रदेश सभाका सदस्य उम्मेदवारहरुले यसपटक नेकपा एमालेको बर्चश्व तोड्ने दाबी गरेका छन् ।
कास्की । नवौं राष्ट्रिय खेलकुद अन्तरगत स्क्वास प्रतियोगिता आज (शनिबार) देखि सुरु भएको छ । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा आज भएको उद्घाटन खेलमा बागमतीकी विपना ब्लोनले सोही प्रदेशकै स्वस्तानी श्रेष्ठलाई ३–० को सोझो सेटमा पराजित गरिन् । विपनाले पहिलो सेट स्वस्तानीलाई १२–१० मा दोस्रो सेट ११–९ र अन्तिम सेट ११–७ मा जित निकालिन् । उनले उद्घाटन खेलमा श्रेष्ठमाथी सहज जित निकाल्दै व्यक्तिगत १ अंक बटुलिन् । यसअघि सो प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले सबै प्रदेशका खेलाडीहरुलाई अनुशासित भएर खेल कौशल प्रर्दशन गर्न आग्रह गरे । सचिव गौतमले अनुशासन खेलाडीको मुख्य गहना भएको बताउदै जीत र हार निर्णयको मापडण्ड मात्र भएको उल्लेख गरे । ‘खेलमा हार जीत हुन्छ । यो स्वाभाविक प्रक्रिया हो, उनले भने, ‘तर खेलाडी भइसकेपछि अनुशासनलाई पनि ध्यान दिनुपर्छ । त्यो महत्वपूर्ण विषय हो । त्यसैले त्यसको पनि हरेक खेलाडीले ख्याल गर्नुपर्छ ।’ उनले खेलकुदले नागरिकलाई स्वस्थ्य रहन सघाउ पुर्याउने समेत धारणा व्यक्त गरेका थिए । त्यसैगरि गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले सबै खेलाडीलाई मर्यादित भएर खेल्नुपर्नेमा जोड दिएका थिए । प्रतियोगितामा महिलातर्फ खेलाडीको सँख्या कम रहेकाले ओपन इभेन्ट मात्रै सञ्चालन हुने नेपाल स्क्वास रर्याकेट्स एशोसिएसनका सदस्य तथा स्क्वास संयोजक लोकेन्द्रमान सिं भण्डारीले जानकारी दिए । उनका अनुसार महिला तर्फको खुला (ओपन) इभेन्ट लिग चरणमा हुनेछ भने पुरुष तर्फको खेल नकआउट सिस्टममा हुनेछ । उनले आगामी ३१ गतेसम्म पुरुष तथा महिला दवै समुहको ओपन इभेन्ट सम्पन्न गर्ने बताउदै टिम इभेन्टका खेल १ गतेबाट सञ्चालन गरिने जानकारी दिए । सो प्रतियोगितामा ७ समुहबाट कुल २५ जना पुरुष र ७ जना महिला खेलाडीहरुको सहभागिता रहेको भण्डारीले बताए । उनका अनुसार महिलातर्फ बागमती प्रदेश, गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ । भने पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, ससत्र प्रहरी बल एपिएफ, प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको छ । यसअघि सम्पन्न आठौं संस्करणको राष्ट्रिय खेलकुदमा पुरुषतर्फ गण्डकीका अमृत थापामगर र महिलातर्फ सोही प्रदशकै कृष्णा थापामगरले स्वर्ण पदक जितेकी थिइन् ।
तनहुँ : नवौ राष्ट्रिय खेलकुदमा अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा आर्मीले विजयी शुरूवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मीले मधेस प्रदेशलाई ७१–१३ को फराकिलो अन्तरमा पराजित गरेको हो । महिला बास्केटबल प्रतियोगिताको पहिलो चरणमा आर्मीले २२–० को फराकिलो अन्तर बनाएको थियो । दोस्रो, तेस्रो र चौथो चरणमा पनि आर्मीले निरन्तर अग्रता कायम गरि सहज रूपमा जित हासिल गरेको हो । जहाँ आर्मीले क्रमश ः २२–६, १४–४ र १३–३ को अंक प्राप्त गरेको थियो । प्रतियोगिता अवधिभरमा मधेस प्रदेशबाट पुष्प बानले ७ अंक जोडेकी छिन् भने आर्मीबाट रोशनी श्रेष्ठले २१ अंक जोडेकी थिईन । भोलि थ्रि बाइ थ्रि बास्केटबल प्रतियोगितामा बागमती प्रदेश र मधेस प्रदेश, आर्मी र लुम्बिनी प्रदेश, सुदुरपश्चिम र प्रदेश–१, एपिएफ (सशस्त्र) र गण्डकी प्रदेश विच हुनेछ । साथै महिला बास्केटबल अन्तर्गत बागमती प्रदेश र प्रदेश–१, त्रिभुवन आर्मी र सुदुरपश्चिम बिच खेल हुने आयोजकले जनाएको छ ।
पोखरा : विभागीय टिम एपिएफ, नेपाल पुलिस र बागमती प्रदेश नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला भलिबलको दोस्रो दिनको खेलमा बिजयी भएका छन् । म्याग्दीको बेनी स्थित खुल्ला मञ्च खेलमैदानमा भएको पहिलो खेलमा एपिएफ क्लबले कर्णाली प्रदेश, बागमतीले प्रदेश एक र नेपाल पुलिस क्लवले लुम्बिनीलाई पराजित गरेका हुन् । तीन वटै खेल लगातार सोझो सेटमा सकिएको थियो । एपिएफले कर्णालीलाई २५–६, २७–२ र २५–७ को सोझो तीन सेटमा पराजित गरेको थियो । बागमतीले प्रदेश एकलाई २५–१७, २५–१२ र २५–१२ को सोझो तीन सेटमा पराजित ग¥यो । नेपाल पुलिस क्लवले लुम्बीनी प्रदेशलाई २५–१०, २५–११ र २५–१९ ले पछि प¥यो । शुक्रबारको खेलमा एपिएफकी पवित्रा भट्ट, बागमतीकी सलिना बुढाथोकी, र पुलिसकी लक्ष्मी चन्द्रले ‘म्यान अफ द म्याच’को उपाधी पाए । बिहिबार भएको उद्घाटन खेलमा गण्डकीले सुदुरपश्चिमलाई सोझो ३ सेटमा पराजित गरेको थियो । समूह बिजेता बन्दै गण्डकी र नेपाल पुलिस क्लव क्वाटर फाइनलमा प्रवेश गरेका छन् । शनिबार कर्णाली प्रदेश र त्रिभुवन आर्मी, मधेश प्रदेश र प्रदेश एक बीच प्रतिस्पर्धा हुनेछ । कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता छ । उक्त्त प्रतियोगिता लिककम नकआउटको आधारमा खेलाइएको प्रतियोगिता संयोजक याम बहादुर गुरुङले बताए ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष फुटबल अन्तरगत समूह डी तर्फ भएको खेलमा सुदुरपश्चिमले सानदार जित हासिल गरेको छ । लामाचौर स्थित गोस्ते खेल मैदानमा भएको खेलमा सुदुरपश्चिमले कर्णाली प्रदेशलाई ५–३ गोलले पाखा लगाउन सफल भएको छ । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा कर्णाली सम्हालिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । ३८ औं मिनेटमा कर्णालीका करण रावतले आत्मघाती गोल गरेपछि सुदुरपश्चिम १–० को अग्रतामा रह्यो । पहिलो हाफमा १–० ले रोकिएको खेलको दोस्रो हाफमा कुल ७ गोल भयो । खेलको ५८ औं मिनेटमा ज्ञानेन्द्र जोशीले गोलगर्दै सुदुरपश्चिमको अग्रता दोब्बर पारे । खेलको ६२ औं मिनेटमा कर्णालीका विकेश सन्तोषीले गोल गर्दै २–१ को स्थितिमा खेल पु¥याए । ७७ औं मिनेटमा कुवेर सिंहले गोल गर्दै ३–१ बनाएपछि कर्णाली दबाबमा परेको थियो । ८४ औं मिनेटमा कर्णलीका विकेशले व्यक्तिगत दोस्रो गोल गर्दै ३–२ को स्थितिमा पु¥याउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । त्यसको २ मिनेट पश्चात अर्थात ८६ औं मिनेटमा सुदुरका शसांक बोहोराले गोल गर्दै अन्तर फराकिलो बनाए । खेलको ९४ औं मिनेटमा दिरेन्द्र शाहले गोल गर्दै जित निश्चित गराए । त्यसको १ मिनेट पनि वित्न नपाउँदै कर्णालीका विकेशले पेनाल्टिमा गोल गर्दै ह्याट्रिक पुरा गरेपनि जितका लागि पर्याप्त रहेन । उनले खेलको ९५ औं मिनेटमा ह्याट्रिक पुरा गरे । प्रतियोगिता अन्तरगत शनिबार २ खेल हुनेछन् । समूह बी अन्तरगत मधेश प्रदेश र शसस्त्र प्रहरी बलको एपिएफ क्लबबीच पहिलो तथा समूह ए अन्तरगत प्रदेश नं. १ र गण्डकी प्रदेशबीच दोस्रो खेल हुनेछन् ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा विभागिय क्लब त्रिभुवन आर्मी क्लबले सानदार जित निकालेको छ । लामाचौर गोस्तेघाट खेल मैदानमा शुक्रबार भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाइृ ४–१ को फराकिलो गोलअन्तरले हराएको हो । एकपक्षिय खेलमा आर्मीले खेलको सुरुवातमै गोल गर्दै अग्रता लियो । खेलको पाँचौं मिनेटमा दीनेश हेम्जनको गोलमा आर्मीले अग्रता लिएको थियोे । २४ औं मिनेटमा लुम्विनीले आत्मघाती गोल गर्दा आर्मीले पहिलो हाफमा २–० को अग्रता बनायो । दोस्रो हाफमा थप दुई गोल गर्दै आर्मीले सहज जित निकालेको हो । खेलको ४७ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै अग्रता फराकिलो बनाए । ५० औं मिनेटमा लुम्बिनीका चेतन थारुले गोल गर्दै खेलमा फर्किने प्रयास गरेको थियो । तर बलियो आर्मी विरुद्ध लुम्विनीले खेलमा फर्कन गरेको प्रयास असफल रह्यो । आर्मीका नवयुग श्रेष्ठले ९२ औं मिनेटमा गोल गरे ।
पोखरा : आयोजक गण्डकी प्रदेश पुरुष ह्याण्डबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष ह्याण्डबलमा गण्डकीले लुम्बिनीलाई ५४–२१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे । अब, गण्डकीले विभागीय आर्मी र सशस्त्रबीचको सेमिफाइनल विजेतासँग स्वर्ण पदकका लागि शनिबार फाइनल खेल्नेछ । आठौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश स्वर्ण पदक विजेता समेत हो ।
पाल्पा : रामपुर नगरपालिका–५ सानीअमराईमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । रामपुर–५ बेझाड बजारकी ७० वर्षीया कोपरी दमिनीको गए राति मृत्यु भएको हो । उपचारका लागि तानसेन लैजाँदै गर्दा दमिनीको रम्भा गाउँपालिका–१ हुँगीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । कालीगण्डकी करिडोर सडकअन्तर्गत सानीअमराईमा रामपुरबाट स्याङ्जाको दामाचौरतर्फ जाँदै गरेको लु६८प ९९९४ नंको मोटरसाइकलले बाटोमा हिँडिरहेको अवस्थामा उनलाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनलाई रामपुर अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन सिफारिस गरिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।