लुम्बिनी:     लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएको छ । निर्देशिका अनुसार जटिल रोग लागेका बिरामीले अब रु दुई लाख आर्थिक सहयोग पा...

पोखरा:   गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक सम्पन्न भएको छ । आज )सोमबार) दोस्रो कार्यकालको पहिलो बैठकमा दुई अध्यादेश  पेस भएको छ। बैठकमा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले  ‘गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ संसदमा पेस गरेका गरेका हुन् । अध्यादेश पेस भएसँगै  बैठक स्थगित भएको हो ।  अर्को बैठक पुस २९ गते बस्ने छ । गण्डकी प्रदेश सरकारले अघिल्लो संसद बैठक अन्त्य भइसकेपछि प्रदेश निजामति तथा स्थानीय सेवा सम्बन्धी अध्यादेश गत असोज ७ गते जारी गरेको थियो ।

पोखराः   सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा भाग लिन प्रदेश खेलकुद परिषद् गण्डकीले पुरुष भलिबल तर्फ १२ सदस्यीय टोलि घोषणा गरेको छ । खोमप्रसाद पाण्डे (हरि)कोे कप्तानीमा प्रदेश खेलकदु परिषद्ले आज (आइतबार) १२ सदस्यीय टोली घोषणा गरेको हो । कप्तान खोमप्रसाद पाण्डे (हरि)स्याङ्जा, रवि केसी (बाग्लुङ), किरण गुरौं (नवलपुर), घनश्याम चौधरी (नवलपुर), सन्तोष थापा मगर (स्याङ्जा), सन्जय परियार (पर्वत), दीपक मल्ल ठकुरी (बाग्लुङ), हिमाल सुनारी (नवलपुर), इन्द्रबहादुर वि.क (बागलुङ), सुजन चोखाल (म्याग्दी), मीन सुनार (बागलुङ) र राजन दर्लामी मगर स्याङ्जा रहेका छन् ।    खेलाडी छनोटलाई मध्यनजर गर्दै गण्डकी प्रदेश भलिबल संघको आयोजना र प्रदेश खेलकुद परिषद गण्डकीको सम्वन्यमा पोखरा रंगशाला भलिबल कोर्टमा पुष ६ देखि १० गतेसम्म गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको थियो ।  सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप पुस २४ बाट माघ १ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुनेछ ।  च्याम्पियनसिपमा हालसम्म पुरुषतर्फ १५ र महिलामा ८ टोलीको सहभागिता पक्का भइसकेको संघले जनाएको छ । पुस १९ गतेसम्म टिम दर्ताको समयसीमा रहेकाले टिम बढ्न सक्ने संघले जनाएको छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, टिपटप हेल्प नेपाल स्पोर्टस क्लब, नयाँ बजार सामाजिक युवा क्लब, दावाली मिलन क्लब, गल्कोट स्पोर्टस क्लब बागलुङ, मणिमुकुन्द भलिबल क्लब बुटबल, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, बागमती प्रदेश, बुढानिलकण्ठ भलिबल क्लब, गण्डकी प्रदेश, सैलुङ बाघढुंगा स्पोट्र्स क्लब रामेछाप र सुदूर पश्चिम प्रदेश गरि १५ टोलीको सहभागिता पक्का भइसकेको छ ।   त्यस्तै महिलातर्फ एपिएफ क्लब, पुलिस, आर्मी, न्यु डायमण्ड युथ स्पोर्टस क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, गण्डकी प्रदेश, ढोरपाटन स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लब बुटवल गरी ८ टिमहरुको सहभागीता रहने छ । यस च्याम्पियसिपबाट पुरुषतर्फ शीर्ष आठ र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी एनभिए लिगमा प्रवेश पाउनेछ । लिगकम नकआउटको आधारमा हुने च्याम्पियनसिपको सबै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा हुनेछ ।  

पोखराः    उच्च अदालत पोखराले प्रदेश खेलकुद परिषद् गण्डकीको  सदस्य सचिबको नियुक्ति प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेको छ ।  न्यायाधीश ऋषि राजभण्डारीको इजालासले सदस्य सचिव दर्खास्त आह्वान सम्बन्धी सूचनामा उल्लेख भए अनुसारको पदपूर्ति सम्बन्धी कुनै पनि कार्य नगर्नू, नगराउनू भनी बिहीबार अन्तरिम आदेश दिएको हो । गण्डकी प्रदेशले पुस ६ गते प्रदेश खेलकुद परिषद् सदस्य सचिवका लागि दर्खास्त आह्वान गरेको थियो । दर्खास्त आह्वान प्रक्रिया रोक्न माग गर्दै पोखरा महानगरपालिका १७ बस्ने कालिकोटका लाभाषजंग शाहीले मुख्यमन्त्री तथा मुख्यमन्त्री कार्यालय, युवा तथा खेलकुद मन्त्रालय र प्रदेश खेलकुद परिषद्लाई विपक्षी बनाई उच्च अदालत पोखरामा रिट निवेदन दिएका थिए । काम चलाउ सरकारले सदस्य सचिव नियुक्तिका लागि दर्खास्त आह्वान गरेको थियो सोही निवेदनका आधारमा छलफलका लागि उच्च अदालत पोखराले पुस २१ गतेका लागि पेसी तोकेको छ । ‘निवेदकले अन्तरिम आदेशसमेत जारी गरी पाउन माग गरेतर्फ बिचार गर्दा, विषयवस्तको संवेदनशीलता एवं गाम्भीर्यताका कारण दुवै पक्षको कुरा सुनी निष्कर्षमा पुग्न उपयुक्त हुने देखिँदा अन्तरिम आदेशको छलफलका लागि निवेदकलाई पुस २१ गतेको पेसी तोकी सोही दिन अन्तरिम आदेशको छलफलमा उपस्थित हुन विपक्षीलाई जानकारी गराई नियमानुसार गरी पेस गर्नू,’ आदेशमा भनिएको छ । अदालतमा छलफल गर्ने समयसम्मका लागि दर्खास्त प्रक्रिया रोक्न आदेश दिएको छ । ‘पेसीको मितिसम्म प्रस्तुत विषयमा विपक्षी मन्त्रालयवाट प्रकाशित मिति पुस ६ गतेको दर्खास्त आह्वान सम्बन्धी सूचनामा उल्लेख भए अनुसारको पदपूर्ति सम्बन्धी कुनै पनि कार्य नगर्नू, नगराउनू भनी विपक्षी युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको नाममा यो अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरिदिएको छ,’ आदेशमा उल्लेख छ । उक्त रिट निवेदनको पक्षमा वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदी, अधिवक्ताद्वय मदनप्रसाद तिवारी र सविन तिवारीले बहस गरेका थिए । नेपाल खेलकुद महासंघ गण्डकी प्रदेश कमिटीले कामचलाउ सरकारले प्रदेश खेलकुद नियामवली २०७८, विपरीत निर्लज्ज तरिकाले प्रदेश खेलकुद परिषद सदस्य सचिवको पदका लागि नयाँ दर्खास्त आह्वान नमिल्ने भन्दै मुख्यमन्त्री कार्यालय र खेलकुद मन्त्रालयलाई ध्यानाकर्षण गराएको थियो । कामचलाउ सरकारले यस्ता कार्य गर्न नमिल्ने र विधिको शासनको धज्जी उडाएको भन्दै दर्खास्त आह्वान अभिलम्ब खारेज गर्न महासंघले माग गरेको थियो । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङको उमेर हदका कारण गत कात्तिक २४ गते पदावधि सकिएपछि आगामी ४ वर्षका लागि प्रदेश सरकारले नियुक्ति प्रक्रिया अघि बढाएको थियो । परिषदको सदस्य सचिव नियुक्तिका लागि ३० वर्ष उमेर पूरा भएको, स्नातक तह अध्ययन पूरा भएको र ६० वर्ष ननाघेको हुनुपर्ने खेलकुद विकास ऐनमा उल्लेख छ । प्रदेश खेलकुद विकास ऐन २०७७ को परिच्छेद ४ को उपदफा १७ को ३ बमोजिम सदस्य सचिव नियुक्ति गर्ने प्रावधान छ । सोही परिच्छेदको उपदफा ३ बमोजिम प्रदेश सरकारले यूवा तथा खेलकुद मन्त्रीको संयोजकत्वमा मन्त्रालयको सचिव र एक जना विशेषज्ञ सहित ३ सदस्यीय सिफारिस समिति गठन गर्ने प्रावधान रहेको छ । सिफारिस समितिको संयोजकमा युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, सचिव बद्रीनाथ अधिकारी र खेल विज्ञको रुपमा हरिप्रसाद पराजुली छन् ।

पोखराः  गण्डकी प्रदेश सभामा मातृभाषामा सपथ ग्रहण गर्ने दुई महिला र एक पुरुष थिए । मातृभाषामा सपथ ग्रहण गर्ने तीनै जना सांसद समानुपातिक सूचीबाट आएका हुन् ।  आदिवासी जनजाति कोटाबाट गण्डकी प्रदेश सभामा समानुपातिक सांसद बनेका गुरुङसँगै पार्वती तामाङ र राप्रपाबाट सांसद बनेका पन्चराम गुरुङले मातृभाषमा सपथ लिए ।  मातृभाषामा सपथगरेपछि सुनगाभा न्यूजसँगै बोल्दै सांसद सरस्वती गुरुङले कसैलाई विभाजन गर्न नभई आफ्नो जातिको पहिचान संरक्षण गर्न गुरुङ भाषामा सपथ ग्रहण गरेको प्रतिक्रिया दिइन् ।   ‘मलाई गर्व लागेको छ, म जुन भाषाबाट हुर्के, मेरो पहिलो पाठशाला, गुरुआमा, परिवारले पहिलो भाषा नै ‘चमी’ भनेर बोलाउनुभयो, सांसद गुरुङले कांग्रेस नेता भिमबहादुर तामाङलाई सम्झिदै भनिन्,‘ विभाजन गर्न होइन कि पहिचान भेटाउन भन्ने सन्देश दिन गुरुङ भाषामा सपथ लिएको हुँ ।’ उनले आफ्नो समुदायको पहिचान झल्काउन मातृभाषामा सपथ लिएको दोहोर्याइन् । ‘विविधतामा एकता छ भन्ने सन्देश प्रवाह गर्न पनि आफ्नो समुदायका सांसदहरु जातिय पोशाकमा आउनुभएको छ, उनले भनिन्, ‘आफ्नो जातिको पोशाक लगाउँदै ठुलो जाति हुन्छ भन्ने हुँदैन सबैको समान हक अधिकार छ भन्ने सन्देश प्रवाह गर्न पनि जातिय पोशाक र भाषामा सपथ लिएको हो ।’  

पोखराः   गण्डकीका प्रदेश सभा सदस्यहरुले आज (बिहिबार) पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले आज प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् ।  नेकपा एमालेका ६५ वर्षीय बस्याल पर्वतको प्रदेश सभा २ बाट निर्वाचित भएका थिए । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबारै शपथ ग्रहण गराएका थिए ।   गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सिट गरि कुल २७  ल्याएर गण्डकी प्रदेशको ठुलो दल बनेको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले २२ सिटसहित दोस्रो दलको भूमिकामा छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट निधो गरेको हो ।      त्यसैगरि माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट गरि ८ सिटसहित तेस्रो दल बनेको छ ।  २ सिटसहित गण्डकी प्रदेशमा चौथो दलको हैसियतमा देखिएको राष्ट्रिय प्रजातन्त्र (राप्रपा) पहिलो पटक संसद प्रवेश गर्नेछ । भने नेकपा एकीकृत समाजवादीले स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) लाई पार्टी प्रवेश गराएसँगै १ सिटमा उपस्थिति जनाउनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गते प्रदेश अधिवेशन आह्वान गरेका छन् ।   प्रदेश सभा सचिवालयले शपथ ग्रहण समारोहमा राष्ट्रिय पोशाक वा जातीय पहिचान झल्किने पोशाक लगाएर ११ बजे नै उपस्थित हुन सांसदहरुलाई आह्वान गरेको थियो । गण्डकी प्रदेश सभामा मातृभाषामा नेपाली कांग्रेसकी   सपथ लिनेहरुमा पार्वती तामाङ र सरस्वती गुरुङ सभासद हुन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका पन्चराम गुरुङ्ले पनि मातृभाषामा सपथ लिएका हुन् । तीन जना प्रदेश सभा सदस्यले मातृभाषामा सपथ लिएका थिए ।    मातृभाषामा सपथ लिनेहरुमा पार्वती तामाङ र सरस्वती गुरुङ नेपाली कांग्रेसका सभासद हुन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका पन्चराम गुरुङ्ले पनि मातृभाषामा सपथ लिएका थिए।   

पोखराः   गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसबाट संसदीय दलको नेता चुनिएपछि सांसद सुरेन्द्र पाण्डेले अब सशक्त प्रतिपक्षको भूमिका निभाउने बताएका छन् ।  दलको नेतामा विजयी भएपछि सुनगाभा न्यूजसँग प्रतिक्रिया दिँदै नेता पाण्डेले पछिल्लो राजनीतिक घटनाक्रम प्रतिकुल भएपछि कांग्रेस प्रतिपक्षको भूमिका निभाउन तयार रहेको टिप्पणी गरे ।  उनले सरकारले अब ल्याउने नीति कार्यक्रमबाट प्रतिपक्षलाई गर्ने व्यवहारबाट प्रतिपक्षको भूमिका निभाउने बताए ।  ‘सरकारले अब ल्याउने नीति कार्यक्रमले संविधानको रक्षा, लोकतन्त्र, गणतन्त्र, संघियताको रक्षा र कार्यान्वयन, गण्डकी प्रदेशको विकास निर्माण, आर्थिक समृद्धिका लागि कस्तो खालको नीति ल्याउँछ र प्रतिपक्षसँग कस्तो खालको सहकार्य गर्छ, त्यसलाई हेरेर गुण र दोषको आधारमा समर्थन र प्रतिपक्षको भूमिका निर्वाह गर्छ ।’ नेता पाण्डेले भने ।  नेता पाण्डेले गण्डकी प्रदेशमा कसैसँग पनि स्पष्ट बहुमत नभएकाले यसको सरकार बन्छ भनेर भन्न नसक्ने प्रतिक्रिया दिए ।  ‘गण्डकी प्रदेशमा कांग्रेस पहिलो दल हो, कांग्रेसँग माओवादी र एमाले मिल्दा सजिलै सरकार बन्न सक्छ, उनले भने, ‘एमाले, माओवादी, राप्रपा र स्वतन्त्र सांसद तथा एकिकृत समाजवादी पार्टी प्रवेश सांसद मिल्न सके मात्र स्पष्ट बहुमतसहित सरकार बन्न सक्छ त्यसैले कसको सरकार बन्छ भनेर भन्न सकिदैन ।’ गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सिट गरि कुल २७  ल्याएर गण्डकी प्रदेशको ठुलो दल बनेको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले २२ सिटसहित दोस्रो दलको भूमिकामा छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट जितेको छ ।    यस्तै माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट गरि ८ सिटसहित तेस्रो दल बनेको छ ।  २ सिटसहित गण्डकी प्रदेशमा चौथो दलको हैसियतमा देखिएको राष्ट्रिय प्रजातन्त्र (राप्रपा) पहिलो पटक संसद प्रवेश गर्नेछ । भने नेकपा एकीकृत समाजवादीले स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) लाई पार्टी प्रवेश गराएसँगै १ सिटमा उपस्थिति जनाउनेछ ।  

पोखराः   नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेताका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । आज हुने संसदीय दलको नेताको निर्वाचनका लागि सुरेन्द्र पाण्डे र भोजबहादुर अर्यालले उम्मेदवारी दर्ता गराएका हुन् ।  संस्थापन पक्षबाट विन्दुकमार थापाको प्रस्तावक र टकराज गुरुङको समर्थनमा सुरेन्द्र पाण्डेले संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन् भने, संस्थापन इतरपक्षबाट महेन्द्र ध्वज जिसीको प्रस्तावक र पार्वती तामाङको समर्थनमा संसदीय दलको नेतामा उम्मेदवारी दिएका हुन् ।   गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिक तर्फ ९ गरी २७ सिट जितेको छ । २७ सदस्यले निर्वाचनमा मतदान गर्न पाउनेछन् । 

पोखरा:   गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले आज (बुधबार) पद तथा गोपनीयताको सपथ लिएका छन् ।    गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८२(५)र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५(१) बमोजिम आज ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई सपथ ग्रहण गराएका हुन् ।     आज (बुधबार)  पद तथा गोपनीयताको सपथ लिएका गण्डकी प्रदेश सांसद बस्यालले भोलि (बिहिबार) गण्डकी प्रदेशका अन्य सांसदहरुलाई प्रदेश सभा भवनमा पद तथा गोपनीयताको सपथ खुवाउनेछन् ।    गण्डकी प्रदेशसभामा ज्येष्ठ सदस्यका रुपमा सपथ ग्रहण गरेका बस्याल पर्वत निर्वाचन क्षेत्र नं १(२) बाट निर्वाचित भएका थिए ।     गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सिट गरि कुल २७  ल्याएर गण्डकी प्रदेशको ठुलो दल बनेको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले २२ सिटसहित दोस्रो दलको भूमिकामा छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट निधो गरेको हो ।    त्यसैगरि माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट गरि ८ सिटसहित तेस्रो दल बनेको छ ।  २ सिटसहित गण्डकी प्रदेशमा चौथो दलको हैसियतमा देखिएको राष्ट्रिय प्रजातन्त्र ९राप्रपा० पहिलो पटक संसद प्रवेश गर्नेछ । भने नेकपा एकीकृत समाजवादीले स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङ ९दीपक मनाङे० लाई पार्टी प्रवेश गराएसँगै १ सिटमा उपस्थिति जनाउनेछ ।   तस्बिर: अर्जुन (सुशान्त) गाहा मगर              

पोखराः   गण्डकी प्रदेशसभाको अधिवेशन १८ पुसका लागि बोलाइएको छ ।  मंगलबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले १८ पुस दिउँसो ३ बजेका लागि संसदको अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा सदस्यको शपथ आगामी बिहीबार हुँदैछ । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बुधबार प्रदेश प्रमुखबाट शपथ लिँदैछन् । त्यसपछि उनले अन्य ५९ सांसदलाई शपथ ग्रहण गराउने तयारी छ ।