लुम्बिनी:     लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएको छ । निर्देशिका अनुसार जटिल रोग लागेका बिरामीले अब रु दुई लाख आर्थिक सहयोग पा...

वालिङ:  वडा प्रहरी कार्यालय वालिङबाट सोमबार भागेका बलात्कारका आरोपि एकलाई प्रहरीले पक्राउ गरेको छ ।   जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका हरिनास गाउँपालिका– ७ का २४ वर्षीय रमेश क्षेत्री प्रहरीलाई लडाएर भागेका थिए ।  क्षेत्रीलाई वालिङ नगरपालिका –४ को जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएकोे वडा प्रहरी कार्यालय वालिङका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । क्षेत्रीलाई स्याङ्जाका एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुस ११ गते पक्राउ गरेको थियो ।  जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका क्षेत्रीलाई जिल्ला अदालतबाट म्याद थप गरी वडा प्रहरी कार्यालय वालिङ लैजाने क्रममा कार्यालयको पर्खाल नाघेर भागेका थिए । क्षेत्रीलाई समात्ने क्रममा प्रहरी हवलदार वीरबहादुर सुनार लडेर घाइते हुनुभएको थियो । 

बागलुङ:  बागलुङको दक्षिण भेग हुँदै गुल्मीको शान्तिपुर जोड्ने सडक सञ्जाल स्तरवृद्धिको काम तिव्र गतिमा अघि बढेको छ । बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर अन्र्तगत जैमिनी–१० राङ्खानीदेखि बरेङ–१ चित्रेसम्मको सडक स्तरोन्नती तथा कालोपत्रेको काम भैरहेको हो ।सडक चौडा पार्ने, नाली निर्माण, सडक संरचना तयार गर्ने तथा कठिन क्षेत्रमा ढलानको काम अघि बढेको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।  गण्डकी प्रदेशको पालिका मुकाम जोड्ने सडक कालोपत्रे गर्ने योजनाअन्र्तगत ११ किमी खण्डमा काम भैरहेको हो । बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्र्तगत जैमिनीको मुकाम कुश्मीशेरा बजारदेखि वडा नं.१० को देवधारासम्मको दश किमीखण्ड पाँच बर्षअघिदेखि निर्माणाधिन छ । यो खण्ड अलपत्र रहेकाले स्थानीय देवलधारादेखि चित्रेसम्मको खण्डमा कामै नहुने आँकलन गरेका थिए ।  यो सडकमा २०७८ असारमा सम्झौता भएर दुई बर्षमा कालोपत्रेको काम सक्नेगरी सडक स्तरोन्नतीको जिम्मेबारी पाएको निर्माण कम्पनीले धमाधम काम गरिरहेको छ । सडक फराकिलो, पर्खाल, नाली बनाउने, पानी कटाउनका लागि बनाउनुपर्ने संरचना बनाउने काम सकिएको निर्माण कम्पनी रौताहा खानी धुलीखेल जेभी कन्ट्रक्सनका साइड ईन्चार्ज सञ्जय भट्टले बताउनुभयो ।  ‘‘अहिले धमाधम ढलानको काम भैरहेको छ, मौसमले साथ नदिएकाले कालोपत्रेका लागि समय पर्खिरहेका छौं’’ भट्टले भन्नुभयो,– ‘‘अबरोध नभए निर्धारित समयमा काम सकिन्छ ।’’ २०८० को असार मसान्तसम्म काम सक्नेगरी सम्झौता भएको थियो । बरेङलाई सदरमुकाम र प्रदेश राजधानीसँग जोड्ने छोटो दुरीको सडक भएकाले समयमा निर्माणको काम सक्न निर्माण कम्पनीलाई दबाब छ ।  २०५४ सालमा नक्सांकन गरिएको यो सडकको १५ बर्षअघि ट्याक खुलेको थियो । कुश्मीशेरा, देवलधारा १० किमी खण्डको स्तरोन्नती तथा कालोपत्रेको काम पटक पटक म्याद थप्दासमेत ३५ प्रतिशत काम मात्रै सकिएको छ । म्याद थप भएकाले यो खण्ड र देवलधारादेखि नम्दुकहुँदै चित्रेखण्ड तयार हुँदा बरेङलाई सहज हुने गाउँपालिका अध्यक्ष शर्माले बताउनुभयो ।  यो खण्डमा एक ठाउँमा सडक फराकिलो बनाउनका लागि स्थानीयले जग्गामा अबरोध गरेका छन्भने जैमिनी नगरपालिका–१० को नाम्दुकमा घरगोठ लगायतका संरचना भत्काउन स्थानीयले आनाकानी गरेको निर्माण कम्पनीको भनाई छ ।  ११ किलोमिटर यो खण्डमा ४.५ किलोमिटर ढलान र बाँकी सबै कालोपत्रेको स्टिमेट रहेको पूर्वाधार कार्यालय बागलुङका इञ्जिनियर कृष्ण गौतमले बताउनुभयो । गण्डकी प्रदेश सरकारको कुल ३४ करोड २५ लाख ३ हजार ६९६ रुपियाँको लागतमा यो सडक कालोपत्रे र ढलान हुँदैछ । हालसम्म दश किलोमिटरमा चौडा गर्ने काम सकिएको, दश किलोमिटरमा नाली बनाउने काम सकिएको छ ।  दुई किलोमिटर सडक ढलान भैसकेको र अन्य पूर्वाधारका काम समेत भैरहेको गौतमले बताउनुभयो । चित्रेदेखि सुदाला र पालिका मुकामदेखि गुल्मी शान्तिपुरसम्मको सडक कालोपत्रेका लागि पहल भइरहेको छ । 

म्याग्दी:  शालिग्राम पाइने नदीका रूपमा परिचित कालीगण्डकीको शिला हिन्दुहरूको धार्मिक स्थल भारतको आयोध्या पठाउन आवश्यक अध्ययन थालिएको छ। मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर हुँदै बग्ने कालीगण्डकी नदीको शिलालाई भारतको अयोध्यामा लगेर भगवान् रामको मूर्ति बनाउन प्रयोग गरिने भएको हो।  शिला खोज तथा अध्ययन गर्न गण्डकी प्रदेश सरकारबाट खटिएको टोलीले बेनीस्थित कालीगण्डकी नदीमा शिलाको खोज तथा पहिचान र अध्ययन गरेको छ।  बेनीदेखि उत्तर गलेश्वरधामसम्म तीन किलोमिटर क्षेत्रमा मात्र पाइने शिलालाई जनकपुरधाम हुँदै अयोध्या पठाउने तयारी भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो। बेनीदेखि गलेश्वर क्षेत्र धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिएकाले यहाँको शिला अयोध्या लैजान नदीकिनारमा भएका शिला (ढुङ्गा)को अध्ययन गरेर टोली फर्किएको उहाँले बताउनुभयो। “कालीगण्डकी नदीबाट पवित्र बनेका सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई थान शिलाको अध्ययन भएको छ,” उहाँले भन्नुभयो, “कालीगण्डकी नदीको शिला भारतको अयोध्यामा पु९याउँदा हाम्रो धार्मिक सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ।”  भारतको राम जन्मभूमि तीर्थक्षेत्र कार्यालयले कालीगण्डकीको शिला पठाउन जानकी मन्दिरलाई गत कात्तिक १९ मा पत्राचार गरेको थियो। संस्कृति तथा पर्यटन मन्त्रालयले जनकपुरधाम र अयोध्याधामबीच सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै नेपालको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भन्दै दुई थान शिला उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो।  मन्त्रिपरिषद् र गण्डकी प्रदेश सरकारको सहमतिपछि कालीगण्डकीमा शिला खोज र अध्ययन सुरु गरिएको नगरप्रमुख केसीले बताउनुभयो। हिन्दु धार्मिक मान्यताअनुसार शालिग्राम पाइने भएकाले कालीगण्डकी आफैँमा पवित्र नदी मानिन्छ। त्यसमा पनि कालीगण्डकी किनारको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता भएकाले यस क्षेत्रको शिला धार्मिक हिसाबले महत्वपूर्ण हुने धार्मिक विश्वास छ।   “यो क्षेत्र पुण्यभूमि हो, कालीगण्डकी नदीको निरन्तर जलप्रवाहले पवित्र बनेका यहाँका शिला राम मन्दिरमा लैजान लागेका हौँ,” शिला अध्ययन, उत्खनन तथा स्थानान्तरण अभियानका सदस्य एवं कृष्णगण्डकी नदीका अध्येता कुलराज चालिसेले भन्नुभयो, “शिला तत्काल जनकपुरस्थित रामजानकी मन्दिरमा राखिनेछ।” उहाँका अनुसार शिला लिनका लागि अयोध्याबाट गुरु राजेन्द्रसिंह पङ्कज पोखरा आइपुग्नुभएको छ। नेपालका तर्फबाट उपहार भएकाले शिला उत्खनन गरी अयोध्यासम्म पु९याउने जिम्मा प्रदेश सरकारले लिएको चालिसेले बताउनुभयो। बेनी आएको टोलीले दुई–चारवटा शिलाको अध्ययन गरेको छ। कुन लैजाने टुङ्गो लगाएपछि बेनी नगरपालिकाले आवश्यक सहयोग गर्नेछ।    

काठमाण्डौ:  पोखरेली गायिकाहरुको संस्था हार्मोनी पोखराको आयोजनामा चौथो सँस्करणको साँगीतिक कार्यक्रम ‘टेस्ट अफ हार्मोनी’ हुने भएको छ । पुस २९ गते शनिबार पोखरा सभागृहमा हुने पछिल्लो सँस्करणको यो साँगीतिक कार्यक्रमको विशेष आकर्षणको रुपमा गायिका दीपानारायण झा रहनेछिन् । ुहार्मोनीुले दीपाप्रति सम्मान प्रकट गर्दै चौथो सँस्करणको आफ्नो कार्यक्रमको नाम नै ‘धुनहरुमा दीपानारायण झा’ राखेको छ । सदावहार गायिकाको छवि बनाएकी दीपानाराण झाले हार्मोनी पोखराको यो साँगीतिक कार्यक्रममा आफ्ना पुराना गीतहरु प्रस्तुत गर्नेछिन् । ‘पोखरेली संगीतप्रेमीहरुका लागि यो निकै गज्जब र उत्साहपूर्ण कुरा हो । विशेषगरि पोखरेली गायिकाहरुका लागि त झन् यो विशेष कार्यक्रमले ठुलो अर्थ राख्नेछ ।’ हार्मोनी पोखराका अध्यक्ष ईतु जोजिजुले भनिन ‘समग्र पोखराको लागि पनि यो साँगीतिक कार्यक्रम फलदायी हुने कुरामा हामी ढुक्क छौँ ।’   दीपानारायण झासँग स्टेज शेयर गर्दै उनले गाएका चर्चित सदावहार गीतहरु गाउने मौका पोखरेली गायिकाहरुले पाउनु भनेको ऐतिहासिक कुरा भएको जोजिजुले भनिन् । पुस २९ गते हुने साँगीतिक कार्यक्रममा दीपानारायण झासँगै पोखरेली गायिकाहरु ईतु जोजिजु, शितल थापा, अजुदा थापा, कौशल्या गुरुङ, मितु पाल सिंह, लक्ष्मी गिरी, प्रतिक्षा देवकोटा, देवी गुरुङ, रजनी ऋदम राई, प्रिया गुरुङ र प्रकृति श्रेष्ठले स्टेज शेयर गर्दै आफ्नो प्रस्तुती दिनेछन् । सो कार्यक्रममा विशेष सहयोगी गायकको रुपमा रामभक्त जोजिजु, विनोद बानियाँ, सन्तोष बस्याल, ज्ञान थापा र मिलन तमुको प्रस्तुती रहने हार्मोनी पोखराले जनाएको छ । कुसुमे रुमाल, चिया बारीमा, ईशाराले बोलाउनु पर्दैन, मोहनी माया, उकालीमा अघि अघि, सम्झना बिर्सना लगाएतका दर्जनौ दीपानारायण झाले गाएका गीतहरु सो कार्यक्रममा प्रस्तुत गरिने आयोजकले बताएको छ । खासगरि साँगीतिक क्षेत्रमा महिलाहरुको पनि बलियो उपस्थिती देखाउन ुहार्मोनी पोखराुको स्थापना भएको हो । र, संस्था गठन भएसँगै यसले विभिन्न कार्यक्रमहरु समेत गरिसकेको छ । यसअगाडि ‘लेजेन्डरी हार्मोनियस इभिनिङ, ‘टेस्ट अफ हार्मोनी’ र धुनहरुमा तारादेवी र अरुणा लामाु गरि संस्थाले तीनवटा सँस्करणका विशेष साँगीतिक कार्यक्रमहरु सफल बनाईसकेको छ । गायिकाहरुको एकतासँगै नयाँ पुस्ताका गायिकाहरुको लागि प्लेटफर्म तयार गर्न पनि यो संस्था विशेष रुपमा सकृय रहँदै आएको छ । गायिकाहरुको क्षेत्रमा विशेष ध्यान दिएर काम गर्ने संस्थाले यो बीचमा थुप्रै सम्मान तथा पुरस्कारहरु पनि पाएको छ ।

पोखरा:  एघारौं पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुलाई घोडसवार गराइने भएको छ । युनाईटेड क्लबको आयोजनामा आगामी पुषको २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा हुने एघारौं संस्करणको पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुलाई घोडसवार गराइने भएको हो ।  घोडसवारको माध्यामबाट महोत्सवको अवलोकन संगै अमरसिंह नजिक रहेको पर्यटकीय गन्तब्यहरुमा पुग्न सकिने महोत्सव आयोजक  संस्था युनाईटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । बख्रेलका अनुसार हरेक महोत्सवहरुमा नया पन दिदै आइरहेको र एघारौं संस्करणको महोत्सवमा पनि घोडसवार संगै अन्य मनोरञ्जनका गतिविधी समेत रहने वताए ।  बख्रेलका अनुसार पोखरा महोत्सवको आयोजना गरी क्लवले मुख्य उद्देश्यका साथ अगाडि वढाएको खुल्ला चिडियाखाना (पोखरा जुलोजिकल पार्क) पोखराको पचभैयामा निर्माणाधिन अवस्थामा रहेको छ । एघारौ पोखरा महोत्सव स्थल अमरसिंह चौरबाट महोत्सव अवधिभर चिडियाखाना अवलोकनको समेत ब्यवस्था मिलाइने बख्रेलले जानकारी दिए ।  महोत्सवको तयारी अन्तिम चरणमा पुगिसेको र महोत्सवमा स्थानिय उत्पादनको प्रदर्शनी एवं बिक्री, होमस्टेको प्रवद्र्धन, कृषि, हस्तकलाका सामाग्रीको प्रवद्र्धन एवं बिक्री संगै गण्डकी प्रदेशको कला संस्कृति झल्कने प्रस्तुतीहरु समेत रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।    

वालिङ:  स्याङ्जाको वालिङ नगरपालिकाले नागरिकका गुनासा सुन्न र गुनासाहरूलाई व्यवस्थित रूपमा सुनुवाइ गर्न  ‘हेल्लो वालिङ’ कल सेन्टर सञ्चालन गर्ने भएको छ । स्मार्ट वालिङ निर्माणको क्रममा तय गरिएका सूचकहरू मध्ये गुनासो व्यवस्थापन पनि एक भएकाले कल सेन्टरको स्थापना गर्न लागिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।  नागरिकका धेरै गुनासो हुने गर्छन्, जसलाई सम्बोधन गर्न सेन्टरको स्थापना गर्न लागिएको हो, नगर प्रमुख खाँणले भन्नुभयो, “अव हामीले समस्याको पहिचान र तत्कालै समाधानको उपाय समेत अवलम्बन गर्ने छौँ ।”  सेवा लिँदा कुनै पनि काम गर्दा समस्या आइपरे नागरिकले सिधा सम्पर्क गर्न सक्ने प्रमुख खाँणको भनाई छ । नगरपालिका भित्रका १४ वटै वडाहरूमा नगरले गरेका कामहरू,तिनका प्रभाव तथा आवश्यक जानकारी लिन कल सेन्टरले सहयोग पुग्ने नगरप्रमुख खाँणले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सबै जनप्रतिनिधिहरू नागरिक माझ पुगिसकेको अवस्था पनि हुनसक्छ,नागरिकका गुनासाहरू धेरै हुनसक्छन् ,ती गुनासाहरूलाई सहज रूपमा छिटो सुनुवाइ गर्न कल सेन्टर लाभदायी हुनेछ ।” नगरपालिकाले सुशासन कायम गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउन कल सेन्टरको स्थापना गर्न लागिएको नगर उपप्रमुख कविता तिवारी गैरेले जानकारी दिनुभयो । कलसेन्टरमा आएका समस्याहरूलाई हामीले उचित समाधान गर्नेछौँ उपप्रमुख तिवारीले भन्नुभयो, “कल सेन्टरका कारण हामीलाई नागरिकसँग जोडिन समेत सहज हुनेछ ।” कल सेन्टरमा फोन गर्दा कुनै शुल्क नलाग्ने जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले कल सेन्टरका कारण कर्मचारीहरूलाई सेवा प्रवाह प्रति जिम्मेवार र सचेत बनाउने स्पष्ट पार्नु भयो । 

म्याग्दी: बजेट अभावमा वर्षौंदेखि थला परेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ बेँसीदेखि लेकगाउँ जोड्ने सडक योजना गाउँमा जलविद्युत् आयोजना भित्रिएसँगै निर्माण भएको छ।  सडक निर्माण गर्न गाउँलेहरूले चन्दा सहयोग तथा जग्गाधनी पुर्जा बैङ्कमा धितो राखी रकम जोहो गरेर १० वर्षअघि सडक निर्माण थाले पनि आवश्यक रकम जुटाउन नसक्दा सडक योजना थला परेको थियो।  गाउँमा भित्रिएको ६ मेगावाट क्षमताको रेले खोला जलविद्युत् आयोजनाले वर्षौंदेखि थला परेको सडक निर्माण गरिदिएपछि दुर्गम लेक गाउँ सडक सञ्जालसँग जोडिन पुगेको हो। आयोजनाले बेँसीदेखि लेकगाउँसम्म पाँच किलोमिटर सडक गत वर्ष निर्माण गरिदिएको थियो। मिस्त्री खोला जलविद्युत् आयोजनाले कालीगण्डकीमा बेलिब्रिज निर्माण गरेपछि बेँसीसम्म सडक पुगेको थियो। बेँसीदेखि लेक गाउँबीचको हकली गौडाको अक्करे भीर फुटालेर सडकको ट्र्याक खोल्न नसक्दा वर्षौंदेखि योजना थला परेको लेकगाउँका स्थानीय श्याम पुर्जाले बताउनुभयो।  “गाउँलेहरूले एकदशकअघि सडक निर्माण गर्न सामूहिक रूपमा लालपुर्जा  बैङ्कमा धितो राखेर ऋण निकालेर सडक निर्माणमा खर्चिएका थिए तर गाउँमा सडक पुर्याउन सकिएको थिएन। लेक गाउँमा जलविद्युत् आयोजना भित्रिएसँगै थला परेको योजनाले पूर्णता पाएको छ। हाम्रो मोटर चढ्ने वर्षौंदेखिको अधुरो सपना पूरा भएको छ,” पुर्जाले भन्नुभयो। तत्कालीन समयमा जिल्ला विकास समिति र चन्दा सहयोगबाट लाखौँ रुपियाँ खर्च गरे पनि अक्करे भीर छिचोल्न नसक्दा लेकगाउँमा सडक पुर्याउन सकिएको थिएन स्थानीय पुर्जाले भन्नुभयो, “गाउँमा निर्माणाधीन जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माण गर्दा अप्ठ्यारो र कठिन मानिएको भीर फुटालेर सडक ट्याक खोलिदिएपछि लेकगाउँमा सरर मोटर गुडेका छन्। हाम्रा लागि जलविद्युत् आयोजना भगवान् आएसरह भएको छ।” भीरमा सडक निर्माण गर्न जलविद्युत् आयोजनालाई करिब चार वर्ष लागेको रेले खोला जलविद्युत् आयोजनाका इन्जिनियर आयुष भट्टराईले बताउनुभयो। अक्करे भीर फुटालेर ट्र्याक खोल्न निकै चुनौती थियो उहाँले भन्नुभयो, “सडक खुलेसँगै आयोजनाका लागि निर्माण सामग्री ढुवानी गर्न र स्थानीयवासीलाई आवतजावतमा सुविधा पुगेको छ।” बेँसीदेखि लेकगाउँसम्म करिब २२ भन्दा बढी घुम्ती छन् भने उक्त अक्करे भीरमा मात्र ११ वटा घुम्ती छन्। ग्रेड मिलाएर सडक फराकिलो पारिएको छ। सडक निर्माणपछि लेकगाउँका करिब १५० घरधुरीलाई सडक सुविधा पुगेको वडा अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो।  स्थानीयवासीको चन्दा सहयोग, तत्कालीन जिविस र गाउँपालिकाले डेढ करोड रुपियाँभन्दा बढी खर्च गरे पनि बेँसीदेखि लेकगाउँ जोड्ने सडकको बीचमा रहेको पहाड छिचोल्न नसक्दा लेकगाउँमा सडक पुर्याउन सकिएको थिएन वडा अध्यक्ष फगामीले भन्नुभयो, “गाउँमा जलविद्युत् आयोजना भित्रिएपछि लेकगाउँमा सडक पु(याउने हाम्रो सपना पूरा भएको छ।” सडक निर्माण भएसँगै लेकगाउँमा उत्पादित कृषि उपजको बजारीकरण, खाद्यान्न ढुवानी र आवतजावत गर्न सुविधा भएको उहाँले बताउनुभयो।    

म्याग्दी:  म्याग्दीको बेनी स्थित कालिगण्डकी नदीमा जलयात्रा (र्‍याफ्टिङ)सञ्चालन गरिएको छ । जलयात्राको राम्रो सम्भावना देखेर कालिगण्डकीमा स्पलास नेपाल एडभान्चरले बेनीको गलेश्वर देखी म्याग्दी र कालिगण्डकी नदीको सङ्गम स्थलसम्म जलयात्रा सञ्चालन गरेको हो । पर्यटकको चाहना अनुसार नयाँ पुल हुँदै मिर्मी सम्म पनि जलयात्रा गर्न सकिने  सञ्चालकले जनाएका छन् ।  म्याग्दी र मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर बेनीको कालिपुलस्थित गण्डकी होटल सँगको सहकार्यमा कालिगण्डकीमा जलयात्रा सञ्चालन गरेको स्पलास नेपाल एडभान्चरका गाइड होम पुनले बताउनुभयो ।  कालिगण्डकी नदीमा जलयात्राको सम्भावना देखेर आएका छौँ गाइड पुनले भन्नुभयो, ‘‘गलेश्वर देखि बेनी, पर्वतको मालढुङ्गा, नयाँ पुल हुँदै मिर्मीसम्म जलयात्राको रमाइलो यात्रा गर्न सकिन्छ ।’’ कालिगण्डकी नदीमा राम्रो सम्भावना भएकाले वैशाख महिनासम्म जलयात्रालाई निरन्तरता दिने उहाँले बताउनुभयो । पर्वतको नयाँ पुलमा पर्यटकलाई विगत १४ वर्ष देखि जलयात्रा गराउँदै  आउनुभएका पुनले बेनीमा पनि जलयात्राको राम्रो सम्भावना देखेको सुनाउनुभयो ।    गलेश्वरदेखि सुरुभई बेनी, पर्वतको मालढुङ्गा हुँदै नयाँ पुलसम्म जलयात्राको सम्भावनालाई उजागर गर्न कालिगण्डकीमा जलयात्रा सञ्चालन गरिएको पुनले बताउनुभयो । म्याग्दी र मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी गलेश्वरदेखि बेनीको दोभानसम्म तिन किलोमिटरको जलयात्राका लागि एक हजार दुई सय रुपियाँ भाडा तोकिएको छ । बेनीदेखि मालढुङा, नयाँ पुल हुँदै मिर्मी सम्म पनि पर्यटकले चाहेमा लैजान सकिने गाइड सन्तोष गिरीले बताउनुभयो । बेनी देखि मिर्मी पुग्न तीन दिन जलयात्रा गर्नुपर्दछ । पुस २८ गते देखि बेनीमा हुने सातौँ म्याग्दी महोत्सवलाई लक्षित गरेर आफ्नो कम्पनीले बेनीमा जलयात्रा सञ्चालन गरेको उहाँले बताउनुभयो । महोत्सव पछि पनि जलयात्रालाई निरन्तरता दिने योजना सुनाउनुभयो ।  गलेश्वर देखि म्याग्दी र कालिगण्डकीको संगमस्थल सम्म पानीको बहाव राम्रो भएकाले जलयात्राको मज्जा लिन सकिने गाइड पुनले बताउनुभयो । जलयात्राले  जिल्लाको समग्र पर्यटन विकासको लागि जल पर्यटनप्रति पर्यटकको आकर्षण बढाउने गण्डकी होटलका सञ्चालक गम पुनले बताउनुभयो ।

पोखराः  प्रेस युनियन गण्डकी प्रदेशको अध्यक्षमा टंकराज अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।  पोखरामा सम्पन्न भएको प्रथम अधिवेशनले टंकराज अधिकारीको अध्यक्षतामा २५ सदस्य कार्यसमिति चयन गरेको हो ।   समितिको उपाध्यक्ष खुल्ला तर्फ माधव रेग्मी (कास्की), उपाध्यक्ष महिलामा संगीता केशी बानिया (पर्वत ), समावेशी उपाध्यक्षमा सारदा झेडी  मगर(नवलपुर) र महासचिवमा प्रकाश ढकाल (कास्की) सर्वसम्मत निर्वाचित भएका हुन् ।  समितिको सचिव तर्फ खुल्ला नारायण रिजाल(बागलुङ), समावेशी मोहसिन अलिमियाँ (गोरखा), महिला सचिवमा अन्जना तिमल्सिना (तनहुँ) र कोषाध्यक्षमा सन्देश पौडेल (लमजुङ) निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक कपिलमणी दाहालले जानकारी दिए ।  सदस्यहरुमा शंकरराज नहर्की (तनहुँ), सुवास पौडेल(कास्की), रिमा शाही (कास्की), खगेन्द्र भण्डारी (स्याङ्जा), गोविन्द लामिछाने (नवलपुर), फेमचन्द्र रोनियार (नवलपुर), देवराज पुरी (पर्वत), ऋषि बस्याल (स्याङ्जा), निरज अधिकारी (लमजुङ), पवित्रा खत्री (म्याग्दी), बुद्धि गुरुङ (मनाङ) र गीता कुमारी लामिछाने (कास्की) निवाचित भएका हुन् । बाँकी सदस्य समितिको बैठकले मनोनित गर्नेछ ।