फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

काठमाडौं: आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार ४८६ उम्मेदवारमध्ये ५ जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।  निर्वाचन आयोगले बुधवार पत्रकार सम्मेलनको आयोजना निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमार्फत ५ उजुरी दर्ता भएको जानकारी दिएको हो।  आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार भक्तपुर–२ मा दुई वटा र सुनसरी(२,  रौतहट(१ र कैलाली(१ मा एक एक गरी जम्मा ५ वटा उजुरी दर्ता भएका हुन्।  उहाँले निर्वाचन कार्यतालिका अनुसार बिहीबार उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने जानकारी दिनुभयो।  उहाँले भन्नुभयो, ‘सुनसरी जिल्ला क्षेत्र नम्बर २, भक्तपुर जिल्ला क्षेत्र नम्बर २ दुई वटा र रौतहट जिल्ला क्षेत्र नम्बर १ र कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा एक, एक गरी जम्मा ५ वटा उजुरी परेको छ। निर्वाचन कार्यतालिका अनुसार भोलि उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम रहेको छ।’ उहाँले माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिनुभयो।  सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ। 

पोखरा:  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीको तीन वटै निर्वाचन क्षेत्रमा ४९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।  निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार कास्कीका ३ वटा क्षेत्रका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ४९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् । निर्वाचन क्षेत्र नम्बर १ मा १७ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर २ मा पनि १७ जना उम्मेदवार छन् । यस्तै क्षेत्र नम्बर ३ मा १५ जनाले उम्मेदवारी दिएका छन्, जहाँ अन्य क्षेत्रको तुलनामा महिलाको संख्या केही सन्तोषजनक (३ जना) छ ।

पोखरा: ढुङ्गेसाँघु सितापाईला आमा समुह पोखरा १७ महतगौडाले सिताघाट व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ ।  जन्मदेखि मृत्यु संस्कारसंग जोडिएको घाट जाने बाटो निर्माणका लागि समुहले ५१ हजार ११५ रुपैया आर्थिक सहयोग गरेको हो । महतगौडाचोकमा आयोजित एक कार्यक्रमका बीच आमा समुहका अध्यक्ष जुना मल्लले सितापाईला घाट व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष लोकराज कोइरालालाई नगद रकम हस्तान्त्रण गर्नुभयो । आमा समुहले माघे संक्रान्ति ढुङ्गेसाँघु मेलामा शेलरोटी तरकारी विक्री गरेर आर्जन गरेको रकम र समाजमा हुने विभिन्न शुभकार्यमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरि संकलित रकम घाट निर्माण जस्तो पुण्य कार्यको लागि सहयोग गरेको अध्यक्ष मल्लले जानकारी दिनुभयो । पोखरा महानगरपालिका वडा नं. १७ को दश लाख आर्थिक सहयोग र स्थानीय स्तरमा संकलन गरिएको नौ लाख गरि कूल १९ लाख रुपैयाको लागतमा घाटसम्म जाने कच्चि मोटर बाटो निर्माण गरिएको छ ।  वाटो निर्माण समितिका सचिव विक्रम बाबु भण्डारीका अनुसार सदा शिव हरिहर मन्दिर परिसर हुँदै जाने सो बाटोसंगै सुरक्षाका हिसावले एकतर्पिm नाला र फलामे रेलिङ्गवार निर्माण गर्न अपरिहार्य भएको हुँदा आवश्यक रकम संकलनका लागि घरदैलो कार्यक्रम समेत सञ्चालन गरिदै आएको छ ।      सो घाटको संरक्षणका लागि मोटर वाटोको दुवैतर्पm ग्याभिन जालि भर्ने काम भई रहेको बताउँदै उहाँले भन्नुभयो, धार्मिक क्षेत्रको विकास स्थानीयले देखाएको उत्साहले त आँट म पु¥याउछु भन्ने युक्ती चरितार्थ भएको छ । सो वाटो निमाणले माघे सक्रान्तिका दिन नदीमा स्नान गर्न जाने श्रदालु भक्तजनलाई प्रत्येक्ष सुविधा पुगेको थियो ।  

काठमाडौं:  निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारको समय भएको स्मरण गराएका छन् । मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरे । ‘फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेका छौँ । मनोनयनपत्र दाखिल गरेपछि बीचमा चुपो लागेर बस्ने हो ? भन्ने लाग्न सक्छ । त्यो, होइन, उनले भने । निर्वाचन चिह्न प्राप्त भएपछि घरदैलोमा मतदाता भेट्न सक्ने, रायसुझाव लिन सक्ने उनले बताए । ‘तर, दलगत रूपमा उमेदवारहरूले ठूलो आमसभा, गोष्ठि, सेमिनारलगायतका विषयवस्तु गर्न पाइँदैन,’ उनले भने,’आचारसंहिता लागु भएको छ । मनोनयनपत्र दाखिल गर्न यसरी जानुपर्छ भनेर आह्वान गरेका थियौँ । आचारसंहिता उलंघन भएको उजुरी आएमा छानबिन गर्ने, निर्णय लिने आयोगको क्षेत्राधिकारभित्र पर्छ ।’ प्रदेशसभा र स्थानीय तहका प्रतिनिधि पनि प्रतिनिधिसभाको उमेदवार बनेकाले रिक्त स्थानमा फागुन २१ पछि निर्वाचन गरिने बताए ।

काठमाडौं:  प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा बसुधबार उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।  उक्त उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगले माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । आयोगका अनुसार हालसम्म दुई हजार ९२५ जनाको उम्मेदवारी परेको छ । उत्साहजनक र शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएकामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गर्नुभएको छ । निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उहाँले अपेक्षा व्यक्त गर्नुभएको आयोगले जनाएको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले दुई हजार ९२५ उम्मेदवारी परेको जानकारी दिनुभयो । उहाँका अनुसार त्यसमा महिला उम्मेदवार तीन सय ३६ र पुरुष दुई हजार पाँच सय ८९ जना रहेका छन् । यस्तै अपाङ्गता भएका व्यक्ति ८५ र पिछडिएको क्षेत्रका एक सय ३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । 

म्याग्दी:   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन्। मंगलबार बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्। उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। त्यसअघि उनले शिक्षा मन्त्रीको पदबाट राजीनामा दिएका थिए।

काठमाडौं:  शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए ।  प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दिएको बतायो । पुन गत असोज ५ गते शिक्षामन्त्रीमा नियुक्त भएका थिए ।   तर मन्त्री पुन भने आफ्नै अभियानमा सक्रिय हुनका लागि राजीनामा दिएका हुन्। यसअघि मन्त्री पुनले शिक्षामा आमुल परिवर्तन गर्ने भन्दै केही नितिहरु पास गराउने प्रयास गरेपनि सफल नभएको बताउँदै आएका थिए।

पोखरा:  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् । तीनवटा निर्वाचन क्षेत्र रहेका जिल्लामा स्थापित निर्वाचन अधिकृतका कार्यालयहरूमा मनोनयनका लागि जम्मा भएर जान दलहरूले सार्वजनिक सूचना जारी गर्दै त्यसको तयारीमा जुटेका हुन् । उम्मेदवार छनोटका लागि सोमबार दिनभर नै आन्तरिक छलफल गरी दलहरूले उम्मेदवारी तय गरेका हुन् । दलहरूले कास्की क्षेत्र नं १ मा पशुपन्छी अनुसन्धान, विकास तथा परीक्षण केन्द्र रामघाटमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नेछन् भने क्षेत्र नं २ का लागि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको कार्यालय ड्यामसाइडमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेछन् । त्यस्तै क्षेत्र नं ३ का लागि कृषि, भूमि व्यवस्था तथा सहकारी विकास मन्त्रालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारी मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुुसार दलहरूले उम्मेदवारी दर्ता गर्न आउने समयबारे पनि जानकारी गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आज १०.०० देखि ११.०० बजेसम्म, राष्ट्रिय प्रजातन्त्र पार्टीले दिउँसो १.०० बजे उम्मेदवारी दर्ता गर्न आउने जानकारी गराएको उनले बताए । नेकपा (एमाले)ले १.०० देखि २.०० बजेसम्म उम्मेदवारी दर्ताका लागि आउने जानकारी गराएको र अन्य दलबाट जानकारी आउने क्रममा रहेको उनले बताए । जिल्लामा निर्वाचनका लागि एक सय ५३ मतदानस्थल र तीन सय ६३ मतदान केन्द्र निर्धारण गरिएको छ । कास्कीका तीन निर्वाचन क्षेत्रमा कुल तीन लाख आठ हजार ५७२ जना मतदाता रहेका छन् । कास्की क्षेत्र नं १ मा एक लाख १६ हजार ८७८, क्षेत्र नं २ मा ८४ हजार १३४ मतदाता रहेका छन् । त्यस्तै, क्षेत्र नं ३ मा एक लाख सात हजार ५६० मतदाता रहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । 

काठमाडौं: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि उनको क्षेत्रबाट नेपाली कांग्रेसले नयाँ उम्मेदवार उठाउने भएको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सात पटक चुनाव लडेको डडेलधुरा क्षेत्र छोड्दै निर्वाचन नलड्ने जानकारी गराएपछि कांग्रेसले उक्त क्षेत्रको टिकट नैनसिंह महरलाई दिएको छ। कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई संरक्षक रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न अनुरोध गर्दै आएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता अगाडि देउवाको सचिवालयले चुनाव नलड्ने विषयमा जानकारी गराएको हो।