पोखराः पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्रामा मिलेको हो । महोत्सवको सातौं दिन हजारौं दर्शकले महोत्सवको अवलोकन गरे । महोत्सवमा दर्शकको उपस्थिती संगै महोत्सव स्थलमा राखिएको स्टलहरुमा समेत ब्यापार दिन प्रतिदिन बढ्दै गइरहेको महोत्सवका अर्थ ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए । महोत्सवमा विशेष गरी लत्ता कपडा, घरायसी सामाग्री, कृषिजन्य सामाग्रीको बिक्री बढिरहेको उनको भनाइ रहेको थियो । महोत्सवकै आयोजना गरि सामाजिक काम गर्ने भएकाले पनि युनाईटेड क्लबको पोखरा महोत्सवलाई दर्शकको साथ पाएको महोत्सवका कार्य सम्पादन उपसमिति संयोजक राजु श्रेष्ठले बताए । श्रेष्ठका अनुसार पोखरा महोत्सव दर्शकहरुकै साथले १४ औं संस्करण सम्म आइपुगेको बताउदै १४ औं संस्करणको पोखरा महोत्सवको आम्दानीको मुख्य हिस्सा क्लबले आफ्नै जग्गामा निर्माण गरिरहेको छात्राबासमा खर्च खरिने बताए । युनाईटेड क्लवले पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य खेलकुद पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको छ । महोत्सवमा दिन प्रतिदिन फरक फरक चर्चित कलाकारहरुको प्रस्तुती रहने भएकाले पनि पोखरा महोत्सवमा दर्शकको उल्लेख्य साथ रहेको महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले बताए । तिमिल्सिनाका अनुसार दिनमा लोकदोहोरी र महोत्सव अवधिभर हरेक साँझ लाईभ ब्याण्डको प्रस्तुति हुने भएकाले पनि युवाहरु दिनमा भन्दा साँझको समयमा बढी मात्रामा महोत्सवको अवलोकनको लागि आउने गरेका छन । महोत्सवको सातौं दिन लोकदोहोरी गायक अर्जुन सापकोटाको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । अर्जुन संगै सोमबार चोलेन्द्र पौडेल, रामजी पौडेल, सरीता सारु मगर, केशव घिमिरे, रमा राना, आयुष परियार, मिलन दुलाल लगायतको प्रस्तुतीमा दर्शक झुमे । साँझको लाइभब्याण्ड तर्फ लेकाली ब्याण्डको प्रस्तुतीमा पोखरेलीहरु झुमे । त्यसैगरी विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा सोमबार सेन्ट मेरिज, अन्जुली बोर्डिङ स्कुल र विभूती शिक्षा सदनको प्रस्तुती रहेको प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए । महोत्सवको आठौं दिन मंगलबार लोकदोहोरी तर्फ प्रीति आले, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, सुनिता नेपाली, सरला पाण्डे, प्रशान्त तामाङ, पुजा तामाङ लगायतको प्रस्तुती रहनेछभने साँझको लाइभ ब्याण्ड तर्फ एवाइजीको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट पाएकी हुन् । सो क्षेत्रको टिकटका लागि रास्वपा कास्कीका सभापति यदु अधिकारी र गण्डकी प्रदेश महामन्त्री नवीन त्रिपाठी प्रमुख दाबेदारका रूपमा रहेका थिए । रास्वपाले क्षेत्र नम्बर १ बाट गनेस पौडेल र २ बाट उत्तम पौडेललाई उम्मेदवार बनाएको छ ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राजनीतिक दलबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिने भन्दै उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पदबाट राजीनामा दिएका हुन् । मन्त्री खरेल बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने निर्णयसहित पदबाट राजीनामा दिएका हुन् । राजीनामापत्रमा मन्त्री खरेलले लेखेका छन् , “वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षाको परिप्रेक्ष्यमा अब दलीय राजनीतिमार्फत सक्रिय एवम् उत्तरदायी भूमिका निर्वाह गर्नु वाञ्छनीय भएको निस्कर्षमा म पुगेको छु । अतः वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदानमा छिर्नुअघि नै मैले पदबाट राजीनामा दिने निर्णय मैले लिएको छु ।”
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ मा चौथो संस्करणको वडा खेलकुद महोत्सव सुरु भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मेयर आचार्यले सवै उमेर समुहकालाई समेटेर वडाको खेलकुद गतिविधीलाई समेट्ने गरी वडा खेलकुद महोत्सवको आयोजना गरी खेलकुद महोत्सव आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरे । वडा नं १५ संस्कृतिमा धेरै धनी रहेको वन विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पस, ८ दशकको इतिहाँँस बोकेको आइएनएफ हस्पिटल, सिद्ध परोपकार सहितको बैदिक गुरुकुल देखि आधुनिक शिक्षा प्रदान गर्ने शैक्षिक संस्था समेत पोखरा १५ मा रहेको र सवैलाई समेटेर वडाले कार्यविधी बनाएर खेलकुदको गतिविधी गराएकोमा वडा अध्यक्षलाई धन्यवाद ब्यक्त गरे । खेलकुदका गतिविधी संगै खेलकुदमा ख्याति कमाएका ब्याक्तित्वहरुलाई समेत सम्मान गरेर स्रहानिय काम गरेको मेयरको भनाइ रहेको थियो । महानगरका ३३ वटै वडामा हरेक वडा एक कार्यक्रम गर्ने उद्देश्य सहित काम गरिरहदा पोखरा १५ ले खेलकुद क्षेत्रलाई समेटेर अगाडी बढेकोमा वडा प्रति आभार ब्यक्त गरे । सो अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको विभिन्न खेलकुदमा सहभागी पाँच जना खेलाडीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा बक्सिङका एसियन गेमका चित्र बहादुर गुरुङ, फुटबलका बिजय गुरुङ, करातेका लक्ष्मण कुँवर, र सचिन बि.क. फुटबलका शिव श्रेष्ठ रहेका छन । त्यसैगरी खेल्छ गण्डकी अन्तर्गतको टेनिस खेलका वडा नं १५ मा रहेको अति विपन्न परिवारका ९ जना टेनिस खेलाडीहरुलाई पौष्टिक खाद्यान्न वितरण गरिएको छ । खेलाडीहरु सुमित विश्वकर्मा, आदित्त सुनार, कुस सुनार, लभ सुनार, सुप्रिया सुनार, इनुला परियार, स्वस्तिका विश्वकर्मा, अनमोल सार्की र शरण विश्वकर्मालाई पौष्टिक खाद्यान्न वितरण गरिएको हो । त्यसैगरी महोत्सवको पूर्व सन्ध्यामा वडा कार्यालय परिसरबाट महोत्सव स्थल बन विज्ञान अध्ययन संस्थान सम्म आयोजित झाँकी तथा ¥याली प्रतियोगितामा जनजागृति आमा समुह प्रथम, स्यानी मजुवा बसुन्धरा मार्ग आमा समुह दितिय र ब्रह्मकुमारी इश्वरीय विश्विद्यालय पोखरा १५ तृतीय भए भने सिद्धेश्वर परोपकार गुरुकुल आश्रम र वेलनन एकेडेमीले शान्तवना स्थान हाँसिल गरे । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र शान्तवना स्थान हाँसिल गर्नेले क्रमश नगद ५, ४, ३ र १५ सय, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी विद्यालय तर्फ थ्री एन्जल मिसन स्कुल, शिद्ध मावी, टोल बिकास तथा युवा क्लव तर्फ फलेपाटन, अलकापुर टोल बिकास संस्था, युवा क्लब तर्फ गलेश्वर युवा क्लब र दिव्यज्योती क्लब उत्कृष्ट भए । सम्मानित तथा पुरस्कृतहरुलाई पोखरा महानगरका मेयर धनराज आचार्य, वडा अध्यक्ष तोरण बहादुर बानियाँ, वडा सदस्यहरु तथा वडा प्रतिनिधीहरुले पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो । सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले वडाबासीलाई खेलकुदको माध्यामबाट आपसी भाइचारा अभिवृद्धि संगै सम्पूर्ण ३३ वटै वडालाई समेट्ने उद्देश्यका साथ खेलकुद महोत्सवको आयोजना गरिएको बताए । वडाभित्र रहेका विभिन्न संघ संस्था आमा समुह, संघ संस्था, समाज, टोल बिकास, विभिन्न विद्यालयको सहभागीताले महोत्सवको उद्घाटन सत्र उल्लासमय बनेको उनको भनाइ रहेको थियो । खेलकुद महोत्सव संगै वडाले स्वास्थ्य शिविरलाई समेत निरन्तरता दिइरहेको र महोत्सव स्थल बनविज्ञान अध्ययन संस्थामा निशुल्क सुगर परीक्षण र प्रेसर चेकजाँचको ब्यवस्था मिलाईएको उनको भनाइ रहेको थियो । त्यसैगरी खेलकुद महोत्सवकै अवसरमा रक्तदान संगै कुष्ट रोगको बारेमा सचेतनामुल कार्यक्रम समेत आयोजना गरिने छ । खेलकुद महोत्सव अन्तर्गत माघ ६ गते देखि महिला पुरुष ब्याटमिन्टन, युनि हक्की, भलिवल, सडक दौड, साइक्लिङ, ह्वीलचियर दौड, बास्केटबल, डोरीतान लगायतका खेलहरु हुने प्रतियोगिता संयोजक आशिष भण्डारीले जानकारी दिए । खेलकुद महोत्सवको उद्घाटन खेल दिपज्याती युवा क्लब र गलेश्वर बीचको खेल निर्धारित समय बराबरीमा सकिएपछि पेनाल्टीमा ४–३ गोल अन्तरले पराजित गर्दै दिपज्योती युवा क्लव अघिल्लो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा अलकापुर टोल बिकास संस्थाले फलेपाटन श्री १५ ४–१ गोल अन्तरले पराजित गर्न सफल भयो । त्यस्तै विद्यालय तर्फको पहिलो खेलमा सिद्ध माविले थ्री एन्जललाई ४–० गोल अन्तरले पराजित गर्यो महोत्सवमा फुटवल तर्फ टोल तथा युवा क्लब तर्फ १० र विद्यालय तर्फ ९ वटा विद्यालयको सहभागीता रहेको छ ।
पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थापालाई हटाएर युवा नेता रश्मी आचार्यलाई चुनावी मैदानमा उतार्ने निश्चित गरेको हो। पोखरा महानगरपालिकाको प्रमुख पदमा पराजय भोगेका थापालाई पुन: अवसर दिने अघिल्लो निर्णयलाई उल्ट्याउँदै एमालेले आचार्यलाई अघि सारेको हो।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्मेदवारी जेनजी आन्दोलनका सहिद र घाइतेप्रति समर्पित गर्ने बताएका छन् । ‘यो चयन हुनु मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, विश्वास र जिम्मेवारीको गह्रुँगो बोझ हो,’ उनले भने, ‘यो भरोसाका लागि पार्टी नेतृत्व र शुभेच्छुकप्रति कृतज्ञ छु ।’ उनले आफ्नो राजनीतिक यात्रा आम मतदाताको साथ, सुझाव र आलोचनासँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले पार्टीका वरिष्ठ नेता बालेन शाहलाई झापा–५ बाट उम्मेदवार बनाएको छ भने उपसभापति डिपी अर्याल (डोलप्रसाद) लाई काठमाडौं क्षेत्र नम्बर ९ बाट टिकट दिएको छ । यस्तै, शिशिर खनाल काठमाडौं–६, विराजभक्त श्रेष्ठ काठमाडौं– ८, इन्दिरा रानामगर झापा–२ तथा सोबिता गौतम चितवन–३, उत्तम पौडेल कास्की–२ बाट उम्मेदवार बन्ने भएका छन् । रास्वपाले टुंग्याएको ३३ क्षेत्र र उम्मेदवार १. ताप्लेजुङ – वीरेन्द्र श्रेष्ठ २. झापा–१ – निशा डाँगी ३. झापा–२ – इन्दिरा रानामगर ४. झापा–३ – प्रकाश पाठक ५. झापा–४ – शम्भु सुस्केरा ६. झापा–५ – बालेन शाह ७. मोरङ–३ – गणेश कार्की ८. ओखलढुंगा – विश्वराज पोखरेल ९. उदयपुर–२ – सूर्यबहादुर तामाङ १०. काठमाडौं–६ – शिशिर खनाल ११. काठमाडौं–७ – गणेश पराजुली १२. काठमाडौं–८ – विराजभक्त श्रेष्ठ १३. काठमाडौं–९ – डिपी अर्याल ९डोलप्रसाद० १४. चितवन–१ – हरि ढकाल १५. चितवन–२ – रवि लामिछाने १६. चितवन–३ – सोबिता गौतम १७. गोरखा–१ – सुदन गुरुङ १८. गोरखा–२ – कविन्द्र बुर्लाकोटी १९. नवलपुर–१ – राजन गौतम २०. जुम्ला – बिनिता कठायत २१. बाजुरा – हेमराज थापा २२. कञ्चनपुर–१ – जनकसिंह धामी २३. कञ्चनपुर–२ – दीपक बोहरा २४. कञ्चनपुर–३ – ज्ञानेन्द्र महता २५. कैलाली–१ – कोमल ज्ञवाली २६. कैलाली–३ – लक्ष्मण थारू २७. कैलाली–४ – हरि रेग्मी २८. कैलाली–५ – आनन्द चन्द २९. बाँके–३ – खगेन्द्र सुनार ३०. दाङ–२ – विपिन आचार्य ३१. रुपन्देही–३ – डा. लेखजंग थापा ३२. कास्की–२ – उत्तम पौडेल ३३. स्याङ्जा–१ – धनञ्जय रेग्मी
काठमाडौं: युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिनुभएको हो । “उम्मेदवारी दिने सिलसिलामा म अहिले सिरहा पुगेको छु, इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पठाउनुभएको छु,” उहाँले भन्नुभयो, “आफ्नो राजीनामाबारे टेलिफोनमार्फत प्रधानमन्त्रीलाई जानकारी गराइसकेको छु ।” जेनजी आन्दोलनपछि गठन भएको सरकारमा उहाँले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । वर्तमान सरकारमा उहाँ जेनजी पुस्ताको प्रतिनिधित्व गरिरहनुभएको थियो ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा लिइने सोनाम ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धनमा योगदान पुर्याएको उल्लेख गर्नुभएको छ । सोनाम ल्होसार पर्वले नेपाली–नेपालीबीच आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, आर्थिक रुपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ । सोनाम ल्होसार पर्व प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु भएको छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाताको भनाई छ । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङका साथै ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले पनि आ–आफ्नै शैली र परम्परा अनुसार यस पर्व मनाउँदै आएको पाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।

