राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पुरा,भोलि बिहान ९ बजेदेखि मतदान
काठमाडाैं | माघ १०, २०८२
सांकेतिक तस्वीर
काठमाडौं: राष्ट्रिय सभाका रिक्त १७ सिटकालागि भोलि निर्वाचन हुँदैछ । मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ ।
१८ सिट रिक्न हुने भएपनि नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले १७ जनाकालागि निर्वाचन हुन लाथेको हो । सो निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुख गरी २ हजार ४३ मतदाता कायम भएका छन् ।
जसमध्ये केही प्रदेश सभा सदस्य र केही स्थानीय पालिकाका प्रमुखले प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्न राजिनामा दिएकाले मतदाताको यकीन संख्या कायम गर्न बाँकी रहेको आयोगले जनाएको छ ।
निर्वाचनमा प्रदेश सभा सदस्यकालागि ५३ र स्थानीय तहका पदाधिकारीकालागि १९ मतभार तोकिएको छ । भोली हुने निर्वाचनकालागि सबै तयारी पुरा भएको पनि आयोगले जनाएको छ
पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गर...
बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...
पोखरा: पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना...

