स्याङ्जा । अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ । पहिरोले गोठ पुरिँदा दुई चौपायामा समेत क्षति पुगेको छ ।   जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार बिहान गल्या...

  पोखरा । कुंडहर समाज सेवा समितिको अध्यक्षमा दया बराल निर्वाचित भएकी छिन । समितिको १६ औं साधारण सभा तथा नवौं अधिवेशनबाट आगामी कार्यकालका लागी दया बरालको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति चयन भएको हो । जस अन्तर्गत समितिको उपाध्यक्षमा कृष्ण बहादुर के.सी., सचिवमा बिक्रम रायमाझी, कोषाध्यक्षमा सुरेन्द्र बिनोद खनाल र सह सचिवमा लक्ष्मी थापा चयन भएकी छिन । त्यसैगरी सदस्यहरुमा देवकी रायमाझी, समुन्द्र भुजेल, बिरेन्द्र बहादुर थापा, गौतम थापा, सुनिता के.सी. र सन्तोष थापा चयन भएका छन । सो साधारण सभाको उदघाटन गर्दै जनप्रतिनिधी  सन्तोष बास्तोलाले वडाबाट हुने बिकासका काममा संस्थासंग सहकार्य गरेर अगाडी बढ्ने वताउदै वडाभित्र रहेका सडकहरुमा सडक लाइट, स्ट्रेट नम्बर, फुटपाथ निर्माण, फोहोर ब्यवस्थापन लगायतका काम संगै युवा तथा महिलाहरुलाई स्वरोजगार एवं सीपमुलक तालिमहरु प्रदान गरी अगाडी वढ्ने वताए । कुंडहर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विश्व बन्धु थापाले समाजले सहकारीको अवधारणा ल्याई समाजलाई आर्थिक रुपान्तरणतर्फ ल्याउनुपर्नेमा जोड दिए । त्यसैगरी समितिका सल्लाहकार रिब बहादुर थापाले संस्थाले गरेको सामाजिक कामको प्रशंसा गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरे । संस्थाका अध्यक्ष शान्त बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव अञ्जना घिमिरेले गरेकी थिइन । 

  पोखरा । भारत्तोलन अन्तर्गत दोस्रो दिन आज सोमबार ४ इभेन्टमा खेल हुँदै छन् । पोखरा उद्योग वाणिज्य संघका् हलमा भएको प्रतियोगितामा सोमबारका लागि महिला ५५ र ५९ तथा पुरुष ६७ र ७३ केजी तौल समूहमा खेल हुनेछन् । कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०/१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा हँुदैछ । उद्घाटनको दिन नेपाल पुलिसले ३ र नेपाल आर्मी १ स्वर्ण जित्न सफल भए । नेपाल पुलिसका मुई लामाले भारत्तोलनमा राष्ट्रिय रेकर्ड कायम गरे । आइतबार राति पुरुष ६१ केजी तौल समूहमा भएको स्पर्धाम स्न्याचमा ९६ केजी भार बहन गरी उनले आर्मीका तुलाराम महताको रेकर्ड तोडेका हुन् । लामाले क्लीन एण्ड जर्कमा ११६ सहित कुल २१२ तौल उठाउँदै स्वर्ण जितेका हुन् । रजत जितेका नेपाल आर्मीका राजु चौधरीले क्लीन एण्ड जर्कमा आफ्नै रेकर्ड तोडे । उनको नाममा १२० केजी रहेकोमा आइतबारको स्पर्धामा १२१ केजी तौल भार बहन गर्दै रेकर्ड ब्रेक भएको हो । उनले स्न्याचतर्फ ८७ केजीसहित कुल २०८ भार बहन गरे । प्रतियोगितामा कुल १६८ भार उठाएका मधेश प्रदेशका हेमनारायण यादव काँस्यमा सीमित भए । महिला ४९ केजी तौल समूहमा नेपाल पुलिसकी संगीता राई, पुरुष ५५ केजी तौल समूहमा आर्मीका तुलाराम महतो र महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले स्वर्ण जितेका थिए ।  

  पोखरा । गण्डकीका अमृत थापामगरले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वासमा पुरुष व्यक्तिगत विधामा स्वर्ण पदक जितेका छन् ।  सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको फाइनल खेलमा थापामगरले बागमतीका अह्रान्त सिम्हालाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । सो जितसँगै थापामगरले स्वासमा तेस्रो पटक स्वर्ण पदक जिते । उनले सातौ, आठौंमासमेत स्वर्ण पदक जितेका थिए ।  निकै प्रतिस्पर्धात्मक खेलमा थापाले १२–१० मा लिदैं अगाडि बढे । दोस्रो सेटमा ८–११ ले गुमाए । तेस्रो सेटमा १२–१० स्कोरमा लिएर २–१ को सेटमा रहे । तर चौथो सेटमा ९–११ मा पराजित भएपछि निर्णायक सेटमा थापाले ११–८ ले लिदैं स्वर्ण पदक जिते ।  दोस्रो पटक हार व्यहोरेका सिम्हाले रजत पदक प्राप्त गरे । भने बागमतीका अमीर ब्लोन र गण्डकीका दिपक थापाले कास्य पदक जिते ।  पुरुषतर्फ टिम इभेन्टका खेल सोमबार बेलुकीबाट हुने स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिं भण्डारीले बताए । उनका अनुसार २ विभागीय टोली र ५ प्रदेशको गरि पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको छ ।   

  कुश्मा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत करातेमा विभागीय टोली नेपाल पुलिस क्लब अब्बल निस्केको छ । पुलिस क्लबले हालसम्म छिनोफानो भएका आठमध्ये चार स्वर्ण आफ्नो पोल्टामा पारेको छ । पुलिसले दुई रजत र दुई कास्य पदकसमेत प्राप्त गरेको छ ।    आइतबारसम्मको नतिजाअनुसार अन्य दुई विभागीय क्लब सशस्त्रप्रहरी बल ९एपिएफ० र त्रिभुवन आर्मी क्लब पनि करातेमाा बलिया देखिएका छन् । त्रिभुवन आर्मी क्लब दुई स्वर्ण र दुई रजत प्राप्त गर्दै दोस्रो स्थानमा तथा एफिएफ क्लब दुई स्वर्ण र तीन कास्यका साथ दोस्रो स्थानमा रहेको छ । योबाहेक सात प्रदेशको प्रदर्शन भने फितलो रहेको छ । प्रदेश नं १ ले दुई रजत र तीन कास्य, बागमतीले एक रजत र दुई कास्य, गण्डकीले एक रजत र एक कास्य, लुम्बिनीले तीन कास्य तथा कर्णाली र सुदूरपश्चिम प्रदेशले एक एक कास्य पदक प्राप्त गरेका छन् ।    महिला ५५ किलो तौल समूहमा नेपाल पुलिस क्लबकी सोनी राईले स्वर्ण जितिन् । सो स्पर्धामा प्रदेश नं १ की विद्याकला राईले रजत तथा गण्डकीकी अनु गुरुङ र एपिएफकी मनिषा चौधरीले कास्य प्राप्त गरेका छन् । यस्तै पुरुष ७५ किलो कुमुतेतर्फ पुलिस क्लबकै गङ्गाराम कुशवारले स्वर्ण हात पारे । गण्डकी प्रदेशका प्रतिक घर्तीमगरले रजत तथा बागमतीका रोशन बलामी र प्रदेश १ का रुरिहाङ राईले कास्य प्राप्त गरे ।    यसैगरी महिला ६१ किलो तौल समूहमा पुलिस क्लबकी अनु अधिकारीले स्वर्ण जितिन् । सो स्पर्धामा पुलिसकै अर्मिला डिसीले रजत प्राप्त गरिन् भने एपिएफकी अस्तर राई र लुम्बिनीकी रविना घर्तिमगरले कास्य प्राप्त गरे । यस्तै पुरुष ८४ किलोमाथिको तौल समूहमा पुलिस क्लबकै विप्लव श्रेष्ठले स्वर्ण जित्दा आर्मी क्लबका विपिनराजसिंह धामीले रजत तथा एपिएफका दिगम्बरप्रसाद पन्त र नारायणबहादुर गुरुङले कस्यमा चित्त बुझाए ।    यस्तै पुरुष टिम कातातर्फको स्वर्ण पदक विभागीय टोली एपिएफ क्लबले जित्यो । सो स्पर्धामा पुलिस क्लब दोस्रो तथा प्रदेश १ र बागमतीले कास्य पदक प्राप्त गरे । यसअघि पुलिस क्लबले महिला व्यक्तिगत कातातर्फ स्वर्ण जितेको थियो । पुलिसकी चञ्चला दनुवार पहिलो भइन् । सो स्पर्धामा आर्मीकी सङ्गीता मगरले रजत तथा कर्णालीकी एलिसा रस्कोटी र सुदूरपश्चिमकी वर्षा साउदले कास्य पदक प्राप्त गरिन् ।   यसैगरी महिला टिम कातातर्फ आर्मीका सुनिता मगर, रिना श्रेष्ठ र निशा घर्तीले स्वर्ण जिते । प्रदेश नं १ का रोश्मा राई, समिता राई र विद्याकला राईले रजत जिते । बागमतीका सञ्जु देशार, नानु शाक्य र सिर्जना महतरा तथा पुलिस क्लबकी चञ्चला दनुवार, सरु कार्की र तप्पी थापाले कास्य पदक प्राप्त गरे । पुरुष व्यक्तिगत कातातर्फ एपिएफका सोनिम मानन्धरले स्वर्ण, बागमतीका रेहान जावेदले रजत तथा प्रदेश १ का आशिष मगर र पुलिस क्लबका महसुस तामाङले कास्य जिते ।    करातेका मुख्य प्रशिक्षक तुलसी महर्जन अनुसार केहीबेरमा करातेका थप खेल सुरु हुँदैछन् । आज पुरुष ६० किलो, महिला ६८ किलो माथि, पुरुष ६७ किलो, महिला ६८ किलोमुनि र पुरुष ८४ किलोमुनि तौल समुहको फाइनल खेल हुँदैछन् । 

दाङ: हत्या पश्चात् जंगलमा गाडिएको अवस्थामा दुई जना बालबालिकाको शब फेला परेको छ ।   तुलसीपुर उपहानगरपालिका वडा नम्बर १३ को दमारगाउँ जंगलमा सोही ठाउँका दुई बालबालिकाको शब गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो ।   तीन दिनअघि असोज २७ गते साँझ घरबाटै हराएका १५ वर्षका शरद आचार्य र १४ वर्षकी रोशनी महतारालाई आइतबार जंगलमा गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।   दुवै जनाको शव एकै ठाउँमा गाडिएको अवस्थामा फेला परेको हो । प्रहरी, जनप्रतिनिधि र स्थानीयले शबको उत्खनन गरेपछि पहिचान खुलेको छ ।   शबलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउन लागिएको छ ।   घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।  

  पोखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि पाँचदलीय गठबन्धनले कास्की क्षेत्र नम्बर १ मा मुल चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेको संयोजकत्वमा २ हजार १ सदस्यीय मूल चुनाव प्रचारप्रसार समिति गठन गरेको हो । साथै बैठकले १९ सदस्यीय सचिवालय समिति गठन गरेको छ । मूल चुनाव प्रचारप्रसार समितिको सहसंयोजकमा नेकपा(माओवादी केन्द्र) का विनय थापा, नेकपा ९एकीकृत समाजवादी० का पूणर् लामा, राष्ट्रिय जनमार्चा पार्टीका हरिप्रसाद बराल र नेपाल समाजवादी पार्टीका दुर्गा गुरुङ र सदस्यसचिवमा नेपाली कांग्रेसका क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव समेत रहेका सरोज केसी छन् । समितिले प्रतिनिधिसभा र प्रदेशसभातर्फ प्रचारप्रसारदेखि घरदैलो लगायतलाई तीव्र पार्ने कांग्रेसका क्षेत्रीय सचिव केसीले जानकारी दिए । बैठकले आगामी कात्तिक १ गते पोखरा २६, संगमनगर कालिकाचोकमा सम्पर्क कार्यालय उद्घाटन, उम्मेदवार परिचय लगायत विभिन्न उपसमिति गठन गर्ने निणर्यसमेत गरेको छ । यस्तै, कात्तिक २ गते क्षेत्र नम्बर १ का गठबन्धनका ३० वटै वडा कार्यालयमा वडा निर्वाचन सम्पर्क कार्यालय गठन गर्ने छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट कास्की १ मा किशोरदत्त बराल, कास्की १ (१) मा माओवादी केन्द्रबाट दीपक कोइराला र कास्की १(२) मा कांग्रेसबाट दीपक गुरुङ उम्मेदवार छन् ।

  पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको खोखो प्रतियोगितामा लुम्बिनी प्रदेश हाबी भएको छ । राउन्ड रोबिन लिग आधारमा भइरहेको समूह चरणको खेलमा महिला पुरुष दुवैमा लुम्बिनीले सिंगल इनिङमै जित निकालेको हो ।   पुरुषतर्फ लुम्बिनी प्रदेशले पहिलो इनिङ्समै कर्णाली प्रदेशमाथि २६–६ को फराकिलो अन्तर निकालेपछि सोझै जित निकाल्यो । महिलातर्फ पनि कर्णाली प्रदेशमाथि नै लुम्बिनीले ३०–२ को फराकिलो अन्तरको जित निकाल्यो ।   चार इनिङ्समा हुने खोखो खेलमा प्रत्येक इनिङ्समा ९ मिनेटको समय छुट्याइएको हुन्छ । जसमा निर्धारित समयभित्र बढी अंक प्राप्त गर्ने टिम विजेता घोषित गरिन्छ । तर, पहिलो इनिङ्समा अंकभार फराकिलो पर्न गए बढी अंक ल्याउनेले सोझै जित्ने नियम हुन्छ ।   आइतबार भएका अधिकांश खेलमध्ये सिंगल इनिङ्समै सकिएको खोखो संघका प्रचार विभाग प्रमुख सुशिलमान व्यञ्जनकारले जानकारी दिए ।   आइतबार विहान मधेश प्रदेश र नेपाल आर्मीबीच भएको खेलमा पनि विभागीय टिम नेपाल आर्मीले सिंगल इनिङ्समै जित निकालेको थियो । जसमा नेपाल आर्मीले पहिलो इनिङमा १७ अंक ल्याउँदा मधेस प्रदेश ३ अंकमा समेटिएको थियो ।   त्यस्तै आइतबार दिउँसो भएको नेपाल आर्मी र प्रदेश नं १ बीच भएको महिला खोखोमा नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले फराकिलो अंकसहित सिंगल जित दर्ज ग¥यो । प्रदेश १ केवल १ अंकमा समेटिँदा आर्मीको टिमले ३३ अंक ल्याएको थियो ।   लुम्बिनी प्रदेशकी खेलाडी घाइते खेलका क्रममा लुम्बिनी प्रदेशकी एक खेलाडी घाइते भएकी छन् । कर्णाली प्रदेशसँग खेलका क्रममा लुम्बिनीकी दीपा विक लडेर घाइते भएको प्रचार विभाग प्रमुख व्यञ्जनकारले जानकारी दिए । ‘विकको लडेर हातमा चोट लागेको छ । गम्भीर चोट लागेको आशंकाले प्राथमिक उपचारपछि एक्सरेका लागि अस्पताल पठाएका छौैं,’ व्यञ्जनकारले भने, ‘अरु जानकारी आउन बाँकी छ ।’

  पोखरा । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण जितेको छ ।  पोखरा उद्योग वाणिज्य संघमा आइतबारदेखि सुरु प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले पुलिसलाई पहिलो स्वर्ण दिलाएकी हुन् ।  उनले स्न्याचतर्फ ५० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११५ केजी भार उठाउँदै स्वर्ण जितेकी हुन् ।  त्यस्तै, एपिएफकी लीला राईले रजत र मधेश प्रदेशकी अम्बिकाकुमारी यादवले कास्य जितिन् ।  एपिएफकी लीलाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी र अम्बिकाले न्याचतर्फ ३५ र क्लीन एण्ड जर्कमा ४० गरी कुल ७५ केजी भार बहन गरेका थिए । सो तौल समूहमा ७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी १०/१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए ।  प्रतियोगितामा २० स्वर्ण, २० रजत र २० कास्य पदकका लागि खेल हुने छन् । पहिलो दिन पुरुष ५५, महिला ४९ र पुरुष ६१ केजी तौल समूहका खेल हुने जनाइएको छ ।  त्यसअघि प्रतियोगिता उद्घाटन गर्दै राखेप सदस्य सचिव टंकमान घिसिङले भारोत्तोलन अन्तर्राष्ट्रिय पदक दिलाउने खेल भएकोले खेलाडीलाई सोही अनुरुप मेहनत गर्न आग्रह गरे । उनले यहाँ उत्कृष्ट नतिजा दिने खेलाडी सन् २०२३ मा चीनमा हुने १९ औं एशियाली खेलकुदको लागि राष्ट्रिय टिममा अनुबन्ध हुने बताए ।  कार्यक्रममा स्वागत नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ र संचालन सुशन श्रेष्ठले गरेका थिए ।  शनिबार नै सुरु हुने भनिएको खेल प्राविधिक कमजोरीका कारण एक दिन पछि सरेको हो ।  

  पोखरा ।  टेनिसको ‘टिम इभेन्ट’तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेका छन् ।   नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मी माथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो ।   टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा सेनाका अकि जुवेन रावतले गण्डकीका अनिल शाहीलाई  ६–३ र ६–३ सेटमा पराजित गरे ।   एकलको दोस्रो खेलमा गण्डकीका प्रदीप खड्काले सेनाका प्रनव खनाल माथि ६–३ र ७–५ सेटमा जित निकाले । पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा प्रदीप र अनिलको जोडीले प्रनव र अकिको जोडीलाई  २–६, ६–३ र १०–७ को सेटमा पराजित गरेपछि गण्डकी च्याम्पियन बनेको हो । पुरुषतर्फ गण्डकीले स्वर्ण पदक जित्दा सेनाले रजत पदकमा चित्त बुझायो ।   महिलातर्फ एकलमा सेनाले अर्को विभागीय टोली सशस्त्र प्रहरीलाई हराएको हो । सेनाका अभिलाषा विष्टले सशस्त्रका सर्भानी श्रेष्ठलाई ७–५,१–६ र ६–१ को सेटमा पराजित गरे । अर्को खेलमा सेनाका आइरा एम रावतले सशस्त्रका सुनिरा थापालाई ६–१, १–६ र ७–५ सेटमा पराजित गरेपछि सेना च्याम्पियन बन्दै स्वर्ण पदक जित्न सफल भने सशस्त्रले कास्य पदक पायो ।   महिला टिम इभेन्टमा वागमती प्रदेश र नेपाल प्रहरीले कास्य पदक जित्दा पुरुषतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीले कास्य पदक जिते । प्रतियोगितामा विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषद्का कार्यवाहक सदस्य सचिव घनश्याम पौडेलले ट्रफी तथा मेडल प्रदान गरेका थिए ।