पोखरा: प्रतिक इन्भेन्ट्सले आयोजना गरेको तेस्रो संस्करणको मिस सुनार २०२२ को ताज सिसम रामदामले जितेकी छिन् । शनिबार बेलुका सम्पन्न ग्राण्ड फिनालेमा १५ प्रतिष्पर्धीलाई पछी पार्दै उनले ताज जितेकी हुन् । मिस सुनारको ताजसँगै रामदामले स्कुटर सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् । यसैगरि संगिता सुनार फस्ट रनरअप घोषित हुदै ताजसहित नगद रु ५० हजार हात पारिन् भने सेकेण्ड रनरअफ स्वेता सुनारले बनिन् । उनले क्राउन र नगद २५ हजार पुरस्कार प्राप्त गरिन् । पुजा विश्वकर्मा भ्युवर्स च्वाइसको उपाधिबाट पुरस्कृत भइन् । इभेन्ट आयोजना गरेका प्रतिक सुनारले विजेता तथा उपविजेताहरुलाई विभिन्न म्युजिक भिडियोहरुमा अभिनय गर्ने मौका प्रदान गरिने बताए । उनका अनुसार पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सम्पन्न मिस सुनार २०२२ को निर्णायकमा युवा व्यवसायी तथा चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनार, मोडल कविता न्यौपाने, संञ्चारकर्मी उत्सव रसाइली, फेसन डिजाइनर अमित बराल र बुगिवुगीका विजेता कविता नेपाली रहेका थिए । मिस सुनारको ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धी छनोट भएका थिए ।
पोखरा । कास्की क्षेत्र नम्वर १ प्रदेश सभा १ का नेकपा एमालेका प्रदेश सभा उम्मेदवार खगराज अधिकारीले गण्डकी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् । पोखरा ३० मा मतदाता भेटघाट कार्यक्रममा बोल्दै नेता अधिकारीले प्रत्यक्षमा २२ सिट र समानुपातिकमा १० सिट जितेर सरकार बनाउने दाबी गरेका हुन् । उनले जनताको पक्षमा निरन्तर बोल्दै र काम गर्दै आएकै कारण एमालेलाई जनताले जिताउने विश्वास व्यक्त गरे । पछिल्लो समय जनताका दैनिक गुजारा गर्न आवश्यक खाद्य सामाग्रीमा बढेको मुल्यवृद्वीलाई बेवास्ता गर्दै राजनीति भागबण्डा र फण्डामा केन्द्रित बन्नुले जनताका समस्याप्रति गठबन्धन कति संवेदनशिल छ भन्ने प्रष्ट भईसकेको उनको भनाई थियो । प्रतिनिधिसभाबाट प्रदेश सभामा पाटीको निर्णय र फैसला अनुसार आफू प्रदेशसभामा उम्मेदवार बनेको भन्दै उनले आफु प्रदेशमा नयाँ अनुहार भएको बताए । ‘प्रतिनिधिसभामा होइन प्रदेशसभामा म उम्मेदवार बनेको छु, र म प्रदेशका लागि नयाँ अनुहार हुँ’,उनले भने । जनतासँग अझै नजिक रहेर काम गर्ने अवसर मिलेको भन्दै अपुरा विकासका काममा जनताकै सल्लाह र समन्वयमा अगाडी बढ्ने उनले बताए ।
पोखरा । देशमा अहिले एउटा गाउँको सामान्य काम सक्न पनि राजधानी धाउनुपर्ने बाध्यता छ । जनता आफ्नो समस्या सुनाउन र बजेट पार्न जिताएर पठाएका जनप्रतिनिधि भेट्न काठमाडौँ र प्रदेश राजधानी पस्नुपर्छ । आगामी ४ मंसिरमा प्रतिनिधिसभा तथा प्रदेश सभामा यस्ता कमै उम्मेद्वार देखिएका छन् जसले राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने विषयलाई प्रमुखताका साथ उठाएका हुन् । कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार दामोदर पौडेल बैरागीले आफूले चुनाव जिते गाउँदेखि राजधानी धाउनुपर्ने र सिधंै सांसदलाई भेट्नुपर्ने समस्या समाधानलाई प्राथमिकता दिएका छन् । नेकपा एमालेबाट उम्मेद्वार रहेका उनले पाटीको टोल कमिटी हुँदै सांसदसम्म जनताका समस्या सुनाउन सकिने योजना अघि सारेका छन् । त्यसका लागि पाटी वडा वा पालिका कमिटीलाई अधिकार सम्पन्न बनाउन सकिने उनको भनाई छ । नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उम्मेद्वार पौडेलले टोलका जनताले सांसदसम्म गुनासो लिएर जानुपर्ने परिपाटी अन्त्य गर्न पहल गर्ने प्रतिवद्धता जनाए । ‘माननीयलाई नभेटी काम नहुने, पार्टी कमिटीमा राख्दा सुनुवाइ नहुने र निर्वाचित जनप्रतिनिधिलाई भेटेपछि काम हुने अवस्थाको पनि अन्त्य हुनु जरुरी छ,’ उनले भने, ‘हाम्रो टोल, वडा वा पालिकाले बोलेपछि पुग्ने परिपाटी हामीले बनाउनुपर्छ । अहिलेको अवस्थाको अन्त्य हुन्छ । तल्लो तहकै अध्यक्षले समस्या समाधान गर्न सक्ने वातावरण हामीले बनाउनुपर्छ । त्यसमा मेरो ध्यान जान्छ ।’ जनताका दैनिक गर्नुपर्ने र विकास निर्माणका आयोजना निर्धारित समयमै सक्न आफूले कुनै कसरत बाँकी नराख्ने उम्मेद्वार पौडेलको प्रतिवद्धता छ । अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक, सल्यान, तिखेढुंगा लगायत गाउँ जाने सडक स्तरोन्नति अत्यावश्यक रहेकाले त्यसमा पनि विशेष ध्यान दिने पौडेलले बताए । प्रदेश सभा ३ (ख) का उम्मेद्वार राजीव पहारीले पछिल्लो कार्यकालमा सुरु गरेर अधुरा रहेका विकास निर्माणको कामलाई पूर्णता दिन पाटीले फेरि उम्मेद्वार बनाएको बताए । ‘साढे ३ वर्ष प्रदेशमा एमालेको सरकार हुँदा सडक, पु्लका काम भएका थिए । राजनीतिक अस्थिरताले सरकार ढल्यो,’ उनले थपे, ‘त्यतिबेला जनताको आस पनि ढल्यो । गठबन्धनको सरकारले बिगार्ने बाहेक केही गरेन । अब जितेर पहिले बाँकी भएका काम पुरा गर्न छ ।’ कास्की ३ बाट २०७४ सालमा एमालेकै जगत विश्वकर्मा विजयी भएका थिए । उनी खेलकुदमन्त्री पनि भए । पूर्वमन्त्री एवं एमाले पोलिटब्यूरो सदस्य विकले गठबन्धनले सरकार चलाएपछि अवरुद्ध विकासलाई पूरा गर्न फेरि एमालेले जित्न आवश्यक रहको बताए । ‘जनताले परिवर्तनको अवस्था महसुस गरेका थिए । देशमा राजनीतिक अस्थिरता, देशी विदेशी शक्ति, पुँजीवादी र कम्युनिस्टलाई सत्ता बाहिर पु¥याउने षड्यन्त्र भयो,’ उनले भने, ‘जनादेशको केपी सरकारलाई विस्थापित गर्दा देशको अवस्था जरजर बनेको बुझेका छौं । अवरुद्ध भएको विकासलाई पूरा गर्न फेरि एमालेले जित्नुपर्छ ।’ चुनावताका बोलेका सबै काम पूर्ण नभए पनि काम सुरु भएको उनले दावी गरे । एमालेका उम्मेद्वारले मतदाताको शिर झुक्ने काम नगर्ने भएकाले एमालेकै उम्मेद्वारलाई जिताउन उनले आह्वान गरे । पूर्वमन्त्री विकले भने, ‘गण्डकी प्रदेशमा मुख्यमन्त्री हुँदा धेरै योजना ल्याउन सफल भएका थियौँ । हामीले शिर झुकाउने काम कहिले गरेनौँ । संकल्प गरेअनुसार एमालेका उम्मेद्वार फेरि काम गर्न फर्केका छौँ ।’ पाटी अन्नपूर्ण गाउँ कमिटी अध्यक्ष विवेक देवकोटाले गाउँपालिकामा एमालेलाई जिताएजस्तै विकास निर्माणका कामलाई तीव्रता दिन संघ र प्रदेशमा पनि एमालेको जित आवश्यक रहेको बताए । उनले पाटीले आफ्नो जीवन आन्दोलन र पार्टीलाई सुम्पेका नेतालाई प्रतिनिधिसभा उम्मेदवार बनाएकाले अन्नपूर्णबासीले न्याय गर्नुपर्ने सुनाए । कार्यक्रममा पार्टी पोलिटब्यूरो सदस्य सीता गिरी ओली, केन्द्रीय सल्लाहकार परिषद सदस्य एवं संविधानसभा सदस्य डिबी नेपाली, पार्टी केन्द्रीय सल्लाहकार परिषद सदस्य देवी सुवेदी, पाटी प्रदेश कमिटी सचिवालय सदस्य पुण्य पौडेल लगायतको उपस्थिति थियो ।
काठमाडौं : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई पुरस्कृत गर्ने घोषणा गरेको छ। निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडिओ बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। यसअघि शनिबार नै आयोगले चुनावसम्बन्धी गीत सामाजिक सञ्जालमा राखेको थियो। उक्त गीतबारे तीव्र आलोचना भएपछि उक्त गीतको भिडियो अहिले हटाइएको छ। टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेन्डदेखि एक मिनेटसम्मको भिडियो बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र पठाइसक्नुपर्ने छ। आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही रू ५० हजारका दरले पुरस्कृत गर्ने जनाएको छ। उनीहरूलाई प्रशंसापत्रसमेत प्रदान गरिने बताइएको छ। त्यसका लागि आयोगले केही सर्तहरू पनि राखेको छ। आयोगका सर्तहरू यस्ता छन्। १. भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लक्षित हुनु पर्नेछ। २. भिडियो संवादमूलक, सन्देशमूलक हुनु पर्नेछ। आफ्नै मौलिक अडियो र अभिनय भएको भिडिओलाई प्राथमिकता दिइनेछ। ३. भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता जागरण हुने खालका विषयवस्तुहरूमा आधारित हुनुपर्नेछ। ४. निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्व, मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारीलगायत निर्वाचन सम्बन्धी विषयमा आधारित भएर छुट्टाछुट्टै भिडियो बनाउन सकिनेछ। ५. कुनै एक व्यक्तिले एउटा विषयमा ५ वटासम्म भिडियो पठाउन सकिने छ। साथै दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर निर्माण गरिएको ५ वटासम्म भिडियो स्वीकार गरिनेछ। ६. प्राप्त भिडियोहरूमा आयोगको अधिकार रहनेछ। भिडियो सन्देश आयोगले सामाजिक सञ्जाल लगायत डिजिटल माध्यमबाट प्रचारप्रसार र प्रसारणको निम्ति उपयोग गर्नेछ। ७. तोकिएका शर्तहरूको पालना नभएका र म्याद नाघी प्राप्त भएका भिडियोहरू स्वीकार गरिने छैन। ८. उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगका अधिकारी रहेको समितिबाट गरिनेछ। ९. उत्कृष्ट भिडियोहरूमध्ये छनोट समितिको सिफारिसमा रु। ५०,०००।– (पचास हजार) पुरस्कार र प्रसंशापत्र प्रदान गरिनेछ। १०. भिडियो २० सेकेन्डदेखि १ मिनेटसम्मको भएमा मात्र मूल्यांकनमा समावेश गरिनेछ। ११. आयोगले तयार गरेका निर्वाचन सम्बन्धी भिडियोहरूमा पनि टिकटक निर्माण गर्न सकिनेछ।
पोखरा । दीगो सडक र सुरक्षित यातायातमार्फत समृद्ध नेपालको निर्माणमा गण्डकी प्रदेशबाट योगदान दिने अभिप्रायले शुक्रबार पोखरामा वृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्जिनियरिङ, अटोमोबाइल, पर्यटन, यातायात, सञ्चार माध्यम, वातावरण, व्यावसायिक र सामाजिक लगायत क्षेत्रका सय जना भन्दा बढी व्यक्तिहरुको सहभागितामा कार्यक्रम भएको हो । पोखरा उद्योग वाणिज्य संघ र आर्थिक आवाज अनलाइनको आयोजना, नासा फाउण्डेसन नेपाल, बाबा फाउण्डेन र नबिल बैंकको सहकार्यमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआइए), ग्लोबल रोड सेफ्टी एनजिओ एलाइन्स तथा नासा नेपालको समेत सहभागिता रहेको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसनका वल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले ‘फ्रोफेसनल इङगेजमेन्ट फर सेफर मोबिलिटी’ पोखरा विश्वविद्यालयका सहप्राध्यापक बुद्धिराज जोशीले ‘सस्टेनेबल डेभलपमेन्ट गोल र सडक यातायात’, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशका सिडिई रामकुमार श्रेष्ठले मन्त्रालयको कार्यप्रगति र प्रदेशको अवस्थाको बारेमा र पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष अधिवक्ता योगेन्द्रबहादुर केसीले गण्डकी प्रदेशको सार्वजनिक यातायातको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्र माथि नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुवबहादुर थापा, नेपाल अर्थोपेडिक एसोसिएसनका पूर्व अध्यक्ष तथा नेशनल रोड सेफ्टी एलान्यसका सदस्य प्रा.डा. बुलन्द थापा, बाबा फाउण्डेसनका अध्यक्ष दिलीपराज श्रेष्ठ, अटो पत्रकार संघ नेपालका अध्यक्ष उज्ज्वल जंग शाह, एकेडेमिक नेटवर्क फर रोड सेफ्टी रिसर्च (टियु)का सुजना श्रेष्ठ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय लगायतले टिप्पणी गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशको सडक यातायातको सुधारका लागि सुझाव तथा सुरक्षित हेलमेन्टको प्रयोग र परिचर्चासमेत गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशकै दीगो विकास, सडक र यातायातको व्यवस्था तथा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याउने उद्देश्यले ‘गण्डकी प्रदेश एलायन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटी’ नामक खुल्ला नेटवर्क गठन गर्ने निर्णयसमेत भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले आवश्यक नीतिको अभाव, योजना कार्यान्वयनमा ढिलाई, सरकारी क्षेत्रको बेवास्ताका कारण प्रदेशको दीगो विकास, नागरिक स्वास्थ्य तथा पर्यटन प्रवद्र्धनमा समेत नकारात्मक असर परेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीको अध्यक्षतामा कार्यक्रमको सञ्चालन आर्थिक आवाजका सञ्चालक सुरेन्द्र पौडेलले गरेका थिए ।
लेखनाथ । पोखरा महानगरपालिका २७ तालचोकमा अवस्थित डायमण्ड माविमा विद्यालय स्तरिय वृहत खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ गत असोज ३० गते बाट शुरु प्रतियोगितामा विभिन्न खेलको फाइनल तथा पुरस्कार वितरण सम्पन्न भएको छ । समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.२९ का वडा अध्यक्ष श्री प्रसाद गुरुङले अनुशासनका लागि खेलकुद र खेलकुदका लागि अनुशासन अनिवार्य रहेको बताउनु हुदै , खेलले विद्यार्थीलाई अनुशासनमा बाँध्नुका साथै शारीरिक एवम् मानसिक रुपमा सबल बनाउने धारणा राख्नुभएको थियो । भेट्रान्स समूह र विद्यालय समूह गरि दुई छुट्टा छुट्टै समूहमा खेलाईएको फुटबल खेलमा भेट्रान्स समूहमा व्याज–६९ समूह प्रथम हुन् सफल भएको छ । भेट्रान्स समूहले पूर्व प्याव्लो युनाईटेड समूहलाई २–१ गोल अन्तरले जित हात पार्न सफल भएको छ । १४ ओटा समूहको सहभागिता रहेको विद्यालय फुटबल प्रतियोगितामा व्यवस्थापन + होटल मेनेजमेन्ट ए समूह प्रथम भएको छ भने दोस्रो स्थानमा कक्षा १० ए ले चित्त बुझाएको छ । व्यवस्थापन + होटल मेनेजमेन्ट ए समूहले कक्षा १० ए समूहलाई २—१ गोलले पराजित गर्दै पाँचौ डायमण्ड रनिङ सिल्डको उपाधि जितन सफल भएको हो । छात्रा भलिबलको उपाधि कक्षा १२ समूहले जित्यो भने छात्र तर्फ पूर्व व्यवस्थापन समूह विजेता भएको छ । यो सँगै पूर्व व्यवस्थापन समूह लगातार तिन पटक विजेता बन्दै डायमण्ड रनिङ सिल्ड हात पार्न सफल भएको छ । यसैगरि क्रिकेट तर्फ पूर्व विज्ञान समूहले जित हात पार्न सफल हुदाँ कक्षा १२ व्यवस्थापन समूहले दोस्रो स्थानमा चित्त बुझाएको छ । प्रतियोगितामा आयोजित टेबल टेनिस छात्र तर्फ अनुप गुरुङ्ग प्रथम भएका छन् भने विपिन कुइँकेल दोस्रो हुन् सफल भएका छन् त्यसैगरि छात्रा तर्फ अनुषा गौतम प्रथम र अंकिता गुरुङ्ग दोस्रो हुन् सफल भएका छन् । प्रतियोगितामा फुटबल तर्फ ३ गोल गर्दै पूर्व प्याव्लो युनाईटेड समूहका सुलभ खनालाले सर्बाधिक गोल कर्ताको उपाधि हात पारे भने , व्याज ६९ समूहका संजिव गुरुङ्ग उत्कृष्ट खेलाडी बनेका छन् । विद्यालय समूह फुटबल तर्फ ५ गोल गर्दै व्यवस्थापन + होटल मेनेजमेन्ट ए समूहका किसन पुन सर्बाधिक गोल कर्ताको उपाधि हात पारे भने , कक्षा १० ए का एरिक पुन उत्कृष्ट खेलाडी बनेका छन् । छात्र भलिबल तर्फ टोनिज गुरुङ्ग उत्कृष्ट खेलाडी र माक्स गुरुङ्ग उत्कृष्ट स्पाईकर भएका छन् भने छात्रा तर्फ अंकिता गुरुङ्ग उत्कृष्ट खेलाडी र अनुशा गौतम उत्कृष्ट स्पाईकरको उपाधि हात पारेकी छन् । क्रिकेट तर्फ सर्वाधिक विकेट लिने खेलाडी र उच्चतम रन लिने खेलाडीको उपाधी पूर्व विज्ञान समूहका संञ्चन श्रेष्ठले हात पार्न सफल भएका छन् । प्रतियोगिता संचालन गर्नका लागि खेल अबधि भर रेफ्रिको भुमिका निर्वाह गरेकोमा मनिष क्षेत्री र सुमन गुरुङ्गलाई समेत पुरस्कार वितरण कार्यक्रममा सम्मान गरिएको थियो । समापन कार्यक्रममा गण्डकी विश्व विद्यालयका खेलकुद संयोजक डा.मधुसुधन सुबेदी, डाईरेक्टर अफ रिर्सच सेन्टरका डा. राजकुमार थापा, वडा नं. २७ की वडा सदस्य बुद्घिमाया गुरुङ्ग + २ संयोजक शिव प्रसाद लामिछाने लगाएतले विजयी विद्यार्थीहरुलाई शुभकामना दिनुभएको थियो । विद्यालयका संस्थापक निदैशक माधवशरण उपाध्यायको सभापत्तित्वमा संचालन भएको समापन कार्यक्रमका कार्यक्रम माथि प्रकाश तथा स्वागत विद्यालयका संस्थापक प्रिन्सिपल यम वहादुर रोकाले गर्नु भएको मा धन्यवाद ज्ञापन विद्यालयका संस्थापक व्यवस्थापक हरि प्रसाद लामिछानेले गर्नु भएको थियो । कार्यक्रमको संचालन शिक्षक नारायण प्रसाद वाग्ले ले गर्नु भएको थियो ।
पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशमा प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहने बताएका छन् । पोखरामा पाँचदलीय गठबन्धन गण्डकी प्रदेशले आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘देशमा प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहन्छ, उनले भने, ‘देशमा प्रतिगमनको, निरकंशुताको, अराजकताको खतरा रहेसम्म संविधान र लोकतन्त्र बचाउन गठबन्धन हुनुपर्ने आजको आवश्यकता हो ।’ उनले निर्वाचनको समयमा गठबन्धनमा रहेका फरकफरक पार्टीका कार्यकर्ताहरुले मतदान गर्न गाह्रो नमान्नसमेत आग्रह गरे । ‘निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार मैदानमा छन् तर मतदानको समयमा कांग्रेसले माओवादीलाई र कांग्रेस तथा माओवादीले जनमोर्चालाई मतदान गर्न गाह्रो नमान्नुस् । किनभने गठबन्धन आजको आवश्यकता हो । तपाइ हाम्रो र राष्ट्रको हितकै लागि हो ।’ उनले भने ।
पोखरा । प्रधानमन्त्री शेरबहादर देउवाले पाँचदलीय गठबन्धनका साझा उम्मेदवारहरुलाई शंका नगर्न निर्देशन दिएका छन् । पाँचदलीय गठबन्धन गण्डकी प्रदेशले आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गदैं प्रधानमन्त्री देउवाले आम नेता तथा कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् । उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पाँचदलीय गठबन्धनबाट आएका साँझा उम्मेदवाहरुलाई टिकठ नपाएको बाहनामा शंका गर्न आवश्यक नरहेको दोहोर्याए । ‘मंसिर ४ गते हुने निर्वाचनमा टिकट नपाएको बाहनामा गठबन्धनका साझा उम्मेदवारलाई शंका उपशंका गर्ने बन्द गर्नुस्, उनले भने, ‘गठबन्धन आजको आवश्यकता हो । गठबन्धनका नेताहरुलाई शंका गर्ने काम कसैले नगरौं ।’ पाँचदलीय गठबन्धनमा सबै राजनीतिक पार्टी अलगअलग पृष्ठभुमीबाट आएको बताउदै गठबन्धन पछिल्लो समयको आवश्यकता रहेको प्रधानमन्त्री देउवाले धारणा राखे । ‘सबै राजनीतिक पार्टी अलगअलग पृष्ठभूमिबाट आएको हो तर यो आजको आवश्यकता हो, उनले भने, ‘मलाई गठबन्धनबाट प्रधानमन्त्री बनाउनुभयो यो ठाउँमा भोलि गठबन्धनबाट प्रचण्ड, माधव, रामचन्द्र जोपनि आउनसक्नुहुन्छ ।’
पोखरा। पोखरा महानगरपालिकाले फेन्सी पसलमा अनुगमन गरेको छ । पोखरा महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा शुक्रबार फेन्सी पसलमा अनुगमन गरिएको हो । अनुगमनमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, आन्तरीक राजस्व कार्यालय पोखराका ठाकुर सुवेदी, घरेलु कार्यालय पोखराका हेमराज बराल, जिल्ला प्रशासन कार्यालय कास्कीका शिवप्रसाद गौतम, पोखरा महानगर उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेल, महानगर सहकारी शाखाका ऋषिराम सापकोटा र पत्रकारहरुको सहभागीता रहेको थियो । पोखरामा खाद्यान्न, तरकारी, फुलफुल होटल लगायतका क्षेत्रमा अनुगमन भएपनि फेन्सी पसलमा भने पहिलो हो । फेन्सी पसलमा ग्राहकहरु ठगिएको गुनासो आउने गरेको भन्दै अनुगमन गरिएको महानगरपालिका उपोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेलले जानकारी दिनुभयो । अनुगनका क्रममा ब्यवसाय दर्ता विना सञ्चालन भएका, दर्ता भएपनि नविकरण नभएको भेटिएको र खरिद विल नभएको फेला परेको सदस्यसचिव पौडेलले बताउनुभयो । ‘केही पसल महानगर, घरेलु, आन्र्तरीक राजस्व कार्यालयमा दर्ता नभएको पाइयो ।’ अनुगमनका क्रममा पोखरा ट्रेड मलभित्र सञ्चालित दुई पसललाई जरिवाना समेत गरेको छ । ग्लोजम कुर्था पसल र सुस्मीन एण्ड सुशान्त स्टोर्सलाई पाँच÷पाँच हजार रुपैयाँ जरिवाना गरेको हो । ग्लोजमले कपडा खरिद बिल नभएको र विना दर्ता सञ्चालन भएको भेटिएपछि जरिवाना गरिएको महानगरका सहकारी शाखाका ऋषिराम सापकोटाले जानकारी दिनुभयो । त्यस्तै सुस्मीन एण्ड सुशान्त स्टोर्सले विल काटदादेखि वीचमा विल छुटाएर काटेको, व्यवसाय नविकरण नगरेको र ग्राहकलाई समेत विल नदिएको पाइएकाले जरिवाना गरिएको सापकोटाले जानकारी दिनुभयो । त्यस्तै सलोनी इम्पोरियम, जिएलके क्लोसेट क्लाउड, एनडी सर्पिङ्ग सेन्टरमा खरिद विल नभएको, ब्यवसाय दर्ता नभएको पाइएकाले उनीहरुलाई खरिद र विक्री विल सहित जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेलले बताउनुभयो । यता पोखराको चिप्लेडुंगामा सञ्चालित यूएफओमा खरिद विल नभएको भेटिएकाले जिल्ला प्रशासन कार्यालय कास्की बोलाइएको छ । पोखरा महानगरका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङले फेन्सी पसलमा अनुगमन गरेको बताउदै भन्नुभयो,‘ब्यवसायीले खरिद विल नलिने र विक्री विल पनि नदिले गरेको भेटियो ।सबै व्यवसायीको समस्या एउटै देखियो ।यो समस्या समाधान गर्न सरोकारवाला निकायसंग बसेर छलफल गछौँ ।’ जिल्ला प्रशासन कार्यालय कास्कीका शिवप्रसाद गौतमले काठमाडौबाट ल्याउने सामानको विल कम जारी गर्ने र महंगोमा विक्री गरेको पाइएको बताउनुभयो । उहाँले कम विल जारी गर्ने र महंगोमा विक्री गर्ने समस्या सबै ब्यवसायीकोमा देखिएकाले यस बारे छुटटै छलफल गरेर दिर्घकालिन रुपमा समाधान गर्नुपर्ने देखिएको छ । पोखरा महानगरले दशैअघि पोखरामा सञ्चालिन मासु, खाद्यान्न र दशैलाई लक्षित गरे विक्रीका लागि बाहिरि जिल्लाबाट ल्याइएका च्यांग्राको अनुगमन गरेको थियो ।

