पोखरा । नेकपा एमाले केन्द्रीय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । डेङगु संक्रमण भई पोखरास्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्ष (आसियु) मा उपचाररत उहाँको स्वास्थ्यमा सुधार भएको अस्पताल श्रोतले जनाएको छ । उपचारमा संलग्न अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ चन्द्रप्रकाश आचार्यका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य हुदै गए पनि केही दिन आराम गर्नुपर्ने हुन्छ । नेकपा एमाले कास्की सचिवालय सदस्य एवं निर्वाचन क्षेत्र नं. २ प्रचार प्रसार संयोजक झपट रानाभाटले शुक्रवार एक प्रेस विज्ञप्ति प्रकाशित गरि उम्मेदवार भट्टराईको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । मंसीर ४ गते हुने निर्वाचनको कार्यक्रम अन्तर्गत यही कात्तिक १ गते पोखरा १७ र ८ को निर्वाचन परिचालन कमिटि कार्यालयको उद्घाटन समारोहमा सहभागि हुनु भएको उर्हाँ अचानक शरिर कमजोर हुँदै गएपछि उपचारको लागि अस्पताल भर्ना हुनु भएको थियो । अस्पताल श्रोतका अनुसार स्वास्थ्यका सवै परिसूचकहरु सुधारउन्मुख र सकारात्म रहेको विज्ञप्तिमा भनिएको छ उम्मेदवार भट्टराई छिट्टै मतदाताको घरदैलो कार्यक्रममा सहभागि बन्नु हुनेछ । उपचारमा संलग्न अस्पतालका वरिष्ठ छाती रोग बिषेशज्ञ चन्द्रप्रकाश आचार्य लगायतका सम्पूर्ण टिमलाई रानाभाटले विज्ञप्तिमार्पmत धन्यवाद ज्ञापन गर्नुभएको छ ।
पोखरा । लामो समयपछि गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा त्यसको लाभ बागलुङले पनि प्राप्त गरेको छ । ‘आइटिएफ तेक्वान्दो’कोउर्वरभूमि मानिने बागलुङले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत सोही खेल खेलाउने मौका पाएको थियो । यसले बागलुङको खेल क्षेत्रमा नयाँ आयाम थपिएको अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका सचिव राजु खड्काले बताउनुभयो । “खेल सुरु हुने अन्तिम समयसम्म पनि बागलुङले कुन खेल खेलाउने भन्ने टुङ्गो लागेको थिएन”, खड्काले भन्नुभयो, “तर बागलुङले अन्तिम समयमा भए पनि आइटिएफ खेलाउने अवसर प्राप्त ग¥यो, यसले यहाँको खेलकुदमा राम्रो सन्देश दिएको छ ।” खेल अवलोकनका लागि बागलुङ आउनुभएकारा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बागलुङमा आवश्यक खेल पूर्वाधारको प्रस्ताव गर्न आग्रह गर्नुभएको थियो । ‘आइटिएफ’ भइरहेको कबर्डहल, नजिकै रहेको बाङ्गेचौर खेलमैदान र सदरमुकाममा रहेका अन्य खेल संरचनाको विषयमा उहाँले चासो राख्नुभएको थियो । “उहाँहरुलाई यहाँ ल्याउने बहाना बन्यो नवौँ राष्ट्रिय खेलकुद, स्थलगत अवलोकनपछि उहाँहरुले दिएको वचन आगामी कार्यक्रममा पर्नेछन्”, अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका सचिव राजु खड्काले बताउनुभयो । खेलका लागि बागलुङ आएका दुई सय ५० खेलाडीले कालिका मन्दिर, लामो झोलुङ्गे पुल, पञ्चकोटलगायतका क्षेत्र भ्रमण गरेका थिए । प्रतियोगिताले बागलुङका गाउँगाउँसम्म खेल विस्तार गर्न सहयोग गर्ने खड्काको विश्वास छ । आइटिएफ’ प्रतियोगिताको उद्घाटनकै दिन बागलुङको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले आफ्नो पालिकामा खेल विस्तार गर्न औपचारिक आग्रह गर्नुभएको थियो । उहाँले राष्ट्रियस्तरकै खेल गाउँमा गर्न सकिने बताउनुभयो । राष्ट्रियस्तरको खेल हेरेका सर्वसाधारणमासमेत खेलप्रति आकर्षण बढाएको व्यवस्थापकीय जिम्मेवारी लिएको बागलुङ नगरपालिकाको विश्वास छ । “खेललाई वडास्तरसम्म विस्तार गर्नुपर्छ, त्यसका लागि पूर्वाधार र वातावरण हामी बनाउँछौँ र यसका लागि सम्बन्धित व्यक्तिसँग आग्रह गरेका छौँ”, बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भन्नुभयो, “यो प्रतियोगिता खेलको महत्व बुझाउने माध्यम पनि बनेको छ ।” बागलुङ मार्सल आर्टका खेलका लागि प्रसिद्ध स्थान हो । ‘आइटिएफ तेक्वान्दो’का मात्रै बागलुङमा १८ डोजो छन् । जिल्लाभर एक हजार दुई सय खेलाडीले नियमित यो खेलको अभ्यास गर्ने गरेको ‘आइटिएफ तेक्वान्दो’ सङ्घ बागलुङको भनाइ छ । “म धेरै पहिले यहाँको क्याम्पसमा प्रदर्शन खेलका लागि आउँदा यहाँ कोही खेलेको देखिने थिएन, अहिले यो खेलको निकै विस्तार भएको पाएँ”, ‘आइटिएफ तेक्वान्दो’ महासङ्घका महासचिव तथा राष्ट्रिय खेलकुद परिषद् बोर्ड सदस्य अञ्जन धमलाले भन्नुभयो, “अब यो खेलको थप विस्तार हुने विश्वास छ ।” प्रतियोगिताले स्थानीयवासीमा पनि खेलप्रतिको चासो बढेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ बताउनुहुन्छ । कोरोना महामारीका कारण लामो समय थला परेका यहाँका व्यवसायीलाई पनि खेलले सकारात्मक प्रभाव छाडेको उहाँको भनाइ छ । प्रतियोगिता अवधिभर करिब तीन सय ५० खेलका खेलाडीसहितका टोलीका कारण यस क्षेत्रका होटल तथा रेष्टुराँले समेत यसको लाभ लिन सफल भएका छन् । “हाम्रो आतिथ्यता स्वीकार गरेर उहाँहरु यहाँ आउनुभयो, यसले खेलमात्रै नभई बागलुङको व्यवसाय र पर्यटन प्रवद्र्धनमासमेत सहयोग पुगेको छ”, व्यवसायी अर्जुन चोखालले भन्नुभयो, “बागलुङ चिनाउने काम भएको छ, त्यसबाट सबै बागलुङवासीले प्रतिफल पाउँछन् ।”
पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनको सरगर्मी बढेको बेला नेकपा एमालेका उम्मेदवारहरु मतदाताको समस्या बुझ्न व्यस्त छन् । यसैक्रममा प्रदेश सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका लागि नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र न १ (ख) का प्रत्यासी उम्मेदवार वेदबहादुर गुरुङ्ग (श्याम) र समानुपतिक तर्फ प्रदेशसभा उम्मेदवार नन्दाकला नेपालीले आफूहरु विजय भएर आएपछि पोखरा २८ कालिकाका स्थानियले वर्षौदेखि झेल्दै आएको खानेपानीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । मतादाता भेटघाट कार्यक्रममा उनीहरुले नेकपा एमाले कुरा भन्दा काम गर्ने पाटी भएकोले स्थानियका समस्या समाधानमा आफ्नो पाटी सधैं लाग्ने विश्वास व्यक्त गरे । उनीहरुले कालिकामा गत वर्षमा भए गरेका कामहरुको अनुगमन समेत गरेका छन् भने अधुरा कामहरु आफूहरु निर्वाचित भएर आएपछि पूरा गर्ने वाचा गरेका छन् । यसका लागि मतदाताले सूर्य चिन्हमा मत दिनुहुन आग्रह समेत गरेका छन् । आउँदा वर्षमा वडाका समस्या समाधानमा लाग्न एमाले नेता कार्यकतालाई वडावासीले अनुरोध गरेका छन् । भने जनताको दुख सुखको साथी एमाले उम्मेदवारलाई आफुहरुले मत दिने बताएका छन् ।
पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नम्वर ३ मा एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटिको सम्पर्क कार्यालयको बुधवार उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन गर्दै नेकपा एमालेका पोलिव्युरो सदस्य एवं पुर्व खेलकुदमन्त्री जगत विश्वकर्माले नेपालको सिङ्गो राष्ट्र निर्माण र विकासको अभियानमा लाग्ने पाटी एमाले भएकोले मङसिर ४ गते हुने निर्वाचनमा सुर्य ध्वजावाहाक उम्मेदवारहरूलाई जिताउनुपर्ने जोड दिएका छन् । उनले सडकमा बाजा गाजासहित नारा जुलुस लगाएर मात्र हैन मतदाताका घरआँगनमा पुगि पाटीले गरेका विकास निर्माणका कामको बारेमा जानकारी गराउँदै पाटीका भावी एजेन्डा बोकेर मत माग्नु पर्ने बताएका छन् । कार्यक्रममा नेकपा एमाले पालिटब्यूरो सदस्य सीता गिरी ओलीले जनताका घरघरमा पुगेर समस्या समाधानतर्पm लाग्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिईन् । कायृक्रममा पार्टीको केन्द्रिय सदस्य समेत रहेका कास्की इन्चार्ज कृष्ण थापा, कास्की ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दामोदर पौडेल बैरागी, कास्की निर्वाचन क्षेत्र न ३ (क) प्रत्यासी उम्मेदवार गणेशमान गुरूङ, त्यसै गरी ३ (ख) का प्रत्यासी उम्मेदवार राजिव पहारी लगायतले बोलेका थिए ।
पोखरा । महिला ४ सय मिटर रिले दौडमा आर्मीले स्वर्ण पदक जितको छ । आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक जित्यो । आर्मीका लागि रमिता गुरुङ सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापाले ४९.६० सेकेण्डमा दुरी परा गरे । गण्डकीका लागि मसिना अधिकारी, अनिसा भण्डारी, सविना खातुन मिया र निशा घर्तीले ५२.७५ सेकेण्डमा दुरीपुरा गर्दै रजत पदक जित्यो । बागमतीका लागि रजीता दुलाल, स्वगता खाइजु, प्रकृती सुवाल र लुजना आमात्यले ५२.७६ ले दुरीपुरा गर्दै कास्य पदक जितेका छन् ।
पोखरा । पुरुष ४ सय मिटर रिले दौडमा एपिएफले स्वर्ण पदक जितेको छ । एपिएफका निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र चन्द्रबहादुर पुलामीमगरले ४२.४४ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन् । त्यसै गरी आर्मीका जीवन चौधरी, विवश थारु, युवराज विक र डिल्ली भण्डारीलाई ४२.६० सेकेण्डमा दुरी पुरा गर्दै रजत पदक जितेको छ । त्यसै गरी लुम्विनी प्रदेशका सीमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुल्सीराम थारुले ४४.३८ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितेका छन् ।
लेखनाथ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा पुरुषतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लव र महिलातर्फ नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले स्वर्ण पदक जितेका छन् । पोखराको लेखनाथस्थित भण्डारढीक खेल मैदानमा भएको प्रतियोगितामा पुरुषतर्फ एपीएफले लुम्बिनी प्रदेशलाई १०–७ को स्कोरले हराउँदै स्वर्ण पदक जितेको हो भने महिलातर्फ आर्मीले मधेश प्रदेशलाई १०–० को फराकिलो अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो । पुरुषतर्फ गण्डकी प्रदेशले काश्य पदक जितेको छ । काश्य पदकका लागि बुधबार नै भएको खेलमा गण्डकीले त्रिभुवन आर्मीलाई १०–५ को स्कोरमा पछि पार्दै बिजयी भएको हो । महिलातर्फको कास्य पदक भने सुदूरपश्चिमको पोल्टामा परेको छ । सुदूरपश्चिमले मधेश प्रदेशलाई ५–० ले पराजित गर्दै कास्य पदक जितेको हो ।
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला हक्कीमा विभागीय टोली नेपाली सेनाको त्रिभूवन आर्मीले स्वर्ण पदक जितेको छ । पोखरामा बुधबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो । टाईब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ र सीतामाया बलले गोल गरे । त्यसअघि खेलको नवौं मिनेटमा नेपाल आर्र्मी सरस्वती तामाङले १ गोल गरेकी थिइन् । त्यसको दुई मिनेटपछि गण्डकीको तर्फबाट सबिना पुन रानाले एक गोल थपिन् । खेल १–१ को बराबरीमा पुगेपछि टाइब्रेकरमा पुगेको हो । यस्तै महिला हक्कीमा प्रदेश १ लाई हराउँदै सुदुरपश्चिमले कास्य पदक जितेको छ । बुधबार विहान भएको पहिलो खेलमा सुदुरपश्चिमले प्रदेश १ लाई २–० गोल अन्तरले हराएको हो । सुदुरपश्चिमका लागि खेलको १० औं मिनेटमा निलम जोशी र २६ औं मिनेटमा डम्बरा थापाले गोल गरेकी थिइन् । प्रतियोगितामा सात टिम सहभागी थिए ।
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टीम च्याम्पीयन बनेको छ । कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्यसहित कुल १२ पदकसहित च्याम्पीयन बनेको हो । दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काश्यसहित कुल ९ पदक जित्यो । अर्को विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लव तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ काश्य पदकसहित ८ पदक जित्यो । नेपाल पुलिस क्लव १ स्वर्ण, २ रजत र १ काश्यसहित कुल ४ पदक जितेर चौथो बन्दा, प्रदेश १ ले २ रजत जितेर पाँचौ, सुदुर पश्चिमले १ रजत र २ काँस्यसहित ३ पदक तथा वागमती प्रदेशले १ कास्य मात्र जितेर छैटौं बन्यो । लुम्बिनी र एनआरएनए पदकविहीन रह्यो । यद्यपी, सबै टीमले सबै विधामा सहभागिता भने जनाएको थिएन । बिजयी टीम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद् गण्डकीका कार्यवाहक सदस्य सचिव घनश्याम पौडैल, नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष दीपकराज गुरुङ लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे । बुधबार अन्तिम दिन बाँकी ६ स्वर्णका लागि भएको खेलमा रिकर्भ मेन व्यक्तिगततर्फ गण्डकीका गंगाबहादुर कुँवरले स्वर्ण जिते । उनले पुलिसका तिलक पुनलाई ७–१ स्कोरले पराजित गरे । तिलकले रजत पदक जित्दा एपीएफका विराट थापा तेस्रो हुँदै काश्यमा सिमित भए । गंगा र तिलक वरियतामा पनि पहिलो र दोस्रो स्थानमै छन् । विराट पाँचौ वरियतामा छन् । रिकर्भ वुमेन व्यक्तिगततर्फ गण्डकीकी रोजिना थापा मगरले आर्मीकी मञ्जु बजगाईंलाई ६–२ स्कोरले हराउँदै स्वर्ण जितिन् । बजगाईंले रजत पदक जित्दा आर्मीकै ज्ञानु अवाले तेस्रो हुँदै काश्य पदक जितिन् । वरियतामा भने रोजिना दोस्रोमा रहँदा मञ्जु पहिलो स्थानमा छन् । ज्ञानु तेस्रो वरियतामै छन् । कम्पाउण्ड मेन व्यक्तिगततर्फ गण्डकीकै दुई खेलाडी फाइनलमा भिडे । जागृत गुरुङले खेमबहादुर क्षेत्रीलाई १४४–१४२ को झिनो अन्तरले हराउँदै स्वर्ण जिते । पराजित क्षेत्रीले रजत पदकमा चित्त बुझाउँदा सुदुरपश्चिमका सुरेश गुरुङ तेस्रो हुँदै काश्य पदकमा सिमित भए । वरियतामा जागृत पहिलो नम्बरमै र खेम दोस्रो नम्बरमै छन् । सुरेश चौथो वरियतामा छन् । कम्पाउण्ड वुमेन व्यक्तिगततर्फ पहिलो वरियताकी पार्षदा आचार्य (एपीएफ) पछि परिन् । दोस्रो वरियताकी आर्मीकी इमायुङ राईले १३६–१३० ले हराउँदै स्वर्ण जित्दा वरियतामा अघि रहेकी आचार्य रजत पदकमा सिमित बनिन् । तेस्रो वरियताकी एपीएफकी निर्मला कानवाङ राईले तेस्रो हुँदै काश्य जितिन् । स्टान्डर्ड मेन व्यक्तिगततर्फ दोस्रो वरियताका नगेन्द्र आचार्य (नेपाल पुलिस) ले स्वर्ण जिते । ¥याङकिङ राउण्डमा पहिलो नम्बरका गण्डकीका दुर्गा घर्ती मगर ६–५ स्कोरले पछि पर्दै रजत पदकमा सिमित भए । वागमतीका फर्माचन शेरचनले तेस्रो हुँदै काश्य जिते । शेरचन पाँचौ वरियतामा थिए । स्टान्डर्ड वुमेन व्यक्तिगततर्फ एपीएफकी सोनु जया राईले प्रदेश १ की योगिता कानवाङलाई ६–४ स्कोरले हराउँदै स्वर्ण जितिन् । पराजित योगिताले रजत पदक जित्दा आर्मीकी शारदा बिक तेस्रो हुँदै काश्य पदकमा सिमित् भए । वरियता निर्धारणमा शारदा दोस्रो स्थानमा छन् भने सोनु तेस्रो र योगिता चौथो स्थानमा छन् । कूल १३ विधाको खेलमा मंगलबार सात स्वर्ण र बुधबार छ स्वर्णको छिनोफानो भएको हो । आर्चरीमा मधेश र कर्णालीबाहेक तीन विभागीय, एनआरएनएसहित सबै ९ वटा टोलीको सहभागिता रहेको थियो । स्टान्डर्ड (३० मिटर), कम्पाउण्ड (५० मिटर) र रिकर्भ (७० मिटर) विधामा पुरुष र महिला एकल, टीम र मिक्समा प्रतिष्पर्धा गराइएको थियो ।

