काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

  पर्वत: नेकपा एमाले पर्वतको चुनावी अभियान शनिवार फलेवास नगरपालिका वडा नं. ११ पाङराङ, र वडा नं. १० कुर्घामा सम्पन्न भएको छ । पाङराङका कर्नास, श्रीकाङ, उपल्लो पाङराङ तथा कुर्घाको सात्ले लगायतका स्थानमा घरदैलो तथा कोणसभा गरिएको हो । सो अवसरमा स्थानीयले कालीगण्डकी लोकमार्गको पुर्णता, ग्रामीण सडकहरुको स्तरोन्नती र एक घर एक खानेपानी धारा कार्यक्रमलाई पुर्णता दिन माग गरेका छन् । सुन्तलाको पकेट क्षेत्र समेत रहेको पाङरामा यसको विस्तार र बजारीकरण तथा कोल्ड स्टोरको समेत व्यवस्था गरिदिन उम्मेदवारसँग माग गरका हुन् ।  सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले आफु नागरिककै सेवाका लागि निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको बताउँदै विगतका पाँच वर्षमा पुरा हुन बाँकी रहेका कामको पुर्णताका लागि पनि आफुलाई मत दिएर जिताउन आग्रह गर्नुभयो । विगतमा एमालेकै नेतृत्वमा रहेको नगरपालिकाले धेरै बिकासका काम शुरुवात गरेको बताउँदै ती कामहरुलाई पुर्णता दिनपनि पुन एमालेकै सरकार आउनुपर्नेमा उहाँको जोड रहेको छ । स्थानीयले राखेका मागहरु निर्वाचन लगत्तै पुरा गर्न पहल गर्ने उहाँको प्रतिवद्धता छ । स्थिर र दरिलो राजनीतिक शक्तिबाट मात्रै मुलुकमा स्थिरता र विकास संभव छ, वर्तमान अवस्थामा मुलुक धान्ने शक्ति नेकपा एमाले मात्रै भएकाले आगामी निर्वाचनबाट एमालेका उमेदवारहरुलाई विजयी गराई स्थिर सरकार निर्माणका गर्न उहाँले मतदातासँग मत दिन आव्हान गर्नुभएको छ ।  त्यसैगरी प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालले यो मुलुकको समृद्धि र विकास एमालेबिना सम्भव नहुने बताउँदै अरुको फोस्रा आश्वासनको पछि नलाग्न आग्रह गर्नुभयो । निर्वाचन  जितेर गैसकेपछि मतदाताले राखेका मागहरु एक एक गरी पुरा गर्ने उहाँको प्रतिवद्धता रहेको थियो ।  त्यसैगरी प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरको चुनावी कार्यक्रम आज जलजला गाउँपालिकाको लस्ती, वारीवेनी, मिलनचोक र बगरफाँट लगायतका स्थानमा सम्पन्न भएको छ । घरदैलो, भेटघाट र कोणसभामा उम्मेदवार कुँवरले राखेका एजेण्डा र योजनावाट स्थानीयहरु प्रभावित बनेको प्रतिकृया दिएका थिए । निर्माणाधिन योजनाहरुको पुर्णताका लागि पनि सवै सिटमा एमालेले जित्नुपर्ने बताउँदै सुर्य चिन्हमा मतदान गरी आफुलाई नागरिकको सेवा गर्ने अवसर दिन अपिल गर्नुभयो ।  प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीको आजको कार्यक्रम मोदी गाउँपालिकाको बाजुङ र देउपुरमा हुने छ । 

स्याङ्जा: प्रतिनिधि सभा सदस्य उम्मेदवार बोधराज रेग्मीले अति विपन्न परिवारका लागि रासन कार्डको व्यवस्था गर्ने बताएका छन् ।   राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्याङ्जा क्षेत्र नं १ बाट उम्मेदवार बनेका रेग्मीले उक्त कुरा बताएका हुन् ।  चुनावी अभियानमा जुटेका उनले स्याङजा क्षेत्र १ को विकासका लागि आफु दत्तचित्त भएर लागिपर्ने बताए । ‘स्थानीय निकायहरुसँग समन्वय गरी अति विपन्न वर्गका लागि रासन कार्डको व्यवस्था गर्न पहल गर्नेछु’ उनले भने,‘हामीले सद्यैँ सुन्दै आएका हौँ गरिबी निवारण हुन्छ भन्दै तर अहिलेसम्म खै कहाँ के भयो ? सद्यैँ हामीलाई झुटा आश्वासन मात्रै बाडियो त्यहि कारण म यहाँबाट उम्मेदवार बनेको हुँ ।’  उनले २०४७ सालदेखि पछाडी उच्च पदमा रहेका राजनीतिज्ञ र उच्च पदमा रहेका कर्मचारीको सम्पत्ति छानविन गरी कारवाही गर्न विशेष पहल गर्ने समेत बताए ।   

  पोखरा । नेकपा एमाले, गण्डकी प्रदेश कमिटीले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । ‘सुशासन, समृद्ध र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ मूल नाराका साथ एमालेले २४ पृष्ठको प्रतिबद्धतपत्र आज (आइतबार) पोखरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।   आगामी मंसिर ४ गते हुने निर्वाचन लक्षित प्रतिबद्धतापत्रमा विगतका अपूरा योजनालाई पूरा गर्दै समाजवादको आधार तयार गर्ने र केन्द्र सरकारसँगको आर्थिक निर्भरता घटाउँदै संघीयतालाई बलियो बनाउने योजनासहितका विषय छन् । संघीयतालाई बलियो बनाउने र भौतिक पूर्वाधारसहित समृद्ध गण्डकी प्रदेशमै प्रतिबद्धतापत्र केन्द्रित रहेको एमालेको दाबी छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य, पार्टी प्रदेश सह इञ्चार्ज एवं पूर्व मन्त्री जगत विश्वकर्माले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा करको दर नभई दायरा बढाएर राजश्व वृद्धि गरी प्रदेशलाई आर्थिक रुपमा बलियो बनाउने योजना छ । प्रदेश नै आवश्यक नभएको आवाज उठिरहेको अवस्थामा यसलाई बलियो बनाएर जनतालाई त्यसको व्यवहारिक रुपमै प्रत्याभूति गराउने नीति र योजनाहरु प्रतिबद्धतापत्रमा समेटिएको प्रतिबद्धता निर्माण कमिटीका संयोजक एवं एमाले गण्डकी सचिव धनञ्जय दवाडीले बताए । प्रदेशका ५ हजार गरिब तथा असहाय, अल्पसंख्यक र पिछडिएका वर्गका विद्यार्थीलाई प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम दिएर रोजगारीमा जोड्ने एमाले गण्डकीको योजना छ । दवाडीले गण्डकी प्रदेशमा १४ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै उनीहरुको पहिचानसहित परिचयपत्र वितरण गरी राहतका कार्यक्रम ल्याउने बताए । अझै ४ प्रतिशत जनताको घरमा बिजुली नपुगेको भन्दै त्यसलाई पूरा गर्ने उनको दाबी छ । विगतमा नेकपा एमालेको सरकार हुँदा सुरु भएका तर पूरा नभएका योजनालाई पूरा गरी नयाँ भौतिक पूर्वाधार निर्माणको योजनालाई अगाडि बढाउने उनले बताए ।  एमालेका पोलिटब्युरो सदस्य विश्वकर्माले देशलाई समृद्ध बनाएर जनताको जीवनस्तर उकास्न एमालेको बहुमतको सरकार आवश्यक भएको उल्लेख गरे । प्रतिवद्धता पत्रमा नेकपा एमाले गण्डकीले प्रदेशका मुख्य राजमार्ग र स्थानीय सडकको दूरी घटाउन सकिने खण्डमा छोटा दूरीका सुरुङ मार्ग निर्माण गरिने जनाएको छ । यस्तै, एमाले सरकार बनेपछि कोराला र त्रिवेणी नाकालाई व्यवस्थित बनाउन ती नाकामा सहरीकरण गर्ने जोड दिइने प्रतिबद्धता उल्लेख छ । स्वास्थ्यतर्फ प्रदेशमा ५ सय शैय्याको गण्डकी विश्वविद्यालय शिक्षण अस्पताल र मुटु, मृगौला, क्यान्सर उपचारका लागि ५०–५० शैय्याको विशिष्टिकृत अस्पताल बनाउने एमालेको घोषणा छ । नेपाल प्रहरीको प्रादेशिक अस्पताललाई ५० शैय्याको सुविधा सम्पन्न अस्पताल बनाइने पनि प्रतिवद्धता एमाले गण्डकीले लिएको छ । प्राथमिक स्वास्थय केन्द्र तथा प्रादेशिक अस्पतालहरुमा एक–एक हजार डाक्टर, नर्स र जनस्वास्थ्य अधिकृत खटाएर नागरिकलाई नि;शुल्क र गुणस्तरीय स्वास्थ्य सेवा दिइने प्रतिवद्धता पत्रमा उल्लेख छ । शिक्षातर्फ गण्डकी विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान मार्फत सार्वजनिक विद्यालयमा कक्षा ९ बाट सीप विकास तालिम र करियर काउन्सिलिङ व्यवस्था गरिने पनि एमालेको दाबी छ । यस्तै, प्रादेशिक पुस्तकालयको रुपमा गण्डकी प्रदेश पुस्तकालय स्थापना गर्ने घोषणापत्रमा लेखिएको छ । नेकपा एमाले गण्डकीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपसचिव तथा प्रचार विभाग प्रमुख रश्मी आचार्यले गण्डकी प्रदेशमा पर्यटन र कृषिको सम्भावना भएकाले प्रतिवद्धतापत्रमा ती विषयलाई प्राथमिकताका साथ राखिएको बताए । प्रतिबद्धतापत्रमा विगतमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको एमालेको सरकारले गरेको कामहरुलाई पनि समेटिएको छ ।   

  पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विकाश र समृद्धि नै गठबन्धन र आफूहरुको मूल एजेण्डा रहेको बताएका छन् । आइतबार विहान पोखरा १५ मा गठबन्धन दलहरुको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले जनताको विकास र समृद्धिको आकांक्षा पुरा गर्ने कामको थालनी नागरिकको तर्फबाट ४ मंसिरमा हुने धारणा राखे । ‘मुल उद्देश्य भनेकै विकास र समृद्धि हाँसिल गर्ने हो । यो नै गठबन्धन र हामी उम्मेदवारको साझा संकल्प हो । त्यो संकल्पलाई कार्यान्वयनमा लैजाने कामको सुरुवात तपाई आमा बुवा, दाजुभाई दिदिबहिनीले ४ मंसिरमा मतदान मार्फत गर्नुहुनेछ र हामीले त्यसलाई तपाईका प्रतिनिधिको रुपमा हरेक दृष्टिकोणले पुरा गर्न लाग्ने छौं’ उनले भने ।  बरालले पोखरालाई पर्यटकीय राजधानी घोषणा मात्र होइन त्यसका लागि चाहिने पूर्वाधार प्रकृतिमैत्री र यहाँको संस्कृति मैत्री भएर निर्मांण गर्ने प्रतिवद्धता जनाए । सुकुम्बासी समस्याको वास्तविक समाधान, एयरपोर्ट निर्माण गर्दा महत्वपूर्ण योगदान पु¥याएका स्थानीयका समस्या समाधान, कृषि क्षेत्रको समग्र विकास गर्दै यसका पकेट क्षेत्र निर्माण लगायतका महत्वपूर्ण सवालहरुमा आफूले जनताको प्रतिनिधि भएर काम गर्ने उनको भनाई छ ।  उम्मेदवार बरालले असली जनताको प्रतिनिधिका रुपमा आफूलाई देखाएर छाड्ने अठोट व्यक्त गरे । निर्वाचित भएपछि टेलिभिजनमा कहिलेकाहीँ हेर्नुपर्ने र मेरो जनप्रतिनिधिले के गर्र्दैछ भन्नेसम्मको जानकारी मतदातामा नहुने विडम्बनापूर्ण अवस्थालाई आफूले तोड्ने र जनप्रतिनिधिले कसरी काम गर्नसक्छन् । जनताको बीचमा कसरी आइरहन्छन् भन्ने कुरा आफूले उदाहरण प्रस्तुत गर्ने उनले सुनाए । ‘निर्वाचित भएपछि आफ्नो प्रतिनिधिले के गरिरहेको छ भन्ने थाहा नहुने, कहिलेकाँही टेलिभिजनका स्किृनमा देखिने होइन । म जनताको घरदैलोमै रहन्छु र संसदमा यहाँका समस्यालाई मुखरित गर्ने काम गर्छु । जनप्रतिनिधिले यसरी हो काम गर्ने भनेर उदाहारण दिन चाहन्छु,’ उनले भने, ‘मलाई आशा छ तापाइँले मेरो यो चाहना पुरा गर्नुहुनेछ । यहाँले चुनेको प्रतिनिधिले यहाँसंगै रहेर यहाँका अपेक्षा पुरा गर्नेछ ।’ नेकपा माओवादी केन्द्रका नेता एवं कास्की २ (क) मा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले कृषि र पर्यटनका माध्यमबाट पोखरालाई समृद्ध पार्ने बताए । आफूहरु फगत सत्ता प्राप्तिका लागि गठबन्धन गरेर निर्वाचनमा नहोमिएको बताएका उनले विगतमा आफूले विभिन्न ठाउँमा नेतृत्व गर्दा देखाएका सपना पुरा गर्ने प्रतिवद्धता जनाए ।  कार्यक्रमको प्रमुख अतिथि रहेका कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले जनताको जननादेश विर्सेर विचमै संसद र संविधान माथि आक्रमण गर्नेहरुलाई जनताले चिन्नुपर्ने बताए । नेकपा एमाले र त्यसको नेतृत्व प्रति संकेत गर्दै उनले त्यस्ता शक्तिलाई मत दिए पछुताउनुको विकल्प नहुने समेत सुझाए ।  उक्त अवसरमा कांग्रेसको तर्फबाट प्रदेशसभामा समानुपातिक उम्मेदवार बृन्दादेवी राना, नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य राजकाजी गुरुङ, नेपाल समाजवादी पार्टीका गण्डकी अध्यक्ष किरण थापा, राजमोका हरिबहादुरखत्री, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पूर्ण लामा, कांग्रेस क्षेत्र नम्बर २का सभापति केशर निर्दोशी, कांग्रेस युवा नेता दिनेश आचार्य र नेकपा एसका १५का नेता खेमबहादुर पौडेलले गठबन्धन र गठबन्धनका उम्मेदवारले जित्नुपर्नाका कारणका बारेमा बताएका थिए ।   

काठमाडौं : गत असोज १९ गतेको पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर अझैँ खुल्न सकेको छैन । करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका–१ को लुसामा निरन्तर पहिरो खस्दा करिडोर अझैँ खुल्न नसकेको हो ।    उक्त क्षेत्रमा अहिले पनि सुख्खा पहिरो खरिरहेको छ । करिडोर सञ्चालन नहुँदा कालिकोट, बाजुरा, मुगु र हुम्ला दैनिक उपभोग्य सामान ढुवानीमा समस्या आएको छ ।    “निरन्तरको पहिरोका कारण सडक सञ्चालन गर्न सकिएको छैन”, निशान्त निर्माण सेवा कम्पनीका प्रोपाइटर प्रमुख अनन्त बरालले भन्नुभयो, “स्काइभेटर पहिरो खसेको स्थलमा छन् तर काम गर्न सकिएको छैन ।”   पहिरो पन्छाउन नसकिए वैकल्पिक उपाय खोज्नुको विकल्प नभएको उहाँको भनाइ छ । उहाँले पहिरो खसिरहेको ठाउँमा तारजाली हालेर रोक्नुपर्ने बताउनुभयो ।    “हावा चल्दा पनि पहिरो खसेकाले ज्यान जोखिममा राखेर माटो पन्छ्याउन सकिएको छैन”, हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख बीरेन्द्र यादवले भन्नुभयो, “पहिरो रोकिएपछि काम सुरु गर्नका लागि मेसिनसहित जनशक्ति तयारी अवस्थामा छन् ।”   कालिकोटको खुलालुदेखि हुम्लासम्मको सडकखण्ड अवरुद्ध हुँदा कालिकोट, बाजुरा, मुगु र हुम्लामा खाद्यान्न अभाव हुँदै गएको कालिकोट रास्कोट नगरपालिका(५ स्युनाका रजबहादुर शाहीले बताउनुभयो ।   कर्णाली करिडोरअन्तर्गत कालिकोट जिल्लामा ४० किलोमिटर सडकखण्ड, बाजुरामा जिल्लामा ४३ किलोमिटर र हुम्ला जिल्लामा एक सय १३ किलोमिटर छ । 

काठमाडौं : आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आठवटा दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको छ ।   निर्वाचन आयोगले मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्री ढुवानी गरिरहेको छ । निर्वाचनका लागि ५७ प्रकारका सबै सामग्री आयोगबाट नियमित ढुवानी भइरहेको छ । यसक्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिम प्रदेशको बाजुरामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।   यीबाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन केही सामग्री पठाइसकिएको आयोगले जनाएको छ । यद्यपि ती जिल्लामा  सबै सामग्री ढुवानी हुन बाँकी रहेको छ ।

बझाङ : बझाङ जिल्लाको लेखगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज विहान ९ः२६ बजे उक्त स्थानलाई केन्द्रविन्दु भएर चार दशमलव छ रेक्टरस्केलको भूकम्प गएको हो ।   उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।

नवलपुर : पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेका पहिचान खुलेको छ ।    ३५ तीर्थयात्री रहेको ना६ख ७५८० नम्बरको सो बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा सडकबाट करिब एक सय ५० मिटर तल खस्दा आज विहान दुर्घटनामा परेको थियो । घटनास्थलमै पाँच जनाको मृत्युु भएको  ३० घाइते भएका इलाका प्रहरी कार्यालय बुलिङ्टारले जनाएको छ  ।   जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–१ का तारा विक, विनय विक, धनी विक, देवी गाहा र स्याङ्जा गल्याङ नगरपालिका–९ बेलचौरकी फूलमाया माझी छन् ।   त्यसैगरी दुर्घटनामा घाइते हुनेमा बसचालक पाल्पा रामपुर नगरपालिका–३ गण्डकी ढिक बस्ने दिलकुमार श्रेष्ठ, बस सहचालक रामपुर–४ बेझाड बस्ने साजन श्रेष्ठ, रम्भा – १ का  अङ्कित सुनार, कृष्ण केवट, प्रवीण सुनार, रामबहादुर विक, रीता विक, कासीराम विक, विशाल विक, आइसा विक, अविनाश विक, पुष्पा विक, मेघनाथ विक छन् ।   त्यसैगरी स्याङजा  बेलचौर नगरपालिका–९ की दिलमाया राना, रविन राना, पाल्पा झडेवाकी सुमित्रा विक, रम्भा गाउँपालिका–१ की रिमा विक, सन्जु सुनार, प्रेमबहादुर सुनार, आषिश सुनार, विजय विक, माया विक, स्याङ्जा गल्याङ–८ का मनोजकुमार विक, सरिता माझी, उमाकुमारी विक, रामु राना, रम्भा –१ की अस्मिता सुनार, ओमबहादुर विक, सेती विक र शिवकुमारी विक रहेका प्रहरीले जनाएको छ ।   घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र सबै घाइतेको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।

बागलुङ : फुर्सद झिकेर घुमघाममा निस्केका ३० जना पोखरेलीले  बागलुङलाई गन्तव्य बनाए । छोटो दूरीको यात्राका लागि उनीहरूले बागलुङ रोजेका थिए । सुरुमा प्रसिद्ध कालिका भगवतीको दर्शन गरे । दोस्रो रोजाइमा भने ‘गण्डकी गोल्डेन ब्रिज’लाई पारे ।   पाँच सय ६७ मिटर लामो उक्त झोलुङ्गे पुलले बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्छ । पछिल्लो समय बागलुङ भित्रने जो–कोहीलाई सो पुलले लोभ्याउने गर्छ । मानिसहरू रुचिपूर्वक पुल हेर्न पुग्छन् ।    धेरैले तरेरै रमाइलो लिन्छन् । नसक्नेले चाहिँ हेरेरै चित्त बुझाउँछन् । पुल तर्दा हलुका डर लागे पनि रोमाञ्चक अनुभव भएको यात्रामा सहभागी रेश्मा ढुङ्गाना बरालले बताउनुभयो । पुल छेउछाउको दृश्यले पनि आकर्षित गरेको उहाँको भनाइ छ ।   पवित्र कालीगण्डकी नदीमाथि बनेको उक्त पुलबाट देखिने प्राकृतिक सौन्दर्य पनि मनमोहक छ । ‘सिङ्गल स्पाम’तर्फ देशकै लामो सो झोलुङ्गे पुल एक सय ६५ मिटर अग्लो छ । पर्वतको फलेबासदेखि आएका किशोरीहरू पनि मध्याह्नपख पुलमा रमाइरहेका देखिन्थे ।    तस्वीर लिन र ‘टिकटिक’ बनाउन तँछाडमछाड थियो । नाम बताउन नचाहने पनि उनीहरूले यति लामो झोलुङ्गे पुल पहिलोपटक तरेको सुनाए । चाडबाडको बिदा पारेर घुम्न निस्केको उनीहरूको भनाइ थियो । बागलुङ–१ का वडाध्यक्ष जयबहादुर केसीले बिदा पर्दा पुलमा दैनिक सयौँ पर्यटकको भीड लाग्ने गरेको बताउनुभयो ।    “कालिका भगवतीको दर्शन गर्न आउने अधिकांश पुल पनि हेर्न आइपुग्छन्, पोखरालगायत ठूला सहर र बाहिरी जिल्लाबाट पनि पर्यटक आउन थालेका छन्”, उहाँले भन्नुभयो, “पुल आसपासमा सौन्दर्यीकरण गर्ने र अरु पूर्वाधार थप्न सके अझ धेरै पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।”   छेउमै रहेको सहिद उद्यानले केही मात्रामा भए पनि पुलको आकर्षण बढाएको उहाँको भनाइ छ । पुल बनेपछि सर्वसाधारणको आउजाउ सहज हुनुका साथै पर्यटकीय गतिविधि बढेको हो । स–साना रेष्टुराँ, खाजाघर खोलेर स्थानीयवासी आयआर्जनमा जोडिएका छन् । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले पुल बनेपछि बागलुङले नयाँ गन्तव्यस्थल पाएको बताउनुभयो ।   “लामो पुलले नयाँ पर्यटकीय आकर्षण थपेको छ, बाहिरबाट पर्यटक पनि आइरहेका छन्”, उहाँले भन्नुभयो, “पहिले रातिको समयमा पुलमा झिलीमिली बत्ती बल्थ्यो, अहिले त्यो नहुँदा सौन्दर्य केही घटेजस्तो भएको छ ।”    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभाग, सस्पेन्सन ब्रिज डिभिजन कार्यालयमार्फत रु १२ करोड २२ लाखको लागतमा उक्त पुल बनेको हो । अध्यक्ष चोखालले आन्तरिक पर्यटक बागलुङ आउने दिनभर घुम्ने र साँझ फर्कने गरेको स्थितिलाई फेर्नुपर्ने धारणा राख्नुभयो ।   “बागलुङ पनि एउटा पर्यटकीय गन्तव्य हो भन्ने विस्तारै स्थापित त हुँदैछ तर पर्यटकलाई एक–दुई रात बास बसाउने गरी घुमघामको प्याकेज दिन आवश्यक छ”, अध्यक्ष चोखालले भन्नुभयो, “पर्यटन व्यवसायीलगायत सरोकारवाला बसेर पर्यटन प्रवद्र्धनको योजना बनाउनुपर्छ, पर्यटनमा हाम्रो भविष्य छ ।”   उहाँले पर्यटक भित्र्याउन सजिलो नभएको भन्दै पूर्वाधार र प्रवद्र्धनको कमी रहेको उल्लेख गर्नुभयो । अहिलेसम्म बागलुङको पर्यटन गुरुयोजनासमेत बन्न सकेको छैन । छोटो समय लिएर बागलुङ आउने पर्यटकले कालिका भगवती मन्दिर, लामो झोलुङ्गे पुल, पञ्चकोट, शालिग्राम सङ्ग्रहालय आदि घुमेर यात्रालाई बिट मार्छन् ।