पोखरा । कास्की क्षेत्र नं. १ (ख) मा नेकपा एमालेले आगामी मंसिर ४ गते हुने चुनाव केन्द्रित रहेर प्रचारप्रसारलाई तिव्र पारेको छ । सो क्षेत्रबाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार बेदबहादुर गुरूङ (श्याम) र प्रदेशतर्फ समानुपातिक उम्मेदवार नन्दकला नेपालीसहित एमाले नेता, कार्यकर्ता तथा एमाले निकट स्थानिय नागरिक स्वस्फूर्त रुपमा सहभागी भई नेकपा एमालेलाई जिताउनको लागि प्रचारप्रसारको कामलाईृ तिव्रता दिएका हुन् । सोमवार पोखरा १२ मा घरदैलो कार्यक्रम गर्दै उम्मेदवारद्धयले कृषि, स्वास्थ्य, शिक्षा, विकास निर्माण तथा शान्ति सुरक्षा कायम गर्नमा एमाले पार्टी सधैं अग्रस्थानमा रहेको स्मरण गराउँदै प्रदेश तथा वडामा भएका विकासका कामहरु एमालकोे नेतृत्वमा भएको बताए । साथै, एमालेको सरकार रहदा प्रकृयामा रहेका कामहरु पूरा गरेर गठबन्धन सरकारले आफूले जस लिन खोजेको उनीहरुको आरोप छ । वडा नम्वर १२ का स्थानियले दीपावलीको खुसीयाली जस्तै एमाले पार्टीलाई बुहुमतले जिताएर पाँच वर्षसम्म नै खुसीयाली मनाउने विश्वास व्यक्त गरे ।
पोखरा । नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्य कास्की निर्वाचन क्षेत्र न २ (१) का प्रत्यासी उम्मेदवार भिमबहादुर कार्कीले पोखरा महानगरपालिका वडा न ३३ भरतपोखरीको एकीकृत विकासको योजना रहेको बताएका छन् । भरतपोखरीका जनताले महानगरबासी भएको अनुभुति हुने गरी काम गर्ने भन्दै कार्कीले सोही योजना अनुसार एमाले नेतृत्वको प्रदेश सरकारले अघि सारेको क्रिकेट रंगशाला र औद्योगिक ग्राम निर्माणको अवधारणा अघि सारेको र वर्तमान गठबन्धन सरकारका कारण अलपत्र पारिए पनि अब सो काम पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाए । भरतपोखरी विकास मञ्चले आयोजना गरेको तिहार विशेष नृत्य प्रतियोगितामा साथै सो क्षेत्रका बासिन्दाहरुसँग भेटघाट गर्दै ती योजनासँगै सो वडाका आधा दर्जन बढि बाटोहरूका बजेट वर्तमान सरकारले कटौती गरेको बताउँदै तिनीहरु पनि अवको एमाले नेतृत्वको सरकारले पुरा गर्ने प्रतिवद्धता जनाए । सो वडाका महत्वपुर्ण स्थानमा सेति नदि माथि थप मोटरेबल पुलहरू निर्माण गरी अन्तर्राष्ट्रिय विमानस्थलको दुरि छोट्याउने काम गर्ने र उक्त कार्य पर्यटकीय विकासमा महत्वपूर्ण कोषेढुङ्गा सावित हुने उनको भनाई छ । उम्मेदवार कार्कीले उक्त वडामा एक सुविधा सम्पन्न अस्पताल निर्माण गरी जनताले स्वास्थ्य सेवा प्राप्त गर्ने गरी काम गर्ने बताए ।
ढोरपाटन : सोमबार साँझपख बागलुङ बजारको हल्लनचोकमा ठूलो भीड थियो । त्यो भीडमा कोही नाचिरहेका थिए । कोही बाजा बजाइरहेका थिए । त्यो दृश्य देख्दा लाग्थ्यो कि यहाँ कसैको विवाह भइरहेको छ । तर त्यो थिएन । यस भीडमा पोखरा महानगरपालिका–२६ देखि आएका मगर नौमती बाजा समूहले बागलुङे युवालाई नचाइरहेको थियो । बाजा बजाउनेमा अधिकांश महिला थिए । सनाइँ, कर्नाल र बिकुल बजाउने भने पुरुष थिए । उनीहरुले पञ्चेबाजा पोसाकमा सजिएर देउसीभैलोसमेत खेलेका थिए । पोखरा अघौँचोकबाट आएका मगर बाजा समूहको उद्देश्य भैलो खेलेर आर्थिक सङ्कलन गर्नेभन्दा पनि लोप हुँदै गएको नौमती पञ्चेबाजाको संरक्षण र प्रचारप्रसार गर्नु थियो । नौमतीबाजासहित देउसीभैलो खेल्दै बागलुङ आएका उनीहरुले मौलिक गीतलाई जोड दिएका थिए । मौलिक कला, संस्कृतिको संरक्षणमा जुटेको यो समूहले प्रचार कार्डहरु पनि दर्शकहरुलाई बाँडिरहेको थियो । बजारमा यमपञ्चक सुरु भएदेखि देउसीभैलो खेल्ने टोली धेरै थियो तर उनीहरुको भन्दा नौमती बाजा समूहको प्रस्तुति बिल्कुलै फरक थियो । जसमा मौलिकता झल्किन्थ्यो । मगर बाजा समूहकी सचिव रोजी पुन मगरले नौमतीबाजा हराउँदै गएपछि देउसीभैलोसँगै बाजालाई जोड्न थालेको बताउनुभयो । उहाँले पछिल्लो समय बाजा बजाउने प्रचलन घट्दै गएको र आफूहरु सङ्गठित भएर यसको संरक्षणमा लागेको बताउनुभयो । पुनले पहिले–पहिले दलित समुदायले बाजा बजाउने गरे पनि पछिपछि मगर समुदायमा पनि यो प्रचलन आएको बताउनुहुन्छ । “बाजा बजाउनु कला हो, सीप हो, दलितले मात्रै बजाउनुपर्छ भन्ने छैन, जसको हातमा सीप छ उसैले बजाउने हो, पहिला दलित समुदायका दाइभाइहरुले बजाउनु हुन्थ्यो, पछि गएर हामी मगरहरुले पनि बजाउन जान्यौँ, पहिले पुरुषहरुले मात्रै बजाउनुहुन्थ्यो भने अहिले महिलाहरुले पनि बजाउँछौँ”, पुनले भन्नुभयो, “हामी यहाँ आएको देख्दा धेरैलाई पैसा उठाउन आएका हुन् भन्ने लागेको होला, हामी त्यो नभएर, नौमती बाजा संरक्षणका लागि प्रचारप्रसार गर्ने उद्देश्यले आएका छौँ, तिहारको बेला भएको हुँदा देउसीभैलो खेल्ने त स्वाभाविक नै भयो ।” उहाँले पहिले–पहिले विवाह, छैटी, भातखुवाइ र ठूला सभासमारोहमा बाजा बजाउने प्रचलन भए पनि पछिल्लो समय कम हुँदै गएको बताउनुभयो । बाजा निश्चित समुदायले बजाउने गर्दै आएकामा उनीहरुले अहिले चासो देखाउन छोडेपछि नौमती बाजा सङ्कटमा पर्दै गएको पुनको भनाइ छ । उहाँले बाजा बजाउन जान्ने जुन समुदायको मानिसले पनि बजाउन सक्ने भन्दै आफूहरु यसको संरक्षणमा जुटेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीहरुले सुरुमा बाजा बजाउँदा धेरैले नराम्रो सोच्नु भयो तर अहिले राम्रो मान्नुहुन्छ, जे काम पनि सीप भएकाले गर्ने हो, काम जान्यो भने जुन काम पनि गर्दा हुन्छ, कसैको निधारमा लेखेको हुँदैन, तैँले यो काम गरे भनेर, काम त जान्नेले गर्ने हो, पहिले दलित समुदायले बजाउनुहुन्थ्यो, अहिले उहाँहरुले बजाउन छोड्दै जानुभयो, हामीहरुले चासो दियौँ बजाउन थाल्यौँ, केही समस्या छैन, अहिले धेरै ठाउँबाट बाजा बजाउने माग आउँछ ।” उक्त समूहमा ढोलकी बजाउने नरबहादुर पुनले पञ्चेबाजाको आफ्नै प्रकारको शैली र महत्व भए पनि पछिल्लो पुस्ता आधुनिकतातिर केन्द्रित हुन थालेपछि सङ्कटमा पर्दै गएको गुनासो गर्नुभयो । पञ्चेबाजाप्रति पछिल्लो पिँढीलाई जिम्मेवार बनाउन आफूहरु लागिरहेको उहाँको भनाइ छ । पुनले नयाँलाई सिकाउनकै लागि आफू पोखरादेखि बागलुङसम्म आएको बताउनुहुन्छ । “मैले पहिलेदेखि नै बाजा बजाउन जानेको थिएँ, बजाएँ पनि, अहिलेका युवा पुस्तामा सिक्ने भन्ने ध्यान छैन, खाली विदेशी गाना गाउने मात्रै गर्छन्, अहिले हाम्रा ठिटाहरुले निकै चासो दिए, यिनीहरुसँगै साना केटाकेटीहरुलाई पनि सिकाउनुपर्छ भनेर म बुढो पनि यहाँसम्म बजाउँदै आएको छु”, उहाँ भन्नुहुन्छ, “कसैले पनि नराम्रो नमान्दिनु होला, यो त संस्कृति हो, बचाउनु पर्छ ।” पश्चिमा संस्कृतिको प्रभावले लोप हुने अवस्थामा पुगेको मौलिक नौमतीबाजा जोगाउन युवाहरुलाई आफूले नै सक्रिय बनाएको पुन बताउनुहुन्छ । पहिले गाउँमा बाजा बजाउने समूह नै नपुगेको भन्दै अहिले सिक्दै गरेका नयाँ युवाहरुले गर्दा बजाउन हिँड्न थालेको पुनको भनाइ छ । “अहिले नयाँ युवा केटाहरुले गर्दा टिम पुगेको छ, पहिले त टिमै पुग्दैनथ्यो, अहिले छोरी बुहारीहरुले पनि बजाउन सिके, अब यिनीहरुले छोडेनन् भने केही वर्ष बजाउन सक्नेछौँ”, पुनले भन्नुभयो । नौमती मगर बाजा समूहका अध्यक्ष जीवन पुन मगरले देउसीभैलोसँगै बाजा संरक्षणको प्रचाप्रसारका लागि बागलुङसम्म आएको बताउनुभयो । बागलुङ पनि पञ्चेबाजामा प्रख्यात जिल्ला भएको हुँदा अरू ठाउँमा पनि अझै बाजा बजाउने प्रचलन रैछ भन्ने सन्देश दिन आएको उहाँको भनाइ छ । पुन मगर भन्नुहुन्छ, “बागलुङमा दलित समुदायका दाइभाइहरुले अहिले पनि बाजा बजाउँदै आउनुभएको छ, तर हाम्रोतिर कम भएको छ, यो जिल्ला निकै चर्चित छ, पञ्चेबाजामा त्यही भएर हामीहरु अरू ठाउँमा पनि अझै बाजा बजाउने प्रचलन रैछ है भन्ने सन्देश छोडौँ र हाम्रो प्रचार गरौँ भनेर आएका हौँ ।” उहाँले आफूहरुले अग्रजबाट सीप सिकेको भन्दै अनुजलाई पनि सिकाइरहेको बताउनुभयो । पुनले बाजा बजाउने प्रचलन दिनप्रति दिन घट्दै जान थालेपछि आफूहरुले गाउँमा सङ्गठन बनाएरै संरक्षणमा जुटेको बताउनुहुन्छ । अहिले पुनः बाजा बजाउने प्रचलन बढ्न थालेको उहाँको भनाइ छ । “करिब पाँच वर्ष जति त बाजा बजाउने प्रचलन निकै कम भएको थियो, हामी युवाहरु एक पटक गज्जबले कस्सियौँ, त्यसपछि बाजा बजाउन सिक्यौँ, बाजाहरु किन्यौँ, बजाउन थाल्यौँ, अहिले फेरि लयमा फर्किन थालेको छ”, उहाँभन्नुहन्छ, “अहिले बाजा बजाउनका लागि धेरै ठाउँबाट माग आउँछ, हामीहरु सक्ने जति ठाउँ पुग्ने गरेका छौँ, यसले हामीलाई स्वरोजगरा पनि बनाएको छ ।”
दाङ : घोराही–१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गए राति विद्युत् चुहावट हुँदा आगलागी भएको छ । न्यू दाजुभाइ फर्निचर , दाजुभाइ फर्निचर र स्टार दाजुभाइ फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । लहरै सँगै रहेका तीन फर्निचरमा एउटाबाट अर्कोमा आगो सल्किएको बताइएको छ । तीनजना दाजुभाइले सञ्चालन गरेको फर्निचर उद्योगमा सबै जलेर खरानी भएको छ । बिहान करिब १ बजे लागेको आगो बिहान ७ बजे नियन्त्रणमा आएको छ । घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेश पाण्डेले घोराहीको, तुलसीपुर र लमहीको दमकलले आगो नियन्त्रण ल्याएको जानकारी दिनुभयो । महेश शर्माको फर्निचर उद्योगबाट बिहान पौने १ बजे लक्ष्मी पूजाको झिलिमिली विद्युत् चुहावट भई आगलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय टोलवासीले आगो नियन्त्रणमा ल्याउन सहयोग गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिनुभयो । घटना विवरणसहित क्षतिको विवरण सङ्कलन कार्य भइरहेको उहाँले बताउनुभयो । आगलागीबाट प्रारम्भिक रुपमा करिब १० करोडको क्षति भएको अनुमान गरिएको छ । लक्ष्मी पूजा सकिएपछि सबै सुतेको समयमा एक्कासि आगो लागेको देखियो, कोठाभरि समान थिए बाहिर निकाल्न नपाउँदै सबै आगोले खरानी भयो । कामदारको पारिश्रमिक र छोराको फी तिर्न आफूसँग कोठामा राखेको नगद ७५ लाख र गल्ला बक्समा रहेको नगद पाँच लाखसहित सबै फर्निचर जलेको फर्निचर सञ्चालक रुपनारायण शर्माले बताउनुभयो ।
काठमाडौं : नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना ९नयाँ वर्षको शुभकामना० जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् । भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोही अनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलनअनुसार आजै म्हपूजा गनुपर्ने तलेजुका मूल आचाजु सिद्धिवीर कर्माचार्यले बताउनुभयो । म्हपूजाको अर्थ हो शरीर पूजा । तिहारको चौथो अर्थात् कार्तिक शुक्ल प्रतिपदाको राति नेवार समुदायले आ–आफ्नो शरीर पूजा गर्दै म्हपूजा पर्व मनाउने गर्दछन् । यस दिन अन्धकारको नाश गरी ज्ञानको ज्योति फैलियोस् भनेर आफ्नो आत्मालाई चिनेर सारा ब्रम्हाण्ड चिन्नका निम्ति म्हपूजा गरिन्छ । म्हपूजाको दिन नेवारहरु बिहानै उठेर घरमा सफासुग्घर गरी नुहाइधुवाइ गरी चोखो लुगा लगाई विभिन्न पकवानहरु पकाएर बेलुका आफ्नो आत्माको प्रतीक मण्डला बनाई पूजा गर्छन् । म्हपूजा गर्न सुरुमा रातो माटोले लिप्छ । लिपिसकेपछि चोखो पानी छर्केर पानीको मण्डला बनाइन्छ । त्यसपछि तेलको मण्डला बनाइन्छ । त्यसको माथि चामलको पीठोबाट व्यक्तिको प्रतीक मण्डला तयार गरी त्यसमा पञ्चरङ्गिन बनाइन्छ । त्यसपछि मण्डलाको बीच भाग र चार कुनामा कालो काँचो भटमास, आख्य ९धानको बोक्रा निकालेर तयार गरेको कालो चामल० राखिन्छ । त्यसको माथि खेलुइता (टुप्पीदेखि चिउँदोसम्मको नापमा बनाइएको मलमल कपडा)को बत्ती राखिन्छ । घरका सदस्यहरु क्रमशः घरको मूलीदेखि लस्करै मण्डला अगाडि पारेर बस्छन् । घरको मूलीमाथि गणेश भगवान्को मण्डला तयार गरिन्छ । मण्डलामा बिमिरो, भोगटे, सुन्तला, केरा, अम्बा, ओखर, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, वयर लगायतका फलफूल सजाइन्छ । त्यसको माथि कोखा (काँचो धागोमा पञ्चरङ्गीन कपडाको टुक्रा राखेर बनाएको माला), सयपत्री फूलको माला र सयपत्री तथा गोडावरी फूल राख्छ । म्हपुजा गर्दा पहिले सुकुन्डा बालेर चामलको पीठोबाट बनाइएको गणेश पूजा गरी सुरु गरिन्छ । यो पूजा घरको नकीं ९मूली महिला०ले गर्ने परम्परा छ । यो पूजा गर्दा प्रत्येकलाई देवीदेवतालाई जस्तै विधिवत् रुपमा पूजा गरी खेलुइता बालेर शरीरको तीन अङ्ग घुँडा, कुम र टाउकामा तीनवटा मुटुमारी (चामलको रोटी), पञ्चरङ्गी फूलका टुक्रा, अमला, ओखर, ताय, जुङ्गेधान, आख्य आदि राखेर तीन पटकसम्म टाउकामा ढोगाएर मण्डलामा जाने गरी कुले (काठको पाठी)ले खन्याई म्हपूजा गरिन्छ । म्हपूजा गर्दा खेलइता निभाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ । पूजा सकिएपछि क्रमशः बिमिरो, कोखा, पूmलको माला र सयपत्री फूलसहितको फलफूल हातमा दिएर कोखा र फूलको माला लगाई टाउको फूल राखिन्छ । त्यसपछि खेलुइता ननिभेकै बेला नकींले तलदेखि लक्ष्मी पूजाको दिन ढुकुटीमा पूजा गरेको नयाँ कुचोले बढारेर माथि गणेशलाई पूजा गरेको ठाउँमा जम्मा गरिन्छ । रातभरि त्यतिकै छोडेर भोलिपल्ट बिहानै खोलामा विसर्जन गर्ने परम्परा छ । म्हपूजा सकेपछि आ–आफ्नो स्थानमै बसेर घरको नकीबाट खेःसगं (अण्डा सगुन) दिन्छ । खेःसगं दिँदा अण्डा, माछा, बारा र मदिरा दिन्छ । यसरी खेःसगं लिइसकेपछि विभिन्न पकवानहरु राखेर भोज खाने प्रचलन छ । भोज खाइसकेपछि सलादका रुपमा गणेशलाई चढाएको बिमिरो काटेर भोज समापन गरिन्छ । म्हपूजा आफू र आफ्नो आत्म पहिचान गरी सारा संसारलाई पहिचान गरेर ज्ञानको ज्योति फैलाउने कामनासहित गरिन्छ । यसका साथै शरीरमा लागेको पाप र रोग आदि सबै नाश होस्, आयु लामो होस् भन्ने कामनाका साथ पनि गरिन्छ । म्हपूजा बलिराजालाई साक्षी राखेर गर्छ भन्ने लोकमान्यता छ । इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तम लोचन श्रेष्ठले आफूलाई चिनेर सारा संसारलाई चिन्नका लागि म नै भगवान्, म नै ब्रम्हाण्ड, मैले सारा जगत्को कल्याण गर्न सक्छु । संसारमा ज्ञानको ज्योति फैलाउन सक्छु भनेर आफू र आफ्नो आत्मालाई गरिने ज्ञानको प्रतीक पूजा नै म्हपूजा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “म्हपूजा पूजा यमपञ्चकको चौथो दिनमा गरिन्छ । त्यसको अघिल्लो दिन अर्थात् आँैसीको दिन लक्ष्मी पूजा । जुन दिन कोजाग्रत पूर्णिमादेखि औँसीसम्म गरिने १६ लक्ष्मीको पूजा सम्पन्न गरिन्छ । यही सम्पन्नताको प्रतीकस्वरुप गरिने पूजा नै म्हपूजा हो ।” प्राडा श्रेष्ठले भन्नुभयो, “म्हपूजा नेवार समुदायको प्राचीन पर्व हो । नेपाल मण्डलका नेवार समुदायले प्राचीन समयदेखि यसलाई मौलिक पर्वका रुपमा यसलाई मनाउँदै आएको छन । यो पर्वमा अन्धकारलाई नाश गरेर बत्ती बालेर आफू र आफ्नो आत्मालाई मात्र नभएर सम्पन्नताको प्रतीक दैनिक जीवनमा प्रयोग हुने कुचो, नाङ्गलो, गाग्री, करुवा, सिलौटा र चुलोलगायत पूजा गरी म्हपूजा पर्व मनाइन्छ ।” यसै दिन पारेर नेवारले नयाँ संवत्समेत मनाउँछन् । म्हपूजाको दिन नेपाल संवत् सुरु हुन्छ । वर्षभरि कृषि कर्म गर्नुपर्ने भएकाले नेवार समुदायले वर्षको पहिलो दिन वर्षभरि शरीरमा कुनै रोगव्याधले नसताओस् र शरीर सधैँ तन्दुरुष्ट होस् भन्ने कामनाले पनि म्हपूजा गर्ने प्रचलन सुरु भएको अर्का संस्कृतिकर्मी ओम धौभडेल बताउँछन् । म्हपूजा कहिलेदेखि सुरु भएको, कसले चलाएको भन्नेबारे यकिन प्रमाण त छैन तर यो पर्व नेवार समुदायले लिच्छवीकालदेखि नै मनाउँदै आइरहेको धौभडेल बताउँछन् । म्हपूजाको दिन शङ्खधर साख्वाले तत्कालीन नेपालका सबै जनताको ऋण चुक्ता गरी ऋणबाट मुक्त गराएको आख्यानसमेत रहेको छ । शङ्खधरले सबैको ऋण चुक्ता गरेको स्मरणमा नेपाल संवत् सुरु भएको कथन पाइन्छ । कथनअनुसार एक दिन भक्तपुरका राजा आनन्द मल्ललाई एकजना प्रख्यात ज्योतिषीले शास्त्र हेरी शुभ मुहूर्तमा विष्णुमती र भद्रमतीका बीचमा रहेको चखुंतीर्थबाट ल्याएको बालुवा सुनमा परिणत हुने बिन्ती चढाउँछ । सोही अनुसार चारजना भरियालाई राजा आनन्द देवले गोप्य रुपमा चखुंतीर्थमा बालुवा लिन पठाउँछ । ती भरियाहरु बालुवा लिएर गइरहेको कान्तिपुरका चलाख व्यापारी शङ्खधर साख्वाले देखे र भक्तपुरदेखि यहाँसम्म बालुवा लिन आउनाका कारण खोज्न थाले । उहाँले बालुवामा केही रहस्य भएको शङ्का गरी ती भरियाहरुलाई लोभमा पारेर थप ज्याला दिई बालुवाका भारीहरु आफ्नो घरमा खन्याउन लगाई भक्तपुरका राजाका निम्ति अर्को बालुवा लिन पठाएँ । भोलिपल्ट बालुवा सुनमा परिणत भएको पाएपछि शङ्खधरले कान्तिपुरका राजा जयदेवसँग अनुमति लिएर सो सुनबाट दुनियाँको ऋण चुक्ता गरी आफ्नो नाउँबाट नयाँ संवत् चलाएको मान्यता रहेको छ ।
पोखरा । कास्की निर्वाचन क्षेत्र नम्वर ३ (क) मा नेकपा एमालेको तर्फबाट प्रदेश सभा उम्मेदवार गणेशमान गुरूङले २०६२/६३ को जनआन्दोलनबाट जनताले ल्याएको संस्थागत क्रान्तिलाई रक्षा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । गुरूङले जनताले रगत बगाएर ल्याएको अधिकारसँगै संघीयतालाई मजबुत र बलियो बनाउनका लागि एमालेको सरकार हुनुको विकल्प नभएको बताए । सम्वन्धित क्षेत्र माछापुच्छ्रे गाउँपालिकाका ९ वटा वडा र पोखरा महानगरका ६ वटा वडामा मंसिर ४ गते हुने निर्वाचन केन्द्रित एमाले वडा कमिटिको विस्तारित बैठकमा उनले आफ्नो राष्ट्र र राष्ट्रियता बचाउन तथा समग्र देशको विकासका लागि यो पटकको निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई सुर्य ध्वजाबाहक चिन्हमा मतदान गर्न स्थानियलाई जागरुक बनाउनका लागि एमाले नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले गणतन्त्र आएपछि काठमाण्डौं केन्द्रित सिंहदरवार गाउँ आएपनि जनताले त्यो सुविधा र सहजता आभाष गर्न नपाएको भन्दै स्थानिय स्तरमा सिंहदरवार आएको महसुस गराउनका लागि प्रदेश सरकारले पाउनुपर्नै अधिकारका लागि आफु र आफ्नो पाटी लागिपर्ने बताए । वडाका विस्तारित वैठकमा कास्की क्षेत्र नम्वर ३ बाट एमालेका प्रतिनिधिसभा उम्मेदवार दामोदर पौडेल वैरागी, ३ (क) का प्रदेश सभा उम्मेदवार गणेशमान गुरूङ, पार्टीका केन्द्रदेखि जिल्ला र वडा तहका नेताहरूको उपस्थिति रहेको थियो । वडाका विस्तारित वैठकमा प्रत्येक वडामा एमाले वडा कमिटिका वडा अध्यक्षको संयोजकत्वमा युवा परिचालन, महिला परिचालन, आर्थिक सङकलन, वृद्धवृद्धा परिचालन, अनुगमन लगायतका उपसमितिहरू गठन गरिएका छन् । यसैविच एमालेको चुनाव प्रचार कार्यक्रम अन्तर्गत दलित मुक्ति मोर्चाको क्षेत्रिय स्तरको भेला पोखरा २५ हेमजामा सम्पन्न भएको छ ।
पोखरा : ड्याम साइड क्लवको आयोजनामा तिहार विशेष साँस्कृतिक साँझ-२०७९ सम्पन्न भएको छ । पोखरा -१७ स्थित कल्बले आइतबार ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रर्वद्धनमा टेवा पु¥याऔं’ भन्ने नाराका साथ नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो । साँझ ९ बजेसम्म सञ्चालन भएको कार्यक्रममा गायक कर्णदास, हाँस्य कलाकार सुमन कार्की, पोखरेली उदयमान कलाकार सौगात गुरुङ, ब्लु डायमण्ड सोसाइटी तथा लोक नृत्य कलाकार संघका कलाकारहरुको बेजोड प्रस्तुतीमा दर्शकहरु झुमेका थिए । २०५९ सालमा स्थापना भएको क्लवले विद्यालयमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुलाई निःशुल्क फुटबलसम्बन्धी प्रशिक्षण दिनुका साथै फुटबललाई केन्द्रमा राखेर विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको क्लवका अध्यक्ष अध्यक्ष प्रताप गुरुङले बताए । पत्रकार श्रेष्ठ ड्यामसाइड बर्ष पुरस्कार-२०७९ द्वारा सम्मानित पत्रकार दीपेन्द्र श्रेष्ठ ड्यामसाइड बर्ष पुरस्कार– २०७९ द्वारा सम्मानित भएका छन् । ड्यामसाइड क्लव पोखरा– १७ ले नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष तथा एभरेस्ट आवाज डटकमका सम्पादक एवं एभरेस्ट एफएमका कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठलार्ई पत्रकारिताको माध्यमबाट सामाजिक उत्तरदायित्व वहन गर्दै सत्यतथ्य समाचार सम्प्रेषण गरी विभिन्न कालखण्डमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । आइतबार साँझ क्लवले तिहारको अवसरमा आयोजना गरेको तिहार विशेष साँस्कृतिक साँझका अवसरमा पत्रकार श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथी पोखरा–१७ का वडाध्यक्ष राधिका कुमारी शाही योगी, क्लवका अध्यक्ष प्रताप गुरुङ, कार्यक्रम संयोजक एवं पूर्व अध्यक्ष केशवराज बराल र क्लवका महासचिव राकेश श्रेष्ठले नगद रु १५ हजार ५५५ सहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेका हुन् । यसअघि सो सम्मानबाट पर्यटनविज्ञ हरिध्वज तुलाचन सम्मानित भइसकेका छन् ।
पोखरा । पोखरा फोटोग्राफर संघद्वारा नेपालीहरुको दोस्रो ठ्रलो चाड तिहार को अवसर मा देउसी भैलो साथै शुभकामना आदान प्रदान गरी सम्पन्न गरेको छ । पोखरा फोटोग्राफर संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष जयन्द्र कुमार राजभण्डारीको प्रमुख आतिथ्यमा सुसम्पन्न भएको कार्यक्रममा संघका उपाध्यक्ष भक्त तामाङ ले स्वागत मन्तव्य राखेका थिए । प्रमुख अतिथि भण्डारी ले फोटोग्राफी ब्यवसायको हक र हितका लागी स्थापनागरिएको यस संस्थाले बिभिन्न सामाजिक कार्यहरु र ब्यवसायिक हक र हितका कार्यहरु क्षमता अभिवृद्धि जस्ता सह्रानियकार्यहरु गर्दै आइरहेको र अझ नेपाली सस्कृतिको रक्षाका लागी यस्ता खालका कार्यक्रमहरु बेलाबेलामा गरि राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा पोखराफोटोग्राफर संघ महिला उप समिति संयोजक रिता पौडेल महिला उपसमिति सह संयोजक डेक कुमारी जलारी के सि पूर्व अध्यक्ष रविनाथ दाहाल, नि अध्यक्ष जनकराज तिवारी , कैलाश बचत ताथा ऋण सहकारी संस्था का अध्यक्ष खडानन्द अधिकारी, संघका संरक्षक गणेश छवि, लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो । पोखरा फोटोग्राफर संघले आफ्ना सदस्यहरु बिच प्रत्येक बर्ष शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम गर्ने गरेको छ र यसरी गरिने देउसी भैलो कार्यक्रमवाट उठेको रकम पोखराफोटोग्राफर संघ द्वारा संचालित राहतकोषमा जम्मा गरिने गरीएको छ यसपाली को देउसी भैलोमा करीव ६०हजार रुपैया संकलन भएको कुरा संघकी कोषाध्यक्ष नन्दकला पौडेलले बताएकी छन । कार्यसमिती सदस्य स्वदेश साई को संयोजन तथा पोखरा फोटोग्राफर संघ महिला उप समितिको ब्यवस्थापनमा संचालित सो कार्यक्रम संघ का सचिब देवानन्द पोख्रेल ले सञ्चालन गरेका थिए । कार्यक्रम को समापन गर्दै संघ का अध्यक्ष रामचन्द्र पोखरेल ले सबैलाई धन्यबाद ज्ञापन गर्दै सबैको सहयोगका कारण संस्थाका कार्यक्रमहरु सफल हुने कुरामा जोड दिए ।
पोखरा । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु प्रचारप्रसारमा जुटिसकेका छन् । यस्तै कास्की क्षेत्र नं २ (२) बाट नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएकी मिना गुरूङ पनि यतिबेला मतदातासँगको भेटघाटमा व्यस्त छिन् । आफ्नै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएकी गुरूङले उक्त क्षेत्रको हरेक समास्याबारे अवगत रहेको बताउँदै निर्वाचित भएपछि आफनो क्षेत्रमा कुनै पनि विकास निर्माणका काममा ढिलासुस्ती नगर्ने बताईन् । ‘कास्की २(२) लाई नजिकबाट चिनेको र भोगेको छु । यहाँका जनतामा पुराना राजनीतिक दलप्रति विस्तृष्णा बढ्दो छ । नयाँ विकल्प दिनुपर्छ भन्ने मान्यताको विकास भएको छ । तर पनि मेरो क्षेत्रका जनताले एकपटक विकल्पसहित मलाई काम गर्ने अवसर दिनुहुन्छ भन्नेमा म पूर्ण आशावादी छु ।’ उम्मेदवार गुरुङ भन्छिन्–‘राजनीतिक वितृष्णा नै जित्ने आधार हो । अघिल्ला पुस्ताहरुले गरेको व्यवहारबाट नै हाम्रो जित्ने आधार तय भएको छ । हामी नयाँ भिजन र मिसनसहित चुनावी अभियानमा छौं । यो देशमा धेरै राजनीतिक परिवर्तनहरु भए । त्यो हिसाबले अब एमाले पार्टीले जनताको परिवर्तनका लागि लड्छ । पार्टीको प्रतिवद्धता र हामीले अगाडी सारेका विकासका योजना र नीतिहरु नै हामीले चुनाव जित्ने आधार हुन् ।’ पोखरा महानगरपालिका वडा नं.१६ मा एमालेको निर्वाचन परिचालन कमिटिको घरदैलो कार्यक्रममा उनले एमाले पार्टी नयाँ सोच,विचार र एजेण्डासहित चुनावी मैदानमा उत्रिएकोले एमाले पार्टीलाई मंसिर ४ गतेको निर्वाचनमा पहिलो पार्टी बनाउनका लागि कास्की २ (२) का मतदाता आतुर भएको विश्वास व्यक्त गरिन् । आफू राजनीतिक मात्र नभएर सामाजिक व्यक्तित्व भएको हिसाबले धेरै पहिलादेखि गाउँको विकासका निम्ति सक्दो सहयोग गर्ने गरेको स्मरण गर्दै उनले निर्वाचित भएपछि आफ्नो क्षेत्रभित्र रहेका प्राकृतिक स्रोत र साधनको भरपुर उपयोग गरी स्वरोजगार सिर्जना, कृषिमा आकर्षण, भौतिक तथा आर्थिक विकास जस्ता विषयबस्तुलाई मुल प्राथमिकतामा राखेर काम गर्ने अठोट गरिन् ।

