काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

  पोखरा:  कास्की क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्यका रुपमा उम्मेदवारी दिएका विन्दु कुमार थापाले अर्मलाकोटसम्म पुग्ने सडक स्तरोन्नति गरी बाह्रै मासे सवारी चल्ने बनाउने बताएका छन् । विहिबार घरदैलो गर्दै पोखरा १६ अर्मलाकोटका मतदाहरुमाझ पुगेका थापाले आफु निवार्चित भएपछि अर्मलाकोटको सडक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।  ‘अर्मलाकोटको समस्या भनेकै सडक हो । यहाँ बाह्रै मासे सवारी चल्न सक्ने सडकको आवश्यकता छ । सडकका कारण स्थानीयले भोग्नुपरेको समस्याका विषयमा म जानकार छु । कति काम हिजो सरकारमा हुँदा पनि गरियो । अब निर्वाचित भएपछि पनि अर्मलाकोट सम्म पुग्ने सडकलाई स्तरोन्नति गर्ने काममा लाग्नेछु ।’, उनले भने ।  थापाले नारायण स्थान, भलाम हरिहर गुफा, डाँडागाउ हुँदै अर्मला कोटसम्म पुग्ने गौरवको सडक सम्पन्न हुने अवस्थामा रहेको जानकारी गराए । उनले भलामबाट आँटिघर मौज हुँदै बाटुलेचौर जोडिने रिङरोडको काम समेत अगाडि बढेको र त्यसलाई सम्पन्न गर्ने गरी आफु लाग्ने प्रतिबद्धता व्यक्त गरे ।  थापाले पोखरा १६ लाई सम्वृद्ध वडा बनाउन कुनै कसर बाँकी नराख्ने बताए । ‘हिजो पनि हामीले गर्न सक्ने सम्मका काम गरेका छौं । थुप्रै योजनाहरु वडामा परेका छन् । आगामी समय पनि यहाँको आवश्यकता अनुसारको योजनालाई अगाडि बढाउनेछु ।’,उनले भने ।  उनले घार्मीदेखि अर्मला कोटसम्म पुग्ने सडकलाई दुई लेनको बनाउने प्रतिबद्धता जनाए । समाज घरका निर्माण, गोरेटो बाटो र  फोहोर व्यवस्थापनमा समेत पहलकदमी गर्ने भनाई उनको छ । होमस्टेको स्थापना गरी उद्यमशीलताको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने अभिव्यक्ति उनको छ ।  

  पोखरा: आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार यतिबेला मत माग्न घरदैलो गरिरहेका छन् । कास्की निर्वाचन क्षेत्र नम्बर दुईका साझा उम्मेदवारले आफूहरु सरकारमा भएपछि जनताका समस्या समाधान गर्न सकिने बताएका छन् । शुक्रबार विहान घरदैलो कार्यक्रममा मतदातासँग भेटघाट गर्दै उम्मेदवारहरुले जनताका माग साना (खानेपानी, विजुली लगायत) भए पनि समस्या भने ठूलो रहेको बताउँदै ती समस्या पुरा गर्नको लागि मतदाताको साथ र सहयोग चाहिने बताएका थिए । ‘हामीलाई तपाईहरु साथ दिनुस तपाईका समस्या हामी पुरा गर्छौ’ उम्मेदवारहरुले भने । कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल र २ को १ का उम्मेदवार माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने पोखरा महानगरपालिका–१७ छोरेपाटनमा घरदैलो गरिरहेका छन् भने २ को २ का उम्मेदवार नेपाली काँग्रेसका विन्दुकुमार थापा पोखरा महानगरपालिका–११ काहुँमा घरदैलो कार्यक्रममा छन् । छोरेपाटनमा मतदातासँग भेट्दै बरालले भ्रष्टाचार रोक्न र सुशासन कायम गर्नको लागि पनि गठबन्धनलाई मत दिनुपर्ने बताएका छन् । उनले आफू संसदीय यात्रा तय गरेपछि विकास र समृद्धिका कार्यमै अघि बढ्ने बताएका छन् । नियम कानुन निर्माण गर्दै पिछाडिएको समुदायलाई अगाडि बढाउन पनि आफ्नो भूमिका महत्वपूर्ण हुने उनको भनाई छ । ‘कृषि क्रान्ति गर्छौ’ उनले भने, ‘पोखरामा मुटु, प्रसुति र बाल अस्पताल निर्माण गर्नेछौ । स्थानीय तहमा भएका घोषणापत्रको कार्यान्वयन गर्न पनि सहयोग गर्नेछौ ।’ सुकुम्बासीको लागि लालपूर्जा दिने, पोखराको प्रमुख समस्या रहेको खानेपानी व्यवस्थापनका योजना पनि अघि सारेका छन् । उम्मेदवार बरालले पोखराका व्यवसायीलाई संरक्षण र प्रवद्वन गर्ने योजना पनि सार्वजानिक गरेका छन् । यस्तै, विश्वप्रकाश लामिछानेले जनताको जीवन परिवर्तन गर्न पनि गठबन्धनलाई मतदान गर्न आग्रह गरे । ‘हामीसँग आर्थिक परिवतर्न गर्ने प्रष्ट योजना छन्’ उनले भने, पोखरा उपत्यका नगर विकास समिति, फेवाताल संरक्षण उच्चस्तरीय आयोग र पोखरा चक्रपथ योजनामा काम गरेको छु । अनुभव पनि छ । कसरी कार्य गर्ने भन्ने योजना पनि छन् । मानव विकासको योजना लिएर आएको छु मलाई एक पटक विश्वास गर्नुस । मत दिनुस ।’ चुनावी कोण सभामा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा गोविन्द पोख्रेलले राजनिती अस्थिरता हटाउन र स्थिर राजनीति बनाउन गठबन्धनलाई मत हाल्नुपर्ने बताए । स्थिर राजनिती भए मात्र देशको बिकास हुने बताउँदै उनले गलत ठाउँमा मत दिए गलत नेतृत्व हुने बताएका छन् । यसैगरी, उम्मेदवार विन्दुकुमार थापाले सरकारमा रहदाँ जनताका धेरै काम गर्न सकिने बताए । जनताको आकांक्षा बुझेर पर्यटन र कृषिमा जोड दिइने उनले बताएका छन् । काहुँमा मतदातासँग भेटघाट गर्दै पूर्वमन्त्रीसमेत रहेका थापाले प्याकेजमा कार्यक्रम ल्याएर विकासको ज्वाला फुटाइने बताएका छन् । ‘तपाईहरुको साथ र सहयोग लिएर मात्रै अघि बढ्नेछु’ उनले भने । स्थानीय बामदेवप्रसाद आचार्यले जनताको अड्किएको काम पुरा गर्न पनि थापालाई आग्रह गरेका थिए । ‘जनतातिर फर्किएर विकास गर्नुस’ उनले भने, ‘हाम्रो दुखसुखमा सधै सहभागी हुनुहुन्छ भन्ने विश्वास छ ।’ 

काठमाडौं: अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइकाछिपाइ ल्याएको अवस्थामा उक्त १० किलो तीन सय ग्राम लागुऔषध गाँजा बरामद गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार विमानस्थलमा उक्त पार्सल लिन आउने सल्यानका ४३ वर्षीय वीरबहादुर बुढाथोकी र उनीसँग गाँजा लिन आएका भारतको पूर्वी चम्पारनका २५ वर्षीय राजा कुमारलाई पनि पक्राउ गरिएको छ । यसरी १० किलोभन्दा माथि गाँजा उत्पादन, चोरी, पैठारी र ओसारपसार गरेमा दुई वर्षदेखि १० वर्षसम्म कैद र रु १५ हजारदेखि एक लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । उनीहरूलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको छ । यसैबीच ब्यूरोले ग्रिन टीको नाममा नियन्त्रित लागुऔषध खात कारोबार गर्ने दुई जनालाई पनि पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा धादिङका रामकुमार श्रेष्ठ र ललितपुरका कविराज खड्का रहेका छन् । उनीहरुको साथबाट चार सय ४० किलो खात, एउटा बोलेरो गाडी र डिजिटल तौल मेसिनसमेत बरामद गरिएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।   

बझाङः   बुङ्गल नगरपालिका-३ का जनक बोहरा सिलदेवी मेलाका लागि हप्ता दिन नै सदरमुकाम चैनपुर बस्नुभयो । फर्कने बेलामा कोसेलीका लागि भन्दै उहाँले निरन्तर स्याउ खोज्नुभयो, त्यसमा पनि साइपालमै फलेको । दिनमा एक पटक बजार डुलिरहनुभयो । घर जान लागेकै दिन संयोगवस मल्लो बजारमा एक बोरा साइपाले स्याउ भेट्नुभयो र सबै खरिद गरेर घरतर्फ लाग्नुभयो ।   “उहाँले लगातार साइपालकै स्याउ किन खोज्नुभयो” धेरैको मनमा प्रश्न उब्जन सक्छ । बोहरालाई साइपाल बसेको लामो अनुभव छ । दसैँ तिहारको समयबाहेक उहाँ साइपालमै बस्नुहुन्छ । घर आउँदा विशेष गरी उहाँको कोसेली नै स्याउ हुन्छ । उहाँका छिमेकीले समेत साइपाले स्याउको स्वाद चाखेका छन् । बोहोरा घर आउन लागेको थाहा पाएपछि साइपाले स्याउकै माग हुन्छ ।   बजारमा जतिसुकै स्याउ आए पनि साइपालको जस्तो मीठो अन्त नहुने भन्दै चैनपुर आएको मौकामा स्याउ खोजेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा धेरै प्रकारको स्याउ आउँछ । हाम्रै बझाङमा पनि विभिन्न क्षेत्रको स्याउ पर्याप्त हुन्छ तर, स्वादिलो भने साइपालकै हुन्छ ।” “बुङ्गलको स्याउको लोकप्रियता पनि कम छैन”, उहाँले भन्नुभयो, “साइपालको स्याउ धेरैजसो धेरै पटक खाएको हुँदा बुंली (बुङ्गली) स्याउको स्वादै लाग्दैन । स्याउ खानु प¥यो भने साइपालेकै याद आइहाल्छ ।”   साइपालको स्याउले बजार पाए दिनमै लाखौँको बिक्री हुने उहाँले अनुमान गर्नुभयो । “साइपाले स्याउको बजार टाढा भएर मात्रै हो । नत्र त यो स्याउ तराईसम्म पुग्ने हो भने दैनिक दसौँ क्विन्टल बिक्री हुन्थ्यो ।” उहाँ भन्नुहुन्छ ।   खप्तडछान्ना गाउँपालिका–५ का कुलप्रसाद जोशी पनि साइपालको स्याउ सम्झिने बित्तिकै मुख रसाउने बताउनुहुन्छ । साइपालका विभिन्न वडामा स्याउ सिजनमा नै धेरै पटक गएको हुँदा साइपाले स्याउ जतिको मीठो अन्य ठाउँको नलाग्ने उहाँले बताउनुभयो । “म जति पटक साइपाल गएँ, त्यति पटक नै एक÷एक झोला साइपाले स्याउनै ल्याएँ ।” चिसोका कारण साइपालमा स्याउ मीठो हुने गरेको उहाँले बताउनुभयो ।   “साइपालको स्याउ सबैका लागि “डाँडापारि सुन छ”, भनेजस्तै छ”, उहाँले भन्नुभयो, “तर, खच्चरमा ढुवानी गरेर सदरमुकामसम्म ल्याएको स्याउ संसारभर उत्पादन हुने स्याउसँग दाँज्ने हो भने पनि उत्कृष्टमा पर्न सक्छ ।” साइपालको स्याउको स्वाद चाख्नेले कहिल्यै नबिर्सिने गरेको उहाँले बताउनुभयो । “पछिल्लो दुई वर्ष भने साइपालबाटै एक÷दुई झोला स्याउ खच्चरमार्फत मगाएँ”, उहाँले भन्नुभयो, “साइपालको स्याउ आयातभन्दा सस्तो पनि मीठो पनि ।” भारत तथा अन्य जिल्लामा आउने स्याउभन्दा रु २०/३० सस्तो पर्ने गरेको उहाँले बताउनुभयो ।   साइपालमा स्याउ उत्पादन बढ्दै गएको छ । सुरूमा आफैँलाई खानका लागि लगाउने कृषक अहिले व्यावसायिक रूपमै गर्न थालेका छन् । साइपाल गाउँपालिकाका निवर्तमान अध्यक्ष राजेन्द्र धामीले मात्रै सयौँ बोट स्याउ लगाउनुभएको छ । “सुरूमा आफैँलाई खानका लागि दुई बोट लगाएको थिएँ । अहिले चार/पाँच सय बोट लगाएको छु । पन्ध्र/बीस बोट त फल्न लागिसके ।” उहाँले भन्नुभयो ।   धामीका अनुसार साइपालमा स्याउ ब्लक क्षेत्र भनेर कृषकले हजारौँ बिरुवा रोपेका छन् । “उत्पादन पनि भइरहेको छ तर, बजार नपाउँदा सस्तोमै गाउँमा बिक्री गरिरहेका छौँ ।” उहाँले भन्नुभयो । गाउँमा रु ६०÷७० मै बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । “स्याउ ढुवानी गर्न निकै कठिन छ”, उहाँले भन्नुभयो, “बिरुवा रोपेको तीन वर्षमै फल्न सुरू भइसक्यो । बिक्रीका लागि बजारमा ल्याउन बाटो नै छैन । बोकेर सम्भव नै हुँदैन । थोरै थोरै सामान बोकेर फर्कने खच्चरमा पठाइरहेका छौँ । हिउँ परेपछि खच्चर ढुवानी पनि बन्द हुन्छ ।”   साइपालमा राजेन्द्र धामीजस्तै एक दर्जन किसानले स्याउ फलाउन सुरू गर्नुभएको छ । वडा नम्बर ४ को धुली, गजेरा, धलौन, लातडी, ज्यापी, सोगौली, सैनगाउँ र गजेरा, वडा नम्बर ५ को तिउना, पलौडी, काकरकोटमा स्याउको उत्पादन फस्टाउँदै गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशीले बताउनुभयो ।   जोशीका अनुसार कृषि शाखाबाट लिएर स्याउको बिरूवाहरू कृषकले बढी रोप्न थालेका छन् । “कतिपयले उत्पादन गरेर बिक्रीसमेत गर्न थालिसके । कृषकले उत्पादन गरेको स्याउको बजारीकरणका लागि ढुवानी गर्न पालिकाले बजेट छुट्याएको छ । ढुवानीको लागि पैसा पर्दैन । कृषकले उत्पादन गरे पनि निकै फाइदा हुन्छ ।” उहाँले भन्नुभयो ।   यता कृषि ज्ञान केन्द्रले पनि साइपालमा स्याउ उत्पादन गर्नका लागि रु १५ लाख अनुदान दिएको बताएको छ । कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले उच्च घनत्व स्याउ संरक्षणका लागि साइपालमा १५ लाख दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बझाङका विभिन्न ठाउँमा स्याउको सम्भावना भए पनि साइपालमा चिसो हुने हुँदा हामीले बढी जोड दिएका छौँ । त्यसैमाथि साइपालमा फल्ने स्याउ बजारको रोजाईमा पनि पर्न थालेको हो ।”   विष्टले स्याउका लागि सबैभन्दा चिसो ठाउँ भयो भने स्याउ स्वादिष्ट हुने बताउनुभयो । “चिसो ठाउँको उत्पादन स्वादिष्ट पनि हुन्छ, बजार पनि पाउँछ । त्यसैले हाम्रो पहिलो रोजाई पनि बर्सेनि हिमपात हुने क्षेत्र साइपाल परेको हो । अन्य पालिकामा पनि केन्द्रले सहयोग गर्दै आएको छ ।”    विष्टका अनुसार बझाङमा सबैभन्दा बढी स्याउ साइपाल, थलारा, खप्तडछान्ना, तल्कोट तथा बुङ्गलको सिरानीमा उत्पादन हुने गरेको छ । अन्य पालिकामा पनि स्याउको उत्पादन बढ्दै गएको उहाँले बताउनुभयो । यो सिजनमा मात्रै बझाङबाट डेढ सय मेट्रिक टन स्याउ निर्यात भएको विष्टले बताउनुभयो । “विभिन्न पालिकाबाट करिब डेढ सय मेट्रिक टन स्याउ निर्यात भएको छ भने जिल्लामै दुई÷तीन मेट्रिक टन बराबर खपत भएको अनुमान गरेका छौँ ।” उहाँले भन्नुभयो । जिल्लामै प्रति किलो रु सय बिक्री हुने स्याउ तराईंका जिल्लासम्म पुग्दा रु डेढदेखि दुई सयसम्म बिक्री हुने गरेको उहाँले बताउनुभयो ।   स्याउ बोकेरै कृषक   खप्तडछान्ना गाउँपालिका–६ पुजारीगाउँका डबलबहादुर खड्का उमेरले ७० वर्ष कटिसक्नुभएको छ । उहाँ युवा उमेरदेखि नै भारतको सिम्ला पहाडमा सिजनअनुसार धेरै पटक स्याउ बोक्न जानुभयो । आफ्नै भूमिजस्तो ठाउँमा पर्याप्त स्याउ फलेको देखेपछि डेढ दशकअघि नै उहाँले खालिगडामा करिब पाँच सय बिरुवा रोप्नुभयो ।   “अहिलेको जस्तो अनुदान केही थिएन”, खड्काले भन्नुभयो, “सिम्ला पहाडमा स्याउ बोकेर कमाएको पैसाले नै स्याउका बिरुवा खरिद गरेँ र आठ÷नौ फिटको अन्तरमा खाल्डो खन्दै रोपेँ । त्यसले तीन वर्षमै फल दिन थाल्यो । अहिले त्यसैबाट वार्षिक रु पाँच लाख बराबर आम्दानी भइरहेको छ ।” खड्काको स्याउ बारीमा अहिले ५० क्विन्टलको हाराहारीमा स्याउ फल्छ । बैतडीमा तालिम लिएर स्याउ खेती गरेका खड्काले व्यावसायिक रूपमा खेती गर्न थालेको दशकपछि मात्रै छान्नामा अन्य कृषकले व्यावसायिक रूपमा स्याउ उत्पादन गर्न थालेको उहाँले बताउनुभयो । “मैले सुरूमा खालिगडामा स्याउ रोप्न जाँदा अन्न उत्पादन हुने जमिनमा स्याउ लगाएर जङ्गल बनाउन थाल्यो भन्नेहरू तीन÷चार वर्षदेखि नै स्याउ माग्न थाले । पछि मेरै सल्लाहअनुसार नै धेरैले स्याउ खेती गरेका छन्”, उहाँले भन्नुभयो ।

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा बर्सेनि हुँदै आएको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको मिति तय भएको छ ।    अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुस १२ देखि २३ सम्मका लागि मिति दिएको हो ।   एन्फाले मिति दिएसँगै आयोजकले ‘आहा ! रारा गोल्डकप-२०७९ फुटबल प्रतियोगिताको (क्याराभाना गोल्डकपसहित) २२ औं संस्करण’ तयारीमा जुटेको सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए ।    पोखरा रंगशालामा हुने राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरको अन्तरक्लब आमन्त्रित सो प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय क्लब र विदेशीसहित मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा गरी  १२ टिमले भाग लिने छन् ।    प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हुनेछ । साथै पोखरा महानगरपालिकाको संयोजन रहनेछ ।    पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।   अफिसियल बैंक लुम्बिनी विकास बैंक, सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला फुटबल संघ, सहारा यु.के, सहारा क्लब हङ्गकङ्ग, सहारा क्लब अष्ट्रेलिया समेतको बिशेष सहयोग  र पोखरा महानगरपालिकाको संयोजनमा क्लबले यस प्रतियोगिताको आयोजना गर्ने लक्ष्य लिएको छ ।   यस्तै, राष्ट्रिय खेलकुद परिषद्, एन्फा, सहारा युके, सहारा क्लब हङकङ, सहारा अष्ट्रेलियाको विशेष सहयोग रहनेछ । विगतमा झैं सहारा युकेले उत्कृष्ट ५ विधा, म्यान अफ दि म्याच र मेडल प्रायोजन गर्नेछ ।  गत संस्करणको उपाधि विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब हो । गत वर्ष २० औं आहारारा गोल्डकपको फाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एपिएफले पहिलो पल्ट उपाधि चुमेको थियो ।

पोखरा:   मंसिर ४ गतेको चुनावी माहोल दिनप्रतिदिन बढीरहेको छ । मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनेका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई कात्तिक १७ देखि १ गतेसम्म चुनावी प्रचारप्रसार, जुलुुस, आमसभा गर्न अनुमति दिएसँगै चुनावी सरगर्मी बढेको छ ।    २०७४ को प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा नेकपा एमाले, माओवादी र जनमोर्चा सयुक्त बामगठबन्धन गरी निर्वाचनमा होमिए, दुईतिहाईसहित केही वर्ष स्थिर सरकार चलाए तर बाम गठबन्धन ५ वर्षपनि टिक्न सकेन ।    बाम गठबन्धन फुटेर अहिले पाँचदलिय गठबन्धन र केही जिल्लामा एमालेसहितका गठबन्धनसँगै अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवार मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा जुटिरहेका छन् । सबैले आफु चुनाव जितेर गए देशसँगै आफ्नो क्षेत्रको विकाससँगै समृद्धको सपना बाँड्दै चुनावी प्रचारप्रसारमा लागेका छन् ।    तर राजनीतिक दलको हबिगत हेर्दा अहिले युवापुस्ताहरु भने सन्तुष्ट देखिदैनन् । यसैबीच, निर्वाचन विशेष समाचार रिपोर्टिङकोक्रममा भेटिइन पर्वत कुश्मा नगरापालिका ११ का सुमित्रा रिमाल । बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचन उनको पहिलो मतदानको अनुभव हो । उनले स्थानीय निर्वाचनमा पार्टी र कसैको सिद्धान्त नहेरी योग्य जनप्रतिनिधिलाई मतदान (भोट) दिएको बताइन् ।    उमेरले २५ वर्ष पुगेका रिमाल पोखरामा बस्दै आएकी छिन् । आफु शारीरिक अपाङ्गता भएका कारण आफुसँगै अपाङ्गता भएका नागरिकको पक्षमा र देशलाई समृद्ध बनाउने उम्मेदवारलाई मतदान गर्ने उनको योजना रहेको छ ।    यस्तै म्याग्दीको मालिका गाउँपालिका ३ स्थायी घर भएका मिलन पर्तेलसँग मतदान गर्न पाउने परिचय पत्र नभएका कारण मतदान गर्न नपाउने भए पनि योग्य व्यक्तिलाई मतदान गर्न सुझाव दिए ।  ‘म्याग्दी हिमाली जिल्लामा कायम भएपनि त्यही अनुसारको राज्यबाट नीति निर्माण र बजेट बिनियोजन हुन सकेको छैन’, उनले भने,‘ समर्ग म्याग्दी बासीको समस्यालाई समाधान गर्न सक्ने र जिल्लाको विकासमा विशेष ध्यान पुर्‍याउन सक्ने उम्मेदवारलाई मतदान गर्नुहोला ।’   बजार देखि गाउँको आगनसम्म चुनावी माहोलले तातिरहेको छ । कस्तो उम्मेदवारलाई विजयी बनाउने जिम्मामा मतदाताको हातमा रहेको छ । यस्तै दृष्टिविहिन सञ्जु रानाले भने दृष्टि बिहिन तथा शारीरिक अपाङ्गता भएको व्यक्तिको पक्षमा वकालत गर्ने उम्मेदवारलाई मतदान गर्ने योजना सुनाइन् ।    २७ वर्षीय राना स्याङ्जाका मतदाता हुन् । उनले आफै मतदान गर्न भने सक्दैन् कारण हो उनी दृष्टि बिहिन जसले गर्दा गएको बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा मतदान गर्न बाबाको सहयोग लिनुपरेको थियो ।  पोखराको पृथ्वीनारायण क्याम्पसमा शिक्षा संकायमा स्नातकोत्तर चौथो सेमेष्टरमा अध्ययनरत उनी योग्य र सक्षम नेतृत्व चुन्न मंसिर ४ गतेको निर्वाचनमा सहभागी हुदैछिन् ।    कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा ७४ को निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेका उम्मेदवार निर्वाचित भएका थिए । तर यस पटक यसै क्षेत्रका मतदाता सर्पन भुजेलले यस निर्वाचनमा फरक उम्मेदवारले जित्नुपर्ने तर्क राखे ।  ‘आफ्नो पक्षमा मतदान गर्न राजनीतिक पार्टीदेखि स्वतन्त्र उम्मेदवार घरदैलोमा आएका छन्’ उनले भने, अघिल्लो निर्वाचनमा जितेर गएका उम्मेदवारले सोजेजस्तो काम गर्न नसकेकाले फरक उम्मेदवारलाई मतदान गर्न पर्छ ।’    

कास्कीः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कास्कीबाट १५ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।    जसमध्ये क्षेत्र नम्बर १ बाट सौगात जिसी र दिलबहादुर रानाको उम्मेदवारी रहेको छ ।    त्यस्तै, क्षेत्र नम्बर २ बाट ६ जना उम्मेदवार रहेका छन् । यस क्षेत्रबाट महादेव गुरुङलाई अन्य भन्दा बलियो उम्मेदवार मानिएको छ ।    नेपाली कांग्रेसको राजनीतिबाट पर्यटन राज्यमन्त्री भइसकेका गुरुङ जिल्लाकै सशक्त स्वतन्त्र उम्मेदवार मानिन्छन् ।    यस क्षेत्रका अन्य उम्मेदवारमा तारानाथ सुवेदी, जमुना शर्मा, गिता नाथ र ऋगेन्द्र गिरी र शिरिष गुरुङ रहेकी छन् ।    यसैगरी, सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार क्षेत्र नम्बर ३ मा रहेका छन् । यहाँबाट ७ उम्मेदवार चुनावी मैदानमा छन् ।    जसमध्ये अनिता भुर्तेल एक हुन् । भुर्तेल जनयुद्धताका सहिद भएका राजविक्रम भुर्तेल र सीता भुर्तेलकी छोरी हुन् । सहिदपुत्री भुर्तेललाई यहाँ अन्य भन्दा सशक्त मानिएको छ ।    अन्य उम्मेदवारमा अधिवक्ता दुर्गाप्रसाद कोइराला, पशुपति तिमिल्सिना, कमलजंग कुँवर, ढकबहादुर कार्की, यादवप्रसाद तिमिल्सेना र टंकप्रसाद अधिकारी प्रतिष्पर्धामा छन् । 

काठमाडौंः   नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्धको आन्दोलन आगामी मङ्सिर ४ गतेसम्म स्थगित गर्न आग्रह गरेको छ ।   जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्सलगायत सबै जिल्लाका संस्थालाई ब्याजदर वृद्धिविरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको हो ।   बैंक तथा वित्तीय संस्थाको व्याजदर एवं राष्ट्र बैंकको चालू पुँजी कर्जासम्बन्धी मार्ग निर्देशनको विरोधमा चेम्बरले गर्दै आएको विरोधका कार्यक्रमलाई निर्वाचन अवधिभर रोक्न चेम्बरले विज्ञप्तिमार्फत आग्रह गरेको हो ।   चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मुलुक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छ । निर्वाचनलगत्तै आफ्नो शान्तिपूर्ण सङ्र्घषका कार्यक्रमलाई पनि जारी राख्दै नयाँ सरकारसँग वार्तामार्फत समस्याको समाधानका लागि चेम्बरले पहल गर्नेछ । त्यतिञ्जेलसम्मका लागि सङ्घर्षका सबै कार्यक्रम स्थगित गर्न जिल्ला र नगर चेम्बर अफ कमर्सलाई आग्रह गरिन्छ ।”   बैंक तथा वित्तीय संस्थाको चरम ब्याजदरबाट उद्योगी व्यवसायी निकै मर्कामा परे पनि निर्वाचनको मुखमा आन्दोलन गर्दा झन समस्या उत्पन्न हुने चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “ब्याजदर वृद्धिले उद्योग व्यवसाय निकै धरासायी भएका छन् । बढेको ब्याजदर घटाउने विभिन्न विकल्प हुँदासमेत सरकारले व्यवसायीको मागलाई सुनुवाइ गरेको छैन । निर्वाचनलगत्तै सङ्घर्षमा उत्रनुको विकल्प छैन ।”   चेम्बरले यसअघि नियमनकारी निकाय राष्ट्र बैंकसमक्ष हाल कायम स्प्रेड दर एवं बैंकको आधार समय सान्दर्भिक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ । चेम्बरले राष्ट्र बैंकलाई विभिन्न नौ बुँदामा यसअघि नै ध्यानाकर्षण गराएको थियो ।     चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “बढ्दो ब्याजदरले मुलुकको व्यावसायिक गतिविधि नै ठप्प हुने अवस्था सिर्जना भएको छ । निक्षेपमै उच्चदरको ब्याजदर कायम भयो भने उद्योग व्यवसायमा हुने लगानी निरुत्साहीत हुने र यसले वित्तीय असन्तुलनको जोखिम बढाउँछ ।” कर्जा प्रवाह र नवीकरण गर्दा बैंक एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारको असान्दर्भिक सेवा शुल्कलाई हटाउनसमेत चेम्बर चेम्बर अध्यक्ष मल्लले आग्रह गर्नुभयो । 

पोखरा:   आसन्न निर्वाचनको लागि गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र १ (ख) का पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दिपक गुरुङ ‘माइला’ ले निर्वाचनपछि पनि जनताको साथमै रहने बताएका छन् ।    पोखरा–१० को बिहीबार घरदैलो कार्यक्रममा मतदातासँग गुरुङले निर्वाचित भएपछि पनि सँगै साथमै रहेर काम गर्ने बताए ।   उनले निर्वाचित गराउने मतदाताको कहिल्यै मन नदुखाउनेसमेत प्रतिवद्धता जनाए । ‘मतदाताले दिएको माया, र साथलाई जिवनभर भुल्ने छैन । सम्झनालायक काम गरेर देखाउनेछु,’ उनले भने, ‘यस क्षेत्रका जनताका उति ठूला समस्या छैनन् । माइनर समस्यालाई नि विशेष रुपमा हेर्नेछु ।’    यस वडामा पर्ने नागिन टोल, औद्योगिक क्षेत्र र रामघाटमा बसोबास गर्ने सकुम्बासी बस्तीलाई  थप व्यवस्थित बनाउने उनले सुनाए । सेतो पूर्जाको आधारमा खानेपानी र बत्ती उपभोग गर्दै आएका सुकुम्बासीको व्यवस्थापनमा सधै आवाज उठाइरहने गुरुङले बताए ।   उनले यो पटक परिवर्तनको लागि मत राख्न मतदातासँग आग्रह गरे । ‘समाज परिवर्तनको लागि पनि नयाँ भिजन भएको उम्मेदवारलाई मत राख्नुहोला । म पनि युवा हुँ । युवाको केही न केही देश विकासको सपना देखेको हुन्छ,’ उनले भने, ‘अब मत राखेर पछुत्याउने काम नगर्न आग्रह गर्दछु ।’   उनले अबको बाटो विकास र समृद्धिको हुँदा प्रदेशलाई सोही अनुसार अगाडि बढाउने उद्धेश्य रहेको उनले मतदाता समक्ष सुनाए । ‘विकासको लागि राजनीतिक पूर्वग्रह राख्नुहुँदैन् । सबै मिलेर विकास गर्ने हो,’ उनले भने, ‘हामी पाँच दल मिलेर आएका छौं । यसले पक्कै पनि समाज, प्रदेश र देशलाई फाइदा पुग्नेछ ।’ देश राजनीतिक चपटोमा परेको हुँदा आगमी निर्वाचन पछि काँग्रेसको बहुमतको सरकार बन्ने उनको भनाइ छ ।