पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

  पोखरा । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत महिला दश हजार मिटर दौड प्रतियोगितामा वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जित्नुभएको छ ।    पोखरा रङ्गशालामा आज भएको खेलमा सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पाखा लगाउँदै स्वर्ण जित्नुभएको हो । सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२ दशमलव ३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्नुभएको हो ।    राजपुराले उक्त दूरी ३६ मिनेट २९ दशमलव ४५ सेकेन्ड समय खर्चदै दोस्रो स्थानमा रहनुभयो । सोही स्पर्धामा सशस्त्र प्रहरी बल (एपिएफ)की पुस्पा भण्डारी तेस्रो रहनुभयो । पुस्पाले ३७ मिनेट ०४ दशमलव २ सेकेन्ड समय खर्चदै तेस्रो स्थानमा रहुनुभएको हो ।   सन्तोषीले यसअघि सन् २०१९ मा नेपालमा नै भएको तेह्राँै दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जित्नुभएको थियो । त्यतिबेला उहाँले भारतकी खेलाडीलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो । सन्तोषी सागको एथलेटिक्स खेलमा स्वर्ण पदक दिलाउने पहिलो महिला खेलाडीसमेत हुनुहुन्छ ।  खेलपछि सन्तोषीले राष्टिय किर्तिमान कायम गर्नुभन्दा पनि मेडलको लागि मात्र खेलेको बताउनुभयो ।    उहाँले आर्मी म्याराथनबाट घाइते भएदेखि राम्रो खेल प्रर्दशन गर्न नसकेको र किर्तिमान तोड्न गाह्रो भएकोसमेत बताउनुभयो । शारीरिक भन्दा पनि मानसिक रुपमा दृढ भएर स्वर्ण जित्न सफल भएकोमा आफू सन्तुष्ट रहेको उल्लेख गर्नुभयो 

पोखरा:   ३९ वर्षपछि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन भएको छ ।  उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ ले एक समारोहकाबीच नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।   सोही अवसरमा आतिसबाजी गरिएको थियो । समारोह व्यवस्थापन उपसमितिका संयोजक एकेन्द्र कुँवरका अनुसार करिब १२ लाखको आतिसबाजी गरिएको हो ।   हेर्नुहोस् तस्बिरहरु:-                              

  पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हुने साइक्लिङ खेल भोलिदेखि शुरु हुँदैछ । पोखरामा हुने प्रतियोगितामा विभिन्न चार विधामा १ सय ४० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।   सात प्रदेश र तीन विभागिय गरि १० क्षेत्रबाट प्रतिस्पर्धा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधामा प्रतिष्पर्धा गर्ने साइक्लिङ खेल उपसमिति सदस्य रञ्जनराज भण्डारीले बताए । उनका अनुसार डाउन हिल र क्रस कन्ट्री पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा प्रतिष्पर्धा गराईनेछ भने रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट पोखराको याम्दी–हेम्जा सडकमा प्रतिस्पर्धा गराइनेछ ।   साइक्लिङको तयारी पुरा भइसकेको हुँदा शुक्रबार (आज) खेलाडीलाई ट्रयाक चिनाउने कार्य गरिएको नेपाल साइकल संघका प्रथम उपाध्यक्ष सुदिप पौडेलले जानकारी दिए । साइक्लिङ जोखिमयुक्त खेल भएकाले सुरक्षालाई विशेष ध्यान दिइने नेपाल साइकल संघ कास्कीका अध्यक्ष शंकर भण्डारीले बताए ।   साइक्लिङ खेल अन्तरगत शनिबार पोखराको तितेपानी रानीवन क्षेत्रको ट्रयाकमा डाउन हिल विधाको प्रतिस्पर्धा हुनेछ । त्यस्तै आइतबारपनि सोहि क्षेत्रमा क्रस कन्ट्री विधामा प्रतिस्पर्धा हुने र त्यसपछिका खेल याम्दी–हेम्जा सडकखण्डमा हुने आयोजकले जनाएको छ । ४ विधाबाट साइक्लिङमा पुरुष महिला गरि ८ स्वर्ण, ८ रजत र ८ कास्यका लागि खेलाडीहरु प्रतिस्पर्धा गर्नेछन् ।  

  पोखरा। नवौं राष्ट्रिय खेलकुद अन्र्तगत टेबल टेनिस प्रतियोगिताका खेलाडीहरुलाई शुक्रबार जर्सी वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नं ९ ले आफ्ना वडाबाट प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई जर्सी वितरण गरेको हो ।    पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका बीच जर्सी वितरण गर्दै वडा नं ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले वडामा रहेका खेलाडीको मनोबल बढाउनकालागि वडाद्धारा जर्सी प्रदान गरिएको बताए र्। खेलाडीले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्नसक्छन्’ मर्सानीले भने । खेलाडीको रुपमा वडा नं ९ लाई चिनाउन सफल होस् भन्ने शु्भकामना दिदै मर्सानीले पदक विजेता वडाका खेलाडीलाई विजयी पदकका आधारमा जनही १० हजार, पाँच हजार र तीन हजार रुपैयाँका दरले वडाले नगद सम्मान गर्ने घोषणा समेत गरे । कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीले वडा नं ९ ले उदायीमान खेलाडीहरुको हौसला बढाउने कार्य गरेको भन्दै साना होस् या ठुला हरेक खालका सम्मानले खेलाडीलाई खेलप्रति लगाव बढाउने बताए । संघका सचिव कृष्ण रानाभाटले वडा नं ९ को खेलाडी प्रोत्साहन कार्य प्रशंसानिय भएको बताए ।

पोखरा:  वडा प्रहरी कार्यालय रामबजारले पोखराको पसलमा चोरी गर्ने दुई युवालाई प्रकाउ गरेको छ ।    पोखरा महानगरपालिका १० शिवचोक र अमरसिंहचोकस्थित कल्पना किराना स्टोर्स र एप्पल केयर एसोसरिज मोबाइल पसलबाट गत २६ गते मंगलबार राती चोरी गरेको आरोपमा पोखरा १० नागिनटोल बस्ने विश्वाश कुमाल र दिनेश परियारलाई पक्राउ गरेको हो ।   शंकास्पद अवस्थामा भेटिएका उनीहरुलाई खानतलासी गर्ने क्रममा चोरीको सामान फेला परेपछि नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएकाे छ  कास्की प्रहरीलका अनुसार उनीहरुले मिलनटोल नजिकै खाली जग्गाको झाडीमा जेब्रा झोलामा चोरीका सामान लुकाएर राखेका थिए ।   किराना पसलबाट के के चोरी गरेका थिए ?   उनका अनुसार उनीहरुको साथबाट विभिन्न पाउडर २९ वटा, आधा लिटरको कोक ९ वटा, साढे १ लिटरको कोक ३ वटा, आधा लिटरको स्प्राइट १ वटा, साढे १ लिटरको स्प्राइट २ वटा १६ वटा रेडबुल, ७ वटा चिप्स, चिजबल्स १३ वटा, पाण्डा खाजा १ प्याक, करेन्ट चाउचाउ ७ वटा, फ्रुटी ११ वटा, टुथ ब्रस १२ वटा, विभिन्न रंगका मास्क ४ पोका, चोकोपाई ४ वटा , कपालमा लगाउने तेल ६ वटा, ब्यान्डेज १ बट्टा, सन्सिल्क ८८ पत्ता, हजमोला १ बट्टा, चोकोफन ७ वटा, नवरत्न आयुर्वेदिक तेल २० पट्टा र विभिन्न खालका मिठाई १ पोका बरामद गरिएको छ ।    मोबाइल पसलबाट के के चोरी गरेका थिए ?     एप्पल केयर एसोसरिज मोबाइल पसलबाट सामसुङ कम्पनीको हेडफोन १ थान, विभिन्न कम्पनीको ब्लुटुथ ३ थान, पावरबैंक १ थान, १६ जिबीको पेन ड्राइभ १ थान, औलामा लगाउने पञ्जा ३ थान, ८ जिबीको मेमोरी कार्ड २ थान, १६ जिबीको  मेमोरी १ थान, मोवाईल स्ट्याण्ड ( रिङ) १ थान, चार्जर १ थान, सामसुङको चार्जर १ थान, पेन हुक्का १ थान, सामसुङ कम्पनीको मोबाइल १ थान भिभो कम्पनीको यो १ मोडल भएको मोबाईल १ थान र कार्ड लेखेको डिभाईज १ थान बरामत गरेको कास्की प्रहरीले जनाएको छ ।     

कास्की । नवौं राष्ट्रिय खेलकुद अन्तरगत स्क्वास प्रतियोगिता भोलि (शनिबार) देखि सुरु हुने भएको छ । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा भोलिदेखि स्क्वास प्रतियोगिता सुरु हुने नेपाल स्क्वास रर्याकेट्स एशोसिएसनका सदस्य तथा स्क्वास संयोजक लोकेन्द्रमान सिं भण्डारीले जानकारी दिए ।    उनका अनुसार बागमतीकी विपना ब्लोन र सोही प्रदेशकै स्वस्तानी श्रेष्ठ विहान ९ बजे उद्घाटन खेल खेल्नेछिन् । उक्त प्रतियोगितामा २ विभागीय र ५ प्रदेशगरि कुल ७ टोलीको सहभागिता रहेको भण्डारीले जानकारी दिए ।   उनका अनुसार महिलातर्फ बागमती प्रदेश, गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ । भने पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, ससत्र प्रहरी बल एपिएफ, प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको छ ।   उनले महिलातर्फ खुला (ओपन) प्रतियोगिता हुने बताउदै पुरुषतर्फ खुला तथा टिम इभेण्टमा प्रतिस्पर्धा हुने बताए । ‘महिलातर्फ कम सहभागिता भएको कारण ओपन इभेन्टमात्रै हुन्छ, उनले भने, ‘पुरुषतर्फ भने ओपन र टिम दुवै इभेन्टमै प्रतिस्पर्धा हुनेछ ।’   भण्डारीका अनुसार आगामी ३ गतेसम्म सञ्चालन हुने स्क्वास प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । ‘स्क्वासको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले गर्ने प्रारम्भिक कुरा छ, उनले भने, ‘अहिल्यै चाँही फिक्स भइसकेको छैन । तर प्रतियोगिताको अरु सबै कुराको तयारी भइसकेको छ ।’      स्क्वास प्रतियोगिता संयोजक भण्डारीका अनुसार यसअघि सम्पन्न आठौं संस्करणको राष्ट्रिय खेलकुदमा पुरुषतर्फ गण्डकीका अमृत थापामगर र महिलातर्फ सोही  प्रदशकै कृष्णा थापामगरले स्वर्ण पदक जितेकी थिइन् । स्वर्णपदकधारी द्वय थापामगर दिदी भाई हुन् ।

पोखराः   बागलुङका अर्णबहादुर खड्का पोखरा महानगरपालिका ७ घारीपाटनस्थित सितारामपुलबाट सेतीमा हाम फालेर बेपत्ता भएका छन् ।  आज (बिहिबार) बिहान मर्निङ वाकमा निस्केका ४५ वर्षिया खड्का छोरेपाटन जाँदै गर्दा सितारामपुलबाट एक्कासी हाम फालेर बेपत्ता भएका हुन् ।   मानसिक रोगी रहेका अर्णबहादुर खड्का ( केदार खड्का ) हाम फालेर बेपत्ता भएको खड्काका दाजु गोविन्द खड्काले सुनगाभा न्यूजलाई बताए ।  ‘हामी नयाँगाउँबाट छोरेपाटनतिर जाँदै थियौं । म अगाडी थिए । पछाडी भाई र उसको छोरा थिए, उनले भने, ‘एक्कासी छोरो कराएपछि हेर्दा भाइले हामफालिसेको थाहा भयो। त्यसपछि प्रहरीलाई खबर गर्यौं ।’   जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बेपत्ता खड्काको खोजीकार्य तिव्र पारेको बताए ।    तिवारीका अनुसार बेपक्ता भएका खड्का बागलुङ नगरपालिका ३ गुठी घर भई हाल पोखरा महानगरपालिका १५ नयाँगाउँ बस्दै आएका थिए । 

पोखरा  :  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्याण्डबल (महिला/पुरुष)तर्फका समूह चरणका खेल जारी छन् । पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा खेल भइरहेका छन् ।     खेलमा घरेलु टोली गण्डकी प्रदेशले तेस्रो जित निकालेको छ । गण्डकीले बागमती प्रदेशलाई ३२-१४ अङ्कले जित्दै निकाल्दै महत्वपूर्ण तीन अङ्क बटुलेको छ । लगातार तीन खेल जितेको गण्डकीले योसँगै नौ अङ्क पाएको छ । अर्को खेलमा त्रिभुवन आर्मीले लगातार तेस्रो जित जितेको छ । आर्मीले प्रदेश-१ लाई ५४-१० अङ्कको जित निकालेको हो । आर्मीले पनि नौ अङ्क जोडेको छ ।    यस्तै सशस्त्र प्रहरी बलको एपीएफले पनि लगातार तेस्रो खेल जित्दै नौ अङ्क बनाएको छ । एपीएपले प्रदेश-१ लाई ३५-५ अङ्कले जितेको हो । ह्याण्डबलको पुरुषतर्फ नै लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । लुम्बिनीले सुदूरपश्चिममाथि ३०-२५ अङ्कको जित निकालेको हो । जितसँगै लुम्बिनीले महत्वपूर्ण तीन अङ्क जोडेको छ ।    अर्को खेलमा कर्णाली प्रदेशले सङ्घर्षपूर्ण जित निकालेको छ । निकै नै प्रतिस्पर्धात्मक खेलमा कर्णालीले बागमतीलाई १८-१७ अङ्कले पराजित गरेको हो । प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबल खेलमा बागमती प्रदेशले जित निकालेको छ । बागमतीले मधेश प्रदेशलाई ६-४ अङ्कले पराजित गर्दै महत्वपूर्ण तीन अङ्क बटुलेको हो । महिला ह्याण्डबल खेलमा विभागीय आर्मीले लगातार तेस्रो जित निकालेको छ । आर्मीले प्रदेश-१ माथि ३४-९ अङ्कको फराकिलो जित निकालेको हो । आर्मीले नौ अङ्क जोडेको छ ।    महिलातर्फ नै लुम्बिनी प्रदेशले सदूरपश्चिम प्रदेशलाई माथि १४-१० अङ्कले पराजित गरेको छ । दुई समूहमा विभाजन गरेर खेलाइएको छ । पुरुषतर्फ समूह ‘क’ मा गण्डकी, मधेश, बागमती, आर्मी र कर्णाली प्रदेश छन् । समूह ‘ख’ मा एपिएफ, लुम्बिनी, प्रदेश एक र सुदूरपश्चिम प्रदेश छन् । यस्तै महिलातर्फ समूह ‘क’ मा एपिएफ, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेश छन् । समूह ‘ख’ मा आर्मी, प्रदेश एक, बागमती, मधेश र कर्णाली प्रदेश छन् । 

पोखरा  :  नवौँँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजदेखि हक्की प्रतियोगिता सुरु हुँदैछ ।   पुरुषतर्फको खेल हेम्जाको गौरीशङ्कर खेल मैदानमा तथा महिलातर्फको खेल गण्डकी बोर्डिङ स्कुलमा सञ्चालन हुन लागेको छ । हक्की प्रतियोगिताका लागि बुधबार हेम्जाको गौरीशङ्कर खेल मैदान व्यवस्थापन गर्नेलगायत काम सम्पन्न भएको नेपाल हक्की सङ्घका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काले जानकारी दिनुभयो ।      गए राति अबेरसम्म मैदानको घाँस काटिएको थियो । उहाँले हतार हतारमा व्यवस्थापन गरिएका यस्ता पूर्वाधारका कारण खेलाडीलाई चोटपटकको चुनौती रहेकोे गुनासो गर्नुभयो । समयमा खेल मैदान व्यवस्थापनतर्फ सम्बन्धित निकायले ध्यान नदिँदा समस्या भएको उल्लेख गर्दै खड्काले स्थानीय निकाय, खेल व्यवस्थापकलगायत सम्बन्धित निकायबीच समन्वय नभएको बताउनुभयो ।      भौतिक पूर्वाधार पर्याप्त नहुँदा हक्की प्रतियोगिता प्रदेश बाहिर लैजाँदा राम्रो सन्देश नजाने भएकाले चुनौतीका बाबजुद पनि कास्कीमै गराउन लागेको खड्काको भनाइ छ ।    राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले छोटो समयमा सबै खेलको भौतिक पूर्वाधार निर्माण गर्दा कुनैकुनै प्रतियोगिता अभाव र चुनौतीका बाबजुद सञ्चालन गर्न लागिएको स्वीकार गर्नुभयो । हक्कीमा पुरुषतर्फ नौ तथा महिलातर्फ सात टोलीले प्रतिस्पर्धा गर्दै छन् । नवौँ राष्ट्रिय प्रतियोगिताको यही असोज २८ गते उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिकरुपमा उद्घाटन गर्ने कार्यक्रम भए पनि प्रतियोगिताअन्तर्गतका केही खेल भने सुरु भइसकेका छन् ।