इन्डिभिज्युल टाइम ट्रयाल साइक्लिङमा आर्मी र एपिएफलाई एक–एक स्वर्ण पदक

पाेखरा | कात्तिक १, २०७९

इन्डिभिज्युल टाइम ट्रयाल साइक्लिङमा आर्मी र एपिएफलाई एक–एक स्वर्ण पदक

 

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (मंगलबार) भएको साइक्लिङको इन्डिभिज्युल टाइम ट्रयाल विधामा महिलातर्फ नेपाल आर्मीले र पुरुषतर्फ एपिएफले एक–एक स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको महिला इन्डिभिज्युल टाइम ट्रयाल विधातर्फको फाइनल खेलमा २० किलोमिटरको दुरी ३८ मिनेट ३१ सेकेण्ड ४१० मिलिसेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी उषा खनालले स्वर्ण पदक जित्न सफल भएकी छिन् । 


त्यस्तै उक्त दुरी ४२ मिनेट २० सेकेण्ड ८८६ मिलिसेकेण्डमा पुरा गर्दै एपिएफकी हुमी बुढामगरले रजत पदक जितेकी छिन् । त्यसैगरि ४२ मिनेट ५५ सेकेण्ड ९६२ मिलिसेकेण्डमा दुरी पुरा गर्दै नेपाल आर्मीकै मञ्जु कुमारी खड्काले कास्य जित्न सफल भइन् ।


आजै भएको पुरुषतर्फको इन्डिभिज्युल टाइम ट्रयाल साइक्लिङमा एपिएफले स्वर्ण र कास्य, नेपाल आर्मीले रजत पदक जित्न सफल भएको छ । २० किलोमिटरको दुरी ३४ मिनेट ०४ सेकेण्ड ३०९ मिलिसेकेण्डमा पुरा गर्दै एपिएफका सुरज रानामगरले स्वर्ण पदक जित्न सफल भएका छन् । 


त्यस्तै नेपाल आर्मीका हिमाल टमाटाले उक्त दुरी ३६ मिनेट ४५ सेकेण्ड ४१९ मिलिसेकेण्डमा पुरा गर्दै रजत पदक जिते । त्यसैगरि ३६ मिनेट ५० सेकेण्ड ४४६ मिलिसेकेण्डमा दुरी पुरा गर्दै एपिएफकै लक्ष्मण मल्लले कास्य पदक जितेका छन् ।


सात प्रदेश र तीन विभागिय गरि दश क्षेत्रबाट प्रतिस्पर्धा रहेको साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री र इन्डिभिज्युल टाइम ट्रयाल विधा सकिएको छ । अव भोली (बुधबार) रोड रेस मास स्टार्ट विधा पोखराको हेमजामा हुनेछ । साइक्लिङमा विभिन्न ४ विधामा पुरुष र महिला गरि ८÷८ स्वर्ण, रजत र कास्यका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
 

पोखरा:   छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डह...

थप पढ्नुहोस्

मुस्ताङ:  मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...

थप पढ्नुहोस्

तनहुँ: मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् ।  बेलबास दुग्ध उत्पादक सहकारी संस्थ...

थप पढ्नुहोस्