पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

  पोखरा  । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलको पहिलो चरणको प्रतिस्पिर्धा आइतबार सकिएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा सञ्चालित प्रतियोगितामा मधेश र कर्णाली प्रदेश पहिलो चरणको खेलबाट बाहिरिएका छन् । वेष्ट अफ फाइभका आधारमा खेलाइएको खेलमा सात प्रदेश र तीन विभागीय टोली सहभागी छन् । आइतबार शसस्त्र प्रहरीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लव र बागमती प्रदेशले मधेश प्रदेशलाई पराजित गरेका थिए । शसस्त्रले सेनालाई ३–१ र बागमतीले मधेशलाई सोझो तीन सेटले पराजित गरेको हो । खेलको पहिलो, तेस्रो र चौथो सेट शसस्त्र तथा दोस्रो सेट सेनाले जितेका थिए । विनिता बुढाथोकीको कप्तानीमा मैदानमा उत्रिएको शसस्त्रले सेनालाई पहिलो सेट २५–२०, तेस्रो सेट २५–२१ र चौथो सेट २५–२३ मा पराजित गरेको थियो । शसस्त्रका विरुद्ध २५–१९ ले दोस्रो सेट जितेको मनिषा खाँडको नेतृत्वमा रहेको सेनाको टोलीले उत्कृष्ट प्रर्दशन र कडा प्रतिस्पर्धा गरेपनि तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्न सकेनन् । ललिता महतको कप्तानीमा मैदानमा उत्रिएको बागमतीले प्रजुना थापाको नेतृत्वमा रहेको मधेश प्रदेशको टोलीलाई २५–६, २५–८ र २५–७ को फराकिलो अन्तरमा पराजित गरेको छ । एपिएफकी निरुता ठगुल्ना र बागमतीकी जेनिसा वि।क।लाई आइतबारको खेलमा वमेन अफ द म्याच घोषणा गरिएको छ । चार वटा समुहबाट आठ टिम क्वाटर फाइनल प्रवेश गरेका छन् । तीन÷तीन टिम रहेको समूह (ए)बाट शसस्त्र र त्रिभुवन आर्मी तथा (वि)बाट बागमती र लुम्वीनी क्वाटर फाइनल प्रवेश गरेका भलिबलका राष्ट्रिय रेफ्रि विनय राईले जानकारी दिए । उनका अनुसार दुई÷दुई टिम रहेको समुह (सि)बाट नेपाल पुलिस क्लव र (डि)बाट गण्डकी प्रदेश क्वाटर फाइनल प्रवेश गरेको ले जानकारी दिए । सोमबारदेखि शुरु हुने क्वाटर फाइनलको पहिलो खेल समूह (ए)को बिजेता शसस्त्र र समुह (सि)को उपविजेता लुम्वीनी प्रदेश बीच हुने प्रतियोगिताका संयोजक याम बहादुर गुरुङले बताए । समुह (बि)को बिजेता बागमती र समुह (डि)को उपबिजेता सुदुरपश्चिम तथा समुह (सि)को विजेता नेपाल पुलिस क्लव र समूह (ए) को उपविजेता सेनाको प्रतिस्पर्धा हुने उनले जानकारी दिए । सोमबारनै क्वाटर फाइनलको अन्तिम खेल समुह डिको बिजेता गण्डकी र समुह (बि)को उपबिजेताबीच हुने भएको छ । प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

  पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समुहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् । यस्तै वागमतीका दीनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बाले कास्य पदकमा चित्त बुझाउनुप¥यो । स्वर्णका लागि प्रि–जज राउण्डबाट छनोट भएका ५ जनाबाट विजेता छौट गरिएको थियो ।   प्रि–जजबाट गण्डकीका विवेक हमाल, वागमतीका दीनेश गोसाई, नेपाल प्रहरीका तेजबहादुर हमाल, एपिएफका कपिल गौतम र त्रिभुवन आर्मी क्लवका रमेश फोम्बो छनोट भएका थिए । ५५ किलो तौल समुहमा उनीहरुसँगै प्रदेश १ का अजय राजवंशी, लुम्बिनी प्रदेशका भानुभक्त कडोरिया, कर्णाली प्रदेशका प्रकाशबहादुर शाही र सुदुरपश्चिम प्रदेशका सुनिल राईका प्रतिस्पर्धा गरेका थिए ।   त्यसपछि भएको ६० किलोग्राम तौल समुहमा नेपाल पुलिसका डेभिड बलामीले स्वर्ण, एपिएफका किसन दिवाकरले रजत र लुम्बिनी प्रदेशका सुनिल आलेले कास्य पदक जितेका छन् ।   आईतबार नै ६५, ७० र ७५ किलोग्राम तौल समुहको प्रि–जज र फाईनल हुने शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए । दुई दिनसम्म चल्ने खेलको पहिलो दिन ५५, ६०, ६५, ७० र ७५ किलोग्राम तौल समुहको फाईनल हुनेछ । भने, दोस्रो दिन अन्य विधाका खेल हुनेछन् ।   उनका अनुसार प्रदेश १, मधेश, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाउनेछन् । उनीहरुले पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० किलोग्राम माथिको इभेण्टसँगै फिजिक्स १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा गर्नेछन् । महिलाहरुले खुल्ला र फिजिक्स खुल्लामा प्रतिस्पर्धा गर्ने श्रेष्ठले बताए । शारीरिक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

पोखराः मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ ।    असोज २३ गते मनोनयन दर्ता भएपनि २६ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्वाचन आयोगले दिएको थियो । केही राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिए भने केहीले विज्ञप्तीमार्फत उम्मेदवारी फिर्ता लिइरहेका छन् ।    प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा सहभागी हुने समावेशी समूहको अन्तिम सुची निर्वाचन आयोगले प्रकाशित गरेको छ ।    निर्वाचन आयोगका अनुसार कूल उम्मेदवार २ हजार ४१२ मध्ये १ हजार १७ उम्मेदवारसँगै क्षेत्री-ब्राम्हण (खस आर्य) समुदायका उम्मेदवार पहिलो नम्बरमा परेका छन् ।    यसैगरी, दोस्रो नम्बरमा ६ सय ४१ जना आदिवासी जनजाति समुदायका उम्मेदवार रहेका छन् ।    यस्तै आयोगका अनुसार ५ सय ६ जना उम्मेदवारसँगै मधेसी समुदायका उम्मेदवार तेस्रो नम्बर रहेका छन् । ९७ जना उम्मेदवारसँगै दलित समुदायका उम्मेदवार चौथो नम्बरमा रहेका छन् ।    ८२ उम्मेदवारसँगै मुस्लिम समुदायका उम्मेदवार पाँचौ नम्बरमा रहेका छन् भने ६९ जना उम्मेदवारसँगै थारु समुदायका उम्मेदवार छैठौ नम्बरमा रहेको निर्वाचन आयोग नेपाले जनाएको छ ।   

  पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला हक्की खेलमा प्रदेश नम्बर १ र नेपाली सेनाको त्रिभूवन आर्मी क्लव सेमिफाइनलमा प्रवेश गरेका छन् ।   पोखरामा शनिबार भएको महिला हक्कीको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १–० गोल अन्तरले हराएको हो । खेलको पहिलो क्वाटरमा पुर्णिमा राइले गरेको गोल नै निर्णयक बन्यो । उनले प्रदेश १ को तर्फबाट १५ औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । योसँगै प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेको छ ।   यस्तै आज भएको दोस्रो खेलमा नेपाल आर्मीले ३–० को गोल अन्तरले सुदुरपश्चिम प्रदेशलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।   सात टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुँदै थियो । भोलि प्रतियोगिताको पाँचौ दिन बागमती प्रदेश र मधेस प्रदेश बीच प्रतिस्पर्धा हुँदै छ । यसअघि लगातार दुई खेल जितिसकेको गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।    

  पोखरा ।  थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेश, एपीएफ र त्रिभुवन आर्मीले जित हासिल गरेका छन् ।    आइतबार बिहान भएको खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १७–७ अंकले पराजित गरेको हो । प्रतियोगितामा गण्डकीकी स्मृत गुरूङले सर्वाधिक ७ अंक जोडेकी थिइन ।    यसैगरी एपीएफले प्रदेश–१ लाई २१–५ र आर्मीले बागमती प्रदेशलाई १२–४ अकंको अन्तरमा पराजित गरेका थिए ।

  पोखरा: पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको फिल्ड इभेन्ट हाइजम्प महिलातर्फ त्रिभुवन आर्मी क्लबकी खगीता सिंजालीमगरले स्वर्ण जितेकी छन् ।   पोखरा रंगशालामा आइतबार सम्पन्न फाइनलमा १ मिटर ५२ सेन्टिमिटर जम्प गर्दै खगीताले स्वर्ण जितेकी हुन् ।   १ मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्मीकै विन्दू थनेतले रजत जितिन् र गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कांस्य जितिन् । श्रेष्ठले १ मिटर ४१ सेन्टिमिटर जम्प गरिन् ।  

    पोखरा : पोखरा ९ नयाँबजारस्थित तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालको ३८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले तमु धिं नेपालका महासचिव अधिवक्ता जुनाकुमारी गुरुङले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गमबहादुर गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ।   साधारणसभामा आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बन्नुभएका गुरुङ उम्मेदवारहरुलाई परिचयका साथै विजयीको शुभकामना व्यक्त गरिएको थियो। विभिन्न राजनीतिक दल एवम स्वतन्त्र २२ जना प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष एवम् समानुपातिक उम्मेदवारहरुलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष कर्म तमु, वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ, सल्लाहकार मे.डिलबहादुर गुरुङ लगायतले टिका र खादा लगाएर विजयीको शुभकामना व्यक्त गरिएको थियो।   साधारणसभाको प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपप्रमुख तथा तमु धिं नेपालका आजिवन सदस्य मञ्जुदेवी गुरुङले तमु धिं नेपालले तमु समुदायको पहिचान, एकता, अग्रगति र सामुहिकताको विकासका सँगै समृद्ध समाज एवम राष्ट्र विकासका लागि उदाहरणीय भुमिका निर्वाह गर्नुभएको भन्दै प्रसंशा व्यक्त गर्नुभयो। उहाँले राज्यबाट धेरै श्रोत र अधिकारहरुको व्यवस्था भए पनि हामी सचेत हुदाँ प्राप्त गर्न सक्ने बजेट, योजना, कार्यक्रमहरुबाट बञ्चित हुनुपरेकोमा सबैले राज्यबाट पाउने सेवा सुविधाबारे जानकारी राख्न र सुविधा प्राप्त गर्न आग्रह गर्नुभयो।पोखरा महानगरपालिकाले विकास, क्षमता अभिवृद्धि, संरक्षण सम्वद्र्धन लगायतका विषयमा धेरै कार्यक्रमहरु अघि सारेको जानकारी गराउनुहुदै तमु समुदाय, समाज र तमु धिंसँग सहकार्य गर्न चाहेको बताउनुभयो।   कार्यक्रममा तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले तमु धिं नेपालको स्थापना, विकास र ३८ औं वार्षिक साधारणसभा सम्म विकासका सन्दर्भका बारेमा चर्चा गर्नुहुदै आगामी निर्वाचनमा उम्मेदवार बन्नु भएका तमुहरुलाई विजयीको शुभकामना व्यक्त गर्नुभयो।   शुभकामना व्यक्त गर्नुहुदै ङ्योए तमु धिंकी महासचिव काशिमाया गुरुङले तमुहरुको एकताबाट नै शक्ति निर्माण हुने भएकाले तमु धिं नेपाल र ङ्योए तमु धिंको कार्यगत एकता मात्र नभई संस्थागत एकता आवाश्यक रहेको बताउनुभयो। अब तमु धिंकै नामबाट अघि बढौं सामाजिक, साँस्कृतिक, राजनीतिक अधिकार धेरै प्राप्त गर्न सकिन्छ भन्दै तमु उम्मेदवारहरुलाई विजयीको शुभकामना व्यक्त गर्नुहुदैं निर्वाचित भईसकेपछि समुदायप्रति उत्तरदायी हुन आग्रह गर्नुभयो।   तमु धिं नेपाल साउदी अरब प्रवास शाखाका अध्यक्ष खेम गुरुङले शुभकामना व्यक्त गर्नुहुदै साउदी अरबमा संस्था स्थापना, संस्थाको उद्धेश्य, तमु धिं नेपालसँगको सम्बन्धका बारेमा चर्चा गर्नुहुदै विदेशमा रहेका तमु संघ संस्थाहरुसँग सम्बन्ध विस्तारका लागि पहल रहने बताउनुभयो।यसै बिच आगामी अधिवेशनबाट प्रवास शाखाका तर्फबाट साउदी अरबको सिफारिसमा एक जना कार्यसमितिका लागि प्रतिनिधित्व गर्ने, तमु धिं नेपाल साउदी अरब प्रवास शाखाको आजीवन सदस्यता तमु धिं नेपालमा कायम रहने र प्रवास शाखाहरुको समन्वय गर्ने जिम्मेवारी साउदी अरबका अध्यक्ष खेम गुरुङलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ।   कार्यक्रममा तमु धिं नेपालको नरबहादुर गुरुङ(नरजंग)पोखरा १३ समृद्धि टोल निवासी १ लाख १ हजार ११५ रुपैया प्रदान गर्दै तमु धिं नेपालको संरक्षक सदस्य बन्नुभएकोमा हार्दिक बधाई ज्ञापन गरिएको थियो भने तमु धिं नेपालका साउदी अरब प्रवास शाखाका अध्यक्ष खेम गुरुङ र तमु धिं जापानका पुर्व अध्यक्ष श्रीभक्त गुरुङलाई स्वागत एवम सम्मान गरिएको थियो।   तमु धिं नेपालको अध्यक्ष हुुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष  सुमे श्रीप्रसाद गुरुङ, स्वागत नृत्य तमु धिं नेपाल केन्द्रिय आमा समिति र सञ्चालन महासचिव जुनाकुमारी गुरुङले गर्नुभएको थियो।   

  पोखरा । नवौै राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तत एथ्लेटिक्स बिधातर्फ सात स्वर्णपदकको छिनोफानो भएको छ । गण्डकी प्रदेशको पोखरा रङ्गशालामा आज सम्पन्न खेलअन्र्गत एक हजार पाँच सय  मिटर दौडको पुरुषतर्फ मुकेश पाल र महिलामा फुलमती रानाले स्वर्ण पदक जितेका छन् ।    त्रिभुवन आर्मी क्लबका मुकेशले तीन मिनेट ५२ दशमलव २१ सेकेन्ड समय खर्चदै स्वर्ण पदक जितेका हुन । सोही स्पर्धामा सशस्त्र प्रहरी बल (एपिएफ)का अजित यादव र नागेश्वर अहिर क्रमश ः दोस्रो र तेस्रो भए । अजितले तीन मिनेट ५३ दशमलव ११ सेकेन्ड समय लगाउँदै दोस्रो भए भने नागेश्वरले तीन मिनेट ५६ दशमलव पाँच सेकेन्ड समय खर्चदै तेस्रो भए ।    सोही स्पर्धाको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ) की फुलमती रानाले त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जित्न सफल भइन् ।  फुलमतीले चार मिनेट ३८ दशमलव १९ सेकेन्ड समय लगाउँदै पहिलो बनेकी हुन ।    रजत पदक विजेता सरस्वतीले चार मिनेट ४१ दशमलव ८० सेकेन्ड समय लगाइन् । सोही स्पर्धामा त्रिभुन आर्मी क्लबकी रेखा लिम्बूले कास्य पदक हात पारिन । उनले पाँच मिनेट ०३ दशमलव ८० सेकेन्ड समय खर्चदै तेस्रो स्थानमा रहेकी हुन् ।    त्यसैगरी आजै भएको सटपुटतर्फ तिलक विक र चन्द्रकला लामगादेले स्वर्ण जिते । त्रिभुवन आर्मी क्लबका तिलकले सोही क्लबका चित्रबहादुर वलीलाई पराजित गर्दै स्वर्ण जितेका हुन । सोही स्पर्धामा वलीले रजत पदक जित्दा बागमती प्रदेशका ललित रावतले कास्य पदकमा चित्त बुझाए ।    यसैगरी एक सय मिटर दौडको पुरुषतर्फ शिवराज पार्की र महिलामा सरस्वती चौधरीले स्वर्ण जिते । सशस्त्र प्रहरी बलका शिवराजले त्रिभुवन आर्मी क्लबका युवराज विकलाई पछि पार्दै स्वर्ण जितेका हुन् । स्वर्ण विजेता शिवराजले निर्धारित दूरी १० दशमलव ५९ सेकेन्डमा पूरा गरे । सोही स्पर्धामा आर्मीका युवराजले १० दशमलव ५८ सेकेन्ड समय लगाउँदै रजत पदक जिते भने त्रिभुवन आर्मी क्लबका डिल्ली भण्डारीले कास्य पदक जिते । उनले १० दशमलव ७०  सेकेन्ड समय लगाए ।    सोही स्पर्धाको महिला विधामा स्वर्ण विजेता त्रिभुवन आर्मी क्लबकी सरस्वतीले लुम्बिनी प्रदेशकी निशा चौधरीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन । उनले निर्धारित दूरी १२ दशमलव १३ सेकेन्डमा पूरा गरिन । सरस्वतीले स्वर्ण पदकसहित राष्टिय कीर्तिमानसमेत कायम गरेकी छन् । उनले हिट चरणमा निशा चौधरीको नाममा रहेको रेकर्ड ब्रेक गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् ।   निशाले  हिट चरणमा १२ दशमलव १५ सेकेन्ड समय लगाएकी थिइन । सोही स्पर्धामा त्रिभुवन आर्मी क्लबकी रमिता थारुले कास्य जितिन् । रमिताले निर्धारित दूरी १२ दशमलव ९३ सेकेन्ड समय खर्चेकी थिइन् ।  त्यस्तै दश हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पाखा लगाउँदै स्वर्ण जितेकी थिइन् ।

  पोखरा । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार तेस्रो जित हात पारेर एक खेल अगाबै सेमिफाईनलमा स्थान बनाएको छ ।   पोखरामा शनिबार भएको खेलमा नेपाल एपीएफ क्लबले मधेश प्रदेशलाई २७ रनले पराजित गरेको छ ।एपीएफले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ७ विकेट ७४ रन बनायो । मधेशका लागि कप्तान कविता गौतमले अविजित १३ तथा सरस्वती कुमारीले १३ रन बनाईन् ।   अनुराधा चौधरीले ११ रनमा आउट भईन् । उसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफका लागि नेरी थापाले ३ तथा ईन्दु बर्मा,सुमन विष्ट,सुस्मा श्रेष्ठ र सरिता मगरले समान १र१ विकेट लिए ।   पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर १ सय १ रन बनाएको थियो । एपीएफका लागि ममता चौधरीले अविजित १७ तथा राजमती ऐरीले १६ रन बनाईन् । ज्योती पाण्डेले १५ रन जोड्दा नेरी थापाले १२ रन बनाएकि थिईन् ।   कप्तान सिता राना मगर र रोमा थापाले समान ८८ रन बनाएकि थिईन् । मधेशका लागि सरस्वती कुमारीले ३ तथा कविता गौतम र शान्ति चौधरीले समान २र२ विकेट लिए । जितसँगै एपीएफ ३ खेलमा ६ अंक जोड्दै समूह ‘ए’ बाट एक खेल अगावै सेमिफाईनल प्रवेश गरेको छ । मधेश भने ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।   मधेशको सेमिफाईनलको सम्भावनामा कायमै रहेको छ । समूह ‘बी’ बाट भने समूह बिजेताका रुपमा पुलिस क्लब र उपबिजेताका रुपमा लुम्बिनी प्रदेश सेमिफाईनल पुगिसकेका छन् । आजनै हुने दोस्रो खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ । महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।   समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह ‘ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ ।   समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश(१ र लुम्बिनी प्रदेश रहेको छ ।