कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

काठमाडौं:     संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कनु भएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारी, नेपाली सेनाले स्वागत गरेका हुन् ।  उहाँलाई चीनको सिचुवान प्रान्तका उपगभर्नर याङ जिङपिङ, नेपालका लागि चिनियाँ राजदूत, बेइजिङ र सिचुवानका विदेश मामिला कार्यालयका उच्चपदस्थ अधिकारीले छेन्दु विमानस्थलमा बिदाइ गर्नुभयो ।  उहाँ आठ दिने चीन भ्रमणका लागि न्युयोर्कबाट सिधै चीन जानुभएको थियो । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका जानुभएको हो । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उहाँले सम्बोधन गर्नुभएको थियो । न्युयोर्कमा रहँदा प्रधानमन्त्रीले अमेरिकाका राष्ट्रपति जो बाइडेन र अरु देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । चीनमा रहँदा उहाँले चीनका राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नुभयो । त्यस्तै, प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री ली छ्याङसँग नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय भेटवार्ता  गर्नुभयो । भेटवार्तामा दुई देशबीच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

कञ्चनपुर:      क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा  लिएर साढे तीन दशक कमाए। दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५ कट्ठा जमिन भाडामा लिएर खेती गरिरहेका छन्। चार छोरा र एक छोरी अन्यको खेत कमाएर हुर्काएका वीरभानलाई अहिले माइला छोरा २२ वर्षीय भीम सार्कीले क्रिकेट खेलबाट नामसँगै दामसमेत दिलाएपछि परिवारको दैनिकी नै फेरिएको छ । ‘क्रिकेट टिममा महत्वपूर्ण खेलाडी भए पनि हाम्रो परिवारको त उ (भीम) खम्बा नै हो,’ वीरभान भन्छन्, ‘खेलमा उसको प्रगति देखेर हामी परिवार नै खुसी छौँ।’ तर परिवार पाल्न भाडामा जमिन लिएर छाक टार्नुपर्ने अवस्था यथावत रहेको उनको भनाइ छ। ‘ऋण तिर्नदेखि जीविका चलाउनसम्म सङ्घर्ष त छ नै,’ उनले भने, ‘तर क्रिकेटबाट छोराले दिएको खुसीले हामीले हाम्रो दुःख बिर्सियौं।’ महेन्द्रनगरमा ऋण लिएर ६ वर्ष अघि रिक्साको ‘डिलर’ सञ्चालनमा ल्याएका वीरभानलाई अहिले सोही व्यापारको ऋणले छोडेको छैन । अटो, ई–रिक्सा आएपछि साइकल रिक्सा विस्थापित हुँदा १५र२० लाख ऋणमा डुबे,’ उनले भने, ‘९र१० लाख छोरा भीमले क्रिकेटबाट ल्याएको आम्दानीबाट तिर्‍यौं।’ कक्षा ५ पढ्दादेखि नै महेन्द्रनगरमा क्रिकेट पछ्याउन लागेका भीमले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमबाट खेलिसकेका छन् । यस पटक भने १९ औँ एसियन खेलकुदमा उनी टिममा परेनन्। थुप्रै अन्तर्राष्ट्रियस्तरमा समेत उत्कृष्ट प्रदर्शन गरिसकेका भीमले पाएका पदक र प्रमाणपत्र बुबा वीरभानले कोठाभरि सजाएर राखेका छन्। ‘क्रिकेटमै राम्रो गरेकाले होला मलाई पनि अहिले पहिलो एसिया कप छनोट हुँदा काठमाडौँ बोलाएर क्रिकेट हेर्न विशिष्ट कक्षको टिकट दिएर मैदानसम्म पुर्‍यायो,’ उनले भने, ‘अझ पनि राम्रो गर्दै जाने छ भन्ने विश्वास छ, बाँकी भगवानको कृपा।’ कक्षा ८ सम्म यहाँस्थित भृकुटी मावि पढेका भीमले प्रवेशिका परीक्षा ९एसएलसी० सनराइज उच्च माध्यमिक विद्यालयबाट गरे। ‘सनराइजबाट भीम क्रिकेटमा राइज भयो,’ वीरभानले भने, ‘स्कुल पढ्दै धेरै ठाउँमा खेल्न जान थालिसकेको थियो।’ एउटा सामान्य दलित परिवारमा जन्मिएका भीमले क्रिकेटबाट भएको आम्दानीबाट दाजु विनोदलाई वैदेशिक रोजगारीका लागि मलेसिया र भाइ करनलाई दुवई पठाएका छन् । परिवारको नेतृत्व गर्नसक्ने क्षमता पाएपछि भीमलाई नै परिवारले मुलीको जिम्मेवारी दिएर अघि बढेको छ। घरको ऋणपानदेखि घरखर्च भीमले नै हेरिरहेका छन्। ‘काठमाडौँबाट प्रवीणता प्रमाणपत्र तह पास गरेपछि उतै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा जागिरसमेत खान थाल्यो,’वीरभानले भने। भीमलाई क्रिकेट मैदानमा ल्याउन त्यो बेलाका क्रिकेटर चन्द्र साउँदको प्रमुख भूमिका रहेको पनि उनी बताउँछन्। क्रिकेट हेर्न गएका बेला भीम मैदानबाहिर पुगेका बल टिपेर ल्याउँथे। मैदानबाहिर बस्ने र बल टिप्ने गरेको दैनिक देखेपछि चन्द्र साउदले नै भीमलाई क्रिकेट खेल्न आउन भनेका थिए। त्यसपछि उनी मैदानमा उत्रिएका थिए।   त्यसअघि भीमका दाजु विनादे पनि क्रिकेट खेलाडी थिए । तर सल्लाहमै विनोद वैदेशिक रोजगारमा गएपछि भीम खेलतिर लागेका हुन् । ‘भीमले खेलमा गरेको मेहेनतले परिवारमा पनि सुखद् परिर्वतन ल्याइदियो,’ उनले भने, ‘कहिलेकाहीँ उसको टेलिभिजनमा खेल हेर्दा सपना जस्तै लाग्छ।’ यसैगरी भीमका प्रशिक्षक वीरेन्द्र शाहीले आर्थिक स्थिति कमजोर अवस्थामा पनि भीमले क्रिकेटमा निकै मेहनत गरेको सम्झिन्छन् । ‘बुबाले रिक्साको डिलर सञ्चालनमा ल्याउँदा भीम दिनभर पसलमा बसेर साँझ क्रिकेट प्रशिक्षणमा आउथ्यो,’ उनले भने, ‘अहिले क्रिकेटमा अवसर पाएसँगै आफ्नो प्रतिभा पनि देखायो।’ बुबाको घाटाको व्यापारमा समेत क्रिकेटलाई निरन्तरता दिएका भीमलाई सनराइज स्कुले निकै सहयोग गरेको शाहीको भनाइ छ। दीपेन्द्रसिंह ऐरी, भीम सार्की, विनोद भण्डारी, सन्दीप जोराजस्ता खेलाडी भएका कञ्चनपुरको क्रिकेट पूर्वाधारको अवस्था नाजुक रहेको क्रिकेट संघका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दको भनाइ छ। ‘सरकारले क्रिकेटका लागि यहाँ लगानी गरिदिन्न अरु कहाँबाट सहयोग मिल्ने हो खै,’ उनले भने, ‘खेलाडी उत्पादनको उर्वरभूमि भए पनि राज्यले यहाँको खेलकुद क्षेत्रको विकासमा ध्यान दिएन्।’ पछिल्लो केही वर्षयता कवर्डहल परिसरमा क्रिकेट मैदान निर्माणका लागि केन्द्रबाट बजेट आइरहेको भए पनि आवश्यक बजेट नआउँदा काम कछुवा गतिमा छ। ‘हरेक समय विभिन्नस्तरमा क्रिकेटका गतिविधि निरन्तर सञ्चालन भइरहेकै छन्,’ उनले भने, ‘संरचना निर्माणमा सरकारले पनि जागरुकता देखाए प्रतिभावान खेलाडी तयार गर्न कञ्चनपुर अग्रसर छ।

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले सम्साँझै न्यूरोडबाट ६ जना युवालाई पक्राउ गर्दै मणिपाल काण्ड फेरि खोतलेको छ ।   लम्जुङ सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीय सुकमाया दुराको उपचारको क्रममा मणिपाल अस्पतालमा गत ८ गते मृत्यु भएपछि तक्राव सुरु भएको थियो ।    त्यसपपछि मृतक परिवारले सुकमायाको मृत्यु पछाडीको कारण खोज्दै आन्दोलनमा उत्रेको थियो भने चिकित्सक पक्ष पनि आफुहरुमाथि आक्रमण भएको भन्दै सुरक्षाको प्रत्याभूति गराउनुपर्ने बताउदै अनिश्चितकालिन आन्दोलनमा थिए ।    यो पनि पढ्नुहोस   छोरी तिलाको प्रश्न–इन्टर्न डाक्टरले सिपिआर दिन मिल्छ ? तर जिल्ला प्रहरी कार्यालयले चिकित्सक पक्ष र मृतक पक्षलाई राखेर बिहीबार ६ बुँदें सहमति गर्दै प्रकरणलाई शान्त बनाइसकेको थियो । फेरी आज बेलुकी करिब ८ बजे न्यूरोडदेखि मृतक पक्षका ६ जना युवालाई प्रक्राउ गर्दै मणिपाल काण्डलाई ब्युताएको हो ।    सुनगाभा न्यूजलाई प्राप्त विशेष स्रोतका अनुसार पक्राउ पर्नेमा अविनाश गुरुङ, प्रदिप गुरुङ, विवेक गुरुङ, अरुण गुरुङ, उञ्जल थापा र अर्का एक युवा रहेका छन् ।   यसअघि मृतकका आफन्त मालेपाटनका विनय गुरुङलाई मणिपालको चिकित्सकमाथि हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो ।    विनय गुरुङ विरुद्ध दर्ता भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत दुव्र्यवहार मुद्धालाई यथाशिघ्र कानूनी उपचारको सहजीकरण गर्ने सहमति भएको थियो ।   तर फेरि युवाहरुलाई पक्राउ गरेसँगै मणिपाल घटना सेलाउन नपाउने देखिएको छ । उक्त विषयमा बुझ्नका लागि कास्कीका प्रहरी उपरीक्षक मोहन थापा र प्रवक्ता तथा डिएसपी श्रवण कुमार बिकलाई बारम्बार फोन सम्पर्क गर्दासमेत उठ्न सकेन ।    यस्ता छन् सहमति:   मृतक सुकमाया दुराको सम्झनामा मणिपाल शिक्षण अस्पताल प्रशासनले लमजुङ जिल्लामा १० वर्षसम्म विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, अल्पसंख्यक दुरा जाति, दुरा सेवा समाज लमजुङ र दुरा सेवा समाज कास्की र स्थानीय वडा कार्यालयले गरिब तथा विपन्न परिवारका रुपमा सिफारिस गरेका विरामीलाई सहुलियन र निःशुल्क उपचार उपलब्ध गराउने उल्लेख गरिएको छ ।  यस्तै सहमति पत्रमा मृतक दुराको मृत्यु सम्बन्धी अनुसन्धानको सम्पूर्ण प्रक्रिया खुला रहने र दुवै पक्षका सबै आन्दोलनका कार्यक्रम स्थगित गर्ने बताइएको छ ।    विनय गुरुङविरुद्ध दर्ता भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत दुव्र्यवहार मुद्धालाई यथाशिघ्र कानूनी उपचारको सहजीकरण गर्ने बताइएको छ ।   यो पनि पढ्नुहोस   मणिपाल काण्ड: ६ बुँदे सहमतिपछि शव उठाउने तयारी  

काठमाडौं:  नायक अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ।   शुक्रबार उनलाई भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।   कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार केसीले आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।   जाहेरीकर्ता चन्द्रकला कटवाल थापाले केसीले रावायण नामक फिल्म खेल्नका लागि १० लाख रुपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै उजुरी दिएकी थिइन्।   उनले फिल्मका अरू कलाकारलाई पनि एडभान्स दिँदा १ करोड १५ लाख खर्च भएको उल्लेख गरेकी थिइन्। 

काठमाडौं:     भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग डेढ लाख रुपियाँ घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले नायब सुब्बा कटुवाल र खरिदार अधिकारीलाई डेढ सो रकम लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरिएको हो ।  आयोगका प्रवक्ता भोला दाहालका अनुसार अभियुक्तद्वयलाई पक्राउ गरी छानबिन भइरहेको छ । उनीहरूलाई सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं ३ मालपोत चोकबाट पक्राउ गरिएको हो । 

पोखरा:  मणिपाल अस्पताल प्रकरण तीनदिनपछि ६ बुँदे सहमतिसहित मिलेको छ । गत असोज ८ गते मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा लमजुङ सुन्दरबजारकी सुकमाया दुराको मृत्यु भएपछि चिकित्सक र मृतक परिवारबीच विवाद सिर्जना भएको थियो  ।  दुराको मृत्युलाई लिएर चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतक परिवार आन्दोलित थिए । सोही क्रममा डाक्टरमाथि हातपात भएपछि विवादले उग्र रुप लिएको थियो । त्यसैकारण चिकित्सक समूह अनिश्चितकालिन आन्दोलनमा उत्रेका थिए । चिकित्सक पक्ष र मृतक पक्षलाई सँगै राखेर जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा  वार्ता भएपनि निष्कर्ष विहिन बनेको थियो । उनीहरुले आ–आफ्नो मागमा अडा राखेपछि टुंगो लाग्न सकेको थिएन । तर बिहीबारको वार्ताबाट टुंगो लागेको छ ।  सहमतिपछि मृतक दुराको शव उठाउने तयारी गरिएको पारिवारिक निकट स्रोतले बताएको छ ।  यस्तो छ, ६ बुँदे सहमति ६ बुँदे सहमतिमा मृतक सुकमाया दुराको सम्झनामा मणिपाल शिक्षण अस्पताल प्रशासनले लमजुङ जिल्लामा १० वर्षसम्म विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, अल्पसंख्यक दुरा जाति, दुरा सेवा समाज लमजुङ र दुरा सेवा समाज कास्की र स्थानीय वडा कार्यालयले गरिब तथा विपन्न परिवारका रुपमा सिफारिस गरेका विरामीलाई सहुलियन र निःशुल्क उपचार उपलब्ध गराउने उल्लेख गरिएको छ ।  यस्तै सहमति पत्रमा मृतक दुराको मृत्यु सम्बन्धी अनुसन्धानको सम्पूर्ण प्रक्रिया खुला रहने र दुवै पक्षका सबै आन्दोलनका कार्यक्रम स्थगित गर्ने बताइएको छ ।  यस्तै विनय गुरुङ अन्तर्गत दर्ता भएका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत दुव्र्यवहार भएका घटनामा यथाशीघ्र कानुनी उपचारको सहजीकरण गर्ने उल्लेख गरिएको छ ।  

काठमाडौं:     सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच सहमति भएको छ । सहमतिसँगै शिक्षहरुको आन्दोलन फिर्ता भएको छ । सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि नेपाल शिक्षक महासंघ ३ असोजदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको थियो । सरकार र महासंघबीच ५ असोजमा भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने उल्लेख थियो । सरकारले ल्याएको विधेयकमा ५० प्रतिशत भनिएको थियो । ७५ प्रतिशत बनाउने सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी राखेका थिए ।

काठमाण्डौ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।    आज शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन स्थगित गरी काममा फर्कन अनुरोध गर्नुभयो । उहाँले पछिल्लो समय चार वटा अस्पतालमा भएका घटनाबारे अनुसन्धान भइरहेको पनि जानकारी दिनुभयो । चिकित्सकहरूलाई सुरक्षाको प्रत्याभूतिको सरकारले दिनेमा उहाँले प्रतिबद्धता जनाउनुभयो ।    ‘यो समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ । पछिल्ला चार वटा घटनाको छानबिन र कारबाहीको काम गृह मन्त्रालयले अघि बढाइसकेको छ । आन्दोलन फिर्ता लिएर सेवामा फर्किन अनुरोध छ’, उहाँले भन्नुभयो ।   मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका धेरैजसो समस्या समाधानका लागि दरबन्दी थप्ने काम अघि बढेको पनि जानकारी दिनुभयो । ‘अहिले देखिएका धेरैजसो समस्याका पछाडि कम दरबन्दी हुनु पनि हो, दरबन्दी थप्ने काम भइरहेको छ’, उहाँले भन्नुभयो, ‘चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ ।’   आजको बैठकमा गृह मन्त्रालयका सचिव दिनेश भट्टले आन्दोलनरत आवासीय चिकित्सकलाई आन्दोलनको कार्यक्रम फिर्ता लिएर काममा फर्कन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘घटनामा संलग्नलाई कारबाही गर्न मन्त्रालय सुरक्षा प्रशासन प्रयत्नशील छ । आन्दोलनले आमनागरिकमा पर्न गएको समस्याप्रति संवेदनशील बन्न आग्रह गर्दछु ।’   आन्दोलनरत आवासीय चिकित्सकहरूले आफ्नो सुरक्षाका लागि सडकमा आउन बाध्य भएको बताएका छन् । उनीहरूले मणिपाल शिक्षण अस्पतालमा भएको घटनामा संलग्नलाई तत्काल काबाहीको माग गरेका छन् ।    समितिका धेरैजसो सदस्यले समस्याको दीर्घकालीन समाधान खोज्नेतर्फ जोड दिनुभएको थियो । समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको दुर्व्यवहारको स्थलगत अध्ययन गरेर दीर्घकालीन समाधान खोज्ने बताउनुभयो ।