पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

मापदण्डविपरीत व्यवसाय गर्ने रसुवाका दुई व्यवसायीलाई कारबाही गरिएको छ।   कारबाही पर्नेमा कालिका गाउँपालिका–२ घुम्ती बजारस्थित आरएस एभ्रोभेट तथा तरकारी पसलका सञ्चालक रामशरण न्यौपाने र उत्तरगया गाउँपालिका–५ बेत्रावतीस्थित रिभर भ्यु गेष्ट हाउसका सञ्चालक केदारप्रसाद अधिकारी  छन्।   घुम्ती बजारका न्यौपानेले खाद्य तथा अखाद्य दुवै प्रकारका वस्तु अव्यवस्थित तवरले एकै स्थानमा राखी मापदण्ड विपरीत बिक्री गरेबापत १० हजार र सञ्चालक अधिकारीले गेष्ट हाउसमा मानव स्वास्थ्यलाई असर पर्ने खाद्यवस्तु प्रयोग गरेबापत पाँच हजार जरिवाना गरेको घरेलु उद्योग कार्यालयका प्रमुख बृहस्पति तामाङले बताए।   पछिल्लो समय बजार अुगमन समितिले अनुगमनलाइ तीब्र बनाउँदै सचेतना र जरिवाना दुवै  एकै साथ अगाडि बढाएको छ। बडादसैँ नजिकिँदै गएको र उपभोक्ता माझ गुणस्तरीय  खाद्य सामग्री पुगोस् भन्ने पवित्र उद्देश्यले सरकारी मापदण्डको अधिनमा रही जिल्लका व्यापारिक क्षेत्रको अनुगमन  तीव्ररूपमा अगाडि बढाइएको बजार अनुगमन  समितिका संयोजक एवं रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए।   खाद्य गुण नियन्त्रको मापदण्डका अधिनमा रही व्यवसाय दर्ता गरेर मात्र व्यापार व्यवसाय अगाडि बढाउन सबै व्यापारीलाई अनुगमन समितिले अनुरोधसमेत गरेको छ। पहिलो चरणअन्तर्गत बुधबार बेत्रावती बजारका १७ पसलको अनुगमन सम्पन्न गरिएको र अनुगमनको क्रममा खाद्यान्नको प्रकार र त्यसको उपभोग गर्ने समयावधि, बिलविजक जारी, सरसफाइ, राजस्वको स्थायी लेखा नम्बर, उद्योग वाणिज्य दर्ता प्रमाणपत्रसमेतका कागजात हेरिएको संयोजक ज्ञवालीले जानकारी दिए।   उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ, उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुप्साङ तामाङ, कोष तथा लेखा नियन्त्रण कार्यालयका नियन्त्रक रवीन्द्र भुजेल, प्रहरी निरीक्षक राजीव बस्नेत एवं प्रहरी सहायक निरीक्षक काशीराम बुढा एवं सञ्चारकर्मीसमेतको रोहवरमा जरिवाना गरिएको बताइएको छ।   जिल्लाका व्यापारिक केन्द्रमा  अखाद्य वस्तु बिक्री गरेको जानकारी पाएमा अनुगमन समितिलाई  सूचना दिई सहयोग गर्न बजार अनुगमन समितिले आग्रह समेत गरेको छ।

काठमाडौं:   विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ ।  यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका लागि हो भन्ने कुरालाई प्रकाश पारेको छ । यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रुपमा समेत मनाइन्छ । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गर्नुभएको थियो ।  यस दिवसको उद्देश्य रेबिजविरुद्धको लडाइँमा सबै समूह, सङ्गठन र सरोकारवालालाई एकजुट गराउने हो । ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि विश्व रेबिजविरुद्धको  दिवसको रुपमा मनाउन थालेको थियो । कालान्तरमा विश्व स्वास्थ्य सङ्गठनले यस दिवसलाई समर्थन गरेको थियो ।  नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । तर नेपालको सन्र्दभमा रेबिज चुनौती बन्दै गएको चिकित्सक बताउनुहुन्छ । अझै पनि ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गत आर्थिक वर्ष २०७९/८०को तथ्याङ्कअनुसार ७५ हजार पाँच सय ६२ जनालाई कुकुर र नौ हजार नौ सय २१ जनालाई अन्य जनावरको टोकाइबाट विरामी भएका थिए ।  यस्तै आव २०७५÷७६ मा ३२ हजार आठ सय ८२ जनालाई कुकुरले टोकेको थियो । यो सङ्ख्या क्रमशः बढ्दै गएर आव ०७७/७८ मा ५४ हजार नौ सय ९६ जना पुगेको थियो ।   गत आवमा दुई लाख ५० हजार, ‘एआरभी’ भायल खोप खपत भएको थियो । महाशाखाका अनुसार आव ०७०र७१ मा नेपालमा रेबिजका कारण १० जनाको मृत्यु भएको थियो ।  आव ०७१/७२ मा १३ जना, आव ०७२/७३ मा छ जना, आव ०७३/७४ मा आठ, आव ०७४/७५ मा ३२ जना र आव ०७५/७६ मा १८ जनाको रेबिजका कारण मृत्यु भएको थियो । तर पछिल्ला वर्षहरुको तथ्याङ्कमा रिपोर्ट भएका जनावरको टोकाइका घटनाको सङ्ख्यामा उतारचढाव आए पनि रेबिजको मृत्युको सङ्ख्या गत वर्षको तुलनात्मक रुपमा बढ्दै गएको महाशाखाका अधिकारी बताउँनुहुन्छ ।  रेबिज एक घातक भाइरल सङ्क्रमण हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ । जुन छाडा कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालोजस्ता सङ्क्रमित जनावरको टोकाइबाट सर्छ । रेबिजबाट बच्नको लागि सम्भावित जोखिम पछि तुरुन्तै खोप लगाउनु आवश्यक हुन्छ ।  रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउकोबाट सुरु हुन्छ र प्रकाश, पानी र हावादेखि डर लाग्ने हुन्छ । यसले पक्षघात र अन्ततः कोमामा समेत पुग्ने जोखिम हुन्छ । कुकुर वा बिरालोजस्ता जङ्गली जनावर वा घरपालुवा जनावरलाई छुँदा वा खुवाउँदा धेरै सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।  महाशाखाका पशु चिकित्सा अधिकारी रोशिका श्रेष्ठले भन्नुभयो, “टोक्नासाथ रेबिजविरुद्धको खोप लगाएमा यो रोगबाट बच्न सकिन्छ । अन्यथा एक पटक लक्षण देखा पर्न थालेपछि, यो घातक हुन्छ, र धेरैजसो अवस्थामा मृत्यु हुन्छ ।” रेबिजबारे भ्रमलाई चिर्न यसबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक भएको उहाँले बताउनुभयो । “कुनै पनि उमेर समूहका कुनै पनि प्रकारका कुकुरले टोक्दा यो रोग सर्न सक्छ । घरमा खोप लगाएको छ भनेर हुँदैन । घरमा पालेको कुकुरमा समेत सङ्क्रमण हुन सक्छ”, उहाँले भन्नुभयो,  “तुरुन्त रेबिजविरुद्धको भ्याक्सीन लगाउनुपर्छ । पाँच वर्षमुनिका बालबालिकालाई रेबिज लाग्दैन भन्ने भ्रम छ । सबै उमेर समूहका लागि यसविरुद्धको खोप अत्यावश्यक हुन्छ ।” जनावरले टोक्ने बित्तिकै बगिरहेको, धाराको पानीमा १५ मिनेटसम्म सफा गर्नेपर्ने उहाँको सुझाव छ । सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा यसविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । चिकित्सकका अनुसार घाउमा बेसार, खुर्सानी दल्ने चलन छ, त्यसले सङ्क्रमण झन बढ्ने जोखिम हुन्छ ।

पोखरा:   पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अबदेखि फरकफरक भूगोलका एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरीले लामो समय लगाएर खिचेको फोेटो प्रदर्शन हुने भएको छ । सन् १९१७ मा अस्ट्रियामा जन्मिएकी भूगर्भविद् एवं फोटोग्राफर डा इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले विभिन्न देशका हिमाली क्षेत्रका किसानको जनजीवन कैद गरिएका फोटो प्रदर्शन सुरु भएको हो । पर्यटन दिवसको अवसरमा संग्रालयमा इसिमोड नामक संस्थासँगको सहकार्यमा विभिन्न देशका हिमाली जनजीवन एकआपसमा तुलना गरिएको तस्वीर प्रदर्शनमा राखिएको हो । ‘यहाँ राखिएका तस्वीर आमाछोरीले फरकफरक समयमा खिचेका हुन् । सबै फोटोमा के पाइन्छ भने, जुनसुकै हिमाली क्षेत्र भए पनि एकैप्रकारको जीवनशैली हुने रहेछ,’ इसिमोडकी अस्मिता शाक्यले भनिन्, ‘अब पर्वतीय संग्रहालय आउने सबैले फरकफरक भूगोलका हिमाली भेगको रहनसहन तुलना गरिएको तस्वीर पनि हेर्न पाउनेछन् ।’ साथै पर्यटन दिवसकै अवसरमा संग्रहालयमा विभिन्न चराचुरुंगी, सिमसार क्षेत्रबारे जानकारी दिने उद्देश्यले बनाइएको थ्रिडी तस्वीरसमेत सुरुआत गरिएको छ । उक्त तस्वीरबाट चराचुरुंगीबारे रुचि राख्नेहरु जानकारी लिन सक्ने संग्रहालयले जनाएको छ । कार्यक्रमका अतिथिलाई बिरुवा उपहार दिइएको थियो । पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले पर्यावरण संरक्षण सचतेनाका लागि विरुवा उपहार दिइएको बताइन् । ‘हेर्दा एउटा विरुवा त हो भन्ने लाग्न सक्छ । तर, यसको सन्देश ठूलो हुन्छ भन्ने लाग्यो,’ उनले भनिन्, ‘हरियाली हराउँदै जाँदा पर्यटनमा पनि असर पुग्दै गएको छ । त्यसकै सचेतनाका लागि विरुवा बाँडेका हौं ।’ ४४ औं विश्व पर्यटन दिवसको मुख्य नारा नै ‘हरियो पर्यटन’सँग सम्बन्धित भएकाले आफूहरुले पाहुनाहरुलाई विरुवा नै उपहार दिएको बताइन् ।  कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पा आफू विश्वका अन्य ठाउँका पर्वतीय संग्रहालय पनि पुगेको तर, नेपालको जस्तो परिपक्व अन्त नदेखेको दाबी गर्छन् । ‘संसारका अन्य देशले पनि म्युजियम बनाएका छन् । तर, कुनै एउटा स्पेसिफिक चिजमात्रै देखाउन राखेका छन्,’ उनले भने, ‘हाम्रोजस्तो सबैथोक एकै ठाउँमा हेर्न पाइँदैन रहेछ ।’  संग्रहालयकी कार्यकारी निर्देशक न्यौपानेले अघिल्लो आर्थिक वर्षमा २ लाख ७५ हजार जनाले संग्रहालय अवलोकन गरेको जानकारी दिइन् ।  कार्यक्रममा गण्डकी प्रदेश सभामुख कृष्णप्रसाद धिताल गण्डकीकोे पर्यटन विकासका लागि प्रदेश सधैं सकारात्मक रहेको बताए । उनले गण्डकीको मुख्य आर्थिक स्रोत नै पर्यटन भएकाले यसलाई अझै सुधार्दै लैजानुपर्ने बताए । 

पोखरा: लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुकमाया दुराको पोखरा मणिपाल शिक्षण अस्पतालमा मृत्युभएपछि उनकी छोरी तिलालाई चैन छैन ।   उनले आमाको रहस्यमय मृत्यु भएको भन्दै मृत्यु हुनुको कारण खोजिरहेकी छिन् । आफन्तको सहारामा दुरा परिवारले पोखराको मुख्य चोक नै बन्द गरेर न्याय खोजीरहेकाे छ।   इमेर्जेन्जीमा भर्ना गरिएको सुकमायाको अर्काेदिन मृत्यु भएपछि डाक्टरको चरम लापरबाहीकै कारण मृत्यु भएको दुरा परिवारको दाबी छ ।   (सुकमायाकी छोरी तिला दुरा)    सुकमायाको मृत्युको कारण खोजेपछि मणिपाल अस्पतालमा तनावग्रस्त भएको थियो ।   सो घटनामा डाक्टरलाई हातपात गरेको आरोपमा तिलाकी दाई विनय गुरुङलाई कास्की प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । दुरा परिवारले पटक पटक वार्ता बस्दापनि निष्कर्ष नआएपछि आज महेन्द्रपुल र लखनचोकमा केही समय चक्का जाम गरेको थियो ।    दुरा परिवारको मुख्यत: ४ माग छन् । ‘मेरो आमालाई इमर्जेन्जीमा लगेदेखि सिपिआर (कार्डियो पल्मोनरी रिसस्सीटेसन) दिदाँसम्मको प्रकृयागत प्रमाण दिनुपर्छ । हिरासतमा रहेको विनय दाईलाई रिहा गर्नुपर्छ । उचारमा भएको डाक्टर, नर्स सबैले स्पष्टिकरण दिनुपर्छ र अस्पताल प्रशासनको गल्ती छ भने माफी माग्नुपर्छ,’ मृतक सुकमायाकी छोरी तिला दुराले सुनगाभा न्यूजसँग भनिन् ।   उनले आफ्नो आमालाई इन्टर्न गर्ने डाक्टरले सिपिआर दिएको गुनासो गर्दै आपत्ति जनाइन् । ‘इन्टर्न गरेको डाक्टरले सिपिआर दिन मिल्छ, ‘त्यस्तो क्रिटिकल सिचुयसन भएको भए इन्टर्न गरेको डाक्टरले सिपिआर दिन कस्ले लगायो हामीलाई जवाफ चाहिन्छ,’ उनले भनिन् ।   उनले आफ्नो आमाको मृत्युपछाडीको सम्पूर्ण प्रमाण पेश गरेको खण्डमा मात्र आन्दोलनलाई रोक्ने बताइन्  ।   यो पनि पढ्नुहोस​     बिरामीको मृत्युपछि मणिपाल शिक्षण अस्पतालमा तनाव   मणिपाल काण्ड: प्रहरी नियन्त्रणमा रहेका डाक्टर छुटे, पीडित पक्षका विनयमाथि थप अनुसन्धान यता पोखरेली चिकित्सकहरु भने असुरक्षित भएको बताउदै अनिश्चितकालिन आन्दोलनमा छन् ।   (सुकमायाको उपचारका खटिएका डाक्टर) मणिपाल शिक्षण अस्पताल लगायतका विभिन्न स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरुले पोखरा महानगरपालिकाको कार्यालयबाट र्‍यालीसहित सभागृह, सृजनाचोक, राष्ट्रबैङ्क चोक हुँदै जिल्ला प्रशासन कार्यालय कास्की अगाडि पुगेर कोण सभा गरे ।   कोण सभालाई सम्बोधन गर्दै स्वास्थ्यकर्मी अगुवाहरुले आफुहरु असुरक्षित भएको भन्दै काममा फर्किने वातावरण नभएकाले अनिश्चितकालिन आन्दोलनको घोषणा गर्नुपरेको तर्क राखे । उनीहरुले अस्पताल  जस्तो संवेदनशिल क्षेत्रमा राजनीतिकरण हुनु अन्यायपूर्ण भएकाले विभिन्न ऐजेण्डासहित आन्दोलनमा उत्रिनुपरेको बताएका थिए ।   उनीहरुले र्‍यालीमा चिकित्सकहरुले ‘स्वास्थ्यकर्मी सबै विदेश जाउ देश धामी झाक्रीलाई छोडौं, स्वास्थ्य संकटकाल घोषणा गर, सेतो कोटमा रातो दाग, सुरक्षित चिकित्सा हाम्रो माग, काँपेको हातले उपचार गर्न सक्दैन, अत्याचार सहि, लाचार भै बस्दैनौ अब’ लगायतका प्ले कार्डसहित नाराबाजी गरेका थिए ।    लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुकमाया दुराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधनभएपछि चिकित्सकको लापरवाहीले मृत्युभएको भन्दै आफन्तले हातपात गरेपछि मणिपाल अस्पतालमा तनावग्रस्त बनेको थियो ।  अहिले चिकित्सकमाथि आक्रमण भएको भन्दै पोखराका अस्पतालहरुले आकष्मिक सेवा बाहेक अन्य सेवा बन्द गरेका छन् । 

सुदूरपश्चिम प्रदेश सभाबाट काम नसकी भुक्तानी दिएको भन्नेबारे उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्थलगत नापजाँच गरेको छ। आयोगको कञ्चनपुर कार्यालयको टोलीले सोमबार स्थलगत नापजाँच गरेको हो।    सभाको मूल गेट र संसदीय समितिको भवन निर्माणको विषयमा परेको उजुरीका आधारमा स्थलगत रूपमा नापजाँच गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी वसन्तबहादुर शाहीले जानकारी  दिए।   निर्माण कार्यको विषयमा परेका उजुरीमा स्थलगत रूपमा प्राविधिक नापजाँच गर्नुपर्ने व्यवस्था छ, सोही अनुसार यो विषयमा पनि सम्बन्धित क्षेत्रका जनप्रतिनिधि रहोवरमा उजुरी अनुसार नाप जाँच भएको हो, उनले भने। सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले अख्तियारमा हिनामिना भयो भन्ने उजुरी परे पनि  काम गलत नभएको दाबी गरे। उनले इस्टमेटको आधारमा भएको काम अनुसार भुक्तानी भएको बताए।   प्रदेश सभा समितिका भवन निर्माण भइसकेका छन्, कार्यालयको मूल गेटको काम १० लाखको इष्टिमेट अनुसार पूरा भएर मात्र भुक्तानी गरिएको हो, गेटको इष्टीमेट बाहेकको गजुर राख्ने, सशस्त्रको प्रहरी बस्ने पोष्टको काम अहिले भइरहेको हो, त्यो कामको भुक्तानी भएको छैन, बाहिर जस्तो हल्ला छ त्यस्तो काम भएको छैनु, उनले भने।   तर, उजुरीमा भने प्रदेश सभामा निर्माण भइरेहको गेट र संसदीय दलको भवनहरूको काम नसकी भुक्तानी दिइएको उल्लेख छ। अख्तियारले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको हो।

काठमाडौ:  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक नम्बर (आइएसबिएन) मा अहिलेसम्म करिब ६० हजार पुस्तक दर्ता भएका छन् । तीमध्ये पुस्तकालयमा २७ हजार पुस्तक मात्रै प्राप्त भएको जनाइएको छ । नेपालबाट प्रकाशित हुने पुस्तकलाई अन्तरराष्ट्रिय बजारमा लैजानका लागि सो आइएसबिएन नम्बर अनिवार्य रुपमा लिनुपर्ने हुन्छ ।   पुस्तक प्रकाशकले सो आइएसबिएन प्राप्त गरेपछि पुस्तकलाई विश्व बजारमा किनबेच गर्न सकिन्छ । आइएसबीएनको व्यवस्थाले नेपालबाट के कति पुस्तक प्रकाशित भए भनेर अभिलेख राख्नसमेत सहज हुने केन्द्रीय पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदी बताउँछन् । सन् २००० मा नेपालले यसको सदस्यता प्राप्त गरेको थियो भने २०५६ माघ २२ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आइएसबिएनको शुभारम्भ गरेका थिए । त्यतिबेला इन्टरनेसनल स्ट्यान्डर्ड बुक नम्बरको केन्द्रीय कार्यालय जर्मनीमा रहेकामा हाल बेलायतको लन्डनमा रहेको छ। सो कार्यालयले आइएसबिएन वितरणको जिम्मा नेपालमा भने त्रिवि केन्द्रीय पुस्तकालयलाई प्रदान गरेको छ ।   पुस्तकहरुलाई प्रदान गरिने अन्तरराष्ट्रिय मानक पहिचान निःशुल्क नै दिने सो कार्यालयको प्रावधान रहे पनि नेपालमा भने शुल्क लिने गरिएको र त्यसवापत जम्मा हुने रकमको सदुपयोग नभएको नेपाल पुस्तक सङ्घले दाबी गरेको छ । यसमा छानबिन गरी आइएसबिएनबापत उठाइने रकमको नियमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, त्रिवि उपकुलपतिको कार्यालय, केन्द्रीय पुस्तकालयलगायत विभिन्न निकायसमक्ष ज्ञापनपत्र बुझाएको छ ।   यसरी लिने गरिएको रकमको कुनै अभिलेख नभएको र अमुक संस्थासँग मिली भागबन्डाका रुपमा प्रयोग गर्ने गरिएको ज्ञापनपत्रमा उल्लेख छ । केन्द्रीय पुस्तकालयले सुरुमा रु २५ बाट सुरु भएर हाल रु तीन सय लिने गरेको छ ।   पुस्तकलाई दिइने यस्तो नम्बर विश्वव्यापीरुपमा मेसिनद्धारा पुस्तक पहिचान गरी प्रयोग गर्ने उद्देश्यले बनाइएको हो, तर व्यवहारमा भने त्यसो भएको पाइएको छैन । नेपाली प्रकाशक तथा लेखकहरुलाई निःशुल्क दिनुपर्ने उक्त आइएसबिएन वापत रकम लिएर गर्ने गरेको भए पनि उपयुक्त ढङ्गबाट त्यसको दर्ता भएको पाइएको छैन ।   क्रमाङ्क नम्बर वितरण पद्धतिलाई सूचना प्रविधिको माध्यमबाट व्यवस्थित नगरी झारा टार्ने काम मात्र गरिनुले सम्पूर्ण नेपाली प्रकाशक तथा लेखकहरुमाथि अन्याय भएको सङ्घका महासचिव महेन्द्र सिवाकोटीले बताए ।   नेपाली नागरिकले बुझाएको रकम सरकारी कोषमा दाखिला हुनुपर्नेमा त्यसो नगरी भागवण्डामा दुरुपयोग भएको हुँदा यसको तत्काल निस्पक्ष छानबिन गरी दोषीलाई कारवाही हुनुपर्ने, त्यसो नभएमा अदालतमार्फत कानूनी उपचार खोजिने उनको भनाइ छ ।   हालसम्म उक्त क्रमाङ्कबापत उठेको लगभग एक करोड साठी लाख रुपैयाँबाट प्रकाशक र लेखकहरुबाट उपलब्ध गराएका पुस्तकहरुको छुट्टै पुस्तकालय स्थापना गर्नुपर्ने र त्यसका लागि आवश्यक भौतिक संरचना र सामग्री किन्ने भनिए पनि हालसम्म त्यस्तो कुनै पनि काम भएको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   यता पुस्तकालयका निमित्त प्रमुख सुवेदीले भने आइएसबिएनबापत उठेको रकममा कुनै हिनामिना नभएको, पारदर्शी ढङ्गबाट हिसाब राखिएको र निश्चित प्रक्रियाअनुसार नै खर्च हुने हुँदा अनियमित नभएको बताए ।   उनले २०५६ सालदेखि पुस्तक विक्रेता तथा प्रकाशन सङ्घसँगको सहकार्य रहँदै आएको बताउँदै २०६९ सालतिर नेपाल पुस्तक सङ्घ दर्ता भई आफूहरुलाई पनि यसमा समावेश गर्न आग्रह गरेकामा त्यसो नहुँदा असन्तुष्टि व्यक्त भएको हुनसक्‍ने बताए ।

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त राजदूतहरुले बुधबार राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । राष्ट्रपति भवनका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार शपथ ग्रहण गर्नुहुनेमा फ्रान्सका लागि सुधीर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल र स्वीट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी हुनुहुन्छ ।  

पोखरा: पोखरा सांगीतिक कलाकार संघले आयोजना गर्न लागेको इन्टर कलेज व्याण्डक कम्पिटिनसको तयारी पुरा भएको छ ।   पोखरामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै कम्पिटिसनको सम्पूर्ण तयारी पूरा भएको बताइएको हो ।       संघका सचिव भाष्करध्वज श्रेष्ठले पोखराको प्रदर्शनी केन्द्रमा आगामी असोज १२ र १३ गते हुने सो प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार पो प्रतियोगिताका लागि २१ टिमको छनोट भएको छ । उनले अन्तिम चरणका लागि १० कलेजका व्याण्ड छनोट हुने बताए ।    उनका अनुसार प्रथम हुने समूहले नगद रु १ लाखसहित शिल्ड र प्रमाणपत्र पाउनेछन् । यस्तै द्वित्तिय र तृतीय हुने समूहले क्रमश नगद रु ५० हजार, २५ हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   कम्पिटिसनमा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५/५ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए ।    सो कम्पिटिसनमा निर्णायकका रुपमा किरण वैद्य, अमित गुरुङ, सामसुङ तामाङ, सुनिल थापा र विनोद बाँनिया रहने आयोजकले जनाएको छ ।    कम्पिटिसन पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले आयोजना गरिएको बताइएको छ ।  

पोखरा:  पोखरा मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सकलाई आक्रमण भएको भन्दै पोखरेली चिकित्सकहरुले अनिश्चितकालिन आन्दोलनको घोषणा गरेका छन् ।  चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरुले अनिश्चिकालिन आन्दोलन सुरु गरेका हुन् ।  मणिपाल शिक्षण अस्पताल लगायतका विभिन्न स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरुले पोखरा महानगरपालिकाको कार्यालयबाट ¥यालीसहित सभागृह, सृजनाचोक, राष्ट्रबैङ्क चोक हुँदै जिल्ला प्रशासन कार्यालय कास्की अगाडि पुगेर कोण सभा गरे ।   सो अवसरमा बोल्दै अगुवाहरुले आफुहरु असुरक्षित भएको भन्दै काममा फर्किने वातावरण नभएकाले अनिश्चितकालिन आन्दोलनको घोषणा गर्नुपरेको तर्क राखे । उनीहरुले अस्पताल  जस्तो संवेदनशिल क्षेत्रमा राजनीतिकरण हुनु अन्यायपूर्ण भएकाले विभिन्न ऐजेण्डासहित आन्दोलनमा उत्रेको बताए ।   यसअघि ¥यालीमा सहभागी चिकित्सकहरुले ‘स्वास्थ्यकर्मी सबै विदेश जाउ देश धामी झाक्रीलाई छोडौं, स्वास्थ्य संकटकाल घोषणा गर, सेतो कोटमा रातो दाग, सुरक्षित चिकित्सा हाम्रो माग, काँपेको हातले उपचार गर्न सक्दैन, अत्याचार सहि, लाचार भै बस्दैनौ अब’ लगायतका प्ले कार्डसहित नाराबाजी गरेका थिए ।  स्वास्थ्यकर्मीहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग समेत राखेका छन् ।    लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुकमाया दुराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधनभएपछि चिकित्सकको लापरवाहीले मृत्युभएको भन्दै आफन्तले हातपात गरेपछि मणिपाल अस्पतालमा तनावग्रस्त बनेको थियो ।  अहिले चिकित्सकमाथि आक्रमण भएको भन्दै पोखराका अस्पतालहरुले आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गरेका छन् । फोटो/भिडियो: सुशान्त गाहा गमर