कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइटले भेटवार्ता गरेकी छन् । उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेकी हुन् ।   भेटमा भदौ १३ गतेदेखि सुरु एमसीसी परियोजना कार्यान्वयनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबार नेपाल आएकी बलब्राइटले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला लगायतसँग भेटवार्ता गरिसकेकी छन् ।   अमेरिका र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको १३ भदौबाट एमसीसी परियोजना कार्यान्वयनमा गएको छ । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत अलब्राइटले नेपाल–अमेरिका बीचको द्विपक्षीय साझेदारी मनाउन र एमसीसी–नेपाल कम्प्याक्ट सम्झौताको सफल सुरुवातको उपलक्ष्यमा नेपाल भ्रमण गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । नेपालमा रहँदा उनले विभिन्न मन्त्री र अन्य सरकारी उच्च अधिकारीसँग भेटवार्ता गर्ने तय भएको छ । भेटमा उनले एमसीसी कार्यान्वयनमा भएको ढिलाइका कारण अल्झिएका आयोजना र तिनका समस्याबारे छलफल गर्ने जनाइएको छ ।

काठमाण्डौ: पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ९ हजार ९ सय ९९ जना किशोरीले लगाएका छन् ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको भदौ २७ गतेदेखि खोप अभियान सञ्चालन गरेको थियो । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले लक्ष्यअनुसार नै किशोरीहरुले एचपीभी खोप लगाएका बताउनुभयो ।   अभियानको शुरुमा विभिन्न अवरोधका कारण खोप अभियान प्रभावकारी नभएपछि समय थप गरिएको थियो । सरकारले भदौ २७ गतेदेखि मधेस प्रदेशको वीरगञ्जमा रहेको नारायणी अस्पताल, बाग्मती प्रदेशको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खोप अभियान सञ्चालन गरेको थियो । साथै लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेलधुरा अस्पतालबाट पनि खोप अभियान सञ्चालन गरिएको थियो ।   अभियान अन्तर्गत १४ वर्ष उमेर पूरा भइ १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपीभी खोप लगाइएको हो । खोपको दोस्रो मात्रा आउँदो माघमा सञ्चालन गरिने डा। गौतमले जानकारी दिनुभयो ।   नेपाल सरकारले चीन सरकारसँग महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको २० हजार डोज खोप खरिद गरेको थियो । यो खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ ।  

काठमाडौं:   नेपाल एसियाली खेलकुद (एसियाड)को पहिलो क्वाटरफाइनलमा भारतसँग २३ रनले पराजित हुँदै बाहिरिएको छ । जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्कासहित सर्वाधिक ३२ रनको योगदान दिए । सन्दीप जोरा १२ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा आउट भए । दीपेन्द्र र सन्दीप जोराले पाँचौं विकेटका लागि २० बलमा ४८ रनको साझेदारी गरेका थिए । नेपालले विष्फोटक ब्याटिङका साथ भारतलाई खेलमा दबाबमा राखेको थियो । नेपाललाई जितको लागि १९ बलमा ४७ रन चाहिँएको थियो । १७ औं ओभरको अन्तिम बलमा सोमपाल कामी ठूलो सटको धुनमा साई किशोरबाट समातिन पुगे । उनले ५ बलमा १ छक्का प्रहार गरे । लगत्तै अर्शदीप सिंहको १८ औं ओभरको पहिलो बलमा गुलशन झा लङअनमा जैसवालबाट क्याच आउट भए । नेपाली ब्याटरले छोटो तर आक्रामक प्रदर्शनका साथ खेललाई रोमान्चक बनाएका थिए । नेपालले ११ औं ओभरमा दुई प्रमुख विकेट गुमाउनु नेपाललाई अर्को भारी पर्यो । स्पिनर रवि विश्रोईको चौथो बलमा कुशल मल्ल २९ रनमा क्याच आउट भए । ठूलो सट खेलेका कुशलको बल राहुल त्रिपाठीले लङअफमा सानदार क्याच लिँदै रवि विश्रोईलाई समात्न दिएका थिए । कुशलले २२ बलमा २ चौका र २ छक्का प्रहार गरे । यसै ओभरको अन्तिम बलमा रोहित पौडेल ३ रनमा एलबीडब्लू आउट भएका थिए । कुशल भुर्तेल ३२ बलमा ४ चौका र १ छक्कासहित २८ रनमा आउट भए । डेब्यू खेलेका स्पिनर साई किशोरको नवौं ओभरको पाँचौं बलमा बलमा स्कुप खेल्ने धुनमा कुशल भुर्तेल क्याच आवेश खानबाट क्याच आउट भएका थिए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ३.४ ओभरमा २९ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर आवेश खानको सर्ट बलमा आसिफ आउट साइड एज लागेर विकेटकिपर जितेश शर्माबाट १० रनमा क्याच आउट भए । आसिफले ६ बलमा १ चौका र १ छक्का प्रहार गरे । १४ औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा दीपेन्द्रले शिवम दुबेलाई लगातार तीन छक्का हानेका थिए । तर अर्को ओभरमा उनी रवि विश्रोईको बलमा साई किशोरबाट क्याच आउट भए । सन्दीप जोराले १६ औं ओभरमा अर्शदीप सिंहलाई दुई उत्कृष्ट छक्का हानेका थिए । तर चौथो बलमा ठूलो सट खेल्ने धुनमा लङअफमा यशस्वी जैसवालबाट क्याच आउट भए । करण केसी १३ बलमा १ चौका र २ छक्कासहित १८ रनमा नटआउट रहे । भारतका स्पिनर रवि विश्रोईले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । साई किशोरले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । आवेश खानले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । त्यसअघि झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । भारतको जितमा यशस्वी जैसवालले ४९ बलमा ८ चौका र ७ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेका थिए । अन्तिम ओभरमा रिंकु सिंहले तीव्र गतिका बलर अभिनाश बोहरालाई दुई चौका र दुई छक्कासहित कुल २५ रन प्रहार गरेका थिए । रिंकु १५ बलमा २ चौका र ४ छक्कासहित ३७ रनमा नटआउट रहे । शिबम दुबे १९ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्रिजमा रहे । पहिलो विकेटका लागि जैसवाल र कप्तान ऋतुराज गायकवाडले ९.५ ओभरमा १ सय ३ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । नवौं ओभरको पाँचौं बलमा दीपेन्द्रको बलमा ठूलो सट खेलेका भारतीय कप्तान ऋतुराज गायकवाड डिप मिडविकेटमा रोहित पौडेलबाट क्याच आउट भएका थिए । पहिलो विकेटको साझेदारी नेपाललाई भारी पर्यो । गायकवाडले २३ बलमा ४ चौकासहित २५ रन बनाए । तिलक बर्मालाई १० बलमा २ रनमा आउट भए । उनी सोमपालको बलमा बोल्ड आउट भए । जितेश शर्मा सन्दीप लामिछानेको १३ औं ओभरको पाँचौं बलमा पाँच रनमा कट एण्ड बोल्ड आउट भए । नेपालका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले ३ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । कप्तान रोहित पौडेलले ३ ओभरमा २६ रन खर्चे । नेपालले समूह चरणमा मंगोलियालाई २ सय ७३ रन र माल्दिभ्सलाई १ सय ३८ रनले हराएको थियो । भारतले अव बुधबार हुने बंगलादेश र मलेसियाबीचको विजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ ।

काठमाडौं:   नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाडअ) न्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा भारतसँग टस हारेको छ । झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भएको टसमा भारतका कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो । नेपालले टि२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको । नेपाल टि२० आई वरियतामा १६ औं र भारत नम्बर वान टोली हो । त्यस्तै भारत २००७ को टि २० विश्वकप विजेता हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक नम्बर वान टि२० आई वरियता टोली र विश्वकप विजेतासँग खेल्न लागेको हो । ओडिआईमा भने नेपालले अघिल्लो महिना भारतसँग र पाकिस्तानसँग खेलेको थियो । त्यो समय पाकिस्तान वरियतामा शीर्षस्थानमा थियो । त्यस्तै भारत, पाकिस्तान र वेस्टइन्डिजगरि तीन विश्वकप टोलीसँग ओडिआईमा खेलि सकेको छ । भारत एकदिवसीय विश्वकपको कारण एसियाडमा दोस्रो रोजाईको टोली पठाएको छ । भारतीय टोलीमा इन्डियन प्रिमियर लिग ९आइपिएल० मा सानदार प्रदर्शन गर्दै आएका खेलाडी छन् । भारतको यस टोलीलाई २०२४ को विश्वकप खेल्ने खेलाडीको रुपमा हेरिएको छ । नेपालको प्लेइङ–११   आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहरा । भारतको प्लेइङ–११  ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, तिलक बर्मा, शिवम दुबे, रिंकु सिंह,जितेश शर्मा, वासिन्टन सुन्दर, साई किशोर, रवि विश्रोई, आवेश खान र अर्शदीप सिंह ।

पोखरा:   नेकपा एमाले गण्डकीको प्रथम अधिवेशन पोखरामा आजदेखि सुरु भएको छ ।  प्रदेशभरबाट कुल ९ सय ७ जना प्रनितिधि सहभागी हुने सो अधिवेशनको एमालेका महासचिव शंकर पोखरेले अधिवेशनको उद्घाटन गरे ।  मौसममा आएका खराबीका कारण पार्टी अध्यक्ष केपी ओली पोखरा आउन नसकेपछि महासचिव पोखरेलले अधिवेशनको उद्घाटन गरेका हुन् ।  उनले सो अवसरमा बोल्दै कुनै पनि भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरू जेल जाने दाबी गरे ।  उनले सरकार भ्रष्टाचारविरुद्ध अभियानमा रहेको बताएपनि भ्रष्टाचारीकै संरक्षणमा लागेको आरोपसमेत लगाए ।  यस्तै कार्यक्रममा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले १० वर्षसम्म अझै एमालेको नेतृत्वमा केपी ओलीको विकल्प नरहेको बताए । उनले फरक प्रसंगमा बोल्दै भिजन विनाका केही व्यक्तिले सस्तो लोकप्रियताको भरमा पार्टी खडा गरेर जनतालाई दिग्भ्रमित पारिरहेको धारणा राखे । उनले नेकपा एमाले बलियो र सत्तामा नजाँदासम्म अपराधि समाउने र लुकाउने सम्झौता अहिलेको गठबन्धनले गरिरहने बताए । अधिवेशनमा सहभागी हुन गण्डकीका ११ जिल्लाबाट ९ सय ७ जना प्रतिनिधि छनोट भएर पोखरा आएका छन् । उनीहरुका लागि एमालेले २१ वटा होटल बुक गरेको छ । नेकपा एमाले गण्डकीको प्रदेशको प्रथम अधिवेशनमा पोखराको हस्पीटल चोक, औद्योगिक क्षेत्र (शिव चोक), बुद्ध चोक र बसपार्कबाट ¥यालीसहित अमरसिंह चौरमा उद्घाटन सत्र सुरु भएको थियो ।                                  

मुस्ताङ:   मुस्ताङको लोमान्थाङ गाउँपालिका ५ स्थित ऐतिहासिक तथा धार्मिक महत्वको झम्पा गुम्बाको पर्खाल भत्किएको छ । झन्डै ६ सय वर्ष पुरानो मानिएको उक्त गुम्बा गाउँले अन्र्तगतको स्वामित्वमा थियो । पर्खाल भत्किएसंगै गुम्बाको सौन्दर्यतामा समेत असर पुगेको छ । लोमान्थाङको विषेश धार्मिक चाडपर्वहरुमा उक्त गुम्बामा लामाहरुद्धारा पुजापाठ गरिन्थ्यो । गुम्बामा छोदे गुम्बाका लामाहरुले धार्मिक अनुष्ठान गर्ने गरिन्थ्यो । लोमान्थाङ गाउँको पुरानो गुम्बाको पर्खाल उत्तरतर्फको भागमा चर्किएर भत्किएको लोमान्थाङ गाउँपालिकी उपाध्क्ष छिमी बिष्टले जानकारी दिईन् । उनले गुम्बा बाहिरको करिव १० देखि १५ मिटर पर्खालय भत्किएको उल्लेख गरिन् । उक्त गुम्बा ऐतिहासिक लोमान्थाङ दरबार परिसरभित्रै रहेको जानकारी दिईन् । ज्यादै पुरानो धार्मिक गुम्बा पर्खाल भत्किएसंगै उपाध्यक्ष बिष्टले स्वदेश तथा विदेशमा बस्ने मुस्ताङीहरुलाई गुम्बा पर्खाल पुनस्निर्माणमा सहयोग गर्न अपिल गरेकी छिन् ।

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति पौडेलसमक्ष अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले सोमबार राष्ट्रपति भवनमा आयोजित एक समारोहका बिच उक्त प्रतिवेदन पेस गर्नुभएको हो । अख्तियारका प्रमुख राईले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७९/०८० को अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीले दिनुभयो ।  

पोखरा:   नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार र शेरबहादुर देउवासँग मिलेर म्याच फिक्सिङ गरेको आरोप लगाएका छन् ।  पोखरामा आजदेखि सुरु भएको नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बोल्दै उपमहासचिव गुरुङले भ्रष्टाचारको अनुसन्धानको सुइरो पूर्वप्रधानमन्त्रीहरुको श्रीमती तर्फ घुम्दा म्याच फिक्सिङ गरेको आरोप लगाएका हुन् ।  उनले नेकपा एमाले बलियो र सत्तामा नजाँदासम्म अपराधी समाउने र लुकाउने सम्झौता अहिलेको गठबन्धनले गरिरहने बताए । ‘आफ्नो सरकार टिकाउन लागि अपराधी लुकाएर, अपराधी समाउने कुरामा सम्झौता गरेर अहिलेको सरकार चलेको छ’, गुरुङले भने, ‘यो अवस्था त्यो दिनसम्म चलिरहन्छ जबसम्म एमाले बलियो र सत्तामा पुग्दैन, ।’ उनले भ्रष्टाचारको विषयमा अहिलेको सरकारले नौटङ्की देखाइरहेको समेत टिप्पणी गरेका छन् ।  उपमहासचिव गुरुङले माधव नेपालले पार्टी फुटाएर गल्ती गरेको भन्दै एमालेमा समाहित हुन समेत सुझाव दिएका छन् ।  ‘माधव नेपालले पार्टी फुटाएर नयाँ पार्टी स्थापना गरेपनि केही परिवर्तन देखिएन, केपी ओलीसँग झगडा गरेर मात्र पार्टी चल्दैन’, उनले भने, ‘गण्डकीमा एकसिट पनि जित्न सकेन, परिवर्तन केही भएको छैन, एमालेमा छिटै समाहित हुनुहोला ।’  

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको बताउनु भएको छ ।  संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराउन आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डललाई राष्ट्रपति पौडेलले यस्तो बताउनु भएको हो ।  संसदीय व्यवस्थाको मान्यताअनुसार मन्त्रिपरिषद्ले गरेको निर्णयको जसअपसजको भागी सरकार नै हुने संवैधानिक व्यवस्था रहेको उहाँले बताउनु भयो । संविधानले राष्ट्रपतिलाई विवेक प्रयोग गर्न दिएको ठाउँमा आफूले प्रश्न उठाएर ३४ जनाको आममाफीका लागि गृहमन्त्रालयबाट आएको पत्र फिर्ता गराएको उहाँले बताउनु भयो ।  ुहाम्रो संविधान, हाम्रो गणतन्त्र र हाम्रो संसदीय व्यवस्था तपाईँहरूले बुझ्नुभएको छैन भन्ने मलाई लाग्दैनु, राष्ट्रपति पौडेलले भन्नुभयो, ‘तपाईंहरू संसदमा हुनुहुन्छ, सरकार पनि संसदमा नै छ, त्यही तपाईँहरूले प्रधानमन्त्री, गृहमन्त्रीलाई किन जवाफदेही बनाउन सक्नुभएन र सोझै यहाँ आउनुभयो ? अलिकति यो संविधान र व्यवस्थाअनुसार प्रक्रिया मिलेन कि जस्तो लाग्यो ।’ उहाँले कहिलेकाँही यहाँ आउनुपर्ने अवस्था नेताहरूको हुन सक्छ तर यसपटक आएको चाँहि उल्टो भयो कि जस्तो लागेको बताउनुभयो । ‘संविधानमा राष्ट्रपतिले स्वविवेकले आममाफी दिन सक्ने व्यवस्था टेकेर आएको ३४ जनाको बारेमा विधि, प्रक्रियाका सम्बन्धमा मैले प्रश्न उठाएर गृह मन्त्रालयमा फर्काइदिएको छु’, पौडेलले भन्नुभयो, ‘जहाँसम्म छ सय ७० जनाको बाँकी कैद मिनाहाको विषय छ त्यो सबै प्रक्रिया पुर्याएर मन्त्रिपरिषद्ले निर्णय गरेपछि आएको विषय मैले स्वीकार गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।’ राष्ट्रपति पौडेलले कानुन नमिलेको भए कानुन मिलाउने, संशोधन गर्ने अधिकार संसद्लाई भएको बताउनु भयो । यतिबेला संविधान, यो व्यवस्था, गणतन्त्रमाथि नै प्रहार भइरहेको भन्ने चिन्ता उठिरहेको बताउँदै राष्ट्रपति पौडेलले भन्नुभयो,‘तपाईंहरू जस्तो संविधान र गणतन्त्रप्रति प्रतिबद्ध भएका नेताले होसियार भएर सोच्न जरुरी छ । म सुन्छु, सबै कुराको दोष राष्ट्रपति संस्थामाथि थोपरेर यो व्यवस्था र गणतन्त्र नै ठीक छैन भन्ने पुष्टि गर्न र ७० वर्ष लडेर ल्याएको यो प्रणालीलाई कमजोर पार्न खोजिँदैछ, यसमा तपाईँहरू सचेत हुनुहोला र यसलाई जोगाउनु तपाईँहरूको दायित्व हो ।’ यस क्रममा रास्वपाका सभापति रवि लामिछानेले अभिभावकको हैसियतले राष्ट्रपतिसमक्ष सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गर्न आएको बताउनुभयो । उहाँले देशकै अभिभावक भएको नाताले राष्ट्रपतिसँग सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गर्नु आफूहरूको हक भएको बताउनुभयो ।