टस हारेर भारतविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडाैं | असोज १६, २०८०

टस हारेर भारतविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं:   नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाडअ) न्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा भारतसँग टस हारेको छ । झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भएको टसमा भारतका कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।


भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो । नेपालले टि२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको ।


नेपाल टि२० आई वरियतामा १६ औं र भारत नम्बर वान टोली हो । त्यस्तै भारत २००७ को टि २० विश्वकप विजेता हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक नम्बर वान टि२० आई वरियता टोली र विश्वकप विजेतासँग खेल्न लागेको हो ।


ओडिआईमा भने नेपालले अघिल्लो महिना भारतसँग र पाकिस्तानसँग खेलेको थियो । त्यो समय पाकिस्तान वरियतामा शीर्षस्थानमा थियो । त्यस्तै भारत, पाकिस्तान र वेस्टइन्डिजगरि तीन विश्वकप टोलीसँग ओडिआईमा खेलि सकेको छ ।


भारत एकदिवसीय विश्वकपको कारण एसियाडमा दोस्रो रोजाईको टोली पठाएको छ । भारतीय टोलीमा इन्डियन प्रिमियर लिग ९आइपिएल० मा सानदार प्रदर्शन गर्दै आएका खेलाडी छन् । भारतको यस टोलीलाई २०२४ को विश्वकप खेल्ने खेलाडीको रुपमा हेरिएको छ ।


नेपालको प्लेइङ–११

 

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहरा ।


भारतको प्लेइङ–११ 


ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, तिलक बर्मा, शिवम दुबे, रिंकु सिंह,जितेश शर्मा, वासिन्टन सुन्दर, साई किशोर, रवि विश्रोई, आवेश खान र अर्शदीप सिंह ।

पोखरा:   नेपाल प्रहरी गण्डकी प्रदेशको टोली २६ औँ आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कास्कीको लेखनाथमा माघ ९ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न सेमिफाइनल खेलमा त...

थप पढ्नुहोस्

काठमाडौं:   हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल ...

थप पढ्नुहोस्

काठमाडौं:  युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज निजलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो ।  महान्या...

थप पढ्नुहोस्