पोखरामा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन सुरु, ९ सय ७ प्रतिनिधि सहभागी (तस्बिरहरुसहित)
पाेखरा | असोज १५, २०८०
पोखरा: नेकपा एमाले गण्डकीको प्रथम अधिवेशन पोखरामा आजदेखि सुरु भएको छ ।
प्रदेशभरबाट कुल ९ सय ७ जना प्रनितिधि सहभागी हुने सो अधिवेशनको एमालेका महासचिव शंकर पोखरेले अधिवेशनको उद्घाटन गरे ।
मौसममा आएका खराबीका कारण पार्टी अध्यक्ष केपी ओली पोखरा आउन नसकेपछि महासचिव पोखरेलले अधिवेशनको उद्घाटन गरेका हुन् ।
उनले सो अवसरमा बोल्दै कुनै पनि भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरू जेल जाने दाबी गरे ।
उनले सरकार भ्रष्टाचारविरुद्ध अभियानमा रहेको बताएपनि भ्रष्टाचारीकै संरक्षणमा लागेको आरोपसमेत लगाए ।
यस्तै कार्यक्रममा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले १० वर्षसम्म अझै एमालेको नेतृत्वमा केपी ओलीको विकल्प नरहेको बताए । उनले फरक प्रसंगमा बोल्दै भिजन विनाका केही व्यक्तिले सस्तो लोकप्रियताको भरमा पार्टी खडा गरेर जनतालाई दिग्भ्रमित पारिरहेको धारणा राखे ।
उनले नेकपा एमाले बलियो र सत्तामा नजाँदासम्म अपराधि समाउने र लुकाउने सम्झौता अहिलेको गठबन्धनले गरिरहने बताए ।
अधिवेशनमा सहभागी हुन गण्डकीका ११ जिल्लाबाट ९ सय ७ जना प्रतिनिधि छनोट भएर पोखरा आएका छन् ।
उनीहरुका लागि एमालेले २१ वटा होटल बुक गरेको छ । नेकपा एमाले गण्डकीको प्रदेशको प्रथम अधिवेशनमा पोखराको हस्पीटल चोक, औद्योगिक क्षेत्र (शिव चोक), बुद्ध चोक र बसपार्कबाट ¥यालीसहित अमरसिंह चौरमा उद्घाटन सत्र सुरु भएको थियो ।















इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

