कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

काठमाण्डौ: नेकपा एमाले प्रदेश अधिवेशन अन्तर्गत बाग्मतीमा नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । कर्णालीमा चुनावी प्रक्रिया शुरु हुँदैछ भने कोशीको प्रथम अधिवेशन पनि आज उद्घाटन हुँदैछ । बाग्मती प्रदेश अधिवेशनमा नेतृत्व छान्न अहिले बिहानदेखि मतदान शुरु गर्ने तयारी छ ।   ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बिहान ८ बजेदेखि मतदानको तयारी भैरहेको छ । बाग्मती प्रदेशको अध्यक्षका लागि कृष्ण दाहाल र कैलाश ढुङ्गेलबीच प्रतिस्पर्धा हुँदैछ ।   हिजोका लागि तय भएको मतदानलाई रोकेर गरिएको छलफलपछि अध्यक्ष उम्मेदवारहरु केशव पाण्डे, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएको एमाले स्थायी कमिटी सदस्य एवं निर्वाचन अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले बताउनुभयो ।  असोज ८ गते भृकुटीमण्डपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । अधिवेशनको बन्दसत्र कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलवार सम्पन्न भएको थियो ।     यस्तै, नेकपा एमाले कर्णाली प्रदेशको चुनावी प्रक्रिया आजदेखि शुरु हुँदैछ । नेताहरुका अनुसार कर्णालीमा गुलाबजङ्ग शाह र गोरखबहादुर बोगटीबिच अध्यक्षमा प्रतिस्पर्धा हुने सम्भावना छ । तर सहमतिका लागि निरन्तर प्रयास भइरहेको छ ।   यस्तै, एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आजदेखि विराटनगरमा शुरु हुँदैछ । अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । नेताहरुले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिरहेका छन् । तर कोशीको अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।    एमाले मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ मा जनकपुरमा हुनेछ । प्रथम अधिवेशनका लागि हिजो नारा र लोगो समेत सार्वजनिक गरिएको छ । एमाले सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशन असोज २१ र २२ गते हुँदैछ । यसअघि लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । 

काठमाडौँ:  बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा ११ जना शिक्षक घाइते भएका छन् ।    सिन्धुलीबाट काठमाडौँतर्फ आइरहेको मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक गाडी आज बिहान ७ः५० बजेतिर दुर्घटना हुँदा काठमाडौँ आइरहेका राहत शिक्षकहरू घाइते भएको गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा (दाहाल) ले जानकारी दिनुभयो ।    घाइते हुनेमा दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ६ बस्ने ४६ वर्षीय निरकुमार चालिसे, कमलामाई नगरपालिका ५ बस्ने ४६ वर्षीया कमला घिमिरे, कमलामाई नगरपालिका वडा नं १ बस्ने ३४ वर्षीय मुकुन्द थापा, सोही स्थानका ४१ वर्षीय भुवन थापा घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।    यसै गरी सिन्धुलीकै कमलामाई नगरपालिका वडा नम्बर ४ बस्ने ४० वर्षीया बबिता देवकोटा, वडा नं। ६ बस्ने ४६ वर्षीय विष्णु ढकाल र उनका ११ वर्षीय छोरा निश्चल तथा कमलामाई नगरपालिका ६ का ४० वर्षीय सरोज थापा पनि घाइते भएका छन् ।   सिन्धुलीको तिनपाटन गाउँपालिका १० बस्ने ४० वर्षीय राजन कार्की र काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १० बस्ने ४० वर्षीया गार्की बस्नेत पनि सोही दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।   घाइतेहरूलाई धुलिखेल अस्पताल लगिएको र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

म्याग्दी: म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको  बस्ती पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुुई वटा घर भत्किनुुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुुगेको छ । वडासदस्य गर्वे गुुरुङले काले कामी र तुलबहादुुर घर्तीको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिनुुभयो ।    पहाडको फेदीबाट शुरु भएको दुुई वटा पहिरो फेदीमा रहेको रितुुङखोला सम्म पुुगेको छु, उहाँले भन्नुुभयो, ट्याङ्की, मुुहान र पाइपलाइनमा क्षति पुुगेकाले २५ घरधुरीले खाने खानेपानीको आयोजना अवरुद्ध भएको छ ।   फूलबारी–महभिर–च्युरीबोट सडक अवरुद्ध भएको छ । पहिरोले गाउँको बीचमा ठूलाठूला खोल्सी बनाएको छ । खोल्सा छेउछाउको जमिन चिराचिरा भएको छ । दुुई सय रोपनीभन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ ।    गएको बुुधवार राति आएको पहिरोले तुुलबहादुरको गोठमा रहेका एक वटा राँगो र एक वटा गोरु मरेका थिए । हामी त्यो दिन घरमा नभएकाले पहिरोबाट बचियोु, तुलबहादुुर भन्नुुभयो, ११ जनाको परिवार आफन्तकोमा आश्रय लिएर बसेका छौँ ।   काले कामीले पहिरोले पुुरिएकोबाहेक अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताउनुुभयो । पूर्णदेवी घर्ती, सहबहादुुर घर्ती, सहबहादुुर सुुनार, लालबहादुुर कामी, तिलक कामी, गोरे कामी, पोविसरा सुुनार, वीरबहादुुर कामी, मुक्तिराम सुुनार, कुुलप्रसाद घर्ती, भीमप्रसाद सुुनार, रहमन घर्ती र कुुमारी घर्तीको घर जोखिममा रहेका वडासदस्य गुुरुङले बताउनुुभयो ।    यो ठाउँमा गएको हिउँदमा पनि सुुक्खा पहिरो खसेर एक वटा घरमा क्षति गरेको थियो । पहिरो प्रभावित क्षेत्रको बिहीवार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले निरिक्षण गर्नुुभएको थियो ।    पहिरोबाट घरवास गुुमाएकालाई जिल्ला प्रशासन कार्यालय मार्फत राहतको व्यवस्था हुुन्छु, उहाँले भन्नुुभयो, घर पुुनःनिर्माणका लागि तीनै तहका सरकारको साझेदारीमा पाँच लाख रुपैयाँका दरले अनुुदान उपलब्ध गराउने व्यवस्था भएकाले त्यहीअनुुसार सहयोग गर्छौँ।   तत्कालीनरुपमा खानेपानी आपूर्ति र सडक मर्मत तथा पहिरोबाट थप क्षति हुुन नदिने र दीर्घकालीन रुपमा पहिरो नियन्त्रण तथा बस्ती संरक्षण अथवा स्थानान्तरणको योजना कार्यान्वयन गरिने उहाँले बताउनुुभयो । 

तनहुँ:    तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ढापटारमा पार्किङ गरी राखिएको रोलरबाट डिजेल चोरी गर्ने दुई जना पक्राउ परेका छन् । चाइना कम्युनिकेशन कन्ट्रक्सन प्रालिको रोलरबाट डिजेल चोरी गरेको अभियोगमा प्रहरीले बिहीवार हिजो दुई जनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका-५ याम्पा बस्ने २७ वर्षीय सुलोचन भट्टराई र रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० बस्ने २८ वर्षीय रामबहादुर चमार रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक खाणले जानकारी दिनुभयो ।  उनीहरुलाई रोलरबाट १ सय १० लिटर डिजल चोरी गरी बा २० च ७४९ नम्बरको आफ्नो गाडीमा लोड गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेकाविरुद्ध तनहुँ अदालतबाट सात दिनको म्याद थप गरिएको छ । 

काठमाडौं:    आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य सङ्गठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ ।  सरकारी तथ्याङ्क अनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाई मधुमेह छ । आधुनिक जीवनशैली, अस्वस्थ खानपान र अल्छिपनाका कारण मुटु रोगको जोखिम बढिरहेको मुटु रोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले बताउनुभयो । जाँडरक्सी, सुर्ती चुरोट नखाए तथा चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाए मुटु रोगबाट बच्न सकिन्छ । यस्तै,  सकभर मासु कम खाने, सागपात धेरै खाने र दैनिक शारीरिक व्यायाम गर्ने हो भने मुटु रोगबाट बच्ने सकिने मुटु रोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले बताउनु भएको छ ।

पोखरा:    युनाइटेड क्लब पोखराको १४ औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री बेद बहादुर गुरुङले युनाइटेड क्लबले राष्ट्रिय स्तरको क्लबको रुपमा काम गरेको बताए ।   युवाहरुद्धारा स्थापित युनाइटेड क्लबले राज्यले गर्न नसकेका कामहरुलाई क्लब स्तरबाटै पहलकदमी थालेर पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा चालेको कदमको प्रशंसा गर्दै पोखरा जुलोजिकल पार्क निर्माण सम्पन्न गराउनका लागी आफ्नो ठाउबाट सहयोग गर्ने समेत बताए । त्यसैगरी क्लबले अगाडि सारेको सेती नदी संरक्षणको काममा समेत आफुले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दै गुरुङले युनाइटेड क्लबको सिको अन्य संघ संस्थाहरुले समेत गर्न जरुरी रहेको समेत बताए । त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर १० का वडा सदस्य पूर्ण चन्द्र न्यौपानेले युनाइटेड क्लब नेपालकै उत्कृष्ट क्लब मध्येमा एक रहेको वताउदै क्लबले आयोजना गर्ने जुनसुकै सामाजिक काममा पोखरा महानगरपालिका वडा नम्बर १० को साथ र सहयोग रहने बताउदै सेती नदी संरक्षणमा समेत वडाले सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गरे । युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालले बख्रेलले युनाइटेड क्लबलाई राष्ट्रिय स्तरको क्लब निर्माणको लागि पहल जारी रहेको बताउदै साहसिक सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणमा समेत  युनाइटेड क्लब अगाडि वढिरहेको र त्यसको नमुना चित्र आगामी १२ औँ पोखरा महोत्सवमा प्रदशनी गर्ने समेत वताए । क्लबका पूर्व अध्यक्ष सुक बहादुर गुरुङले क्लबले स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको र उक्त कामहरुलाई आगामी दिनमा अझ गुणस्तरीय बनाउदै लैजाने बताए । अमरसिंह माबि विद्यालय ब्यवस्थापन  समितिका अध्यक्ष कृष्ण प्रसाद कोइरालाले युनाइटेड क्लब र अमरसिंह मावि बीच संधै हातेमालो गरेर अगाडि बढ्ने बताउदै युनाइटेड क्लबले लेखनाथको अर्चलेमा रहेको जग्गालाई सदुपयोग गरेर अगाडि बढ्न समेत आग्रह गरे । कोइरालाले १२ औँँ पोखरा महोत्सवको सफलताको अग्रीम सुभकामना समेत ब्यक्त गर्दै महोत्सव सफल बनाउन सहकार्य गरेर अगाडि बढ्ने समेत प्रतिवद्धता ब्यक्त गरे । क्लबका सम्पूर्ण सल्लाहकारहरुको तर्फबाट बोल्दै शुसिलराज पराजुलीले क्लबले सुरु गरेको खुल्ला चिडियाखाना पोखरा जुलोजिकल पार्क निर्माणको काम निरन्तर रुपमा अगाडि बढ्न नसकेकाले त्यस तर्फ गण्डकी प्रदेश सरकारले बिशेष ध्यान दिन आवश्यक रहेको बताए । क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले खुल्ला चिडियाखानाको अवधारणा अनुरुप चिडियाखाना निर्माण हुनुपर्छ भनेर अगाडि बढिरहदा हाल आएर बन्द चिडियाखाना बनाउन खोजिएको होकी भन्ने शंका उत्पन्न भएको बताए । सेती नदी संरक्षणमा महानगर र वडाले सहकार्य गर्न आवश्यक रहेको बताउदै युनाइटेड क्लबको सफलतामा अमरसिंह माविको उल्लेखनीय भुमिका रहेको समेत बताए ।  कार्यक्रममा अध्यक्ष राजु श्रेष्ठ, महासचिव दिनेश सुनार र कोषाध्यक्ष सूर्य बहादुर बानियाले अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा उपस्थित सम्पूर्ण पदाधिकारी, सदस्य र सल्लाहकारहरुले ताली बजाएर प्रतिवेदन पारित गरेका थिए । महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने संस्थाका प्रथम उपाध्यक्ष गणेश तिमिल्सिनाले धन्यवाद मन्तब्य राखेका थिए । 

पोखरा:    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनी बिच शिष्टाचार भेट भएको छ । बिहिवार मुख्यमन्त्री कार्यालयमा उहाँहरुबिच भेटवार्ता भएको हो । उक्त भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको समुन्नतीको प्रमुख पाटो पर्यटन रहेकाले यस क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभयो । साथै उहाँले प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिरहेकाले दातृ राष्ट्रको सहयोगपनि यस क्षेत्रमा आवश्यक भएको बताउनुभयो ।   जिविकोपार्जनको क्षेत्रमा पनि सहकार्य गर्न सकिने बताउँदै उहाँले भन्नुभयो ‘बसाईँसराई रोक्न र गाउँमै रोजगारीको अवसर सिर्जना गर्ने खालका प्रोजेक्टमा हामीलाई सहयोगको खाँचो छ, सहकार्य गर्न सक्छौँ ।’ प्रदेश सरकारको प्राथमिकताको क्षेत्रहरु व्यवशायीक कृषि, स्वास्थ्य, शिक्षामा पनि दातृ निकायसँग सहकार्य गरेर अघि बढ्न सकिने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । भेटमा अमेरिकी उप विदेशमन्त्री एवं आप्रवासन बिभागका उप सहायक सचिव वाईनीले बिगतदेखि नेपाल र अमेरिकी सरकार बिचको संम्बन्ध अहिलेपनि सौहार्द रहेको बताउँदै सरकारको प्राथमिकताका क्षेत्रहरुमा सहकार्य हुने बताईन । साथै उनले पहिलो पटक पोखरा आएको बताउँदै यहाँको सुन्दरताले पर्यटकलाई आकर्षित गर्न सक्ने आफुलाईपनि निकै सुन्दर लागेको बताईन । भेटघाटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव लक्ष्मी बस्नेत र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा।कृष्णचन्द्र देवकोटाले विपद् पूर्व तयारी र प्रतिकार्य, सुद्ध पिउने पानी र सरसफाई, स्वास्थ्य, साक्षरता, जिविकोपार्जन, दिगो आर्थिक बिकासको अवस्था र संभावनाका बारेमा जानकारी गराउनुभएको थियो । भेटघाटमा प्रदेशसँगको संम्बन्ध र मित्रताको बारेमा छलफल भएको छ । साथै गण्डकी प्रदेश र अमेरिकी सरकारबीचको सहयोग आदानप्रदानको विषयमा कुराकानी भएको थियो । 

पोखरा:  वरिष्ठ लोक तथा दोहोरी गायक नारायण रायमाझी निर्देशित परदेशी–२ प्रमोसनका लागि देशदौडाहामा छ ।   चितवन –नेपालगञ्ज–बुटवल हुँदै पोखरा आइपुगेको परदेशी–२ को निर्माण टोलीले दशैंको छेको पारेर असोज २६ गतेबाट प्रदर्शन हुने जानकारी दिएको छ ।    निर्देशक रायमाझीले प्रकाश सपुतको गृह जिल्लामा भोलि (शुक्रबार) पहिलो प्रिमियर शो हुने बताए ।    उनले उच्च शिक्षाका लागि विदेशीने क्रम बढ्दो कथालाई चलचित्रको मुख्य भागमा राखिएको बताए । फिल्ममा कक्षा ११/१२ उत्तिर्ण गरेपछि देश छोड्ने परिपाटी बढ्दो छ’, उनले भने, ‘उच्च शिक्षाका लागि विद्यार्थीहरु किन विदेश जान्छन् भन्ने विषय फिल्ममा देखाउन खोजिएको छ ।’   लोकप्रिय गायक प्रकाश सपुत परदेशी–२ बाट फिल्मीमा डेब्यु गरेका हुन् । उनले हिरो भन्ने सपना पुरा भएपनि आगामी दिनमा चलचित्रलाई नै मुख्य पेशा बनाउने सोच नरहेको तर्क राखे ।    ‘परदेशी–२ मा म नै नायक हुन्छु भन्ने लागेको थिएन, हिरो बन्ने सपना आफ्नै म्युजिक भिडियोमा बोलेको थिए’, सपुतले भने, ‘रायमाझी सरले एक्कासी फोन गर्नुभयो, मैले सोचे कुनै गीत अथवा रोल होला भनेको तर प्रमुख पात्र नै भनेर सोचेको थिएन ।’   उनले फिल्ममा गाउँदेखि शहरसम्मको कथा समिटिएको बताए ।‘गाउँ हे¥यो गाउँ खाली छ, शहर आयो शहर खाली छ, हेर्दा हेर्दै देशबाट नै युवाहरु खाली हुँदै छन्’, उनले भने, ‘गाउँदेखि शहर, शहरदेखि देशको कथा परदेशी–२ ले समेटेको छ ।’   आफुमा हिरो बन्ने हुटहुटी भएका कारण नै चलचित्रमा आएको सपुतको भनाई छ ।‘हिरो बन्ने सपनासहित हुटहुटीमा मनैमा राखेको थिए, जुन आज आएर पूरा भएको छ’, उनले भने, ‘सपना र हुटहुटी भएकै कारण ठुलो पर्दामा देखिदै छु ।’   परदेशी–२ की नायिका केकी अधिकारीले विविध कारणले परदेशीका नेपालीहरुको कथा फिल्ममा प्रस्तुत हुने बताईन् । यो उनको ३३ औं चलचित्र हो ।   ‘यो फिल्मीसँगै  मैले ३३ औं फिल्मीमा अभिनय पूरा गरे, सबैमा आफ्नो बेस्ट दिएकी छु’, नायिका अधिकारीले भनिन्, ‘विविध कारणले परदेशीका नेपालीहरुको कथा फिल्ममा देखाउन खोजिएको छ, बाँकी चलचित्र नै हेर्न अनुरोध छ ।’