पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

पोखरा:   पोखरा फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सुकमाया दुराको शव ८ दिनपछि परिवारले बुझेको छ । लमजुङको सुन्दरबजार नगरपालिकाकी सुकमाया दुराको गत असोज ८ गते उपचारको क्रममा मृत्यु भएको थियो । मृतककी छोरी तिला दुराकी अनुसार अहिले अन्तेष्टिका लागि गृह जिल्ला लगिएको छ । ‘आज बुझेर घर लैजादैं छौ,’ तिलाले सुनगाभा न्यूजँग भनिन् । दुरा परिवार र मणिपालका चिकित्सकबीच केहीदिनअघि ६ बुँदें सहमति भएपछि अस्पताल तोडफोडमा संलग्न ७ जना युवालाई कास्की प्रहरीले पक्राउ गरेपछि शव उठेको थिएन ।  सुनगाभा न्यूजलाई प्राप्त विशेष सूचनामा शव उठाउन दुरा परिवारलाई कास्की प्रशासनको दबाव आएको बताइएको थियो । सो विषयमा दुरा परिवारका एक सदस्यसँग प्रश्न गर्दा अन्त्येष्टिको केही दिनमा बोल्ने भन्दै थप कुराकानी गर्न चाहेनन् ।  उनका अनुसार दुरालाई असोज ७ गते उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो । तर उपचारको क्रममा असोज ८ गते दिउँसो १ बजे मृत्यु भएको अस्पताल प्रशासनले घोषणा गरेको थियो ।  त्यसपछि चिकित्सक पक्ष र मृतक परिवार पक्ष आन्दोलनमा उत्रेको थियो । अहिले दुरा परिवार र चिकित्सक पक्षबीच ६ बुँदें सहमति भएपछि सबै आन्दोलन स्थगित गरिएको छ ।   यो पनि पढ्नुहोस   मणिपाल काण्ड: तोडफोड गर्ने समूहलाई खोज्दै कास्की प्रहरी   तर कास्की प्रहरीले अस्पतालमा तोडफोड गरेको भन्दै हालसम्म विनय गुरुङसहित ९ जनालाई नियन्त्रणमा लिएर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्ष ऐन, २०६६ अन्तरगत मुद्धा दर्ता गरि अनुसन्धान गरिरहेको बताइएको छ ।   अन्य फरार रहेका करिब २० जनाको समूहलाई खोजी गरिरहेको कास्की प्रहरीले जनाएको छ ।   यो पनि पढ्नुहोस   छोरी तिलाको प्रश्न–इन्टर्न डाक्टरले सिपिआर दिन मिल्छ ?        

मुस्ताङ:  मुस्ताङको मुक्तिनाथ क्षेत्रमा नेपाली सेनाले प्रारम्भिक स्वास्थ्य उपचार केन्द्र तथा दर्शनार्थीमैत्री विश्रामस्थल सञ्चालनमा ल्याएको छ ।    नेपाली सेनाद्वारा विनियोजित बजेट ८ लाख ६७ हजार, सामाजिक विकास कार्यालय मुस्ताङ्गबाट ८ लाख र नेपाली सेनाको श्रमदान बापत ४७ लाख ६० हजार गरी कुल ६४ लाख २७ हजार लागतमा लागतमा निर्मित भौतिक संरचना मुक्तिनाथ विकास समिति र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।   उक्त भवन मुक्तिनाथ मन्दिर प्रवेशद्वार नजिकै करिब १ रोपनी सार्वजनिक जग्गामा करिब ६ महिना लगाएर सम्पन्न गरेको हो ।    नेपाली सेनाद्वारा निर्मित दशनार्थीमैत्री पूर्वाधारको उद्घाटन पश्चिम पृतना हेडक्वाटरका पृतनापती उपरथी दिपक कुमार बाँनियाले गरे ।   सो अवसरमा बोल्दै पश्चिम पृतनापती उपरथी बाँनियाले निर्मित संरचनामा प्रारम्भिक स्वास्थ्य परीक्षण केन्द्र (२ वटा मेडिकल बेड), व्यवस्थित शौचालय र दशनार्थीमैत्री विश्रम कक्ष (२३ वटा फलामे बेञ्च) रहेको बताए ।   उनले नेपाली सेनाको शीघ्र प्रवाही योजना अन्तरगत नेपाली सेना २३ नं. बाहिनी, पश्चिम पृतना हेडक्वाटर र नारायण दल गणका दक्ष जनशक्तिको श्रमलानबाट सरोकारवाला निकायहरुको सहकार्यमा निर्माण गरिएको बताए ।   पृतनापती बाँनियाले नागरिक र सैनिकबीचको सम्बन्धलाई सुदृढ गर्दै सामाजिक उत्तरदायित्व वहन गरेको सुनाए ।    अब उक्त भौतिक संरचनाको रेखदेख, व्यवस्थापन, प्रर्वद्धन र संरक्षणमा मुक्तिनाथ विकास समिति र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जिम्मा लिएको छ ।   मुस्ताङको प्रमुख जिल्ला अधिकारी मुक्तिनाथ विकास समितिको अध्यक्ष हुने प्रावधान छ । सोही अनुरुप अहिले मुक्तिनाथ विकास समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी जनकराज पन्त रहेका छन् ।   उनले समिति र स्थानीय तहको समन्वयमा स्वास्थ्य परिक्षण केन्द्रमा २ जना स्वास्थ्यकर्मी (अनमी) करारमा भर्ना गरी सेवा सञ्चालन गरिने बताए ।   पूर्वाधार हस्तान्तरण कार्यक्रममा वारागुङ मुक्तिक्षेत्र गाउँपलिकाकी उपाध्यक्ष डिकी गुरुङले उक्त पूर्वाधारले दशनार्थीलाई ठुलो सहयोग पुग्ने बताइन् ।   सो अवसरमा सेनाको २३ नं. बाहिनी पतिले विशेष सहयोग पू¥याउने अधिकृत तथा सहयोगी गैर सैनिक व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने नेपाली सेनाले दशनार्थीका लागि निशूल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको थियो ।  

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइटले भेटवार्ता गरेकी छन् । उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेकी हुन् ।   भेटमा भदौ १३ गतेदेखि सुरु एमसीसी परियोजना कार्यान्वयनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबार नेपाल आएकी बलब्राइटले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला लगायतसँग भेटवार्ता गरिसकेकी छन् ।   अमेरिका र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको १३ भदौबाट एमसीसी परियोजना कार्यान्वयनमा गएको छ । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत अलब्राइटले नेपाल–अमेरिका बीचको द्विपक्षीय साझेदारी मनाउन र एमसीसी–नेपाल कम्प्याक्ट सम्झौताको सफल सुरुवातको उपलक्ष्यमा नेपाल भ्रमण गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । नेपालमा रहँदा उनले विभिन्न मन्त्री र अन्य सरकारी उच्च अधिकारीसँग भेटवार्ता गर्ने तय भएको छ । भेटमा उनले एमसीसी कार्यान्वयनमा भएको ढिलाइका कारण अल्झिएका आयोजना र तिनका समस्याबारे छलफल गर्ने जनाइएको छ ।

काठमाण्डौ: पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ९ हजार ९ सय ९९ जना किशोरीले लगाएका छन् ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको भदौ २७ गतेदेखि खोप अभियान सञ्चालन गरेको थियो । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले लक्ष्यअनुसार नै किशोरीहरुले एचपीभी खोप लगाएका बताउनुभयो ।   अभियानको शुरुमा विभिन्न अवरोधका कारण खोप अभियान प्रभावकारी नभएपछि समय थप गरिएको थियो । सरकारले भदौ २७ गतेदेखि मधेस प्रदेशको वीरगञ्जमा रहेको नारायणी अस्पताल, बाग्मती प्रदेशको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खोप अभियान सञ्चालन गरेको थियो । साथै लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेलधुरा अस्पतालबाट पनि खोप अभियान सञ्चालन गरिएको थियो ।   अभियान अन्तर्गत १४ वर्ष उमेर पूरा भइ १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपीभी खोप लगाइएको हो । खोपको दोस्रो मात्रा आउँदो माघमा सञ्चालन गरिने डा। गौतमले जानकारी दिनुभयो ।   नेपाल सरकारले चीन सरकारसँग महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको २० हजार डोज खोप खरिद गरेको थियो । यो खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ ।  

काठमाडौं:   नेपाल एसियाली खेलकुद (एसियाड)को पहिलो क्वाटरफाइनलमा भारतसँग २३ रनले पराजित हुँदै बाहिरिएको छ । जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्कासहित सर्वाधिक ३२ रनको योगदान दिए । सन्दीप जोरा १२ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा आउट भए । दीपेन्द्र र सन्दीप जोराले पाँचौं विकेटका लागि २० बलमा ४८ रनको साझेदारी गरेका थिए । नेपालले विष्फोटक ब्याटिङका साथ भारतलाई खेलमा दबाबमा राखेको थियो । नेपाललाई जितको लागि १९ बलमा ४७ रन चाहिँएको थियो । १७ औं ओभरको अन्तिम बलमा सोमपाल कामी ठूलो सटको धुनमा साई किशोरबाट समातिन पुगे । उनले ५ बलमा १ छक्का प्रहार गरे । लगत्तै अर्शदीप सिंहको १८ औं ओभरको पहिलो बलमा गुलशन झा लङअनमा जैसवालबाट क्याच आउट भए । नेपाली ब्याटरले छोटो तर आक्रामक प्रदर्शनका साथ खेललाई रोमान्चक बनाएका थिए । नेपालले ११ औं ओभरमा दुई प्रमुख विकेट गुमाउनु नेपाललाई अर्को भारी पर्यो । स्पिनर रवि विश्रोईको चौथो बलमा कुशल मल्ल २९ रनमा क्याच आउट भए । ठूलो सट खेलेका कुशलको बल राहुल त्रिपाठीले लङअफमा सानदार क्याच लिँदै रवि विश्रोईलाई समात्न दिएका थिए । कुशलले २२ बलमा २ चौका र २ छक्का प्रहार गरे । यसै ओभरको अन्तिम बलमा रोहित पौडेल ३ रनमा एलबीडब्लू आउट भएका थिए । कुशल भुर्तेल ३२ बलमा ४ चौका र १ छक्कासहित २८ रनमा आउट भए । डेब्यू खेलेका स्पिनर साई किशोरको नवौं ओभरको पाँचौं बलमा बलमा स्कुप खेल्ने धुनमा कुशल भुर्तेल क्याच आवेश खानबाट क्याच आउट भएका थिए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ३.४ ओभरमा २९ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर आवेश खानको सर्ट बलमा आसिफ आउट साइड एज लागेर विकेटकिपर जितेश शर्माबाट १० रनमा क्याच आउट भए । आसिफले ६ बलमा १ चौका र १ छक्का प्रहार गरे । १४ औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा दीपेन्द्रले शिवम दुबेलाई लगातार तीन छक्का हानेका थिए । तर अर्को ओभरमा उनी रवि विश्रोईको बलमा साई किशोरबाट क्याच आउट भए । सन्दीप जोराले १६ औं ओभरमा अर्शदीप सिंहलाई दुई उत्कृष्ट छक्का हानेका थिए । तर चौथो बलमा ठूलो सट खेल्ने धुनमा लङअफमा यशस्वी जैसवालबाट क्याच आउट भए । करण केसी १३ बलमा १ चौका र २ छक्कासहित १८ रनमा नटआउट रहे । भारतका स्पिनर रवि विश्रोईले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । साई किशोरले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । आवेश खानले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । त्यसअघि झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । भारतको जितमा यशस्वी जैसवालले ४९ बलमा ८ चौका र ७ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेका थिए । अन्तिम ओभरमा रिंकु सिंहले तीव्र गतिका बलर अभिनाश बोहरालाई दुई चौका र दुई छक्कासहित कुल २५ रन प्रहार गरेका थिए । रिंकु १५ बलमा २ चौका र ४ छक्कासहित ३७ रनमा नटआउट रहे । शिबम दुबे १९ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्रिजमा रहे । पहिलो विकेटका लागि जैसवाल र कप्तान ऋतुराज गायकवाडले ९.५ ओभरमा १ सय ३ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । नवौं ओभरको पाँचौं बलमा दीपेन्द्रको बलमा ठूलो सट खेलेका भारतीय कप्तान ऋतुराज गायकवाड डिप मिडविकेटमा रोहित पौडेलबाट क्याच आउट भएका थिए । पहिलो विकेटको साझेदारी नेपाललाई भारी पर्यो । गायकवाडले २३ बलमा ४ चौकासहित २५ रन बनाए । तिलक बर्मालाई १० बलमा २ रनमा आउट भए । उनी सोमपालको बलमा बोल्ड आउट भए । जितेश शर्मा सन्दीप लामिछानेको १३ औं ओभरको पाँचौं बलमा पाँच रनमा कट एण्ड बोल्ड आउट भए । नेपालका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले ३ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । कप्तान रोहित पौडेलले ३ ओभरमा २६ रन खर्चे । नेपालले समूह चरणमा मंगोलियालाई २ सय ७३ रन र माल्दिभ्सलाई १ सय ३८ रनले हराएको थियो । भारतले अव बुधबार हुने बंगलादेश र मलेसियाबीचको विजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ ।

काठमाडौं:   नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाडअ) न्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा भारतसँग टस हारेको छ । झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भएको टसमा भारतका कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो । नेपालले टि२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको । नेपाल टि२० आई वरियतामा १६ औं र भारत नम्बर वान टोली हो । त्यस्तै भारत २००७ को टि २० विश्वकप विजेता हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक नम्बर वान टि२० आई वरियता टोली र विश्वकप विजेतासँग खेल्न लागेको हो । ओडिआईमा भने नेपालले अघिल्लो महिना भारतसँग र पाकिस्तानसँग खेलेको थियो । त्यो समय पाकिस्तान वरियतामा शीर्षस्थानमा थियो । त्यस्तै भारत, पाकिस्तान र वेस्टइन्डिजगरि तीन विश्वकप टोलीसँग ओडिआईमा खेलि सकेको छ । भारत एकदिवसीय विश्वकपको कारण एसियाडमा दोस्रो रोजाईको टोली पठाएको छ । भारतीय टोलीमा इन्डियन प्रिमियर लिग ९आइपिएल० मा सानदार प्रदर्शन गर्दै आएका खेलाडी छन् । भारतको यस टोलीलाई २०२४ को विश्वकप खेल्ने खेलाडीको रुपमा हेरिएको छ । नेपालको प्लेइङ–११   आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहरा । भारतको प्लेइङ–११  ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, तिलक बर्मा, शिवम दुबे, रिंकु सिंह,जितेश शर्मा, वासिन्टन सुन्दर, साई किशोर, रवि विश्रोई, आवेश खान र अर्शदीप सिंह ।

पोखरा:   नेकपा एमाले गण्डकीको प्रथम अधिवेशन पोखरामा आजदेखि सुरु भएको छ ।  प्रदेशभरबाट कुल ९ सय ७ जना प्रनितिधि सहभागी हुने सो अधिवेशनको एमालेका महासचिव शंकर पोखरेले अधिवेशनको उद्घाटन गरे ।  मौसममा आएका खराबीका कारण पार्टी अध्यक्ष केपी ओली पोखरा आउन नसकेपछि महासचिव पोखरेलले अधिवेशनको उद्घाटन गरेका हुन् ।  उनले सो अवसरमा बोल्दै कुनै पनि भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरू जेल जाने दाबी गरे ।  उनले सरकार भ्रष्टाचारविरुद्ध अभियानमा रहेको बताएपनि भ्रष्टाचारीकै संरक्षणमा लागेको आरोपसमेत लगाए ।  यस्तै कार्यक्रममा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले १० वर्षसम्म अझै एमालेको नेतृत्वमा केपी ओलीको विकल्प नरहेको बताए । उनले फरक प्रसंगमा बोल्दै भिजन विनाका केही व्यक्तिले सस्तो लोकप्रियताको भरमा पार्टी खडा गरेर जनतालाई दिग्भ्रमित पारिरहेको धारणा राखे । उनले नेकपा एमाले बलियो र सत्तामा नजाँदासम्म अपराधि समाउने र लुकाउने सम्झौता अहिलेको गठबन्धनले गरिरहने बताए । अधिवेशनमा सहभागी हुन गण्डकीका ११ जिल्लाबाट ९ सय ७ जना प्रतिनिधि छनोट भएर पोखरा आएका छन् । उनीहरुका लागि एमालेले २१ वटा होटल बुक गरेको छ । नेकपा एमाले गण्डकीको प्रदेशको प्रथम अधिवेशनमा पोखराको हस्पीटल चोक, औद्योगिक क्षेत्र (शिव चोक), बुद्ध चोक र बसपार्कबाट ¥यालीसहित अमरसिंह चौरमा उद्घाटन सत्र सुरु भएको थियो ।                                  

मुस्ताङ:   मुस्ताङको लोमान्थाङ गाउँपालिका ५ स्थित ऐतिहासिक तथा धार्मिक महत्वको झम्पा गुम्बाको पर्खाल भत्किएको छ । झन्डै ६ सय वर्ष पुरानो मानिएको उक्त गुम्बा गाउँले अन्र्तगतको स्वामित्वमा थियो । पर्खाल भत्किएसंगै गुम्बाको सौन्दर्यतामा समेत असर पुगेको छ । लोमान्थाङको विषेश धार्मिक चाडपर्वहरुमा उक्त गुम्बामा लामाहरुद्धारा पुजापाठ गरिन्थ्यो । गुम्बामा छोदे गुम्बाका लामाहरुले धार्मिक अनुष्ठान गर्ने गरिन्थ्यो । लोमान्थाङ गाउँको पुरानो गुम्बाको पर्खाल उत्तरतर्फको भागमा चर्किएर भत्किएको लोमान्थाङ गाउँपालिकी उपाध्क्ष छिमी बिष्टले जानकारी दिईन् । उनले गुम्बा बाहिरको करिव १० देखि १५ मिटर पर्खालय भत्किएको उल्लेख गरिन् । उक्त गुम्बा ऐतिहासिक लोमान्थाङ दरबार परिसरभित्रै रहेको जानकारी दिईन् । ज्यादै पुरानो धार्मिक गुम्बा पर्खाल भत्किएसंगै उपाध्यक्ष बिष्टले स्वदेश तथा विदेशमा बस्ने मुस्ताङीहरुलाई गुम्बा पर्खाल पुनस्निर्माणमा सहयोग गर्न अपिल गरेकी छिन् ।

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति पौडेलसमक्ष अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले सोमबार राष्ट्रपति भवनमा आयोजित एक समारोहका बिच उक्त प्रतिवेदन पेस गर्नुभएको हो । अख्तियारका प्रमुख राईले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७९/०८० को अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीले दिनुभयो ।