कारको ठक्करबाट भक्तपुरमा एकको मृत्यु

काठमाडाैं | असोज १८, २०८०

कारको ठक्करबाट भक्तपुरमा एकको मृत्यु सांकेतिक तस्बिर

भक्तपुरमा कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। 

 

बिहीबार बिहान साढे ६ बजे मध्यपुर थिमि नगरपालिका वडा नम्बर ९ निकेरास्थित दुवाकोट मोडमा कार र मोटरसाइकल जुध्दा दुर्घटना भएको थियो। पुरानो थिमी जाँदै गरेको बागमती प्रदेश ०२(०४१प ३३१९ नम्बरको मोटरसाइकल र राधेराधे जाँदै गरेको बा ५ च। २०४९ नम्बरको कार जुधेको थियो।

 

कार अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिएको भक्तपुर प्रहरी परिसरका डिएसपी बसन्त पाठकले बताए। दुर्घटनामा मध्यपुर थिमि नगरपालिका(९ राधेराधेका ५८ वर्षीय योगराज बराल गम्भीर घाइते भएका थिए। उपचारका क्रममा बरालको आज बिहान करिब ७ बजे भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।


मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटका २० वर्षीय मिलन कार्की सामान्य घाइते भएका छन्। उनी उपचारपछि डिस्चार्ज भइसकेका छन्। 


कार्की र कार चालक मध्यपुरथिमी नगरपालिका वडा नम्बर ६ का २९ वर्षीय अनुज प्रजापतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

पोखरा:     पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरु आर्थिक रुपमा मजबुत नभएसम्म अगाडी बढन कठिन हुने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नम्वर १५ ले आयोजना गरेको कृष्ट...

थप पढ्नुहोस्

पोखरा:     ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ बाट पत्रकार विजय नेपाल पुरस्कृत हुने भएका छन् भने फिल्मकर्मी विनोद शेरचनलाई सम्मान गरिने भएको छ ।  चलचित्र पत्रकार सं...

थप पढ्नुहोस्

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका–७ तोल्कास्थित हिमालय माध्यमिक विद्यालय तोडफोड गरी सिसी क्यामेरासहित नगद र ल्यापटप लगायतका सामग्री चोरी भएको छ ।    आइतबार बिहान कार्यालय ...

थप पढ्नुहोस्