काठमाडौं: हमासले इजरायलमाथि गरेको आक्रमणमा परेका १७ जना नेपाली मध्ये १० जना नेपालीको मृत्यु भएको छ । हमासले गरेको आक्रमणमा परि १० जना नेपालीहरुको मृत्यु भएको र १ जना सम्पर्क विहिन भएको इजरायल स्थित नेपाली दुतावसले जनाएको छ । आक्रमणबाट घाइते नेपाली मध्ये अस्पतालमा ४ जना उपाचारत रहेका छन् । घटनामा परेका दुई जना भने सुरक्षित छन् । यसअघि आज दिउसो बसेको प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले १२ जना नेपाली संपर्कबिहिन भएको बताउनु भएको थियो । इजरायलमा रहेका मध्य सुदुर पश्चिम विश्वविद्यालयबाट गएका ४९ जना मध्ये १७ जना गाजा क्षेत्र नजिकै किबुज अलिमिम भन्ने स्थानमा बस्ने गरेका र त्यसमध्यका १२ जना सम्पर्क विहिन भएको मन्त्री साउदले सदन समक्ष जानकारी गराउनु भएको थियो । मन्त्री सउदले इजरायलमा भएको आक्रमणमा परेका नेपालीहरुको उद्वारकालगि समन्वय संयन्त्र स्थापना गरेर नेपालीहरूको अवस्था पहिचान, उद्दारको कार्य अघि बढाइएको जनाकारी गराउनु भएको छ । यसैबीच इजरायलको सुरक्षा परिषदले लडाकु समूहहरु हमास र प्यालेस्टाइनी इस्लामिक जिहादविरुद्धको युद्धलाई आक्रमणको चरणमा लैजाने निर्णय गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमाथि गरेको आक्रमणमा दुवै पक्षका सयौँ व्यक्तिको मृत्यु भएपछि ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिनुभएको छ ।इजरेली सेनाले गाजाको सीमा नजिकका सहरहरूमा बस्ने सबै बासिन्दाहरूलाई आगामी चौबीस घण्टाभित्र त्यस क्षेत्रबाट अन्यत्र सारिने बताएको छ । सेनाका अनुसार प्यालेस्टिनी लडाकु समूह हमास रहेको क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्र पार्ने क्रममा सीमा नजिकका क्षेत्रहरू खाली गर्न लागेको हो। दक्षिणी इजरायलका विभिन्न क्षेत्रमा दोस्रो दिन पनि दुई पक्षबीच भिडन्त जारी छ । हमासको आक्रमणमा र भिडन्तमा परी ६ सय इजरेली मरिएका छन् भने सयजना भन्दा बढी इजरेली नागरिलाई अपहरण गरिएको छ । दुई पक्षबीच भिडन्तमा सयभन्दा बढी प्यालेस्टिनी बन्दुकधारीहरू पननि मारिएको र कैयौँलाई गिरफ्तार गरिएको इजरेली सेनाले जनाएको छ। गाजास्थित प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरायलले गरेको हवाई आक्रमणमा तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको र करिब दुई हजार घाइते भएको बताएका छन् । हिजबुल्लाह समूहले तीनवटा इजरेली चौकीमा रकेट आक्रमण गरेपछि इजरेली सेनाले लेबननमा पनि आक्रमण गरेको छ।इजरेललेआक्रमणमा आफ्ना कम्तीमा तीन सय नागरिकहरू मारिएको र एक हजारभन्दा बढी घाइते भएको बताएको छ। कति इजरेलीहरूलाई हमास लडाकुहरूले बन्धक बनाएका छन् भन्ने अझै स्पष्ट नभएको बी बी सीलेजनाएको छ । इजरायल प्यालेस्टाईन तनावबारे छलफल गर्न राष्ट्र सङ्घीय सुरक्षा परिषद्को आज आपत्कालीन बैठक बस्दै छ। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायललाई सहयोगका लागि प्रस्ताव गर्नु भएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमाथि गरेको आक्रमणमा दुवै पक्षका सयौँ व्यक्तिको मृत्यु भएपछि ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिनुभएको छ । दशकौँ यताको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वमा हमासले शनिबार व्यापक स्थल, हवाई र समुद्री आक्रमण गरेको थियो । इजरायली सेनाका अनुसार हमासको आक्रमणमा २०० भन्दा बढी इजरायलीको मृत्यु भएको र एक हजारभन्दा बढी घाइते भएको बताएको थियो । हमासले सैनिक र सर्वसाधारणलाई बन्धक बनाएको पनि इजरायली सेनाले बताएको छ । यसैबीच, गाजाका अधिकारीहरूले तटीय इलाकामा इजरायलले गरेको प्रत्याक्रमणका कारण कम्तीमा २५६ प्यालेष्टिनीको मृत्यु भएको र करिब एक हजार ७८८ जना घाइते भएको बताएका छन् । लेबनानको शक्तिशाली इरान समर्थित ‘हिजबुल्लाह मुभमेन्ट’ले हमासले इजरायलविरूद्ध गरेको कारबाहीप्रति ‘ऐक्यबद्धता जनाउन’ विवादित सीमा क्षेत्रमा इजरायली चौकीमा ‘ठूलो सङ्ख्यामा तोपका गोला र निर्देशित क्षेप्यास्त्र’ प्रहार गरेको जनाएको छ । इजरायली सेनाले यसअघि दक्षिणी लेबनानमा आक्रमणकारीको पहिचान नै नगरी गोली चलाएको बताएको थियो । नेतन्याहूले उक्स -ट्वीटर_ मा लेख्नुभएको छ, “हामी लामो र कठिन युद्धमा लागेका छौं । हमासको अन्धाधुन्ध आक्रमणका कारण हामीमाथि युद्धको भार थोपरिएको छ ।” “पहिलो चरण यस समयमा हाम्रो भूमिमा घुसपैठ गर्ने अधिकांश शत्रु सेनाको विनाशद्वारा समाप्त हुँदैछ,” उहाँले लेख्नुभएको छ । रातभर इजरायलले गाजा पट्टीमा हवाई आक्रमण गरेको थियो भने प्यालेस्टाइनी भूमिबाट इजरायली क्षेत्रमा रकेट प्रहार भएको थियो । गाजाको सीमापारिको स्डेरोट प्रहरी चौकीलगायत विभिन्न स्थानमा इजरायली सेना र हमासका सयौं लडाकूबीच आइतबार बिहान पनि गोली हानाहान भइरहेको छ । प्रहरी र इजरायली सेनाको विशेष फौजले स्टेशनभित्र लुकेर बसेका १० जना सशस्त्र आतङ्ककारीलाई निष्प्रभावी पारेको प्रहरीले जनाएको छ । सन् १९७३ को अरब–इजरायल युद्ध सुरु भएको आधा शताब्दीपछि हमासले शनिबार गरेको रक्तपातपूर्ण हवाई, समुद्र र स्थलआक्रमणले इजरायल र विश्वलाई चकित एवं दुःखी तुल्याएको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपतकालीन बैठक आइतबारका लागि बोलाइरहँदा राष्ट्रपति जो बाइडेनले अमेरिकी सहयोगी ९इजरायल०लाई ‘चट्टानी र अटूट’ समर्थन व्यक्त गर्दै ‘यस परिस्थितिमा फाइदा लिन इजरायलविरोधी अन्य कुनै पनि पक्षविरुद्ध’ चेतावनी दिनुभएको छ । इजरायली सेनाले रातभर आफ्नो सेना अझै पनि इजरायलका विभिन्न स्थानहरूमा गोली हानाहानमा संलग्न रहेको बताएको छ, ‘फलामको तरवारहरू’ नाम दिइएको एक प्रतिरोधात्मक आक्रमणमा सेनाको सञ्चित बललाई बोलाइएको थियो । हमासले यसअघि केही इजरायलीलाई बन्धक बनाइएको तस्बिर सार्वजनिक गरेको थियो भने सेनाका अर्का प्रवक्ता डेनियल हागारीले सैनिक र सर्वसाधारणको अपहरण भएको पुष्टि गर्नुभएको थियो । गाजाको पूर्वमा पर्ने बेरी र ओफाकिमका नेगेभ मरुभूमिसमुदायमा पनि ‘गम्भीर बन्धकको अवस्था’ रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “म अहिले नै उनीहरूका बारेमा तथ्याङ्क दिन सक्दिनँ ।” यनेट इजरायली समाचार वेबसाइटका अनुसार ‘धेरै महिला, बालबालिका र वृद्धहरूसहित दर्जनौं इजरायली बन्दीहरूलाई गाजा पट्टीमा लगिएको विश्वास गरिएको छ’। नेतन्याहूका अनुसार युद्धका कारण इजरायलले गाजाको बिजुली, इन्धन र सामानको आपूर्ति बन्द गरेको छ । इस्लामिक समूहले स्थानीय समयअनुसार शनिबार बिहान ६ः३० बजे तेल अभिभ र जेरुसेलमसम्म हजारौं रकेट प्रहार गर्दै फलामको गुम्बज प्रतिरक्षा प्रणालीलाई छिचोल्दै इजरायली भवनहरूमा आक्रमण गरेको थियो । रासस/एएफपी
पोखरा: कास्की प्रहरीले स्वरुप परिवर्तन (मोडिफाई) गरिएको २ दर्जन बढी मोटरसाइकललाई कारवाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा पर्व नजिकिदै गर्दा विशेष सुरक्षा योजनाअन्तरगत मोडिफाई सवारी साधनमाथि निगरानी बढाएको हो । आइतबारमात्रै करिब २ दर्जन बढी मोडिफाइड मोटरसाइकललाई नियन्त्रणमा लिइएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार बिकले बताए । उनका अनुसार स्वरुप परिवर्तन गरिएको सवारी साधनलाई कारवाही गरेबापत पछिल्लो ४ आर्थिक वर्षमा कुल ५ करोड ६८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ । चालु आर्थिक वर्षमा ४ सय ४८ वटा मोटरसाइकललाई कारवाही गर्दा ३ लाख २७ हजार, गत आर्थिक वर्ष २०७९/०८० मा १ हजार ८ सय ४५ वटा मोडिफाइ भएका सवारीलाई कारवाही गर्दा २ करोड ६२ लाख ८ हजार ५ सय रुपैयाँ, आर्थिक वर्ष ०७८/०७९ मा १ हजार १ सय ९६ वटा सवारीलाई कारवाही गर्दा १ करोड १६ लाख २ हजार र आर्थिक वर्ष ०७७/०७८ मा ९ सय ८९ वटा स्वरुप परिवर्तन गरिएको सवारीलाई कारवाही गर्दा ९५ लाख १ हजार राजश्व संकलन भएको हो । सूचना अधिकारी विकले मोडिफाइ गरेका केही मोटरसाइकलहरु नियन्त्रणमा रहेको बताउदै पहिलेकै अवस्थामा परिवर्तन गराएर अभिभावकको रोहबरमा बुझाउने बताए । ‘स्थानीयहरुको गुनासोपछि मोडिफाइ भएका मोटरसाइकलहरु केही दिनयता नियन्त्रणमा लिएका छौं’, उनले भने, ‘मोडिफाइ भएका मोटरसाइकलहरुलाई पुनः पहिलेकै अवस्थामा परिवर्तन गर्न लगाएर कारवाहीपछि अभिभावकको रोहबरमा सवारी धनीलाई बुझाउँछौं ।’ डिएसपी बिकले स्वरुप परिवर्तन गरिएको सवारीलाई नियन्त्रणमा लिने अभियानलाई निरन्तरता दिने बताए । ‘पर्व नजिकिदै गर्दा सुरक्षा योजना पनि बनिरहेको छ साथै बजार क्षेत्रर भित्रि गल्लीमा चर्काे आवाज निकाल्ने, विभिन्न किसिमबाट लुक्स परिवर्तन गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिन्छौ, उनले भने,‘पहिलो चरणमा अभिवाकलाई बोलाएर सम्झाई बुझाई कारवाही स्वरुप जरिवाना तिराउछौं । पछि पनि त्यही साधन दोहोरियो भने सवारी व्यवस्था ऐन अनुसार कडा कारवाही नै गर्छाै ।’ उनले मोटरसाइकल मोडिफाई गर्ने सवारी धनिलाई मात्रै नभएर ग्यारेजलाई समेत कानूनी कारवाहीको दायरामा ल्याउने बताए । क्रस फायर र बुलेट सबैभन्दा बढी मोडिफाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी वरिष्ठ नायब निरीक्षक शिव प्रसाद पाठकका अनुसार सबैभन्दा बढि मोडिफाई गर्ने साधनमा क्रस फायर र बुलेट रहेका छन् । मोडिफाइड बाइककै कारण ध्वनी प्रदुषण भएको पाठकले बताए । ‘सबैभन्दा बढि मोडिफाइड गर्ने बाइक भनेको क्रस फायर र बुलेट भेटिन्छ, उनले भने, साइलेन्सर पाइप नै फेरेर ठुलो आवाज निकाल्ने साइलेन्सर पाइप फेरेको भेटिएको छ । यसकै कारण ध्वनी प्रदुषण बढेको छ ।’ उनका अनुसार प्रहरी नियन्त्रणमा आएका मोटरसाइकलहरुले विभिन्न तरिकाबाट मोडिफाई गरेको भेटिएको छ । मोटरसाइकलको ऐना, ह्याण्डल, साइलेन्सर परिवर्तन गर्ने, रङ बदल्ने, फिल्टर झिक्ने, साइलेन्सरमा प्वाल पार्ने, सिट अग्लो होचो बनाउने, एक्ट्रा लाइट हाल्ने, चर्काे हर्न हाल्ने चार पाङ्ग्रे सवारी साधनमा कालो तथा रङ्गीचङ्गी स्टिकर टाँस्ने गर्ने गरेको पाइएको पाठकले जानकारी दिए । ‘यसरी मोडिफाइ गरिएको भेटिएको छ । अत्याधिक मोडिफाइ गर्ने बाइकले चाँबी नै अन्यत्र ठाउँमा सार्ने गरेको पाइन्छ, उनले भने, ‘कम्पनीबाट आको स्थानमा चाँबी काम गर्दैन, तल कुना कुनामा चाँबी हालेर अनलक गर्ने सिस्टन बनाउछन् । चाँबी कहाँ छ भन्ने हामीलाई पत्तो नै हुदैन ।’ प्राय बुलेटले साइलेन्सर र सिट फर्ने गरेको उनले बताए । ‘ठुलो आवाज निकाल्ने साइलेन्सर फेर्ने गर्छन भने लुक्सका लागि सिट सानो बनाउँछन्, उनले भने, पोखरेली बुलेट सिट भनेपछि जुनै ग्यारेजले पनि बनाइदिदो रहेछ ।’ उनले स्वरुप परिवर्तन गर्न सघाउने ग्यारेजलाईसमेत कारवाहीको दायरामा ल्याउने बताए ।
काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षामा लगानी बढाउँदै जानुपर्छ भन्ने कुरामा सरकार प्रष्ट रहेको बताउनुभएको छ । आगामी वर्षहरुमा अर्थतन्त्रको प्रगतिसँगसँगै शिक्षामा बजेट बढाएर राख्ने मन्त्री राईको भनाइ थियो । आइतबार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले मुलुकको अर्थतन्त्रको बढोत्तरी नभएसम्म भने कुनैपनि क्षेत्रमा लगानी वृद्धि गर्न सकिने अवस्था नरहने स्पष्ट पार्नुभयो । मन्त्री राईले भन्नुभयो, ‘‘हाम्रो अर्थतन्त्रले धानेसम्म शिक्षामा लगानी बढाउँदै जानुपर्छ भन्ने कुरामा सरकार पनि प्रष्टै छ । यस पाली कुल बजेटको ११ दशमलव २७ प्रतिशत लगानी रहेको छ भने आउने वर्षहरुमा त्यो भन्दा अर्थतन्त्रको प्रगतिसँगसँगै त्यो भन्दा बढि बजेट बढाएर राख्न सकिने कुरा पनि म निवेदन गर्न चाहन्छु । तर सबै चीजको निर्णायक विषय चाहिँ के हो भने अर्थतन्त्रमा बढोत्तरी हुनु पर्यो । अर्थतन्त्रमा प्रगति हुनुपर्यो । उद्योगधन्दा खुल्नु पर्यो । बन्दव्यापार फुल्नु, फल्नु पर्यो । कृषि उपजमा प्रगति हुनु पर्यो । यो सबै कुराको सामरिक असर शिक्षामा पनि पर्नेकुरा म यहाँहरुलाई निवेदन गर्न चाहन्छु ।’’ मन्त्री राईले विज्ञहरुसँग थप छलफल गरेर सो विधेयकलाई समृद्ध बनाउन पनि सरकार तयार रहेको बताउनुभयो । उहाँले सरकारले शिक्षक, विद्यार्थी र अभिभावकको जायज मागलाई सम्बोधन गरेर नै सो विधेयकलाई अघि बढाउने पटकपटक दोहोर्याउनुभयो ।
बलेवा: पैदलयात्रा गरिरहेका बटुवाले पसिना पुछ्दै सोध्छन्– ‘यो पुल कहिले बन्छ रु’ उकालीओराली गर्दै झोलुङे पुलको सहारामा कालीगण्डकी नदी वारपार गरेपछि लाग्दो हो पुल बने मोटरमा सहजै जानेआउने हुन्थ्यो । घाट पुगेका मलामीले हरेक वर्ष सोध्छन्– ‘यो पुल अझै बनेन् रु कहिले बन्छ होला है रु’ बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको जैमिनीघाटमा बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुलको छेवैमा व्यवसाय गरेर बसेका हरि केसीले सुन्दै आएका प्रश्न हुन् यी । बर्खामा उर्लिने हिउँदमा निरन्तर बगिरहने कालीगण्डकीमा पक्की पुल बन्न थालेको सात वर्ष बित्यो । कहिले फलामका रड मात्रै ठडिएका देखिन्छन्, कहिले पिल्लर बनिसकेका देखिन्छन् । अहिलेसम्म पुलले सानोतिनो आकार मात्र लिएकाले पुल बनिहाल्छ जस्तो नलाग्ने सर्वसाधारण बताउँछन् । जैमिनी–१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माणाधीन पक्की पुलको काम सात वर्षदेखि चलिरहेको छ । “विभिन्न कारणले लामो समयदेखि काम अगाडि बढ्न सकेन् । अघिल्लो वर्ष धेरै काम भएको छ । अब २० प्रतिशत काम मात्रै बाँकी छ”, सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर किरण पोखरेलले भन्नुभयो, “कठिन काम सकियो । निर्माण कम्पनीको म्याद पनि सकिएको छ । म्याद र बजेट थप भए अबको एक वर्षमा पुल निर्माण सम्पन्न हुन्छ ।” उहाँले पाँच वर्षसम्म अलपत्र रहेको कामले अघिल्लो वर्ष गति लिएको बताउँदै अघिल्लो वर्ष मात्रै ४५ प्रतिशत काम भएको जानकारी दिनुभयो । पोखरेलका अनुसार त्यसभन्दा अघिको वर्ष करिब ३५ प्रतिशत काम भएको थियो । “पुलका पिल्लर बनिसकेका छन् । ढलान स्लापको काम बाँकी हो । आसपासका एप्रोज रोड र पुल जोगाउन तारजालीको लागि भिओ गर्नुपर्ने छ”, पोखरेलले भन्नुभयो, “कूल बजेटको १५ प्रतिशत भित्रै हुने गरी भिओ बनाउने योजना छ । भिओ भएको बजेट स्वीकृत हुँदा आगामी असारसम्म पुल तयार हुन्छ ।” जैमिनी–१ कुश्मीशेरा र पर्वतको फलेवास नगरपालिका–६ देवस्थान जोड्ने गरी विसं २०७३ असोज ९ गतेदेखि पुल निर्माण थालिएको थियो । प्राविधिक कारणले लामो समयसम्म काम रोकिएको थियो । काम थालेको पाँच वर्षसम्म ३५ प्रतिशत भौतिक प्रगति रहेकामा गत आवमा भएको कामसमेत गरेर ८० प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनीले जनाएको छ । बागलुङ र पर्वत दुवैतर्फ पुल जोडिने संरचनाको काम सकिएको छ । कालीगण्डकी नदीको बिचमा दुईवटा पिल्लर तयार भएका छन् । पाँचौँ पटक म्याद थपका लागि निवेदन दर्ता गराएको निर्माण कम्पनीले जनाएको छ । “कामको गति हेर्दा म्याद नथप्नुपर्ने कुनै कारण छैन”, इन्जिनियर पोखरेलले भन्नुभयो, “भिओ स्वीकृत हुने नहुने मुख्य प्रश्न हो ।” उहाँका अनुसार रु १३ करोड १२ लाख ४९ हजार तीन सय ६४ मा तीस महिनाभित्र काम सक्नेगरी सम्झौता भएको थियो । बागलुङ–पोखरा राजमार्गको विकल्पको रूपमा पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जा हुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्न यो पुल आवश्यक छ । समयमै पुल नबन्दा तीन वर्ष अघि भदौमा आएको पहिरोले मध्यपहाडी लोकमार्ग एक साता अवरुद्ध हुँदा बागलुङवासीले वैकल्पिक मार्गको प्रयोग गर्न नपाएको स्थानीय हरि केसीले बताउनुभयो । कालीगण्डकी कोरिडोरमा जोडिने यो पुलले पर्वत, स्याङ्जा र पोखरालाईसमेत कोरिडोरको पहुँचमा ल्याउने उहाँको भनाइ थियो । उहाँका अनुसार ऐतिहासिक जैमिनीधाम क्षेत्रमा निर्माण भइरहेको पुलले पर्वत र बागलुङका आर्थिक, सामाजिक र धार्मिक क्रियाकलापमा प्रभाव राख्छ । पुल बनेमा मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आउने समस्याका कारण यात्रुले सास्ती खेप्नुपर्दैन ।
हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ । कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार ल्याप्चेमा रहेको ९खडीखेत० घाटमा तुइनबाट खसेर बेपत्ता भएका हुन्। कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा विभिन्न १८ निर्माण समूहले काम गर्दै आएका थिए। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रोङखोलामा पहिरोका कारण करिब दश घण्टादेखि थुनिएपनि अहिले खुल्न थालेको छ । केही दिनयता लगातार परिरहेको अविरल वर्षाका कारण अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुक किम्रोङखोलामा शनिबार राति पहिरो जाँदा खोला थुनिएर ताल बनेको थियो । ताल फुटेर बाढी आउने सम्भावना भएपनि अहिले बिस्तारै खोला बग्न थालेको अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष भरतमान गुरुङले बताए । उनले खोला बग्न थालेकाले टटिए क्षेत्रमा सावधानी अपनाउन आग्रह गरे । ‘किम्रोङखोलामा गएराति गएको पहिरोले खोला थुनिएको भन्दै सूचना आएको थियो, पहिरोले खोला थुनिदा एक्कासी पहिरोबाट पानी बग्दा बाढीको जोखिम थियो’, वडाध्यक्ष गुरुङले भने, ‘अहिले पहिरोले थुनिएको खोलामा बिस्तारे पानी बहाव बढ्न थालेको छ, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिराखेका छौं ।’ पहिरोले थुनिएको खोलामा बिस्तारै पानीको बहाव बढीरहेकाले अन्नपूर्ण गाउँपालिका ११, १०, ८ र ७ मोदी खोला किनारामा बस्ने स्थानीयहरुले सावधानी अपनाउन अन्नपूर्ण गाउँपालिकाले आग्रह गरेको छ ।
काठमाण्डौ: प्रधानमन्त्री पुष्पकमल दाहालले चीन–नेपाल र भारतको बीचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताउनुभएको छ । आइतवार बिआरआईको एक दशक स् व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्युत् व्यापार नेपालको लागि पहिलो प्राथमिकता नरहेको भन्दै विद्युत् उत्पादनको क्षमता विकास गरी विद्युतीय सामग्रीको प्रयोग बढाउनेतर्फ सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले डिजेल र पेट्रोलको आयात कम गर्न शुरु भइसकेको पनि बताउनु भयो । उहाँले नेपाल सम्पन्न नभइकन नेपालका कुराहरु शक्तिशाली देशलाई सुनुवाइ गर्न कठिन हुने भन्दै उहाँले यसबारेमा आफूले विभिन्न समयमा चीन र भारतका राष्ट्रप्रमुखसँग छलफल गरिसकेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपाल सबैभन्दा पहिला त अर्थतन्त्रमा आत्मनिर्भर हुनुपर्छ । बलियो हुनुपर्छ । त्यसका निम्ति हामीले हाम्रा प्राकृतिक साधन स्रोतको प्रयोग गर्नुपर्छ । अहिले बिजुलीको पनि कुरा आयो, हाम्रो कार्यक्रम देशभित्रै बजुली खपत गर्ने नै हो । विद्युत्को व्यापार गर्ने हाम्रो पहिलो प्राथमिकता होइन । तर हाम्रो क्यापासिटी अहिले विद्युत् खपत गर्ने कति छ रु र हामीले त्यसलाई कसरी विकास गर्ने हो रु अहिले नै हेर्ने हो भने हामी ई।भेइकल भनेर जसरी हामी त्यसलाई प्रोत्साहन गर्दैछौँ र त्यसले डिजेल र पेट्रोलको आयात कम गर्न शुरु भइ नै सकेको छ । सरकारको प्राथमिकता यतापट्टि छ ।’ प्रधानमन्त्री दाहालले बिआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेको पनि बताउनु भयो । उहाँले बिआरआईअन्तर्गतका परियोजना अघि बढाउनका लागि कार्ययोजना बनाएर समयबद्ध कार्यतालिका अनुरुप दुवैका साझा संयन्त्रहरुलाई परिचालन गरी छिटो काम गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले विगत १० वर्षमा बिआरआईमार्फत मात्र एक हजार अर्ब अमेरिकी डलर भन्दा बढी लगानी भएको तथ्यांक सार्वजनिक भइरहँदा नेपालले तुलानात्मक रुपमा लगानी भित्र्याउन नसकेको बताउनु भयो । उहाँले नेपालको तर्फबाट लिनुपर्ने पहलकदमी तथा नीतिगत र प्रक्रियागत अवरोध हटाउने काम सरकारले गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले बिआरआई परियोजनाको सूचि नभइ कार्यान्वनय योग्य परियोजना छनोट र कार्यान्वयन हुनेगरी बिआरआई सम्बन्धी विकास निर्माणका परियोजना अघि बढाउन जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘विगत १० वर्षमा बिआरआईमार्फत मात्र एक हजार अर्ब अमेरिकी डलर भन्दा बढी लगानी भएको तथ्यांक सार्वजनिक भइरहँदा नेपालले तुलानात्मक रुपमा लगानी भित्र्याउन सकेन । अब हामी छिटै कार्ययोजना बनाएर समयबद्ध कार्यतालिका अनुरुप दुवैका साझा संयन्त्रहरुलाई परिचालन गरी छिटो काम गर्नुपर्ने अवस्था छ र सरकार त्यो दिशामा गम्भीर रुपले अघि बढेको छ ।’
कैलालीको गोदावरी नगरपालिका–८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट एक सय सात थान सालको कडीसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१५७ नम्बरको ट्रकका चालक बैतडीको पाटन नगरपालिका– ८ का २५ वर्षीय सिद्धराज भट्ट, सोही ठाउँका ट्रकका साहु ४२ वर्षीय देवराज भट्ट र काठका साहु गोदावरी नगरपालिका–८ का २८ वर्षीय मदन छेडाल छन् । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार प्रहरी सहायक निरीक्षक धर्मराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई ट्रकमा सालका कडी ढुवानी गर्दागर्दै पक्राउ गरेको हो । आज बिहान ४ बजे रु तीन लाख मूल्यका सालका कडी, ट्रकसहित उनीहरुलाई पक्राउ गरिएको हो। प्रहरीले घटनाको थप अनुसन्धान गरी कारबाहीका लागि सबडिभिजन वन कार्यालय अत्तरियामा बुझाउने तयारी गरेको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताए। यसैगरी कैलालीको घोडाघोडी नगरपालिका–८ का दोर्जे शाही ३० दशमलव ७५ क्यूफिट चिरान काठ र ८३ क्यूफिट गोलियासहित पक्राउ परेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ। शाहीले आमफाँटामा सञ्चालन गरेको मोहन्याल फर्निचर उद्योगभित्रबाट काँचो सालका नौ गोलिया, १२ थान चिरान गरेका कडी र २४ थान पटरासहित पक्राउ गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत गौचरण चौधरीले बताए।

