शिक्षामा लगानी बढाउँदै लैजानुपर्छ भन्ने कुरामा सरकार प्रष्ट छः शिक्षामन्त्री राई
काठमाडाैं | असोज २१, २०८०
काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षामा लगानी बढाउँदै जानुपर्छ भन्ने कुरामा सरकार प्रष्ट रहेको बताउनुभएको छ ।
आगामी वर्षहरुमा अर्थतन्त्रको प्रगतिसँगसँगै शिक्षामा बजेट बढाएर राख्ने मन्त्री राईको भनाइ थियो । आइतबार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले मुलुकको अर्थतन्त्रको बढोत्तरी नभएसम्म भने कुनैपनि क्षेत्रमा लगानी वृद्धि गर्न सकिने अवस्था नरहने स्पष्ट पार्नुभयो ।
मन्त्री राईले भन्नुभयो, ‘‘हाम्रो अर्थतन्त्रले धानेसम्म शिक्षामा लगानी बढाउँदै जानुपर्छ भन्ने कुरामा सरकार पनि प्रष्टै छ । यस पाली कुल बजेटको ११ दशमलव २७ प्रतिशत लगानी रहेको छ भने आउने वर्षहरुमा त्यो भन्दा अर्थतन्त्रको प्रगतिसँगसँगै त्यो भन्दा बढि बजेट बढाएर राख्न सकिने कुरा पनि म निवेदन गर्न चाहन्छु । तर सबै चीजको निर्णायक विषय चाहिँ के हो भने अर्थतन्त्रमा बढोत्तरी हुनु पर्यो । अर्थतन्त्रमा प्रगति हुनुपर्यो । उद्योगधन्दा खुल्नु पर्यो । बन्दव्यापार फुल्नु, फल्नु पर्यो । कृषि उपजमा प्रगति हुनु पर्यो । यो सबै कुराको सामरिक असर शिक्षामा पनि पर्नेकुरा म यहाँहरुलाई निवेदन गर्न चाहन्छु ।’’
मन्त्री राईले विज्ञहरुसँग थप छलफल गरेर सो विधेयकलाई समृद्ध बनाउन पनि सरकार तयार रहेको बताउनुभयो । उहाँले सरकारले शिक्षक, विद्यार्थी र अभिभावकको जायज मागलाई सम्बोधन गरेर नै सो विधेयकलाई अघि बढाउने पटकपटक दोहोर्याउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

