नेपालको पर्यटन राजधानी पोखरा शिक्षाको हब बन्दै गएको छ ।   कास्कीले शिक्षा विकासको लामो इतिहास बोकेको काछ । पछिल्लो समय पोखरा शैक्षिक गन्तव्यका रुपमा पनि चिनीन थालेको छ ।   पोखरा र यस आ...

पोखरा:   कास्कीको रुपा गाउँपालिकामा अचानक आएको हावाहुरीका कारण १४ घरमा क्षति पुगेको छ ।  बिहीबार साँझ अचानक हावाहुरीसँग आएको वर्षाका कारण रुपा गाउँपालिका- १ र २ वडाका स्थानीयको घरमा क्षति पुर्‍याएको  जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  हावाहुरीसँगै आएको वर्षाका कारण रुपामा घर, गोठ र मन्दिरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।  उनका अनुसार हावाहुरीले घरको छानो उडाउँदा घरभित्र राखिएका अन्नपात,लत्ताकपडा समेत भिजेको छ । यस्तै हावाहुरीले बाख्राको खोर, माहुरीको घार, चिसापानीस्थित कोट मन्दिरको छानोसमेत उडाएको छ ।  हावाहुरीको कारण क्षति पुगेको स्थानमा उद्धारका लागि प्रहरी खटिएको कास्की प्रहरीले जनाएको छ । हावाहुरीका कारण मानविय क्षति भने भएको छैन । यस्तै बिहीबार नै अचानक आएको हावाहुरीका कारण फेवातालमा फसेकी विदेशी नागरिकको सकुशल उद्धार गरिएको थियो ।   

पोखरा:    पोखराको फेवातालबाट विदेशी नागरिकको  सकुशल उद्धार भएको छ। सशस्त्र प्रहरीको टोलीले अष्ट्रियाका २७ वर्षीय नागरिक लाउराको सकुशल उद्धार गरेको हो ।  अचानक आएको हावाहुरीको कारण  फेवातालमा बोटिङ गरिरहेकी विदेशी नागरिककले चलाएको काठको सिङ्गल बोट पल्टिएपछि प्रहरी र शसस्त्र प्रहरीको टोलिले सकुशल उद्धार गरेको हो । 

कास्की:  पोखरा महानगरपालिका वडा नम्बर १ विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको फाइनलमा विन्ध्यश्वरी आदर्श बोर्डिङ स्कुल र राष्ट्रिय मावि प्रवेश गरेको छ ।   पोखरा महानगरपालिका १ खेलकुद विकास समितिको आयोजनामा टुडिखेलमा जारी विद्यालयस्तरीय छात्रातर्फ विन्ध्यश्वरी आदर्श र राष्ट्रिय मावि उपाधि नजिक पुगेको हो ।   टुडिखेलको बास्केटबल कोर्टमा आज (बिहीबार) भएको पहिलो सेमिफाइनल खेलमा विन्ध्यश्वरीले करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) लाई पराजित गर्दै विन्ध्यश्वरी फाइनलमा प्रवेश गरेको आयोजक संस्थाका सचिव अनिश गुरुङले जानकारी दिए ।    उनका अनुसार दोस्रो सेमिफाइनलमा राष्ट्रिय माविले पोखरा आदर्श माविलाई हराउँदै फाइनलमा विन्ध्यश्वरीसँगको भेट पक्का गर्याे ।    अब उपाधिका लागि विन्ध्यश्वरी आदर्श बोर्डिङ र राष्ट्रिय मावि शनिबार भिड्नेछन् ।   यस्तै पुरुषतर्फ भने सेमिफाइनलको समिकरणमात्र पूरा भएको संस्थाका अध्यक्ष विष्णु गुरुङले जानकारी दिए ।    उनका अनुसार यही शनिबार स्पाइरल ग्यालेक्सी मावि र पोखरा आदर्श माविबीच पहिलो समिफाइनल खेल हुनेछ भने दोस्रो सेमिफाइन राष्ट्रिय मावि र करुणानिधी एजुकेशन फाउण्डेशन (केफ)बीच प्रतिस्पर्धा हुनेछ ।   सो प्रतियोगितामा छात्रतर्फ विजेता टिमले नगद रु १५ हजार, रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।   यस्तै सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु ५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।     उनका अनुसार छात्रातर्फ प्रथम, द्वित्तीय र तृतीय हुने टिमलाई क्रमश नगद रु १२ हजार, १० हजार र ८ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।    छात्र तथा छात्रा दुवै विधामा सर्वाेत्कृष्ट हुने खेलाडीलाई आकर्षक ट्रफिद्वारा पुरस्कृत गरिने अध्यक्ष गुरुङले बताए  ।   गुरुङका अनुसार सो प्रतियोगितामा कुल १३ वटा विद्यालयबाट छात्रातर्फ ४ टिमको सहभागिता रहेको छ भने छात्रतर्फ ८ टिमको सहभागिता रहेको छ ।    शनिबार विहान विद्यालयस्तरी छात्र तथा छात्रा दौड प्रतियोगिताकोसमेत आयोजना गरिने पोखरा महानगरपालिका १ खेलकुद विकास समितिले जनाएको छ ।     विद्यालयबीचको सम्बन्ध सुदृढ हुन्छ: वडाध्यक्ष प्रधान   यसअघि प्रतियोतिाको उद्घाटन गर्दै पोखरा महानगरपालिका १ का वडाध्यक्ष साहारा प्रधानले खेलकुद स्वस्थ्य जीवनका लागि अपरिहार्य रहेको उल्लेख गरे ।    उनले खेलकुदमा विभिन्न विधा भएको बताउदै बास्केटबल पनि महत्वपूर्ण खेल भएको धारणा राखे ।    उनले प्रतियोगिताले वडाभित्रका विद्यालयबीचको आपसी सम्बन्धलाई सुमधुर बनाउने बताउदै खेलाडी उत्पादनमासमेत टेवा पुर्याउने उल्लेख गरे ।   ‘खेल आफैमा महत्वपूर्ण विधा हो । जुन मानव जीवनमा स्वस्थ्यकर जीवनका लागि अपरिहार्य छ, वडाध्यक्ष प्रधानले भने, ‘यो एउटा पाटो हो भने अर्काे पाटो खेलाडी उत्पादनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ त्यसैले यस्ता प्रतियोगिताहरु निरन्तर भइरहन जरुरी छ ।’   उनले आमागी दिनमा पनि खेलकुदसँगै रचनात्मक कार्यक्रमहरुलाई समेत वडाले प्राथमिकताका साथ जोड दिने बताएका थिए ।   

पोखरा:    कास्कीको मादी गाउँपालिकामा पालिकास्तरीय बाल सञ्जालका पदाधिकारी केन्द्रित बालअधिकारसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि मादी गाउँपालिकाका अध्यक्ष देवीजङ गुरुङले बालबालिकासँग सम्बन्धित अनेकौ चुनौती रहेतापनि पालिकाले आगामी आर्थिक वर्षको बजेट योजनाको क्रममा रहेकाले बालबालिकाको क्षेत्रमा पनि पर्याप्त बजेट विनियोजन गर्ने बताए ।  उनले पालिका सदा नमूना बालसंजालको रूपमा पहिचान बनाउन तत्पर रहेकाले बालबालिकासँग सम्बन्धित समस्या तथा आवश्यकताबारे समयमै पालिकामा जानकारी गराउनुसमेत अनुरोध गरे ।  मादी गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङले संजालका पदाधिकारी र अन्य बालबालिकालाई आफ्नो पहिचान, अनुशासन र इमान्दारितालाई पहिचान गरेर भविष्यको असल नेतृत्वकर्ता बन्न सुझाव दिइन् । मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले बाल संजालको सफल कार्यकालको शुभकामना दिदैँ अधिकारसँगै कर्तव्यको पालनामा जोड दिन सुझाव दिए । यही ज्येष्ठ १५ र १६ गते मादी–३, याङ्जाकोटमा सञ्चालित उक्त अभिमुखीकरणमा राष्ट्रिय बालअधिकार परिषद्, गण्डकी प्रदेशका समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले भने सहजीकरण गरेका थिए । मादी गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा गुड नेवर्स इन्टरनेसनल नेपाल र नौलो घुम्ती नेपालको साझेदारी रहेको थियो । बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने राष्ट्रिय नारालाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा पालिकाका १२ वटै वडाका १३ विद्यालयका २६ बालबालिका तथा बालक्लबका संरक्षक शिक्षकको सहभागिता रहेको थियो । बालबालिकासम्बन्धी नियमावली २०७८ को परिच्छेद ०२ बमोजिम गठित १३ सदस्यीय पालिकास्तरीय बाल संजालका पदाधिकारीको काम, कर्तव्य र अधिकारको विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा धनुवास कालिका मा.वि. मादी ७ का बाल संजालका अध्यक्ष रेनिशाकुमारी शाहीले अभिमुखीकरण लाभदायक रहेको बताइन् । कार्यक्रमको सञ्चालन पालिकाका बाल कल्याण अधिकारी कर्णकुमारी गुरुङले गरेकी थिइन् ।   

पोखरा:    सगरमाथा आरोहण गरेर फर्किदै गर्दा पोखराका बिनोदबाबु बस्ताकोटीको निधन भएको छ । पोखरा २६ लेखनाथका बिनोद बाबु बस्ताकोटीको निधन भएको हो । जेठ ९ गते बिहान सगरमाथा आरोहण गरी फर्किने क्रममा सोही दिन साँझ ५ बजे तिर सगरमाथाको चौथो शिविरको माथि बालकुनीको तल लगभग ८२५० मिटरमा आई पुग्दा उनको मृत्यु भएको हो । उनका शेर्पा गाईड उपलब्ध गराएको कम्पनी पाईनयर एड्भान्चरबाट जानकारी दिएका थिए । उनको आधार शिविर व्यवस्थापन गर्ने कम्पनीको क्याम्प म्यानेजर कोही नहुँदा किचनका स्टापहरु मार्फत बेवारिसे अवस्थामा रहेको डफल ब्याग आधार शिविरमा अवस्थित प्रर्यटन विभागको फिल्ड कार्यालयमा बुझाएको छ ।

कास्की:   कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन् ।   स्थानीय गिरेन्द्र गुरुङले आफैले बनाएका बन्दुक पड्काएपछि त्यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन् ।   ‘रुखमा आएको बाँदर नियन्त्रणका लागि  बन्दुक फड्काउदा लागेको गुच्चाको गोलीले एउटा बाँदर घाइते भएको थियो, गुरुङले भने, ‘घाइते बाँदरसहित सम्पूर्ण बथान कराउँदै भागे त्यसपछि यस क्षेत्रमै देखा परेका छैनन् ।’   लामो समयदेखि बाँदरले खेतबारी मात्र हैन घर भित्र पसेर भण्डारण गरेको अन्नसमेत खाने, महिला एवम् बालबालिकालाई आक्रमण गर्न लागेपछि विकल्पका रुपमा दुई महिनाअघि बन्दुक बनाएको गुरुङले सुनाए ।   उनका अनुसार हाते पम्प, ग्यास लाइटको कक, काठ, युपिभिसी पाईप, लगायतका सामानबाट निर्माण भएको बन्दुकको नालमा एउटा गुच्चा राखेर बीच भागमा रहेको प्वालमा सेनिटाईजरको सहायताले आगो  लगाएर बन्दुक पड्काउँदा ३० देखि ४० मिटरसम्म निसाना लाग्छ ।    चलाउन सुरक्षित रहेको बन्दुकको मुल्य ७ देखि ८ हजारसम्म पर्ने उनले बताए ।     गुलेली र डेढ बर्षअघि बनाएको ठूलो आवाज आउने बन्दुकलाई बाँदरले नटेरेपछि युटुबको सहायताले गुच्चाको गोली लाग्ने यन्त्र निर्माण गरेको उनले सुनाए ।   ‘अहिले त मलाई र बन्दुक देखेपछि बाँदर टाडैबाट भाग्छ । यसअघि घर नजिकै रहेको बन्तरीको फल पाकेपछि रुखै भरि बाँदर हुन्थ्ये अहिले फल पाकेर कुहिने अवस्थामा पुग्दा पनि बाँदर देखिएको छैन ।’   उनले अहिले बन्दुक मात्र हैन हाते ट्याक्टर, मोटरसाइकल मर्मतदेखि खिर्रोको काठको सारङ्गी समेत बनाउने काम गरिरहेका छन् । 

पोखरा:    काठमाडौंबाट बेनी जाँदै गरेको बस कास्कीको लेवाडेमा दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन् ।  काठमाडौंबाट बेनी जाँदै गरेको बा ५ ख २८५ नम्बरको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा आज बिहान अन्दाजी ३:४० बजेको समयमा दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका हुन् ।  बस दुर्घटना हुँदा बसमा सवार १३ जना यात्रु मध्ये ७ जना यात्रु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।   घाइते ७ जनाको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।  बस दुर्घटना हुँदा बसका चालक पर्वतको जलजला गाउँपालिका–८ बस्ने ३६वर्षीय बलबहादुर फगामीमगर, म्याग्दीको मालिका गाउँपालिका घर भएका ३९ वर्षीय टकबहादुर कामीघाइते भएका छन् ।    यस्तै मंगला गाउँपालिका घर भएका ४५ वर्षीय प्रेम पुन, ५७ वर्षीय तिलक शर्मा, म्याग्दी घरका रञ्जना हमाल, मालिका दर्बाङ घर भएका १५ वर्षीय सबिता हमाल, ५७ वर्षीय हरी केसी म्याग्दीको मालिका गाउँपालिका–६दर्वाङ बस्ने १७ वर्षीय भिमसेन अधिकारी घाइते भएका छन् ।      

पोखरा:    पोखरामा गएराति मोटरसाइकल दुर्घटना हुँदा बागलुङका गणेश आचार्यको मृत्यु भएको छ ।  गएराति बागलुङ बसपार्कबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको बा ४८ प ९५७९ नम्बरको मोटरसाइकल पिर्केपुल नजिक सडकको बीच भाग रहेको डिभाइडरमा अनियन्त्रित भई ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।  मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाइते भएका बागलुङ नगरपालिका–१२ अमलाचौरका अन्दाजी ४१ वर्षीय गणेश आचार्यको  गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको कास्की ट्राफिक कार्यालयले जनाएको छ ।  दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

पोखरा:   गण्डकी प्रदेशका न्यायप्रेमी प्रगतिशील युवाले गणतन्त्र दिवसको अवसरमा नेपाल स्काउटलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।   नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितलाई सम्बोधन गर्दै  नेपाल स्काउट रास्ट्रिय परिषद् सदस्य शिवबहादुर भण्डारीमार्फत  ध्यानाकर्षण पत्र बुझाएको हो ।   नेपाल स्काउटमा पछिल्लो समय राजनीति हाबी हुदै गइरहेको ठहर गर्दै राजनैतिक कार्यकर्ताको भर्ती केन्द्र नबनाउन प्रगतिशील युवा समूहको माग छ ।   सो समूहले बुझाएको पत्रमा भनिएको छ, ‘पछिल्लो समय नेपाल स्काउटमा निर्वाचित पदाधिकारी, आयुक्तहरुमा विभिन्न राजनैतिक दलमा आवद्ध रही राजनैतिक गतिविधीमासमेत सकृय रहेको कुरा प्रष्ट देख्न सकिन्छ । जुन कुरा नेपाल स्काउटको मुल मर्म विपरित रहेको छ । त्यसैले समयमै यसलाई नियन्त्रण गर्न नसके नेपाल स्काउट  कुनै दलको भातृ संगठन  नहोला भन्न सकिन्न ।’   नेपाल स्काउट ऐन ,२०५० को दफा १८ (क) उपदफा (१) (ख) (ग)मा नेपाल स्काउटको सदस्यको योग्यता सम्बन्धि व्यवस्थामा नेपाल स्काउटको सदस्यले कुनै राजनितिक दलको सदस्य नलिएको र राजनैतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्यागी राजनैतिक गतिविधिमा  संलग्न नरहेको स्वघोषणा गर्नुपर्ने व्यवस्था छ ।   युवा तथा खेलकुद मन्त्रालयले प्रचलित ऐन  कार्यान्वयन गराउन गत वैशाख ३१ गते  विज्ञप्ती नै जारी गरेको थियो ।