नेपालको पर्यटन राजधानी पोखरा शिक्षाको हब बन्दै गएको छ ।   कास्कीले शिक्षा विकासको लामो इतिहास बोकेको काछ । पछिल्लो समय पोखरा शैक्षिक गन्तव्यका रुपमा पनि चिनीन थालेको छ ।   पोखरा र यस आ...

पोखरा:  जेठको ११ देखि १५ सम्म पोखराको अमरसिंहमा रहेको एमआरपी बियर रेष्टुरेण्टमा लेकाली बियर च्यालेन्ज हुने भएको छ ।    होटल टास्क ईन्टरनेशनल प्रालिको आउटलेट लेकाली सेकुुवा रेष्टुरेण्ट एण्ड बारले सञ्चालनमा ल्याएको एमआरपी बियर रेष्टुरेण्टकोे दोश्रो वर्ष प्रवेशको अवसरमा लेकाली बियर च्यालेन्ज गर्ने भएको हो ।    बियर पारखीहरुलाई लक्षित गरी बियर पिउने प्रतियोगितानै लेकाली बियर च्यालेन्ज प्रतियोगिता भएको र उक्त प्रतियोगितामार्फत बियरको अनुपम अनुुभव लिन सकिने रेष्टुुरेण्टका सञ्चालक मिन बहादुर गुरुङले बताए ।    उक्त कार्यक्रम अन्तर्गत जेठ ११ देखि १४ सम्म हरेक दिन एउटा इभेन्ट सम्पन्न हुनेछ । इभेन्टमा सहभागी हुनका लागि पहिला आउनेलाई प्राथमिकता दिदै प्रत्येक दिन १० जनाले सहभागिता जनाउन सक्नेछन् ।    १० जना मध्ये १० मिनेटको अवधिमा जस्ले बढी बियर पिउन सक्छ सो व्यक्ति उक्त इभेन्टको विजयी हुने छ । इभेन्टमा सहभागीले प्राप्त मात्रामा बियर पिउन सक्नेछन् । ११ देखि १४ गते सम्मका लागि हरेक दिनको इभेन्टमा विजयीले एक कार्टुन बियर, प्रमाणपत्र र एक वर्षका लागि एमआरपी बियर रेष्टुरेण्टमा प्रिभिलेज कार्ड प्राप्त गर्नेछन् ।    प्रतियोगितामा सहभागि हुनका लागि १५ सय शुल्क लाग्ने र अन्तिम प्रतिस्पर्धाका लागि कुनैपनि शुल्क नलाग्ने संचालक गुरुङले बताए ।    प्रतियोगितामा सहभागिता जनाउनका लागि होटल टास्क इन्टरनेशनल प्रा. लि., लेकाली चुलो घर, लेकाली कफी हाउस, लेकाली सिटी भ्यू रेष्टुरेण्ट र लेकाली सेकुवा एण्ड सुकुटी घरमा सम्पर्क गर्न सकिने छ ।    लेकाली सेकुुवा रेष्टुरेण्ट एण्ड बारले सञ्चालनमा ल्याएको एमआरपी बियर रेष्टुरेण्टमा एमआरपीमा बियरहरु उपलब्ध हुदै आएको छ भने धराने बंगुर, बंदेल, मटन, चिकन, बफको सेकुवासंगै हांस, बफ सुकुटी र बट्टाइका परिकारहरु उपलब्ध रहेका छन् । दोश्रो वर्ष प्रवेशसँगै ड्राफ्ट बियर बारसमेत ग्राहकहरु समक्ष पस्कने सञ्चालकले जनाएको छ ।   प्रतियोगिताको अन्तिम दिन सांझ राष्ट्रिय कलाकारहरुद्धारा सांगीतिक कार्यक्रम सहित लाइभ म्युजिक समेत रहने छ । 

पोखरा:    गायिका सलोमी गुरुङलाई नेपाल आइडलको पाँचौ संस्करणमा विजेता बनाउन पोखरामा अभियान थालिएको छ ।  नेपाल आइडलको पाँचौ संस्करणको उत्कृष्ट आठसम्म आइपुगेकी गायिका गुरुङलाई विजेता बनाउन पोखरामा सलोमी गुरुङ जिताउ अभियान सुरु गरिएको हो ।  पोखरा महानगरपालिका–१३ बिपी मार्गकी सलोमीलाई जिताउन सलोमी गुरुङ जिताउ अभियानले पोखरामा आज ९सोमबार० पत्रकार सम्मेलन गर्दै भोटको अपिलसमेत गरेको छ ।  नेपाल आइडलको पाँचौ संस्करणको उत्कृष्ट आठमा अहिलेसम्म गायनकलाले अगाडि बढेपनि अब भोटिङले सघाउनुपर्ने अभियानकी प्रतिनिधि बालकाशी गुरुङले बताईन् ।  ‘यो ठाउँसम्म आउनका लागि उसकै बलबुताले, कलाले र मेहनतले हो’ प्रतिनिधि गुरुङले भनिन्, ‘अबको पालो भोटिङको रहेकोे छ । भोटिङले मात्रै जिताउन सक्षम हुनेछौं ।’ सानैदेखि गायनमा रुची राख्ने उनलाई परिवारको सहयोग नमिल्दा पाउनुपर्ने संगाीतिक उचाइ हात नपारेकोसमेत उल्लेख गरिन् ।  गण्डकी प्रदेशले रियालिटी सोेमा सहभागी थ्रुपै प्रतिभालाई जिताएकाले अब पालो सलोमीको रहेकोे उनको भनाइ थियो । सलोमी जिताउन गुरुङ समुदायसँग सम्बन्धित संघसंस्थाले सहयोग उठाइरहेका छन् । सलोमी जिताउ अभियानले आयोजना गरेकोे पत्रकार सम्मेलनमा पोखरेली लक्ष्य ब्याण्डले नेपाली गीत प्रस्तुत गर्दैै भोटको अपिलसमेत गरेको थियो । नेपाल आइडलको उत्कृष्ट आठमा पोखराबाट सलोमी गुरुङ र मानव परियार छन् ।  नेपाल आइडलको उत्कृष्ट आठमा पुगेकी सलोमी गुरुङलाई भोटिङ गर्न प्रभु पे, इ–सेवा र मोमो एप डाउनलोड गरेर र ३७००० मा १२ टाइप गरी एसएमएस पठाएर भोटिङ गर्न सकिन्छ ।  सुरेश पौडेल निर्देशक रहेको शोमा न्यहू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज छन् । एपिवान टेलिभिजनमा हरेक शुक्रबार र शनिबार ८ः३० बजेदेखि प्रसारण हुने शोलाई रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गर्दै आएका छन् ।

पोखरा:     कास्कीको रुपा गाउँपालिका–४ ठकुरी बस्तीमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । दर्शन फाउन्डेसनको आयोजना तथा गोर्खा कालिका क्लब र दर्शन आमा समुहको सहआयोजना साथै हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा एक दिने निशुल्क आँखा जाँच सम्पन्न भएको छ । शिविरमा कास्की र लमजुङका गरि १३७ जनाले लाभ प्राप्त गरेका छन् । हिमालय आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत गोबिन्दनाथ योगीले आँखाको महत्वबारे प्रकाश पार्दै शिविरमा सहभागी मध्य अप्रेसन नै गर्नुपर्ने बिरामीहरुलाई रेफर गर्दै अस्पतालले निशुल्क अप्रेसन गर्ने गरि आँखाको हिफाजतबारे जानकारी गराए । कार्यक्रममा रुपा गाउपालिकाको अध्यक्ष एवम्  प्रमुख अतिथि नवराज ओझाले साविक सिद्ध गाविसमा पहिलो पटक शिविर संचालन गरेकोमा बधाई शुभकामना दिदै रुपामा क्लब, समुहले स्वास्थ्य सम्बन्धी कार्यक्रम आयोजना गर्नु पर्ने बताए । उनले युवा क्लवहरु प्रायः सामान्य खेलकुद सामाग्री, महिला समुहहरु भाँडाकुडा मात्र माग गर्ने गरेका बताए । स्वस्थ आँखा भयो भने झिलिमिली सन्सार हेर्न मात्र होइन दैनिक कामकाजमा सहज हुन्छ भन्दै रुपा मै क्लबद्वारा आयोजना गरिएको आँखा शिविर दोस्रो पटक भएको समेत बताए । विभिन्न भेगबाट आँखा जाँचका लागि आएका मध्ये अवस्था हेरी चश्मा तथा औषधि समेत निशुल्क वितरण गरिएको थियो । दर्शन फाउण्डेशनका अध्यक्ष पितम बहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव मदन मल्ल छाँयाले गरेका थिए ।

पोखरा:   व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवम् नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा आजदेखि पोखरा आइडिया मार्ट तथा बुट क्याम्प सुुरु भएको छ ।      लुम्लेस्थित कृषि अनुन्धान निर्देशनालयको सभाकक्षमा तीन दिनसम्म सञ्चालन हुने मार्टको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुुभयो ।      कार्यक्रममा महानगरप्रमुख आचार्यले कार्यक्रममा युवाहरूले प्रस्तुत गर्ने हरेक आइडियाहरू समाजको उन्नयनका लागि प्रेरक बन्न सक्ने बताउनुुभयो । अघि सारिएका आइडियाहरूलाई थप परिष्कृत गर्दै जानुपर्नेमा जोड दिदै उहाँले महानगरपालिकाले युवाहरूको उद्यमशिलता अभिबृद्धिका लागि यस किसिमका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुुभयो । पोखरा पर्यटनको राजधानी घोषणा भैसकेका अवस्थामा विभिन्न परियोजनाहरू आउने क्रम सुरु भएको उहाँले जानकारी गराउनुुभयो ।       पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिमल्सिनाले मार्टमा प्राप्त सबै आइडियालाई छलफल गरी त्यसलाई कार्यान्वयनमा ल्याउन सकिएमा त्यसले समाजमा विशिष्ट योगदान गर्न सक्ने धारणा राख्नुुभयो ।      कार्यक्रमका सभापति एवम् पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले मार्टमा सहभागीताका लागि आवेदन माग गरिएकोमा विभिन्न आइडिया सहित ३५ वटा समूहले आवेदन प्रस्तुत गरेकोमा १९ वटा समूह छनौट भएको जानकारी दिनुुभयो । १९ समूह मध्ये १७ वटा समूह मार्टमा सहभागी बनेको बताउँदै उहाँले ती मध्ये उत्कृष्ट १० छनौट गरिने बताउनुुभयो ।      उत्कृष्ट १० लाई पुनः सरोकारवालाबीच राखेर छलफल गर्दै ती मध्येबाट प्रथम, द्वितीय, तृतीय र चतुर्थलाई क्रमशः ५०, ४०, ३० र २० हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिने उहाँले जानकारी दिनुुभयो ।      व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले महानगरपालिकाले अघिल्लो वर्ष पनि मार्ट सञ्चालन गरेको बताउँदै सो क्रममा महानगरको आइडिया बैंकमा ३७ वटा आइडिया संकलन भैसकेको बताउनुुभयो । केन्द्र मार्फत युवा उद्यमशीलता अभिबृद्धिका विभिन्न कार्यक्रम सञ्चालन भैरहेको उहाँको भनाइ छ ।      कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष निरज केसी, मुख्य प्रशिक्षक निरज खनाल लगायतले मार्टमा प्राप्त आइडियालाई कार्यान्वयनको तहमा लैजानुपर्ने आवश्यकता औंल्याउनुुभयो । देशको बढ्दो युवा पलायन रोक्नु बर्तमानको आवश्यकता भएकोमा उहाँहरूले जोड दिनुुभएको थियो ।

पोखरा:  कास्की प्रहरीले पोखरा महानगरपालिका ११ रामघाटबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा ३६ वर्षीय धन बहादुर गौतम, ललितपुर स्थायी घर भई हाल पोखरा ९ बस्ने २७ वर्षीय सन्दीप मिजार र पोखरा १४ बस्ने१८ वर्षीय नितेश लामा रहेका छन् ।   उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले रामघाटबाट फक्राउ गरेको हो ।   उनीहरुको साथबाट लागूऔषध नुर्फिन ८७ एम्पुल, डाइजापाम ८७ एम्पुल र फेनेरागन ८७ एम्पुल गरी कुल २६१ एम्पुल लागूऔषध र २ मोबाइल बरामद गरिएको छ ।   पक्राउ परेको उनीहरुविरुद्ध लागूऔषध सम्बन्धि मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा:     पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरु आर्थिक रुपमा मजबुत नभएसम्म अगाडी बढन कठिन हुने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नम्वर १५ ले आयोजना गरेको कृष्टल माला, चुरा पोते तथा फेब्रिक माला व्याज बनाउने तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले महिलाहरु आयआर्यजनसंग जोडिएर आर्थिक रुपमा सक्षम नभएसम्म समाजमा अगाडी बढन नसकिने बताउनुभयो ।  उहाँले महिलाहरुले घरमा धेरै काम गर्ने भएपनि श्रमको मुल्य नहुने भन्दै अव स्वरोजगार बन्नुपर्नेमा जोड दिनुभयो ।  उपप्रमुख गुुरुङले नेपालका राजनीतिक परिर्वतनमा महिलाको भुमिका महत्वपूर्ण रहेको बताउदै गणतन्त्र स्थापनासंगै निर्माण भएको संविधानले महिलालाई धेरै अधिकार स्थापित गरेको बताउनुभयो ।  राजनीतिक र अधिकारका हिसावले सम्पन्न छौ उहाँले भन्नुभयो, “प्राप्त अधिकारको कार्यान्वयन, तल्लो तहका महिलालाई अधिकारका बारेमा जानकारी गराउदैं प्राप्त अधिकारको उपयोग गर्नुपर्छ ।”  उपप्रमुख गुुरुङले वडा कार्यालयले आफना नागरिकलाई विभिन्न तालिम प्रदान गरिहेको बताउदैं तालिम लिएका दिदिबहिनीहरु व्यवसायीक बन्नुपर्नेम जोड दिनुभयो । तालिम लिएपछि व्यबसायी बन्दै आर्थिक रुपमा सबल र सक्षम बन्नका लागि ब्यवसायीक बन्नुपर्नेमा उहाँले सुझाव दिनुभयो ।  “तालिम लिएर प्रमाणपत्र भित्तामा सजाउने मात्रै नभई यसलाई कार्यान्वयन गरेर आयआर्जनसंग जाडेर जानुपर्छ । तालिमको सदुुपयोग गरेर व्यवसायीक बन्नुपर्छ ।” वडा नम्वर १५ का वडा अध्यक्ष तोरणबहादुर बानियाँले वडाका महिलाहरुको आवश्यकता ठानेर तालिम दिएको बताउदै तालिमबाट प्राप्त सीप र ज्ञानलाई उपयोग गरेर आत्मनिर्भर बन्ने अपेक्षा गरेको बताउनुभयो । मानवीय विकास विना पूर्वाधार विकासले मात्रै केही नहुने बताउदै महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन तालिम सञ्चालन गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा महानगरका कार्यपालिका सदस्य मन्दिरा गौतम, पोखरा १५ का वडासदस्य बलराम पौडेलले वडा कार्यालयले प्रदान गरेको तालिमबाट वडामा आयोजना हुने कार्यक्रमका लागि माला, व्याज निर्माण गरेर महिला दिदिबहिनिहरु  आत्मनिर्भर हुने विश्वास ब्यक्त गर्नुभयो ।    

पोखरा:     ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ बाट पत्रकार विजय नेपाल पुरस्कृत हुने भएका छन् भने फिल्मकर्मी विनोद शेरचनलाई सम्मान गरिने भएको छ ।  चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारमध्येबाट बर्सेनि १ जनालाई पुरस्कार र फिल्मकर्मीलाई सम्मान गर्दै आइरहेको छ ।   लामो समय चलचित्र पत्रकारिता गर्दै आएका विजयलाई जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार २०८० प्रदान गर्ने निर्णय भएको र २०४५ साल देखि नेपाली सिनेमा बनाउँदै आएका फिल्मकर्मी विनोद शेरचनलाई सम्मान गर्न लागिएको संघका अध्यक्ष प्रभु अधिकारीले जानकारी गराए ।   चलचित्र पत्रकार संघ नेपाल कास्कीका पूर्व सहसचिव पत्रकार विजय नेपाल आदर्श समाज दैनिकका कार्यकारी सम्पादक र राजधानी दैनिकका पोखरा संवाददाता हुन् ।  पाल्पा रिब्दीगाउँपालिका ७, मैनादीका उनी झण्डै २ दशकदेखि पोखरालाई कर्मथलो बनाएर निरन्तर पत्रकारितामा क्रियाशील छन् । हिमालप्रेसमा समेत आबद्ध विजय विशेषगरी फिल्म तथा रंग पत्रकारितामा रुची राख्छन् । सामाजिक विषयवस्तुमा समेत उनको कलम चल्छ । यस्तै २०४५ साल देखि नै सिनेमा निर्माणमा लागेका विनोद शेरचन पोखरा महानगरपालिका वडा नं। १० का स्थायी बासिन्दा हुन् । उनले निर्माण गरेको सिनेमा कन्यादान, तृष्णा, बादल पारी र दुनियाँ चलेको सिनेमा हो । नेपालका नाम चलेका कलाकारहरु भूवन केसी, गौरी मल्ल, निर शाह, दिलिप रायमाझी, कृष्टि मैनाली, जल शाह, रुपा राणा, मुरली धर, निखिल उप्रेती, निरुता सिंह जस्ता कलाकारसँग काम गरेका शेरचनले लगानी गरेका सबै सिनेमालाई दर्शकले रुचाएका छन् ।   आगामी जेठ १९ गते संघको साधारणसभाका अवसरमा पत्रकार विजय नेपाललाई २५ हजार पुरस्कार राशी सहित पुरस्कृत गरिने र फिल्मकर्मी विनोद शेरचनलाई दोसल्ला, माला र सम्मान पत्र सहित सम्मान गरिने अध्यक्ष अधिकारीले बताए । चलचित्र पत्रकारिता पुरस्कार पुराना चलचित्रकर्मी जितप्रसाद द्वा र परिवारद्वरा नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानलाई चिरकालसम्म सम्झिरहन र यही क्षेत्रमा कलम चलाइरहेका पत्रकारलाई थप हौसला प्रदान गर्न स्थापना भएको चलचित्र पत्रकार संघ नेपाल कास्कीका सचिव सन्तोष बस्यालले जानकारी गराए ।   संघले प्रदान गर्न लागेको चलचित्र पत्रकारिता पुरस्कारको प्रतिभा छनोटका लागि चलचित्र पत्रकार संघ नेपाल कास्कीका सल्लाहकार सुरेश रानाभाटको संयोजकत्वमा संघकै संस्थापक अध्यक्ष श्रीराम सिग्देल र कलाकार माओत्से गुरुङ सदस्य रहेको समिति गठन भएको थियो ।   जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार निवर्तमान अध्यक्ष अरुण गिरी नेतृत्व कार्यसमितिले २०७७ देखि प्रदान गर्न सुरु गरेको हो । पहिलो पुरस्कार संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देललाई प्रदान गरिएको थियो भने दोस्रो र तेस्रो पुरस्कारबाट संस्थाका पूर्व अध्यक्ष रेम विक र पूर्व सल्लाहकार राजाराम पौडेल पुरस्कृत भइसकेका छन् ।    

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका–७ तोल्कास्थित हिमालय माध्यमिक विद्यालय तोडफोड गरी सिसी क्यामेरासहित नगद र ल्यापटप लगायतका सामग्री चोरी भएको छ ।    आइतबार बिहान कार्यालय सहयोगी विद्यालय पुग्दा ताल्चा फुटाएर विद्यालयको सिसी क्यामेराको तार काटेर नगद र जिन्सी सामान चोरी भएको अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष भरतमान गुरुङले जानकारी दिए ।    ‘अन्नपूर्ण गाउँपालिका–७ तोल्कास्थित हिमालय माविमा आइतबार कार्यालय सहयोगी पुग्दा ताल्चा फुटाएर विद्यालयमा भएको नगद र जिन्सी सामान चोरी भएको पाइयो, वडाध्यक्ष गुरुङले भने, ‘विद्यालयको सुरक्षाको लागि जडान गरिएको सिसी क्यामेराको तार काटेर  ४ थान क्यम्प्युटर(डेल कम्पनी), लेखा शाखाको २० हजार, सिसी क्यामेरा र स्पिकर चोरी भएको छ ।’   वडाध्यक्ष गुरुङका अनुसार चोरी भएको घटनाबारे कास्की प्रहरीलाई जानकारी दिइएको छ ।

पोखरा:     गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारले उद्यमी महिलालाई आत्मनिर्भर बनाउन काम गर्ने बताउनुभएको छ ।  शनिबार पोखरामा सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)ले गरेको प्रदेश स्तरीय समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले किसानले गरेको उत्पादनको बजार ग्यारेन्टी र वीमा लगायतको सुविधाको व्यवस्था सरकारले गर्ने खुलाउनुभयो । यसको सुरुवात आगामी आर्थिक वर्षको बजेटबाट गर्ने उहाँको प्रतिवद्धता थियो ।   ‘बजेट बनाउँदा किसानहरूले गरेको उत्पादनको मूल्य सके गण्डकी प्रदेशका ८५ वटै पालिकामा नभएपनि ११ जिल्लाका एउटा पालिकाको दरले बजारको ग्यारेन्टी हामी गर्छौ’ उहाँले भन्नुभयो । मुख्यमन्त्री अधिकारीले सकेसम्म स्वदेशी कच्चा पदार्थबाट निर्माण गरिएका वस्तुको प्रयोग गर्न आग्रह गर्नुभयो । स्वदेशी वस्तुको प्रयोग गर्ने र प्रयोग गर्न उत्प्रेरित गर्नेलाई पुरस्कृत समेत गर्ने तयारी गरिएको जनाउनुभयो । ‘सकभर आफ्नै उत्पादन प्रयोग गर्नुहोस्, मालामा र खादामा पैसा खर्च नगर्नुहोस्’उहाँको आग्रह थियो । महिला र पुरुषले पाउने श्रमको मूल्यमा समेत फरक देखिने गरेको भन्दै समान कामको समान ज्याला पाउनुनैपर्ने यदी कतै विभेद भएको भए कारवाही गर्ने प्रतिवद्धता जनाउनुभयो । विदेशी पुँजीको दबदबाको अन्त्य गर्न राष्ट्रिय पुँजी निर्माण गर्नुपर्ने आवश्यकता देखिएको उहाँले सुनाउनुभयो । जसका लागि केन्द्र सरकारले आवश्यक नीति बनाउनुपर्छ ।  ‘नेपाली उत्पादनलाई सहुलियत दिनेछौं, बजारको व्यवस्था गर्नेछौं भनेर सरकारले नीति बनायो भने मात्र राष्ट्रिय पुँजी वृद्धि हुन सक्छ’ उहाँले भन्नुभयो ।   सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । सेवा नेपालमा ६ प्रदेशका २ सय ८४ सामाजिक उद्यमी महिला सहकारी साथै कृषि र पशुविकास सहकारी संस्थाहरू सदस्य रहेका छन् । कार्यक्रममा गण्डकी प्रदेशमा रहेका सेवा नेपालका सदस्यहरू सहभागी बनेका थिए ।