नेपालको पर्यटन राजधानी पोखरा शिक्षाको हब बन्दै गएको छ ।   कास्कीले शिक्षा विकासको लामो इतिहास बोकेको काछ । पछिल्लो समय पोखरा शैक्षिक गन्तव्यका रुपमा पनि चिनीन थालेको छ ।   पोखरा र यस आ...

पोखरा:     कास्कीको रूपा गाउँपालिका  पूर्ण खोप सुनिश्चित पालिका घोषणा  भएको छ। आइतबार उक्त पालिकाको स्वास्थ्य शाखाले विशेष कार्यक्रमको आयोजना गरेर सो घोषणा गरिएको  हो। कार्यक्रममा उक्त घोषणा गर्दै जिल्ला  जिल्ला खोप समन्वय समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख  लिलाधर पौडेलले कास्की जिल्ला रूपाको उक्त घोषणा संगै छिट्टै कास्कीलाइ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी भएको जानकारी दिनुभयो। पौडेलले सो घोषणाले  कास्कीमा कुनै पनि बालबालिका खोपबाट बन्चित हुनु नपर्ने भन्दै निरन्तरतामा अझ घनिभुत ढंगले लागी पर्न पालिकालाइ आग्रह गर्नुभयो । पौडेलले खोप प्राप्त गर्ने बालबालिकाको नैसर्गिक अधिकार भएको र पूर्ण खोपको प्रत्याभुती संगै सरकारले परिकल्पना गरेको आधारभुत स्वास्थ सेवाको ग्यारेन्टी गर्दै स्वस्थ नागरिक निर्माण मार्फत समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुने बिश्वास व्यक्त गर्नुभयो । रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले सुनिश्चितता घोषणा गर्ने कार्य सम्पन्न भए संगै  र यसको निरन्तरतामा पालिका कटिबद्धताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार ब्यक्त गर्नुभयो ।  कार्यक्रममा  जिल्ला समन्वय समिति कास्कीका सदस्य हर्क  बहादुर गुरुङ,गाउँपालिकाका  प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी बराल,  स्वास्थ शाखा प्रमुख रामचन्द्र ओझा ,जनस्वास्थ्य कार्यालय कास्कीका खोप अधिकृतद्वय , एकनारायण लम्साल , बद्री आचार्य ,राधा सुवेदी सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो। रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा उक्त घोषणा कार्यक्रम सम्पन्न भएको थियो ।

पोखरा:    पोखरास्थित एभरेष्ट बैंकमा अज्ञात समूहले हानेको ढुङ्गाले बैंकको सिसा फुटेको छ ।  मध्यरातमा स्कुटरमा आएका दुई व्यक्तिले बैंकमा ढुङ्गा हानेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी एवम् प्रहरी नायव उपरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । ‘मध्यरात १ः४५ बजेको समयमा अज्ञात समूहले पोखरास्थित एभरेष्ट बैंकमा ढुङ्गा प्रहार गरेर सिसा फुटाएको सूचना आएको थियो’, डीएसपी श्रेष्ठले भने, ‘अज्ञात समूहले बैंकमा ढुङ्गा प्रहार गर्दा सिसा फुटेको छ, स्कुटरमा आएका दुई व्यक्तिले ढुङ्गा प्रहार गरेको प्रारम्भिक अनुमान छ ।’ बैंकमा कसले किन ढुङ्गा हान्यो भन्ने विषयमा अनुसन्धान अगाडि बढाएको डीएसपी श्रेष्ठले जानकारी दिए ।  

पोखरा:    पिप्ले बास्केटबल क्लब र केबिए सेतो पोखरामा जारी यु–२३ खुल्ला बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।  महेन्द्रपुल युथ क्लबको आयोजनामा पोखरा रंगशाला स्थित बास्केटबल कोर्टमा भएको पहिलो सेमीफाइनल खेलमा पिप्ले बास्केटबलले पर्वतलाई ६६–५१ को स्कोटरले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।  दोस्रो सेमिफाइनल खेलमा केबिए सेतोले अर्चलबोटलाई ५३–४५ को स्कोरमा हराउदै फाइनलमा पिप्लेको भेट पक्का गरेको हो ।  बैशाख २८ गतेदेखि सुरु भएको प्रतियोगितामा १३ टीमको सहभागीता रहेको थियो । सनिबार नै भएको क्वाटरफाइनलमा पिप्ले बास्केटबलले आयोजक महेन्द्रपुल क्लबलाई ६९–५६ स्कोरमा हराउँदै सेमीफाइनल प्रवेश गरेको थियो । यस्तै केबिए बास्केटबलले मर्दीखोलालाई ६६–५१ को स्कोरमा हराउँदै सेमीफाइनलमा पुगेको थियो ।  दुई दिन हुने प्रतियोगिताको फाइनल खेल भने वर्षाका कारण रोकिएको छ । खेल रोकिएसँगै आयोजकले आइतबार विहान फाइनल खेल गराउने भएको हो ।  महेन्द्रपुल क्लबको इतिहास निकै गर्विलो रहेको छ । २०३८ सालमा भएको प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितादेखि २०४० सालमा भएको तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितासम्म निरन्तर सहभागी सँगै खेल सामग्रीहरु समेत सहयोग गरेको थियो । २०३८ सालमा काठमाडौंमा भएको प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा यस क्लबका अधिकांश खेलाडी सहभागी भएका थिए । त्यो क्रम लगातार तेस्रो संस्करणसम्म चलेको थियो बिचमा क्लब निस्क्रीय रहेको अध्यक्ष आनन्द तझ्याले बताए ।  महेन्द्रपुल क्लबको स्थापना हुँदा पोखरामा अन्य क्लबको स्थापना भइसकेको थिएन । उक्त क्लबको स्थापनापश्चात अन्य क्लबको स्थापना भएको थियो । सोही क्लबले विधिवत रुपमा २०६३ सालमा दर्ता भएको हो ।  प्रतियोगिता संयोजक सेजोल जोजिजुले युथ क्लब भएकाले ग्रासरुट स्तरबाट जानका लागि पहिलो प्रतियोगिता नै उमेर समूहको गराएको बताए । फाइभ वाई फाइभको आधारमा खेलाइएको प्रतियोगिताको बिजेताले ४० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछनभने उपबिजेताले नगद २५ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगितामा हाइस्कोरर र मस्ट भ्यालुएवल प्लेयरले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक जोजीजुले जानकारी दिए । 

पोखरा:     गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको तेस्रो वार्षिकोत्सव तथा श्रष्टा सम्मान कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि साहित्य, संस्कृति र कला मार्फत विश्वभर सन्देश छर्दै गण्डकी प्रदेशलाई चिनाउनुपर्नेमा जोड दिनुभयो । पोखरा पर्यटनको राजधानी घोषणा भएपनि त्यसलाई साकार रुप दिनको लागि धेरैं काम गर्न बाँकी रहेको उहाँले खुलाउनुभयो । ‘पर्यटनको राजधानी घोषणा त भएको छ हामीले गर्नु धेरैं छ, पोखरा कला, संस्कृति र प्रकृतिको राजधानी समेत हो, यी विशिष्ट प्रकृति र संस्कृतिप्रतिको  सम्मानको लागि यसलाई उजागर गर्दै संसारभरी पर्यटन उत्पादनको रुपमा अगाडि बढाउनुपर्छ’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो । यहाँको कला, साहित्य, संस्कृति र संगीतकोे क्षेत्रमा गण्डकी प्रज्ञा–प्रतिष्ठानले गरेका कार्यहरुको भने उहाँले प्रंशसा गर्नुभयो । ‘गण्डकी प्रज्ञा–प्रतिष्ठानले गरेका कार्य उत्कृष्ट छन्, फूल सारे माया नमारे भन्ने गीतले भनेझै फूल राम्ररी सार्नेछौ, संरक्षण गर्नेछौं, संरक्षणको अभियान निरन्तर जारी छ’ उहाँले थप्नुभयो । प्रतिष्ठानले गर्ने कार्यमा गण्डकी प्रदेश सरकारका निरन्तर साथ रहने उहाँको प्रतिवद्धता थियो । वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टालाई सम्मान अर्पण गरियो । गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका श्रष्टा भूपिन खड्का, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका श्रष्टा पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठ सम्मानित हुनुभयो । उहाँहरुलाई जनही एक लाख रुपैयाँ नगद, सम्मानपत्र, दोसल्लासहित सम्मान अर्पण गरिएको हो ।   गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट तनहुँकी सरस्वती प्रतिक्षा सम्मानित हुनुभयो । उहाँलाई नगद पचास हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो । गण्डकी प्रज्ञा युवा सम्मानबाट नृत्य विधाबाट स्याङ्जाका रविन गुरुङ   र कला विधाबाट मुस्ताङका छिरिङ फोन्जो गुरुङ  सम्मानित हुनुभयो । उहाँहरुलाई नगद २५ हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान अर्पण गरियो । सम्मानित सबैलाई गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी सहित, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सीता सुन्दास, उर्जा जलश्रोत तथा खानेपानी मन्त्री वेदबहादुर गुरुङ, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.श्रीकान्त शर्मा खतिवडा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ, कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, उपकुलपति गोरे गुरुङ लगायतले सम्मान अर्पण गर्नुभएको थियो । गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको संयोजकत्वमा गठन भएको छनोट समितिले श्रष्टाहरु छनोट गरेको हो । छनोट समितिमा कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला,  कलाकार यादव चन्द्र भुर्तेल र सदस्य सचिव मनकुमार श्रेष्ठ सदस्य रहनुभएको थियो । वार्षिकोत्सबको अवसर पारेर प्रतिष्ठान परिसरमा निर्माण गरिएको  श्रष्टा स्मृति पार्कको उद्घाटन गरियो । पार्कको गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले उद्घाटन गर्नुभएको थियो ।   कला, साहित्य ,संगीत र संस्कृतिको बिधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवद्र्धन गर्ने कार्य गरिरहेको  प्रतिष्ठानको स्थापना २०७८ साल बैशाख १५ गते भएको थियो । प्रतिष्ठान स्थापना देखि हालसम्मको तीन वर्षे गतिविधिको बारेको भिडियो प्रदर्शन समेत सोही कार्यक्रममा गरिएको थियो । विभिन्न झाँकी सहितको साँस्कृतिक प्रस्तुती र गायन प्रस्तुती समेत कार्यक्रमको आर्कषणको रुपमा रहेका थिए ।  प्रतिष्ठानका कुलपति विखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपकुलपति गुरुङ र सञ्चालन सदस्य सचिव श्रेष्ठले गर्नुभएको थियो ।

पोखरा:    पोखरामा सम्पन्न भएको अन्तर दोहोरी साँझस्तरीय प्रथम रुपाहिल कप ५ ‘ए’ साइड फुटसल प्रतियोगिताको उपाधि निरमाया दोहोरी साँझले जितेको छ ।  शनिबार भएको फाइनल खेलमा निरमाया दोहोरी साँझले आयोजक रुपाहिल दोहोरी साँझलाई १–० गोल पराजित गर्दै उपाधि जितेको हो । निरमायाको जितमा गुप्त गुरुङले निर्णायकम गोल गरे ।  उपाधि चुमेको निरमायाले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेतामा चित्त बुझाएको आयोजक रुपाहिलले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा ग¥यो ।  प्रतियोगिताको सर्वोकृष्ट खेलाडी रुपाहिल दोहोरी साँझका चन्द्र गुरुङ (तमु मुन), उत्कृष्ट गोल रक्षक निरमारया दोहोरी साँझका रोशन गुरुङ र सर्वाधिक गोलकर्ता निरमाया दोहोरी साँझक गुप्त गुरुङले नगद १÷१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।  पोखरामा शुक्रबारबाट सञ्चालन भएको प्रथम रुपाहिल कप ५ ‘ए’ साइड फुटसल प्रतियोगितामा १२ वटा दोहोरी साँझको सहभागिता रहेको थियो ।  फुटसल प्रतियोगिताको समापन समारोहमा बोल्दै पोखरा महानगरपालिका–१० का वडाध्यक्ष राजेश गुरुङले अन्तरदोहोरी साँझस्तरीय फुटसल प्रतियोगिताले दोहोरी साँझका सञ्चालक, कलाकार,कर्मचारीबीच एकआपसमा भाइचाराको सम्बन्ध बढेर जाने बताए ।  वडाध्यक्ष गुरुङले खेलकुद उपाधिका लागि मात्र नभएर स्वास्थ्यको लागि समेत अनिवार्य रहेको बताए ।  कार्यक्रम रुपाहिल दोहोरी साँझका अध्यक्ष सुवास गुरुङको अध्यक्षता, गायक सुरेस रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।    

गण्डकी:    राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको दुवैतिर चार लेनको चिल्लो सडक छ । बिचको करिब दुई हजार दुई सय मिटर सडक भने अहिले पनि कच्ची छ ।  निर्माण कम्पनीको ढिलासुस्तीले सडक विस्तार र स्तरोन्नतिले गति लिन नसकेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।   कार्यालय प्रमुख कल्पना अधिकारीका अनुसार दुई वर्षमा सक्ने गरी वि.सं.२०७९ साउनमा काठमाडौँको मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले सडक निर्माणको जिम्मा लिएको थियो । समयमा काम पूरा हुन नसक्ने देखिएपछि ठेक्का म्याद आउँदो चैतसम्म थप भएको उहाँले जानकारी दिनुभयो ।  विद्युतका खम्बा, खानेपानी व्यवस्थापन, भुक्तानी समस्या जस्ता कारणले पनि सडक निर्माणमा ढिलाइ भएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । “ठेक्का तोड्ने तयारीमा थियौँ, पछि निर्माण कम्पनीबाट कामलाई तीव्रता दिने प्रतिबद्धता आएपछि म्याद थपिएको हो”, उहाँले भन्नुभयो, “समयमा भुक्तानी दिन नसक्नेजस्ता कमजोरी आयोजना व्यवस्थापनबाट पनि भए, त्यसले पनि काम केही प्रभावित भयो ।” आयोजना कार्यालयले समयमा काम सक्न निर्माण कम्पनीलाई पटक पटक ताकेता गर्दै आएको थियो । सुरुको ठेक्का अवधि सकिन लाग्दा पनि कामको प्रगति न्यून रहेको प्रमुख अधिकारीले बताउनुभयो ।   पोखरा महानगरपालिका–१ का अध्यक्ष सहारा प्रधानले प्रदेश राजधानी जोड्ने मुख्य सडक दुई वर्षदेखि नाजुक अवस्थामा रहेको बताउनुभयो । “हामीले पटक पटक दबाबमूलक कार्यक्रम पनि गर्‍यौ तर निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै काममा ढिलासुस्ती गरिरहेको छ”, उहाँले भन्नुभयो, “पोखरा प्रवेश गर्ने मुख्य सडक मार्गको अवस्था साह्रै दयनीय छ, स्थानीय पनि धूलो र हिलोले हैरान छन् ।” केही दिनअघि निर्माणका विषयमा प्रमुख जिल्ला अधिकारीसहित, स्थानीय जनप्रतिनिधि, आयोजनाका प्रतिनिधिलगायतको छलफलमा निर्माण कम्पनीका प्रतिनिधिले कामलाई गति दिने प्रतिबद्धता जनाएको वडाध्यक्ष प्रधानले बताउनुभयो । “मौसमको प्रतिकूलता, भुक्तानी नपाएको जस्ता समस्या देखाएर निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेको छ”, उहाँले भन्नुभयो, “अहिले पनि भने जसरी काम भएको छैन ।”   यो पनि पढ्नुहोस   अल्छि ठेकेदार: अझै बनेन हरिचोक-याम्दी सडकखण्ड, विरोधमा स्थानीय (भिडियाे) पोखरा–बागलुङ चल्ने जिपका चालक लक्ष्मण क्षेत्रीले समयमा सडक नबन्दा यात्रामा सास्ती खेप्नुपरेको सुनाउनुभयो ।   “एकातिर गाडीलाई मार अर्कातिर यात्रुलाई सकस”, उहाँले भन्नुभयो, “दुवैतर्फ चार लेन कालोपत्र सडक छ, बिचको बाटो किन बनेन अचम्म छ ।” ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने र पानी तर्काउनेसम्मको काम पनि नभएकामा उहाँले दुःखेसो पोख्नुभयो । सोही सडकका कारण पोखरासम्मको यात्रा झन्झटिलो र लामो बनेको यात्रुको गुनासो छ ।  पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेदीसम्मको सडक दुई वर्षअघि नै कालोपत्र गरिएको थियो ।   प्रदेश राजधानी पोखरा जोड्ने मुख्य सडकको दूरावस्थाप्रति जनगुनासो पनि बढ्दै गएको छ । पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौँ गाडी पोखरा आउजाउ गर्छन् । सडक जीर्ण र अस्तव्यस्त हुँदा सवारी जामको समस्या छ । दुर्घटनाको पनि जोखिम बढेको छ ।

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा अनुसन्धानको क्रममा रहेका ५८ जना थुनुवाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।  शनिबार बिहान जिल्ला प्रहरी कार्यालय कास्कीको परिसरमा ८ जना महिला र ५० पुरुष गरी ५८ जना थुुनुवाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।  नेपाल औषधी व्यवसायी संघ कास्की र पद्य नर्सिङ होम अस्पताल नदीपुरको सहयोगमा कास्की प्रहरीको हिरासतमा रहेका थुनुवाहरुको निशुल्क स्वास्थ्य परिक्षणसँगै हिरासतमा रहेका महिला र महिला प्रहरी कर्मचारीहरुलाई निशुल्क सेनेटरी प्याड हन्तान्तरण गरिएको थियो ।  नेपाल औषधी व्यवसायी संघ कास्कीका अध्यक्ष धिरज गौतमले जुनसुकै कारण वा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा आएका व्यक्तिहरुको आफ्नो स्वास्थ्य प्रति सचेत राख्ने उद्धेश्यले निशुल्क स्वास्थ्य परिक्षणसँगै औषधी वितरण गरिएको बताए ।  जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माले प्रहरी हिरासतमा धेरै जना एकै ठाउँमा बस्दा विभिन्न किसिमका सरुवा रोग, अन्य व्यक्तिगत रोगको शिकार हुने सक्ने हुँदा यस्ता कार्यक्रमले व्यक्तिगत स्वास्थ्य र सुविधामा सहयोग पुग्ने बताए । 

शनिबार राति बागलुङ बजारदेखि गलकोट नगरपालिकातर्फ जाँदै गरेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सवार गाडी काठेखोला गाउँपालिका–६ का स्थानीयले रोके।   सुरक्षाकर्मीसहितको सवारीसाधन रोकेपछि मुख्यमन्त्री पाण्डे गाडीबाट झरेर स्थानीयको कुरा सुन्न थाले । ठेक्का सम्झौता भएको सात वर्षसम्म पनि मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड कालोपत्र नभएको भन्दै स्थानीयले मुख्यमन्त्री पाण्डेसँग आक्रोश पोखे ।   ‘हामीले धुलो कहिलेसम्म खाने मुख्यमन्त्री ज्यू ?,’ काठेखोला–६ का वडाध्यक्ष वृहस्पती शर्माले भने, ‘अन्य सडक दुई वर्षमा कालोपत्र हुन्छ, बिहुँको सडक किन यस्तो भयो, यहाँका जनता आजित भए।’   मुख्यमन्त्री पाण्डे मध्यपहाडी पुष्पलाल लोकमार्ग अयोजना, निर्माण व्यवसायी र बिहुँका स्थानीयलाई राखेर कुरा गर्ने आश्वासन दिएर आफ्नो गन्तव्यतर्फ लागे।   राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको काम समयमै सम्पन्न नगर्ने बिहुँखण्डको ठेक्का सम्झौता रद्द गरिएको छ । बाह्र किलोमिटर लामो सडक सम्झौता रद्द गरेको ठेक्कालाई पुनः ठेक्का आह्वान गर्ने तयारीमा आयोजना रहेको छ । तर त्यसका लागि ढिला भएको भन्दै स्थानीय आक्रोशित छन् ।   बिहुँका स्थानीय दिवस कँडेल काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न माग गरेपछि आयोजनाले ठेक्का रद्द गरेको बताउँछन्। पुनः ठेक्काको माग गर्दै स्थानीयले लोकमार्ग पटक–पटक अवरुद्ध गर्दै आएका छन्।    लोकमार्गअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये २५ किलोमिटर सडकखण्ड कालोपत्र हुन सकेको छैन । सदरमुकामको उपल्लाचौरदेखि घोडाबाँधेसम्मको सडकको जिम्मा पाएको दुई निर्माण कम्पनीमध्ये बिहुँखण्डको कम्पनीसँग दुई महिनाअघि ठेक्का सम्झौता रद्द गरिएको हो ।    बागलुङको उपल्लाचौरदेखि १३ किलोमिटर पहिलो खण्डको ठेक्का सम्झौता म्याद सकिएको छ भने घोडाबाँधेसम्मको १२ किलोमिटर दोस्रो खण्डको निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द भइसकेको छ ।   पुन: ठेक्काका लागि अर्थ मन्त्रालयलाई जानकारी गराएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख कल्पना अधिकारीले जानकारी दिए।   ‘निर्माण व्यवसायीको लापर्वाहीले सम्झौता रद्द गरिएको हो, तल्लो खण्डमा अहिले काम रोकिएको छ,’ उनले भने। दुई वर्षमा काम सक्ने गरी निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले ठेक्का सम्झौता भएको सात वर्षसम्म कालोपत्रको काम नगर्दा समस्या भएको हो।