टेण्डी ब्राण्डका सिसीटिभी क्यामेरा बिक्रेताहरुलाई नलेज शेयरिङ प्रोग्राम

पाेखरा | पुस २७, २०८१

टेण्डी ब्राण्डका सिसीटिभी क्यामेरा बिक्रेताहरुलाई नलेज शेयरिङ प्रोग्राम

पोखरा:    टेण्डी ब्राण्डको सिसीटिभी क्यामेराका बिक्रेताहरुका लागि नलेज शेयरिङ प्रोग्राम पोखरामा सम्पन्न भएको छ । 


पोखराको न्युरोडमा रहेको आयुषा ईन्टरनेश्नलकोे आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सिसिटिभि जडान प्रक्रिया, सिसिटिभिका विशेषता लगायतको बारेमा जानकारी दिईएको थियो ।


टेण्डी नेपालका लागि आधिकारीक बिक्रेता हाइटेक इन्टरनेश्नलको सहयोग र गण्डकी प्रदेशका लागि आधिकारिक बिक्रेता आयुषा इन्टरनेश्नलको आयोजनामा उक्त कार्यक्रममा गण्डकी प्रदेशका ८० वटा बिक्रेताहरुको उपस्थिती रहेको थियो ।


सो कार्यक्रममा बोल्दै हाइटेक इन्टरनेश्नलका प्रमुख हरि कुमार श्रेष्ठले हाइटेकले मेमोरी, पेनड्राइभबाट शुरु गरेको ब्यापार, कम्प्युटर र ल्यापटप र ग्याजेटका प्रोडक्टहरु इन्पोर्ट र होलसेलको काम गर्दै आइरहेको र पछिल्लो समय टेन्डी सिसिटीभी क्यामेराको बिक्रीवितरण गर्दै आइरहेको बताए । 


नेपालमा टेन्डी ब्राण्डले बजार पाइरहेको सन्दर्भमा प्रवद्र्धन गर्दै बिक्री वितरण गर्ने काम गर्दै आइरहेको र ब्यापारको हिसाबले टेण्डी धेरै राम्रो ब्राण्ड बनेको बताए । 


टेण्डी ब्राण्ड क्वालिटीमा राम्रो रहेकाले ग्राहकहरुको रोजाइमा परेको श्रेष्ठको भनाइ थियो । 


ब्यापार गरेर सरकारलाई कर तिर्न समेत बिक्रेताहरुलाई आग्रह गर्दै श्रेष्ठले  ग्राहक सन्तुष्ट रहेको खण्डमा प्रोडक्टलाई प्राथमिकतामा राखेर काम गर्न समेत बिक्रेताहरुलाई आग्रह गरे । 


ब्राण्डकै कारण बजारमा लोकल ब्राण्डका सिसिटिभी क्यामेराहरु विस्थापित भइसकेको उनको भनाइ रहेको थियो ।


कार्यक्रममा टेण्डी टेक्नोलोजीस कम्पनी लिमिटेडका नेपालका लागि सेल्स डाईरेक्टर  नवीन भण्डारी  र नेपालका लागि आधिकारिक बिक्रेता हाईटेक ईन्टरनेश्नलका टेक्निकल म्यानेजर शिव बस्ताकोटीले सिसिटीभी क्यामेराको जडान प्रविधी, हालै बजारमा आएका सिसिटिभी क्यामेराको प्रविधीको बारेमा बिक्रेताहरुलाई जानकारी दिएका थिए ।

अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ।   अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ।   सेन्टकमका अनुसार ...

थप पढ्नुहोस्

पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...

थप पढ्नुहोस्

पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

थप पढ्नुहोस्