पोखरा महोत्सवमा दर्शकको भीड
आइतबार प्रकाश दुतराज र उर्गेनको प्रस्तुती रहने
पाेखरा | पुस २७, २०८१
पोखरा: पोखराको अमरसिंह चौरमा जारी १३ औं पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवको तेश्रो दिन शनिवार महोत्सवमा दर्शकले उल्लेख्य सहभागीता जनाएका हुन । महोत्सवमा दर्शकको भीड संगै महोत्सवमा राखिएका स्टलमा समेत ब्यापार बढेको छ ।
महोत्सवको तेश्रो दिन शनिवार लोक तथा दोहोरी गायक सम्झना लामिछानेको प्रस्तुतीमा दशकले भरपुर मनोरन्जन लिए । लामिछाने संगै लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, तुलसा क्षेत्री, अमर धिताल, सविना गुरुङ, डिप्लप खाती, नविना सुवेदी नवु, सनम तामाङ लगायतको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिएका थिए । सांझको लाइभ ब्याण्ड तर्फ टुकीको प्रस्तुतीमा युवाहरु झुमेका थिए ।
महोत्सवको चौथो दिन आइतबार महोत्सवमा लोक तथा दोहोरी गायक प्रकाश दुतराज, चोलेन्द्र पौडेल, कृष्ण अखेली, सीता परियार, जीवन सिग्देल, तुलसा क्षेत्री, पार्वती गुरुङ पारु, लक्ष्मी बानियाँ, नवराज अधिकारी र हाँस्यब्यङ्ग्य तर्फ दीपक थापाको प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । आइतबार सांझको लाइभ ब्याण्ड तर्फ चर्चित ¥यापर उर्गेनको प्रस्तुती रहने छ ।
महोत्सवमा राखिएको आस्था किड्नी एण्ड स्पेशलाईज्ड हस्पिटल प्रालिको सेवा कक्षबाट आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रालि पोखरा ११ रानीपौवा बाट प्रत्येक दिन एक जनालाई निशुल्क होलबडी चेकअप र फिजिसियन कन्सल्ट र एकजनालाई उक्त सेवामा ५० प्रतिशत छुट प्रदान गरिएको छ ।
महोत्सवमा मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट रु १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्न सक्नेछन । महोत्सवमा सामान खरिद गर्ने उपभोक्ताहरु मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १.५ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई बेटर मोनाको प्रो २५ प्लस बेटर ब्रीथ ९० प्रो चिम्नी र तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर युरो थ्री बिल्ट इन हव प्राप्त गर्न सक्नेछन । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
त्यसैगरी महोत्सवको सह प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालिले पोखरा महोत्सवको टिकटको अर्धकट्टी लिएर केबलकार चढ्न जाने कुनैपनि ब्याक्तिलाई २५ प्रतिशत छुट र सोही स्थानमा सञ्चालित ड्राइभ इन रेष्टुरेन्टमा १५ प्रतिशत, स्काई साइक्लीङ र जीपलाइनमा समेत २५ प्रतिशत छुट पाउनेछन ।
महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिले महोत्सवमा राखिने स्टलमा भर्ना हुने विद्यार्थीहरु मध्येबाट गोलाप्रथाको माध्यामबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर संगै महोत्सव अवधिभर भाषा कक्षामा ४० प्रतिशत सम्म छुट प्रदान गर्नेछ ।
महोत्सव अवधिभर महोत्सव स्थलमा राखिने नेपाल टेलिकमको स्टलबाट दर्शकले नागरिकताको फोटोकपी र दुई प्रति पासपोर्ट साइजको फोटो साथमा ल्याएको खण्डमा नेपाल टेलिकमले निशुल्क सिम उपलब्ध गराउने छ ।
फुड पार्टनमार रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन । महोत्सवको टिकट रेभल एपको मार्फत अनलाईनबाट समेत बुकिङ गर्न सक्नेछन
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् । ...
पोखरा: घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज मेश्रो अवार्डको सातौ संस्करणबाट परियार सम्मानित भएका हुन् । पो...
पर्वत: निर्माणाधीन उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडकका लागि बजेटको स्रोत सुनिश्चित भएको छ । सङ्घीय सरकारको अर्थ मन्त्र...