नेपालको पर्यटन राजधानी पोखरा शिक्षाको हब बन्दै गएको छ ।   कास्कीले शिक्षा विकासको लामो इतिहास बोकेको काछ । पछिल्लो समय पोखरा शैक्षिक गन्तव्यका रुपमा पनि चिनीन थालेको छ ।   पोखरा र यस आ...

पोखरा:    पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्याय निरुपणका हिसाबले पोखरा महानगरपालिकाको न्यायिक समिति उत्कृष्ट रहेको बताउनुभएको छ ।   पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा बुधबारदेखि सञ्चालित मेलमिलापकर्ताका लागि सञ्चालित पुनर्ताजगी तालिमको उद्घाटन गर्दै उहाँले,“न्याय सम्पादन निरुपण गर्न दिएको काममा राम्रो कार्यसम्पादन गरेको स्थानीय तहका रुपमा स्थापित भएको छ । महानगरमा आउने क्षेत्राधिकारभित्रका विवाद र समस्यालाई न्यायिक समितिले निरुपण गरेका हकमा अदालतबाट पनि सुरु समितिकै निर्णय सदर भएका छन् । यसले गदाँ यहाँको न्यायिक समिति उत्कृष्ट ठहरिएको छ ।”   मेयर आचार्यले न्यायिक समितिमा थुप्रै समस्या आएका छैनन ।त्यो नआओस भन्नका लागि वडा तहमा मेलमिलाप केन्द्र स्थापना गरिएको बताउनुभयो ।   स्थानीय तह वडाका टोलटोलमा समस्या समाधान गर्न र सहजीकरणका लागि संयन्नत्रका रुपमा मेलमिलापकर्ताहरुको व्यवस्था गरेको बताउदै राज्यले मेलमिलापकर्तालाई गर्नुपर्ने सहयोग र सपोर्ट गर्न नसकिएको बताउदै त्यसका लागि न्यायिक समितिसंग छलफल गरेर मिल्ने सहयोग गर्नेर्छौ मेयर आचार्यले बताउनुुभयो ।   पोखरा महानगरपालिकाका उपमेयर एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले विवाद समाधानको उपयुक्त उपाय भएको बताउनुुभयो ।   “ मेलमिलापले विवादका दुवै पक्षलाई जितको अवस्था सृजना गर्ने भएकाले मेलमिलापले समाजमा सद्भाव कायम हुने गर्दछ ।”   उहाँले न्यायिक समितिलाई उत्कृष्ट बनाउन मेलमिलापकर्ताको सहयोग र साथले सम्भव नभएको बताउदै तालिमले विवाद समाधानमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।   न्यायिक समिति सदस्य कालिदास पोखरेलले मेलमिलापकर्तालाई सहज हुने बताए । तीन सम्म चल्ने तालिममा पोखरा महानगर १९ देखि ३३ नम्बर वडाका मेलमिलापकर्ताको सहभागिता रहेको छ ।

लेखनाथ:     पोखरा महानगरपालिका २६ ले संचालन गरेको ब्युटिसियनसम्बन्धि तालिम सम्पन्न भएको छ ।    तालिमको समापन गर्दै पोखरा महानगरपालिका २६ का वडाध्यक्ष नरेन्द्र थापाले सीप र ज्ञानलाई व्यवसायीक रुपमा प्रयोगमा ल्याउन आग्रह गरे ।    वडाध्यक्ष थापाले महिला दिदीबहिनीहरुकै माग अनुसार सौन्दर्य सम्बन्धि तालिम प्रदान गरिएको स्पष्ट पार्दै तालिम पश्चात व्यवसाय संचालन गरे वडाले थप सहयोग गर्ने उल्लेख गरे ।    अध्यक्ष थापाले लक्षित समूहको बजेटबाट महिलाहरुका लागि सिप उपयोगी तालिम प्रदान गरिएको उल्लेख गर्दै साबुन बनाउने तालिम समापनको संघारमा रहेको बताए ।    पोखरा महानगरपालिका २६ का वडा महिला सदस्य लक्ष्मी देवी भट्टराईको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा वडा सदस्य सुजता बराल सुनार, वडा सचिव लिलामणि भण्डारी, वडाका सूचना अधिकारी नवराज सापकोटा, कृषि सञ्जालका अध्यक्ष केशवराज ढुंगाना, प्रशिक्षक रुपकला श्रेष्ठ, प्रशिक्षार्थी दिब्या बराल र मुना सापकोटाले आफ्ना धारणा राखेका थिए ।    ४५ दिनसम्म संचालन भएको तालिममा विभिन्न महिला तथा आमा समूहका ४५ जनाको सहभागिता रहेको थियो । तालिम रुपकला व्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरले व्यवस्थापन गरेको थियो ।   

पोखरा:   नागरिक बचाउ अभियानका अभियन्ता दुर्गा प्रसाई नेतृत्वको टोलीले पोखरामा मोटर र्याली गरेको छ ।   भ्रष्टाचारीहरुको तस्बिर सार्वजनिक गर्ने कार्यक्रम अघि निकालिएको उक्त र्यालीमा प्राय गण्डकी बाहिरका गाडीहरु देखिएका थिए  ।     सो र्यालीका करिब १ दर्जन गाडी र ३ दर्जन मोटरसाइकल सहभागि थिए ।        प्रसाईले पोखराको अमरसिंहचौरमा​ भ्रष्टाचारहरुको तस्बिर सार्वजनिक गर्ने कार्यक्रम छ  ।   हेर्नुहोस् तस्बिर:-              

पोखरा:   कास्की प्रहरीले मोटरसाइकलको स्वरुप परिवर्तन गरी (मोडिफाई) ध्वनी आतंक मच्चाउँदै हिडेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मुस्ताङ स्थायी घर भई हाल पोखरा महानगरपालिका ३ नदीपुर बस्ने २१ वर्षीय मनिष सिस्तेल रहेका छन् ।   उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले मोडिफाई गरिएको बा १० प ५२२८ नम्बरको क्रसफायर मोटारसाइकलसहित मंगलबार बेलुकी साढे ६ बजे गैह्रापाटनबाट पक्राउ गरिएको हो ।   उनले गैह्रापाटन क्षेत्रमा क्रसफायरलाई मोडिफाई गरी चर्काे आवाज आउने गरी पड्काउँदै हिडेको भन्ने कास्की प्रहरीलाई प्राप्त सूचनाको आधारमा खोजतलास गरिएको थियो ।    त्यसपछि उनलाई विशेष टोलीले पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए । उनका अनुसार मोटरसाइकलसहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।   कास्की प्रहरीका प्रमुख मोहन कुमार थापाले यसअघि नै सम्बन्धित निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसेको छ ।    पोखरामा स्वरुप परिवर्तन गरी अत्याधिक मात्रामा ध्वनी प्रदुषण गरी सवारी साधन चलाउने गरेको जनगुनासोको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले अभियानकै रुपमा सरोकारवालाहरुलाई (वर्कसप संचालक, रिकन्डिसन हाउस संचालक) लिएर स्टिकर टाँस्ने तथा सचेतना कार्यक्रम सम्पन्न गरिसकेको छ ।   सो समयमा एसपी मोहन कुमार थापाले मोडिफाई गर्ने वर्कसप र चालकलाई २५ दिन सम्म थुन्नेसमेत बताएका थिए ।

पोखरा:    नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारद्वय हरिहर विरही र श्रीराम सिग्देललाई पुरस्कृत गर्ने भएको छ ।    नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहरलाई कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०८० र आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट पोखराका पत्रकार श्रीराम सिग्देल पुरस्कृत हुन लागेका हुन् ।   पुरस्कार छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको बैठकले अनुमोदन गरेको अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।    पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मानको राशी नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।   यस पुरस्कारका लागि माधव शर्माको संयोजकत्वमा गठित छनोट समितिले पत्रकार हरिहरको नाम सिफारिस गरेको थियो । समितिकोसदस्यमा कृष्णप्रसाद बास्तोला र रविन्द्र बास्तोला सदस्य थिए ।    आर्थिक पत्रकारिता पुरस्कारका लागि छनोट भएका पत्रकार श्रीराम सिग्देललाई नगद २० हजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिने अध्यक्ष भण्डारीले जानकारी दिइन् । नवराज सुवेदी संयोजक, टंक अधिकारी र दीपेन्द्र श्रेष्ठ सदस्य रहेको छनोट समितिले उनको नाम सिफारिस गरेको थियो ।    २०५४ सालमा आदर्श समाजबाट पत्रकारिता सुरु गरेका सिग्देल अहिले फेवा पोष्ट साप्ताहिक र फेवापोष्ट खबर डटकमको सहसम्पादक छन् । समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष सिग्देल नेपाल पत्रकार महासंघ कास्कीको सहसचिवको जिम्मेवारीमा छन् ।    उनीहरुलाई जेठ १२ गते नेपाल पत्रकार महासंघ कास्कीको साधारण सभामा नेपालका संस्थापक राष्ट्रपति रामवरण यादवको उपस्थितीमा सम्मान गरिने नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बरालले जानकारी दिए ।   

पोखरा:   गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र सार्वजनिक गरेको छ ।    नीति तया योजना आयोगका अध्यक्षसमेत रहेका मुख्यमन्त्री अधिकारीले परिमार्जित आधारपत्र मन्त्रिपरिषदबाट पारित गराएर (मंगलबार) आज सार्वजनिक गरेका हुन् ।   संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थतन्त्रलाई अवलम्बन नगरिएको र पञ्च वर्षीय योजनासँग तालमेल नमिलेकाले सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले सार्वजनिक गरिएको आधारपत्र परिमार्जन गरिएको मुख्यमन्त्री अधिकारीले सुनाए ।    अधिकारीले राष्ट्रिय योजना आयोगले प्रदेशलाई परिपत्र गरी १४ वटा विषयगत क्षेत्र निर्धारण गरी योजना बनाउन निर्देश गरे पनि त्यसलाई अवलम्बन नगरेको पाइएकाले आधारपत्र परिमार्जन गरिएको स्पष्ट पारे ।    यस्ता छन् दोस्रो आवधिक योजनाका उद्देश्यहरू:-   आर्थिक वृद्धि एवम् विकासका लाभको समतामूलक र न्यायोचित वितरण मार्फत समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु,   मानव पुँजी निर्माण, गुणस्तरीय पूर्वाधारको विकास एवम् उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध प्रदेशको आधारशिला निर्माण गर्नु,   गुणस्तरीय सार्वजनिक सेवा प्रवाहमा प्रदेशबासीको सहज पहुँच र सुशासन अभिवृद्धि गर्नु   गण्डकी प्रदेश विकासका समष्टिगत रणनीतिहरू देहायबमोजिम रहेका छन्:-   उत्पादन तथा उत्पादकत्व र दिगो आर्थिक वृद्धि गर्ने,   मानव पूँजी निर्माण तथा व्यावपूर्ण समाजको स्थापना गर्ने    दियो तथा जापानशीन पूर्वाधार विकास तथा अभिवृद्धि गर्ने हरित कार्वन तस्य तथा जलवायु बनुकूलनका कार्य र स्वच्छता अभिवृद्धि गर्ने   विकास प्रक्रिया तथा नतिजामा लैंगिक समानता तथा समावेशिता कायम गर्ने,   नवीन ज्ञान तथा प्रविधिको अभ्यास र प्रतिस्पधी क्षमता अभिवृद्धि गर्ने,   श्रोत परिचालन, सुशासन अन्तरसम्वन्ध र साझेदारीलाई सवलीकरण तथा सुदृढीकरण गर्ने,   तय गरेका प्रादेशिक विकास तथा रूपान्तरणका प्राथमिक क्षेत्रहरू:-   शुद्ध प्रादेशिक अर्थतन्त्रको निर्माण प्रभावकारी वार्षिक नीति तथा स्रोतः व्यवस्थापन,   संरक्षणजलाधारदिगो बन व्यवस्थापन जैविक विविधता तथा   बजारमुखी औधोगीक उत्पादन एवम् दिगो पर्यटन, सर्वसुलभ स्वास्थ्य तथा जनसाडिख्यक लाभ   मानव पूँजी निर्माणसिपयुक्तशिक्षित, सुसंस्कृत तथा   मर्यादित्त श्रम, गरिवी न्यूनिकरण तथा सामाजिक संरक्षण,   दिगो तथा उत्थानशील पूर्वाधार निर्माण,   स्वच्छ ऊर्जा, जलस्रोत तथा खानेपानी व्यवस्थापन,   सन्तुलित वातावरण र जलवायु तथा विपद् उत्थानशीलता,   लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण,   सुदृढ शासन, सेवा प्रवाहर तहगत सम्बन्ध

पोखरा:   टिम विन्ध्यवासिनी र बाराहीले यू–१९ वाइवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनौंट प्रतियोगिता २०८१ मा विजयी सुरुवात गरेका छन् ।   कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा विन्ध्यवासिनीले टिम भद्रकालीलाई नौ विकेट र दोस्रो खेलमा बाराहीले टिम अकलालाई सात विकेटले पराजित गरेको हो ।   निर्धारित २५ ओभरको उद्घाटन खेलमा टस जितेर ब्याटिङ रोजेको भद्रकालीले २५ ओभर खेल्दै ९ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।    १ सय १६ रनको लक्ष्य पछ्याउदै मैदान उत्रेको बिन्ध्यवासिनीले १५.४ ओभर खेल्दै एक विकेट गुमाएर १सय १६ रन बनाएर लक्ष्य पुरा गरेको थियो ।    विन्ध्यवासिनीको जितमा सिब्रिन श्रेष्ठ नट आउट रहदै अर्धशतक पुरा गर्ने क्रममा ५१ बलमा नौ चौका र पाँच छक्का सहित टोलीका लागि ७६ रनको योगदान गरेका थिए । उनी खेलका म्यान आफदी म्याच समेत घोषित भएका थिए ।   टोलीका लागि सुरज श्रेष्ठले १७ र सफल श्रेष्ठले नट आउट रहदै एक रन जोडेका थिए ।                                                                                  भद्रकालीका लागि सलभ सुबेदी नट आउट रहदै ५० बलमा दुई चौका प्रहार गदै टोलीका लागि सर्वाधिक २९ रन जोडेका थिए । टोलीका लागि सुमन पन्तले २५, अर्जुन कुमालले २२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।   दोस्रो खेलमा खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अकला १४.६ ओभर खेल्दै सबै विकेट गुमाएर जम्मा ५५ रनमा समेटिएको थियो । ५६ रनको लक्ष्य पछ्याउदै मैदान उत्रेको बाराही ८.४ ओभर खेल्दै तीन विकेट गुमाएर ६१ रन बनाउदै लक्ष्य पुरा गरेको थियो ।   बाराहीको जितमा ओपनर रोहित चन्द्र नट आउट रहदै २३ बलमा चार चौका सहित २६, खेलका म्यान आफ दी म्याच आदित्य थापाले १४ रन जोड्दा टोलीका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।   उता अकलाका लागि कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न असफल रहदा अनिश पटेलले टोलीका लागि सर्वाधिक सात रन जोडेका थिए ।   चार टोली सहभागि रहेको प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायले अम्पाएर द्धय भोजराज बराल र दिलिप अग्रहरीलाई बल हस्तान्तरण गदै गरेका थिए । उद्घाटन पछि मेयर अर्चायले महानगरपालिकाले खेलकुद र पर्यटनलाई जोड्ने गरि विभिन्न कार्यक्रम संचालन र सहयोग गदै आएको बताएका थिए ।   क्रिकेट सम्भावना बेकेको खेल रहेको भन्दै खेल क्षेत्रको लागि आउदो आर्थिक वर्ष महानगरले बजेट बृद्धी गर्ने बताएका थिए ।   आयोजक संघ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगिताका लागि पहिलो चरणमा सहभागि ८४ जना खेलाडीहरुबाट ४८ जना छनौट गरि चार  टिम बनाईएको जानकारी दिए । जिल्लाको प्रतियोगितापछि गण्डकी प्रदेश प्रतियोगिता हुने भएकाले जारी प्रतियोगिताबाट १४ जना खेलाडी छनौट गरिने जानकारी दिए । ११ गतेसम्म जारी रहेन प्रतियोगितामा बिहीबार र शुक्रबार दुई÷दुई खेलहरु हुने उनले जानकारी दिए ।                  

पोखरा:   पोखरा महानगरका विद्यालय र क्याम्पसहरुमा न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।   पोखरा महानगरपालिकाको न्यायिक समितिको संवैधानिक व्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले “न्यायिक समितिसंग विद्यार्थी” कार्यक्रम गरिएकाे हाे ।     स्थानीय सरकारको न्यायपालिकाको रुपमा रहेको न्यायिक समितिको व्यवस्था र यस निरुपण गर्ने विवादका विषयमा सचेतना जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुुदेवी गुरुङले बताउनुभयो ।   कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख गुरुङले स्थानीय तहका विवाद स्थानीय तहबाटै समाधान गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना संविधानमा गरिएकाले नागरिकलाई  यसको बारेमा जानकारी गराउन वार्षिक कार्यक्रममा समावेश गरेर सञ्चालन गरिएको बताउनुभयो ।   नागरिकले सहज र सरल रुपमा न्याय पाउन अवस्था सृजनाहोस स्थानीय  विवादहरु अदालतमा पुुग्नुपर्ने अवस्था नआओस भन्नका लागि न्यायिक समितिको परिकल्पना गरिएको बताउदै भन्नुुभयो, “समय र पैशाको बचतका लागि र स्थानीय विवाद मेलमिलाप मार्फत समाधान गर्ने उद्देश्यले न्यायिक समितिको व्यवस्था गरिएको हो ।यसका बारेमा महानगरका नागरिकले जानकारी पाउनुपर्छ भन्ने मान्यताले कार्यक्रम सञ्चालन गरिएको हो ।”   कन्या क्याम्पसका क्याम्पस प्रमुुख सुरेन्द्र मानन्धरले विद्यार्थीहरुले कानूनका विषयमा समेत जानकारी राख्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम सञ्चालनका लागि छनोट गरेको भन्दै खुशी ब्यक्त गदै आगामी दिनमापनि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।   कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेलले न्यायिक समितिको गठन प्रक्रिया, न्यायिक समिति सदस्य रजनी परियारले अधिकार क्षेत्र र न्यायिक समितिका मेलमिलाप सहजकर्ता सोम लम्सालले मेलमिलापकर्ताको योग्यता बारेमा प्रशिक्षण दिनुभएको थियो ।

पोखरा:  कास्की प्रहरीले सेती नदीबाट अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गरेको अवस्थामा ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।   पोखरा महानगरपालिका वडा १४ बाच्छीबडुवाबाट अवैध रुपमा नदिजन्य पदार्थको (ढुङ्गा, गिट्टी, बालुवा) उत्खन्न गरी लोड गर्दै गरेको अवस्थामा ग १ त ३३२०, ग १ त ३३३१, ग १ त ३६२४ र ग १ त ६५१७ नम्बरको ट्याक्टरलाई मंगलबार नियन्त्रणमा लिइएको हो ।   प्रहरी चौकी चाउँथेबाट खटिएको प्रहरी टोलीले चेकजाँजको क्रममा प्रयोजन खुल्ने कागजात साथमा नभएकाले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एंव कारवाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।   सेती नदीको विभिन्न घाटको टेण्डर नखुल्दा अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी बढिरहेको छ ।