भीमकाली क्लब पोखराको अध्यक्षमा मदनलाल श्रेष्ठ
पाेखरा | माघ १९, २०८१
पोखरा: भीमकाली क्लब पोखराको पाँचौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशनले मदनलाल श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । शनिबार पोखरा–१ बगरमा क्रियाशिल क्लबको पाँचौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
क्लबको उपाध्यक्षमा अनिस गुरुङ, सचिवमा चाइनिज गुरुङ, कोषाध्यक्षमा किरण अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरुमा अन्जन देवकोटा, युनिका तामाङ, आयुषा सुनार, निश्चल गुरुङ र स्नेहा साई चयन भएका हुन् ।
निर्वाचन समिति संयोजकमा अधिवक्ता विष्णु प्रसाद आधिकारी त्यसैगरी सदस्यहरु कल्पना पराजुली (रोजि) र शोभा गुरुङ थिए ।
यसअघि कार्यक्रमको पोखरा महानगरपालिका वडा नम्वर १ वडाध्यक्ष शाहारा प्रधानले उद्घाटन गरे । उनले क्लबले समाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै निर्वाचित नयाँ कार्यसमितिलाई क्लबलाई सामाजिक दायित्वमा गर्ने गतिविधीमा वडामा साथ रहने प्रतिवद्धता व्यक्त गरे ।
सो अवसरमा क्लवका संस्थापक अध्यक्ष विम्ब कवि प्रज्ञा रमेश श्रेष्ठ र संस्थापक कोषाध्यक्ष युसफ श्रेष्ठलाई सम्मान गरिएको थियो । उनीहरुलाई क्लवका विभिन्न गतिविधिमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको अध्यक्ष कृष्ण बहादुर गुरुङले जानकारी दिए ।
कार्यक्रममा सम्मानित व्यक्तित्व विम्ब कवि प्राज्ञ रमेश श्रेष्ठ, दिप युनाइटेड क्लबका अध्यक्षका बिष्णु गुरुङ, भीमकाली टोल विकास समिति अध्यक्ष कल्पना पराजुली ’रोजी’, लागु पदार्थ नियन्त्रण तथा समाज सुधार समिति अध्यक्ष कल्पना आचार्य बास्तोला, क्लवका सल्लाहकार दिल प्रसाद गुरुङ, राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा लगायतले क्लवले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको बारेमा बोलेका थिए ।
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...
काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालको निधन भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सो...

