नेपालको पर्यटन राजधानी पोखरा शिक्षाको हब बन्दै गएको छ ।   कास्कीले शिक्षा विकासको लामो इतिहास बोकेको काछ । पछिल्लो समय पोखरा शैक्षिक गन्तव्यका रुपमा पनि चिनीन थालेको छ ।   पोखरा र यस आ...

पोखरा:     नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा जीवन आचार्य निर्वाचित भएका छन् ।   सोमबार सम्पन्न भएको मतगणनामा आचार्यले  २ सय ७७ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी दीपक पौडेलले २ सय १० मत पाए ।  यस्तै उपाध्यक्षमा २सय ८४ मतसहित नरेन्द्र ढुङ्गाना निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी मोहन गुरुङले २ सय ३ मत प्राप्त गरे ।   सचिवमा २ सय ७० मतसहित सुशिल बस्नेत निर्वाचित भए । उपसचिवमा विष्णुप्रसाद गौतम र महिला उपसचिवमा हरिमाया विश्वकर्मा निवाचित भए ।    बिहान ८ बजेपछि सुरु भएको मतदान साढे १२ बजेतिर सकिएको थियो । मतदानका लागि २४ वटा विद्युतीय मतदान मेसिन राखिएको थियो । ४ सय ९८ मतदाता रहेका ४ सय ८८ मत खसेको निर्वाचन समितले जनाएको छ । महानगरमा हुने १ सय १ पदमध्ये निर्वाचन हुने ८७ मध्ये २२ जना सदस्य निर्विरोध भइसकेका छन् ।

पोखरा:     गण्डकी प्रदेशमा आजदेखि श्रमाधान रोजगार मेला सुरु भएको छ ।  भोलि सकिने मेला पोखरा इभेन्ट सेन्टरमा आजदेखि सुरु भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान) को संयोजन र सह–आयोजकमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्थाहरु रहेका छन् । मेलाको उद्घाटन श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्याल तथा गण्डकी प्रदेशका मुख्यमन्त्री शुरेन्द्रराज पाण्डेले संयुक्तरूपमा गरे ।    मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका यूवाहरुको सम्वन्धमा डाटाबेस निर्माणमा योगदान गर्ने मेलको लक्ष्य छ । मेलामा विभिन्न प्रकारका बुथ तथा स्टलहरु राखिनेछन् । जसमा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ, वैदेशिक रोजगार बुथ, कल सेन्टर बुथ, लगायतका तीन दर्जन वटा स्टल तथा बुथहरु रहेका छन् ।   तस्बिर सौजन्य:प्रेम थापा/इभेन्ट पोखरा            

पोखरा:    पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।    कास्की प्रहरीका अनुसार आज (सोमबार) बिहान पोखरा महानगरपालिका–१३ गौडाकोमुखस्थित लामाचौरतर्फ जाँदै गरेको ग १ ख ६३९४ नम्बरको टिप्परलाई सोही दिशातर्फ जाँदै गरेको लु ८७ प ९५२० नम्बरको मोटरसाइकलले   ओभरटेक गर्दा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी मीनबहादुर खड्काले जानकारी दिए ।    उनका अनुसार सो दुर्घटनामा परि मोटरसाइकल चालक पोखरा महानगरपालिका–१४ चाउथे बस्ने २९ वर्षीय कमल थापा क्षेत्री र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका घर भई पोखरा १३ काँहुखोला बस्ने बबिता रिमाल घाइते भएकी थिइन् ।   घाइते मध्ये गम्भीर भएकी रिमालको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो  अहिले मोटरसाइकल चालक थापाको भने उपचार भइरहेको छ ।   दुर्घटनापछि टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको  कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:    गण्डकी प्रदेशमा आजदेखि श्रमाधान रोजगार मेला सुरु हुँदै छ। पोखराको ईभेन्ट सेन्टरमा हुन लागेको मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रम तथा रोजगार कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले जानकारी दिए।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान)को संयोजन र सह–आयोजकमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्थाहरु रहेका छन् । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्याल तथा गण्डकी प्रदेशका मुख्यमन्त्री शुरेन्द्रराज पाण्डेले संयुक्तरूपमा उद्घाटन गर्ने कार्यक्रम छ।   मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका यूवाहरुको सम्वन्धमा डाटाबेश निर्माणमा योगदान गर्ने उनको भनाइ छ । मेलामा रोजगारदाताहरुको सूचीकरण र रोजगारीका अबसरको पहिचान गरिने बताए । मेलामा विभिन्न प्रकारका बुथ तथा स्टलहरु राखिनेछन् । जसमा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ, बैदेशिक रोजगार बुथ, कल सेन्टर बुथ, लगायतका कम्तिमा ३५ वटा स्टल तथा बुथहरु हुनेछन् । मेलामा श्रमाधानका बहुआयामीक पक्षबारे सम्वाद समेत हुनेछ। सीप विकास तथा क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा, सुरक्षित आप्रवासन, श्रम कानून र रोजगारदाता तथा रोजगार खोजी गर्नेको आवश्यकता सम्बन्धि अन्तरक्रिया हुनेछ । त्यस्तै स्थानीय संस्कृति झल्किने खालका सांस्कृतिक कार्यक्रम समेत हुनेछन् ।

कास्की:   पोखरा महानगरपालिका वडा नम्बर १ विद्यालयस्तरीय छात्र÷छात्रा बास्केटबल प्रतियोगिताको उपाधि स्पाइरल ग्यालेक्सी मावि र विन्ध्यश्वरी आदर्श बोर्डिङ स्कुलले जितेको छ ।   पोखरा महानगरपालिका १ खेलकुद विकास समितिको आयोजनामा टुडिखेलमा भएको फाइनल खेलमा छात्रतर्फ करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) लाई स्पाइरल ग्यालेक्सी माविले २५–२३ ले हराउँदै च्याम्पियन बनेको हो ।    यस्तै छात्रातर्फ विन्ध्यश्वरी आदर्शले राष्ट्रिय माविलाई १७–३ ले हराउँदै उपाधि उपाधि जितेको हो ।  छात्रतर्फ राष्ट्रिय मावि र छात्रातर्फ करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) तृतीय स्थान हाँसिल गरेको संस्थाका सचिव अनिश गुरुङले जानकारी दिए । (छात्रतर्फको विजेता स्पाइरल ग्यालेक्सी)   उनका अनुसार छात्रतर्फ उपाधि जितेको स्पाइरल ग्यालेक्सीले नगद रु १५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे भने उपविजेता बनेको केफले नगद रु १२ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।    यस्तै तृतीय बनेको राष्ट्रिय माविले नगद रु ८ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।    छात्रातर्फ च्याम्पियन बनेको विन्ध्यश्वरीले नगद रु १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । (छात्रातर्फको विजेता विन्ध्यश्वरी आदर्श)   यस्तै द्वित्तीय बनेको राष्ट्रिय मावि र तृतीय बनेको केफले क्रमश नगद रु  ८ हजार र ५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।   सो प्रतियोगितामा छात्रतर्फ स्पाइरलका प्रवेश तिवारी र छात्रातर्फ विन्ध्यश्वरीकी साइना बुद्धचार्य सर्वाेत्कृष्ट खेलाडीका रुपमा ट्रफिद्वारा पुरस्कृत भइन् । यस्तै छात्रातर्फ हाइस्कोररका रुपमा विन्ध्यश्वरीकी प्रशंसा कार्की र छात्रतर्फ केफका विशेष धिताल ट्रफि र प्रमाणपत्रसहित पुरस्कृत भए ।   सो प्रतियोगितामा कुल १३ वटा विद्यालयबाट छात्रातर्फ ४ टिमको सहभागिता रहेको थियो भने छात्रतर्फ ८ टिमको सहभागिता रहेको थियो ।    राष्ट्रिय माविलाई रनिङ शिल्ड   विद्यालयस्तरीय बास्केटबलमा छात्रातर्फ उपविजेता र छात्रतर्फ सान्त्वना स्थान हाँसिल गरेपनि राष्ट्रिय माविले रनिङ शिल्ड जितेको छ ।   राष्ट्रिय माविले १ वटा स्वर्ण, २ वटा रजत र ३ वटा कास्य पदक जित्दै रनिङ शिल्ड जितेको हो ।   राष्ट्रिय माविले ५ किलोमिटर दौडमा छात्रतर्फ उमेश विक (स्वर्ण) र सोही स्कुलकै सन्देश राईले रजत पदक जितेको संस्थाका अध्यक्ष विष्णु गुरुङले जानकारी दिए । उनका अनुसार कास्य पदक भने संस्कृत माविका आशिष सुनारले जिते  ।  यस्तै छात्रतर्फ रत्न आधारभूतकी भिममाया गुरुङले स्वर्ण, केफकी वर्षा कुँवरले रजत र राष्ट्रिय माविकी भूमिका सुनारले कास्य पदक जितेकी थिइन् ।   उनीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष, तथा पोखरा महानगरपालिकाका सल्लाहकार तेज गुरुङ, पोखरा महानगपालिका १ का वडाध्यक्ष साहारा प्रधान, नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष जुम प्रसाद गुरुङ, पोखरा महानगरपालिका १ का जनप्रतिनिधिहरु, राष्ट्रिय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा, आयोजक संस्थाका अध्यक्ष विष्णु गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

पोखरा:    “हाम्रो सदिक्षाः युवालाई रोजगारी, बालबालिकालाई शिक्षा” भन्ने मुल नाराका साथ सञ्चालीत हाम्रो नयाँ अवसर सामुदायीक संस्था–(ओनो) नेपालले शनिबार कास्की र म्याग्दीमा छात्रवृत्ति वितरण गरेको छ । कन्या मावि पोखरा नदिपुरमा आयोजित कार्यक्रमा सामुदायिक विद्मालयमा अध्यनरत गरिब तथा जेहेनदार विद्मार्थीलाइ नगद तथा जिन्सीसहित छात्रवृत्ति प्रदान गरको हो । कार्यक्रममा कन्या मावि ,अम्बिका मावि ,भुमेश्वर मावि , फुम्रो खौ मावि, सरस्वती टीका, जनता आधारभुत साथै ज्ञानज्योतिका गरि सात विद्मालयका ४६ जना विद्मार्थीलाई अभिभावकको उपस्थितिमा छात्रवृत्ति प्रदान गरेको छ ।  कन्या मावि व्यवस्थापन समिति अध्यक्ष चिरञ्जिबी द्धवले छोटो समयमा कास्की, म्याग्दी ,लमजुङ्ग,चितवनमा क्षेत्र विस्तार गरि उल्लेखनीय कार्य गरेकामा विषेश धन्यवाद दिदै यस्ता परोपकारी संस्थालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।  कार्यक्रममा सल्लाहकार डिल्लिराम आर्चाय, कन्या मा.वि प्रचार्य  यम ब। बुढाथोकी, जानज्योतिका प्र.अ यम कार्की, फुम्रो खौ माविका शिक्षक खगराज भण्डारी साथै भुमेश्वर आ.वि माछापुच्छे« शि.अ.स.अध्यक्ष बसन्त अधिकारीले धारण राखेका थिए ।  विद्मार्थीको तर्फबाट कन्याका आरती तिलिजा,अम्विका बाट निश्चल रानामगर,भुमेश्वर आ.वि बाट यूनिका तामाङ्ग लगायतले ओनो परिवारलाई शिक्षाको यौ सुनौलो  अवसर प्रदान गरेकोमा हार्दिक धन्यवाद दिएका थिए ।    संस्थाका अध्यक्ष देवीलाल शर्मा दाहालले आज पोखरामा ४६ र म्याग्दीको रितुङ्गा मा.वि, अमर मा.वि चिमखोला,जनसुन्दर आ.वि रघुगंगा, रघुगंगा आ.वि साथै जनसेवा  आ।विमा गरि थप २५ विद्मार्थीलाई छात्रवृत्ति प्रदान गरेको स्पष्ट पार्दै लमजुङ र चितवनका विद्मार्थीलाइ छिटै प्रदान गर्ने तयारी रहेको उल्लेख गरे  ।

कास्की:  पशुपंछी प्रेमी समूह पोखराले शनिबार राष्ट्रिय पशुपंछी दिवस विविध कार्यक्रम गरी मनाएका छन् ।   पोखराको चिप्लेढुंगा नजिकै रहेको मानव अधिकार चोकको चौतारामा जम्मा भएर प्लेकार्ड प्रदर्शनी, पशुपंछीप्रति श्रद्धाञ्जली, दीप प्रज्वलन तथा मौनधारण गरी शान्तिपूर्ण कार्यक्रम तबरले कार्यक्रम सम्पन्न गरेका हुन् ।   पोखरामा पशुपंछीका लागि काम गर्ने व्यक्तिहरू मिलेर बनेको समूह उक्त समूहका सदस्यहरु भेला भएर पशुपंछी कल्याण, पशुपंछी अधिकारका विषयहरु समेटिएका प्ले कार्डहरू प्रदर्शनी गरे ।   कार्यक्रममा बिशेष गरी पशुपंछीप्रति हुने विभिन्न किसिमका हिंसा, अत्याचारको अन्त्य हुनुपर्ने, अमानवीय रूपमा पशुपंछी ढुवानी गर्न नहुने, अण्डा उत्पादन गर्ने कुखुरालाई खुला रूपमा बाँच्न दिनुपर्ने, मानव जस्तै पशुपंछीलाई पनि स्वतन्त्र रूपमा जीवन बिताउन पाउने अधिकार भएको जस्ता सन्देशहरू प्लेकार्डमा समावेश गरिएका थिए ।   विशेष गरेर पशुपंछी कल्याण र अधिकार सुनिश्चितताका लागि पाँच किसिमका स्वतन्त्रता सुनिश्चित हुनु जरूरी रहेको पशुप्रेमीहरुको भनाई रहेको थियो । यी पाँच बुँदाहरु निम्न छन्:- १) भोक, प्यास र कुपोषण हुन नदिने । २) डर, त्रास तथा तनावबाट मुक्त हुनुपर्ने । ३) भौतिक तथा शित तापजन्य असुविधाबाट सुरक्षित गर्ने। ४) दुःख, पीडा, घाउचोट र रोगव्याधिबाट सुरक्षित गर्ने । ५) सामान्य व्यवहार अभिव्यक्त गर्न पाउने।

पोखरा:    नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने बताउनुभएको छ ।  शनिबार पोखरामा नेकपा (एमाले) पोखरा महानगरपालिका कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । वरिष्ठ उपाध्यक्ष पोखरेलले ०८४ मा हुने निर्वाचनमा बहुमत ल्याएपछि एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने दावी गर्नुभयो ।   ‘जहिलेसम्म एमाले निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापीत हुन सक्दैन । त्यसबेलासम्म यो देशका समस्या समाधान गर्न सकिदैन, राष्ट्रियताको समस्या समाधान गर्न सकिदैन, राष्ट्रिय स्वाभिमानका मुद्दाहरु प्रभावकारी ढंगले उठाउन सकिदैन’ उहाँले भन्नुभयो ।   देशलाई सही दिशामा अगाडि बढाउने अभियान साकार पार्न पार्टी कमिटीलाई तल्लो तहदेखिनै सुदृढ बनाउनुपर्नेमा उहाँको जोड थियो । अहिलेको राजनीतिक समीकरण मिसन ८४ लाई सहयोग पुग्ने सकारात्मक स्टेप मात्र भएको भन्दै एमाले कुनै मोर्चाको पक्षमा नरहेको समेत उहाँले खुलाउनुभयो । ‘हामी यतिबेला कुनै मोर्चाको पक्षमा छैनौं । यो समाजवादी मोर्चा, वामपन्थी एकता ठुला–ठुला कुरा गर्ने कामचाहीं अर्कै गर्ने, त्यसकारण हामीले भनेको के हो भने वामपन्थीको एकता भन्दा पनि कामपन्थी एकता चाहियो’ उहाँले प्रष्ट पार्नुभयो ।   कामको आधारमा अहिलेको समीकरणले दलहरुलाई नजिक ल्याउन भने सक्ने उहाँको भनाई छ । ‘कामको आधारमा एकता हुन्छ, सकारात्मक काम गर्नेहरु एकठाउँमा जम्मा हुन्छन्, सकारात्मक काम गर्न नसक्नेहरु अर्को ठाँउमा जम्मा हुन्छन्’ उहाँले थप्नुभयो ।   नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले आगामी निर्वाचनमा तीनवटै तहमा एमालेले बहुमत ल्याउनुपर्ने बताउनुभयो । अहिलेको समीकरण एमालेललाई निर्णायक तहमा पु¥याउने एउटा कदम मात्र भएको उहाँको भनाई थियो ।   उहाँले आगामी निर्वाचनमा पोखरा महानगरपालिका ३३ वटै वडामा जित्नेगरी तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।  ‘क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो महानगरपालिका बनाउन चुनौती भएपनि एमाले बाहेक अरुले बनाउन सक्दैन, त्यसको लागि पुराना घटना विर्सेर अगाडि बढौं’ उहाँको आग्रह थियो ।   अधिवेशनले आज नयाँ नेतृत्व चयन गर्नेछ ।

पोखरा:    पत्रकार विजय नेपाल ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार–२०८०’ बाट पुरस्कृत भएका छन् । यस्तै, अग्रज फिल्मकर्मी विनोद शेरचन सम्मानित भए ।  चलचित्र पत्रकार संघ नेपाल कास्कीको शनिबार छैटौं साधारणसभा जितप्रसाद द्वा चलचित्र पत्रकारिता २०८० अर्पण तथा सम्मान कार्यक्रमको अवसरमा पोखराका मेयर धनराज आचार्यले पत्रकार नेपाललाई नगद ३५ हजार र सम्मान पत्र सहित पुरस्कृत गरे ।  पाल्पा जिल्लाको रिब्दीकोट–७, मैनादीका नेपाल २० वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । संघका पूर्व सहसचिव उनी हाल राजधानी र आदर्श समाज दैनिकमा कार्यरत् छन् ।  यसअघि सो पुरस्कारबाट श्रीराम सिग्देल, रेम विक र राजाराम पौडेल सम्मानित भएका थिए । यसअघि, २५ हजार रहेकोमा यसपालि पुरस्कार राशि १० हजार थप भएको हो ।  सो अवसरमा फिल्म क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पोखरा १०  निवासी शेरचनलाई संघले सम्मान गरेको हो । २०४५ सालमै फिल्म निर्माणमा लागेका शेरचनका कन्यादान, तृष्णा, बादलपारि, दुनियाँ चलेका फिल्म हुन् । प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा फिल्म छायांकनका लागि खुला स्टुडियो भएको बताए ।  विशेष अतिथि चलचित्र पत्रकार संघ नेपाल अध्यक्ष समीर बलामीले संघका देशभर १५ शाखामध्ये कास्की सबैभन्दा सक्रिय रहेको बताए ।  साधारणसभाले सचिव सन्तोष बस्याल र कोषाध्यक्ष सुरक्षा श्रेष्ठको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।  २०६० असार २२ सालमा स्थापना भएको संघ कास्कीमा हाल ५५ सदस्य छन् ।